होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक विदा दिएको छ।रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो। कैलाली, कञ्चनपुरमा बसोबास रहेको यो समुदायले होरी पर्वको अन्तिम दिन खख्डेहरा फुटाएर होरीको समापन गर्ने गर्दछन्। पर्वको अवसरमा प्रदेशभर शुक्रवार सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ। […]
नागरिक रेबार/बाजुरा ७ चैत। आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाजुराबाट २ दिनकी सुत्केरी परिक्षामा सहभागि भएर परिक्षा दिएकी छन् । जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर २ की दुई दिनकी सुत्केरी अम्रावती ल्वार एसईई परीक्षामा सहभागी भएर परिक्षा दिएकी हुन् । अन्दाजी २० बर्षीय सुत्केरी ल्वार वडा नम्बर १ मा रहेको सरस्वती माध्यमिक […]
काठमाडौं । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूले आपत्ति जनाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरूले पीडित परिवारलाई न्याय दिन माग गरेका छन् ।यही चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर भत्काइएको हो । पीडित […]
नागरिक रैबार/बाजुरा ६ चैत्र । बाजुरामा विद्युत सेवा अवरुद्ध भएको छ । बुधबार दिउसो बुढीगंगा नगरपालिका वडा नम्वर ७ मा ३३ केभिए लाईनमा माथिबाट टुणीको रुख ढलेर अवरुद्ध भएको हो । अहिले सो ठाउँमा विद्युतका कर्मचारीहरु खटिएर मर्मत कार्य भईरहेको बाजुरा वितरण केन्द्रले जनाएको छ ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचन जारी छ। अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन भएपनि केहि क्याम्पसमा भने मतदान प्रक्रिया नै रोकिएको छ । यसैक्रममा काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ। निर्वाचन स्थगित भएपछि विद्यार्थीहरूले सांकेतिक विरोधस्वरुप सडकमा नै मतपेटीका बनाएर मतदान गरेका छन् । फर्जी […]
नागरिक रैबार/बाजुरा ५ चैत। बाजुराको गौमुल गाउपालिका वडा नम्ब र १ को वडा कार्यालयमा तालबाबन्दी गरिएको छ। नेकपा एमाले गौमुल गाउँपालिका १ नम्वर वडा कमिटीले आफ्ना विभिन्न मागसहित दबावका लागि वडा कार्यालयमा ताला लगाएको हो । वडामा रहेका ६ सय ९८ पार्टी संगठित सदस्यहरूको सामूहिक राजिनामा सहित तीन प्रमुख मागहरू अघि सार्दै आन्दोलन थालेको १ […]
काठमाडौं । गाईलाई ढुंगाले हानेको घटना संसदमा उठेको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय उठाएकी हुन् । ‘परम्पराको नाममा मान्छे कतिसम्म निच भइदिन्छन् भन्ने बाजुरा जगन्नाथ गाउँपालिका वडानम्बर ६ काभ्रेको घटनाले देखाउँछ’, उनले भनिन् । ‘गौदान पश्चात गरिएको ती हृदयबिदारक घटनाले जो कोहीको पनि मन […]
नागरिक रैबार/बाजुरा ३ चैत्र । बाजुरामा यस वर्षको चैत्र ७ गतेबाट सञ्चालन हुने माद्यमिक शिक्षा परिक्षा एसईईमा करिव ३ हजार बढी परिक्षार्थी सहभागि हुने भएका छन् । जिल्लाका ९ वटै स्थानीय तहका सामुदायिक र संस्थागत ६७ विद्यालयका नियमित र ग्रेडवृद्धि गरी ३ हजार १८ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले जनाएको छ […]
परम्पराको आवरणमा मान्छेहरु कतिसम्म पाखण्डी हुन्छन् ? बाजुरा जगनाथ गाउँपालिकाको एउटा घटनाले देखाउँछ । ‘गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो हेर्दा तपाईंको मन विथोलिन सक्छ । दृश्य यसप्रकार छ- कर्णाली नदीको किनार । नदीको किनारमा दुई दर्जनजति मान्छे भेला भएका छन् । उनीहरूले एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेट्छन् । गाई नदीमा […]
नागरिक रैबार/बाजुरा ३ चैत्र। जिल्ला मालपोत कार्यालय बाजुराका कार्यालय प्रमुख जंगविर सुनारलाई पत्नी शोक परेको छ । उनकी पत्नी पार्वती सुनारको ५१ वर्षको उमेरमा गएराती उपचारका क्रममा निधन भएको हो । पारिवारिक श्रोतका अनुसार काठमाण्डाैमा रहेकाे विरेन्द्र शैनिक अस्पताल छाउनीमाउनको मुटु , सुगर तथा थाइराइडको उपचार भईरहेको बेला निधन भएको हो । लामो समयदेखि मुटु […]
नागरिक रैबार/बाजुरा ३ चैत्र। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पारस बहादुर शाहीलाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकामा कार्यरत कर्मचारीहरु मध्ये बरिष्ठ कर्मचारी शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । गाउँपालिकाको निर्णय बमोजिम मन्त्रालयले शाहीलाई पालिकाको आर्थिक तथा प्रशासनिक कार्यको जिम्मेवारी दिएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर […]
काठमाडौँ । सरकार आगामी चैत्र २० गतेभित्र चालु अधिवेशन अन्त्य गर्ने बाध्यतामा रहेको छ । प्रतिनिधि सभाका सभामुख घिमिरे अन्तरव्यवस्थापिका सङ्घको बैठकमा सहभागी हुन चैत २२ मा उज्बेकिस्तान जाँदै छन् । सरकारले त्यसअघि नै सङ्घीय संसदबाट प्रतिस्थापन विधेयक पारित गरी प्रमाणीकरण पनि गराउनु पर्ने भएको हो । जसअनुसार सरकारले ३१ वटा कानुनमा संशोधन गर्नेगरी ल्याएका […]
धनगढी । धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ । नदीमा डुबेका उनीहरुलाई मृत अवस्थामा निकालिएको थियो । उनीहरुसँगै नदीमा नुहाउन गएका अन्य दुई किशोर पनि डुबेर घाइते […]
काठमाडौँ। तनहुँमा जंगली च्याउ घरमा ल्याएर खाँदा एकै परिवारका १० जना बिरामी परेका छन् । म्याग्दे गाउँपालिका-६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको जंगली च्याउ टिपेर ब्यास नगरपालिका-६ शान्तिटोल बस्ने मामा ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा आइतबार राति ल्याएर पकाएर खाँदा उनीहरू बिरामी परेका हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उनीहरूलाई उपचारको […]
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो […]
दैलेख । भैरवी गाउँपालिका–५ सियाला सामुदायिक वनमा रुखले च्यापिएर आज दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन् । सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर दुवै जनाको मृत्यु भएको स्थानीय अगुवा देवीराम आचार्यले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुनिल दाहालले दुवै […]
रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो। आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, […]
काठमाडौं : समाजवादी मोर्चाले चैत्र १५ गते काठमाडौंमा बृहत् जनसभाको आयोजना गर्ने भएको छ। शुक्रबार बिहान बसेको विपक्षी चार दलको समाजवादी मोर्चाको बैठकले १५ गते जनसभालाई बृहत् बनाउने निर्णय गरेको हो। बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले १५ गतेको जनसभालाई बृहत् बनाउने निर्णय भएको जानकारी दिए। उनले भने, ‘ चैत्र १५ गतेको बृहत् प्रदर्शनलाई भव्य […]
बझाङ : बझाङका भूकम्प प्रभावित परिवारले अस्थायी आवास निर्माणको दोस्रो किस्ताको रकम अझै पाउन सकेका छैनन्। गत वर्ष वैशाखमा नगरपालिकाले भूकम्प प्रभावित १८७ घरपरिवारलाई पहिलो किस्ताका रूपमा प्रतिपरिवार २५ हजार रुपियाँ उपलब्ध गराएको थियो। अस्थायी आवास निर्माण गरेपछि दोस्रो किस्ता उपलब्ध गराउने भनिए पनि १७ महिना बितिसक्दासमेत पीडितले उक्त रकम पाएका छैनन्। भूकम्प प्रभावित परिवारमध्ये […]
काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै […]