होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/ बाजुरा ७ बैशाख । राष्ट्रिय बाणिज्य बैक बाजुरा शाखाले एटिएम सेवा सूरु गरेको छ । जिल्लाकै पहिलो बैंकका रुपमा स्थापित रावाबैंक बाजुरा शाखाले आजबाट ग्राहकहरुका लागि एटिएम सेवा संचालन गरेको । जिल्लामा पछिल्लो समय स्थापना भएका अन्य बैंकहरुले एटिएम सेवा संचालन गरेका भएपनि रावाबैंकले भने धेरै समयपछि एटिएम सेवा सुरु गरेको हो । […]
निर्वाचन आयोगले जारी गरेको यसअघिको आचारसंहिता हुबहु लागू हुने भएको छ । आयोगले जारी गरेको आचारसंहिता विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको हाे । यससँगै अब स्थानीय तह निर्वाचनमा भाग लिने जनप्रतिनिधिले राजीनामा दिएरमात्रै उम्मेदवारी दिन पाउने भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र […]
डोटी । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २६ मतदान स्थल थपिएका छन् ।निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रदेशका नौ जिल्लामा अब एक हजार १३५ मतदान स्थल कायम भएका छन् । यसअघिको निर्वाचनमा सुदूरपश्चिममा एक हजार १०९ मतदान स्थल रहेका थिए । सबैभन्दा बढी मतदानस्थल बैतडीमा थपिएका छन् । यहाँ गत […]
देशभरका ७७ जिल्लाका ७५३ पालिकामा कृषि गणना सुरु हुने भएको छ । आजदेखि देशभरका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिनेछ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक खटाइएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिएका छन् । यसअघि विसं २०६८ मा कृषि गणना […]
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५३ औं स्थापना दिवस मनाउँदै छ । विद्यार्थी संघले आज स्थापना दिवसको अवसरमा नेविसंघको संस्थापक कार्यसमितिको सम्मान, नेविसंघ एप सार्वजनीकरण रआगामी निर्वाचनमा नेविसंघको भूमिका विषयक विचार गोष्ठी कार्यक्रम गर्न लागेको हो । मंगलबार विहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने उक्त कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन […]
काठमाडौं । आगामी स्थानीय तह चुनावमा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटका लागि सत्तागठबन्धनको बैठक आज फेरि बस्दैछ । सोमबार दुईपटक बसेको बैठक निष्कर्षविहीन भएपछि आज फेरि बैठक बस्न लागेको हो । बैठक बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बताइएको छ । सोमबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रस्तावित सिट बाँडफाँटको मस्यौदामाथि छलफल भए पनि कतिपय पालिकाको विषयमा दलहरुको […]
काठमाडौं । सरकारले मंगलबार र बुधबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । ७ सय ५३ वटा पालिकाबाट वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाको पोषण शाखाका प्रमुख लिला थापाले देशभरबाट […]
बलात्कार मुद्दामा डर, त्रास, धम्की, प्रलोभन तथा अन्य प्रभावले बयान परिवर्तन गर्ने प्रवृत्ति, तर पीडितले बयान फेरेकै आधारमा अभियुक्तलाई सफाइ दिन नमिल्ने सर्वोच्चको नजिर तनहुँ, काठमाडौं — पल शाहमाथि जबर्जस्ती करणीको आरोप लगाउँदै आएकी किशोरीले अदालतको बकपत्रमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतबार बकपत्र दिने क्रममा उनले आफूलाई पलले बलात्कार नगरेको, अरूको उक्साहट र […]
व्यक्तिगत बेरुजु भएका व्यक्तिले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएपछि बहालवाला जनप्रतिनिधिले धमाधम बेरुजु फर्छ्योट गर्न थालेका छन् । संस्थागत बेरुजु फर्छ्योट गर्ने तर्फ भने स्थानीय तहका जनप्रतिनिधिले बेवास्ता गर्दै आएका छन् ।निर्वाचन आयोगले जारी गरेको आचार संहितामा पेस्की लिएका र बेरुजु भएका व्यक्तिले उम्मेदवार बन्न पेस्की तथा बेरुजु फर्छ्योट गर्नुपर्ने व्यवस्था छ । उम्मेदवार […]
काठमाडाैं । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए चुनावी […]
काठमाडौं । मोडल एवं अभिनेता पूर्ण विक्रम शाह उर्फ पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा किशोरी गायिकाले अदालतमा बयान फेरेकी छन् । आइतबार जिल्ला अदालत, तनहुँमा बकपत्रका क्रममा पीडित किशोरीले आफूमाथि बलात्कार नभएको बताएकी हुन् । जानकारी अनुसार पीडित किशोरीले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको जिकिर गर्दै प्रहरीले जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको उनले दाबी […]
नागरिक रैबार बाजुरा ४ बैशाख । बाजुराका नौ वटै स्थानीय तहमा १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउनु सुरु गरिएको छ । चैत २५ देखि वैशाख १८ गतेसम्म देश भरका सबै बालबालिकालाई खोप लगाइ सक्न जारी सरकारी निर्देशन अनुसार बाजुरामा आइबारबाट सुरु गरिएको हो । नेपाल सरकारको २४ दिने खोप अभियान अन्र्तगत बाजुरामा बैशाख […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक/दुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताएका छन् । ‘अबको एक/दुई दिनभित्रमा जहाँ-जहाँ तालमेलको सम्भावना छ । त्यहाँ तालमेल हुन्छ । जहाँ सम्भावना छैन,त्यहाँ तालमेल हुँदैन’ बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘स्थानीय तहको मर्मविपरीत भएको छ । स्थानीय तहलाई दिएको अधिकार पनि […]
नागरिक रैबार बाजुरा २ बैशाख नेकपा एमालेबाट बडीमालिका नगरपालिका वडा नं. ७ काे वडा अध्यक्षमा जंग विक सर्वसम्मत उम्मेदवार बनेका छन् । एमालेबाट बडीमालिका ७ काे वडा अध्यक्षमा जंग विकलाई सर्वसम्मत उम्मेदवार बनाईएकाे नेकपा एमाले बडीमालिका नगर कमिटी अध्यक्ष धर्मराज पाद्यायले बताएका छन् । नेकपा एमाले बाजुराकाे तेस्राे पूर्ण बैठकबाट जिल्ला कमिटी सदस्यमा मनाेनित भएका […]
काठमाडौँ – हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भेगमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका केही […]
१ वैशाख, डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा आज विसु पर्व मनाइँदै छ । नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले विसुु पर्वका रुपमा मनाउने गरेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा आफ्नै मौलीकताअनुसार विसु पर्व मनाइने गरेको ज्योतिष जयप्रसाद जोशीले बताए । सुदूरपश्चिममा एक वर्षभरि विदेशिएका सबै परिवारका सदस्य र […]
नागरिक रैबार/बाजुरा ३० चैत्र । जिल्लाको हिमाली गाउँपालिकामा काँग्रेसबाट २०७४ को स्थानीय तहको निर्वाचन जितेका गाउँपालिका अध्यक्ष गोविन्द मल्ल र उनीसंगै अध्यक्षमा पराजित भएका एमालेका अजबहादुर मल्ल पुनः अध्यक्ष पदमा भिड्ने भएका छन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा अजबहादुर मल्ल र नेपाली काँग्रेसबाट हालका गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्ल पुनः अध्यक्षमा एकल उम्मेदवारका लागि सिफारिस […]
विभिन्न पार्टी परित्याग गरी केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले प्रवेश गरेका दुई नेता भावी मेयरका लागि सर्वसम्मत सिफारिसमा परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका मेयरका लागि पशुपतिदयाल मिश्र तथा रंगेली नगरपालिका भावी मेयरमा दिलीप बगडिया सर्वसम्मत रुपमा सिफारिसमा परेका हुन् । हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र नागरिक अभियान परित्याग गरी नेपालगञ्जका मिश्र गत १ मंसिरमा एमाले […]
काठमाडौँ- सत्तारुढ राजनीतिक दलबीच गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णयविरुद्ध चितवनको भरतपुर महानगरपालिकापछि चन्द्रपुर नगरपालिका रौतहट पनि सोही निर्णयमा पुगेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहनगर भरतपुर महानगरपालिका कांग्रेसका स्थानीय तहका नेता विपक्षमा उभिएको सार्वजनिक भइरहेको बेला नेकपा (एकीकृत समाजवादी) पार्टी अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहट, चन्द्रपुर पनि गठबन्धनको विपक्षमा […]
नागरिक रैबार/बाजुरा २८ चैत्र । नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराको पूणर् बैठक मार्तडीमा सम्पन्न भएको छ । नेकपा एमालेको जनवर्गीय संगठनका रुपमा रहेको नेपाल उत्पीडित जातिय मुक्ति समाज बाजुराको आज सदरमुकाम मार्तडीमा महत्वपूणर् निणर्य गर्दै सम्पन्न भएको छ । बैठकले आगामी स्थानीय तहको निर्वाचनमा बाजुराका ९ वटा पालिकामा प्रत्येक पालिकामा २ जना वडा अध्यक्ष […]