होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २९ असार।बुढीगंगा नगरपालिकास्थित ताँप्री सेरा नजिकै सख्खा पहिरो गएपछि साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । शनिबार विहान १२ बजेतिर साँफे मार्तडी राजमार्गमा पर्ने ताँप्री सेरा नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरोले सडक अवरुद्ध बनेपछि सदरमुकाम मार्तडीसम्म आउने र जाने सवारी साधानहरु विचबाटोमै रोकिएका छन् । नेपालगंज, धनगढी र महेन्द्रनगरबाट […]
असार । गते त्रीशुली नदिमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु भएको छ । र्याफ्टबोटमा जडान गरेर पानीभित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्याउँछ ।सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र […]
काठमाडौं । गएराति नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोका कारण यात्रुसहित त्रिशुलीमा बेपत्ता २ वटा बस खोजी कार्य स्थगित भएको छ । बिहानैबाट त्रिशुलीमा खसेका बस खोजिए पनि नभेटिएकाले आजलाई खोजी कार्य स्थगित गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिए । अब भोलि बिहानबाट मात्रै बेपत्ता बस खोज्न सुरु गरिने न्यौपानले बताए ।‘नदीमा पानीको […]
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले नै कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोकेका छन् । राष्ट्रपति कार्यालयबाट शुक्रबार जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानका धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्नेगरी तोकेको उल्लेख छ । ‘प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएसँगै प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् । उनी प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै राष्ट्रपतिकहाँ भेटेपछि बालुवाटार छाडेका हुन् । बालुवाटार छाडेसँगै प्रचण्ड आफ्नो निजी निवास ललितपुरस्थित खुमल्टारमा सरेका छन् ।
काठमाडौँ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले छलफल थालेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्याकक्षमा कांग्रेस र एमालेका नेताहरुबिच छलफल चलिरहेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट विश्वासको मत नपाएर पुष्पकमल दाहाल प्रचण्डको सरकार ढलेपछि कांग्रेस र एमालेबिच नयाँ सरकार गठनका लागि संवाद जारी छ […]
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो । असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि अल्पमतमा परेका प्रचण्डले एकै कार्यकालमा शुक्रबार पाँचौँ पटक विश्वासको मत लिएका हुन् । तर, चार पटक विश्वासको मत पाउन सफल […]
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले खतराको संकेत देखिएका जिल्ला र क्षेत्रमा रात्रि बस सञ्चालनमा रोक लगाउने निर्णय भएको संसदलाई जानकारी गराएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै लामिछानेले जल तथा मौसम विज्ञान विभागबाट जोखिमयुक्त क्षेत्र घोषणा गरिएका ठाउँमा रात्रि बस चल्न नदिने निर्णय भएको बताए। ‘रेड ट्राभल एड्भाइजरी जारी भएका जिल्ला र क्षेत्रमा तत् तत् […]
काठमाडौं– नेपाली सेनाले चितवनको भरतपुर महानगरपालिका–२९ को सिमलतालमा वीरगन्जबाट काठमाडौँ आइरहेको र काठमाडौँबाट रौतहटको गौर गइरहेको यात्रुवाहक बस पहिरोले बगाएको खबर हुनसाथ स्थानीयको सहयोगमा उद्धार कार्य जारी राखेको छ । चितवनस्थित सेनाको गोताखोरसहितको फौज अन्य सुरक्षा निकायलगायतको सहयोगमा घटनापछि उद्धार तथा खोजीका लागि खटिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसैगरी कास्की, कैलाली, […]
काठमाडौँ — सरकार सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हटेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय प्ररिचयपत्र लागू गर्ने निर्णय भएकोमा तत्कालका लागि पछि हटेको हो । बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मुलुकका विभिन्न स्थानमा […]
पोखरा । कास्कीका विभिन्न ठाउँमा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा १९ तल्लाकोट टारीमा एकै परिवारका ६ सहित सात जनाको मृत्यु भएको छ भने पोखरा ३२ चैनपुरमा ३ जनाको मृत्यु भएको छ । यस्तै, मादी गाउँपालिका ११ तल्लो ताप्लेमा एकजनाको मृत्यु भएको छ । गएराति १० […]
नागरिक रैबार/बाजुरा २५ असार। बाजुराको बुढीगंगा नगरपालिका वडा नम्वर २ स्थित बल्देमा मोटर साईकल दुर्घटना हुँदा २ जना घाईते भएका छन् । घाईते हुनेमा बुढीगंगा नगरपालिका-५ घर भएका मोटर साईकल चालक हिमाल थापा र जुम्ला जिल्ला घर भई डिभिजन बन कार्यालय बाजुरामा कार्यरत क्रमचारी श्रीराम रावत रहेका छन । मंगलबार विहान सदरमुकाम मार्तडीबाट फालासैन बजार […]
नागरिक रैबार/बाजुरा २२ असार। बाजुराकाे बडीमालिका नगरपालिका-८ र ९ मा पर्ने बाउली खाेलामा आएकाे बाढीले काठेपुल बगाउँदा स्थानीयलाई आवतजावतमा समस्या भएकाे छ । वर्षातकाे समयमा बडीमालिका-७ का सहित पुर्विउत्तरी क्षेत्रका स्थानीयकाे मुख्य पैदलमार्ग समेत रहेकाे बाउली खाेलाकाे काठेपुल बाढीले बगाएपछि अहिले उक्त खाेला हुँदै आवतजावत गर्ने नागरिकहरूलाई समस्या भएकाे हाे । हिउँदकाे समयमा काेल्टी सम्म […]
नागरिक रैबार/बाजुरा २२ असार। अविरल वर्षाका कारण अछामकाे बुढाबगरमा सालकाे रूख ढलेर विजुलीकाे पाेल भाँचिएपछि बाजुरामा राष्ट्रिय प्रशारण लाईनकाे विद्युत सेवा अवरुद्ध भएकाे छ । शनिवार विहान एकाएक राष्ट्रिय प्रशारण लाईन अन्तरगत साँफे-मार्तडीकाे बुढाबगरमा विजुलीकाे पाेल ढलेपछि अछामका केही स्थान र बाजुरामा विद्युत सेवा अवरुद्ध भएकाे बाजुरा वितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताएका छन् […]
नागरिक रैबार/बाजुरा २१ असार। बाजुराको बडीमालिका नगरपालिकाले नयाँ डोजर खरिद गरेको छ । नगरपालिकाभित्र भौतिक पूर्वाधार निर्माण तथा सडक निर्माण गर्न जेसिवि डोजर खरिद गरेको हो । नगरपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को बजेटबाट डोजर खरिद गरिएको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताएका छन् । जेसिवि डोजर खरिदका लागि नगर सभाबाट ६० लाख […]
नागरिक रैबार। बाजुराको बुढीगंगा नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयबाट एसईईको मौका परीक्षामा सहभागी हुने विद्यार्थीहरुका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै नगरभित्रका सामुदायिक विद्यालयबाट एसईई मौका परीक्षामा सहभागी हुने विद्यार्थीका लागि अंग्रेजी, गणित र विज्ञान विषयको निःशुल्क परीक्षा विशेष तयारी कक्षा सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र […]
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले दिएको समर्थन फिर्ता लिइएको छ। नेकपा एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थत फिर्ता लिएको बताए। उनले मुख्यमन्त्रीको सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपारिषद को कार्यालयमा समर्थत फिर्ता लिएको […]
काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । […]
बाजुरा । अविरल वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा जिल्लाको पूर्वी–उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ । मार्तडी–कोल्टी सडक अन्तर्गत बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिए । सडक अवरुद्ध हुँदा मार्तडी–कोल्टी सडकमा चल्ने जिप तथा मालवाहक सवारी साधान ठप्प भएका […]
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने साेमबार सार्वजनिक गर्ने बताएको छ । यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ […]