होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/ बाजुरा २५ बैशाख। बडीमालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष बिनोद कुमार बिकको कोरोना संक्रमणबाट निधन भएको छ । शनिबार काेराेना संकर्मण पछि बिकलाई जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसकेपछि डडेलधुरा रिफर गरिएको थियो । अध्यक्ष बिकलाई थप उपचारका लागि डडेलधुरा लिने क्रममा अछामकाे साँफेबगरमा निधन भएकाे अाफन्त सन्ताेष विकले बताएका छन् […]
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । काँग्रेस संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गर्ने निर्णय गरेका प्रमुख सचेतक बालकृष्ण खाणले बताए । खाणका अनुसार बैठकले पार्टी केन्द्रीय कार्यसमितिको चैत २१ गतेको […]
२५ वैशाख, काठमाडौं । कोरोना संक्रमणबाट देशभर थप ५३ जनाको मृत्यु भएको छ । यस्तै थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण […]
२५ वैशाख, धनगढी । कैलालीमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल र निजी अस्पतालमा उपचाररत समेत गरेर २४ घण्टामा ९ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिकाका ५ जना, बर्दगोरिया गाउँपालिकाका २ […]
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ। यसअघि बुधबार ५८ जनाले ज्यान गुमाएका थिए । यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार नाघेको छ । दिनहुँ संक्रमणको दर बढ्दै जाँदा अवस्था भयावह बन्दै गएको […]
२३ बाजुरा,। बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना ३८ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या १ सय ४६ पुगेको छ । आज १ सय ३२ जनाको एन्टिजेन परिक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा १ सय १४ जना होम आइसोलेशनमा र ३८ जना […]
२३ वैशाख, बाजुरा । कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढेसँगै गएपछि बाजुराका स्वास्थ्यकर्मी घरमै पुगेर कोभिड जाँच गर्न थालेका छन् । बाजुरामा कोरोना सङ्क्रमित दिनप्रतिदिन बढ्दै जाँदा उपचार तथा परामर्श घरमै पुगेर गर्न थालिएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए । जिल्लामा बुधबारसम्म १०८ कोरोना सङ्क्रमित रहेका छन् । तीमध्ये एक महिलाको बुधबार मृत्यु […]
२२ बैशाख , बाजुरा । बाजुरामा पछिल्लो २४ घण्टामा ११ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या १ सय ८ पुगेको छ भने एकको मृत्यु भएको छ । आज १ जना निको भएर डिस्र्चाज गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । ५३ जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त […]
२२ बैशाख , बाजुरा । बाजुरामा कोरोना भाईरस तथा कोभिड १९को संक्रमणबाट एक जना को मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । स्वास्थ्य कार्यालयमा उपचारका क्रममा बुधबार बिहान ५ बजे स्वास्थ्य कार्यलयमा उपचारको लागी स्वास्थ्य कार्यालय बाजुरामा भर्ना गरेका थिए भर्ना गरेको ९ घण्टा पछी उनको मृत्यु भएको स्वास्थ्य […]
राष्ट्रियसभाको रिक्त एक सिटका लागि आगामी जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा एमाले-एमालेबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले रामबहादुर थापा ‘बादल’ लाई उम्मेदवार बनाएको छ भने माओवादीले एमाले निकट बुद्धिजीवी एवं संघीयताविद् डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ । वाम बुद्धिजीवी देवकोटालाई माओवादी, नेपाली काँग्रेस र माधव नेपाल […]
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै ओली सरकार अल्पमतमा परेको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले माओवादी केन्द्रसहितको समर्थनमा ४ फागुन २०७४ मा प्रधानमन्त्रीको शपथ लिएका थिए । तत्कालीन एमाले र माओवादी केन्द्रले १७ असोज […]
बैशाख २०, बाजुरा । बाजुरा जिल्लामा दिन प्रतिदिन कोरोना तिब्र रुपमा फैलिरहेको छ । कोरोना भाइरस फैलिदै गएपछि जिल्ला प्रशासन कार्यालय बाजुराले निषेधाज्ञा जारि गर्ने प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वताएका छन् । कोरोना भाईरस महामारीका कारण जोखीम बढ्दै गएकोले कोभिड १९ संकट ब्यबस्थापन समितिको निणर्अनुसार बाजुरामा पनि निषेधाज्ञा जारी गर्ने निणर्य गरेको हो । […]
२० वैशाख, बाजुरा । बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना १४ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या ६७ पुगेको छ । आज थप १४ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा बडिमालिका नगरपालिकामा १० जना बुढिनन्दा नगरपालिकामा १, बुढिगंगा नगरपालिकामा १ हिमाली गाउँपालिकामा १ र स्वामिकार्तिक […]
२० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो साढे ३ बजे कोभिड–१९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न लागिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । पछिल्ला केहीदिनयता नेपालमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेको छ र स्वास्थ्य मन्त्रालयले संक्रमितको उपचारका लागि अस्पतालमा बेड उपलब्ध गराउन […]
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका थप तीनजना सांसदहरुसँग स्पष्टीकरण सोधेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री ओलीका तर्फबाट एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले तीन सांसदलाई स्पष्टीकरण सोधेका हुन् । सांसदहरु समिना हुसेन, कलिला खातुन, गंगा चौधरीलाई स्पष्टीकरण सोधिएको कार्यालय सचिव तामाङले पुष्टि गरे । ‘तीन जनालाई सोधिएको स्पष्टीकरणको […]
२० वैशाख, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको भन्दै सरकारले स्थगित गरेको हो […]
काठमाडौं , १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका हुन् । एक मन्त्रीका अनुसार वैशाख २७ गते विश्वासको मत लिने तयारी छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आफूमाथि परेको अविश्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन आइतबार बिहान उनले राजीनामा दिएका हुन् । नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उदेश्यले पोखरेलले राजीनामा दिएको बुझिएको छ । पोखरेलले दिएको राजनीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिसकेका छन् । अर्को सरकार नबन्दासम्म पोखरेललाई नै मुख्यमन्त्रीको कार्यभार […]
सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैलालीका दुई महिला र एक पुरुष तथा बझाङका एक पुरुषको मृत्यु भएको छ । शनिबार प्रदेशमा पिसिआर पद्धति र एन्टिजेन पद्धतिबाट एक हजार ४१५ को नमूना परीक्षण गर्दा ४३३ जनामा […]
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १० औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका सार्वजनिक गरेको छ । गत ६ , १० र १२ वैशाखमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले गरेका निर्णय अन्तरपार्टी निर्देशनमा कार्यतालिकाबारे उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले […]