होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २७ बैशाख। समृद्विको आधारका लागि बुढीगंगा विकास कचहरी कार्यक्रम सूरु भएको छ । बुढीगंगा नगरपालिकाको आयोजना र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना डोटीसंगको सहकार्यमा उक्त कार्यक्रम बुढीगंगा नगरपालिकाको केन्द्र कुल्देवमाण्डौंमा सूरु भएको हो । २९ गतेसम्म संचालन हुने कार्यक्रमको शनिवार एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख देबराज जोशीले उद्धघाटन् […]
नागरिक रैबार/बाजुरा २७ बैशाख। जिल्ला अस्पताल बाजुरामा कुपोषणका कारण दुई महिनाकी बालिकाको मृत्यु भएको छ ।कुपोषणका कारण जगन्नाथ गाउँपालिका-२ मल्लोहुनी बस्ने भावना बिष्टकी २ महिनाकी छोरीको मृत्यु हो । मृतक बालिका कुपोषणसँगै अन्य रोगको संक्रमणमा थिइन् । गम्भीर अवस्थामा अस्पताल पुर्याइएकी उनलाई बचाउन नसकिएको जिल्ला अस्पताल बाजुराका डा प्रकाश बुढाले वताएका छन् । डाक्टर बुढाका […]
नागरिक रैबार/बाजुरा २७ बैशाख। बाजुराको बुढीगंगा नगरपालिकामा आजबाट विकास कचहरी कार्यक्रम संचालन हुने भएको छ । बुढीगंगाको समृद्धिका लागि आजबाट सूरु हुने विकास कचहरी कार्यक्रमको सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने भएका छन् । बुढीगंगाको समृद्धि र विकासका लागि सम्भावना, एकता र अवसर देखाइने गरी आजबाट उक्त कार्यक्रम सूरु हुन् लागेको नगरप्रमख […]
नागरिक रैबार/बाजुरा २६ बैशाख। बाजुराको बुढीनन्दा नगरपालिकाका उपमेयर रामबहादुर बोहरा पु:न नेपाली काँग्रेस पार्टीमा फर्किएका छन् । २०७९ सालको निर्वाचनमा बुढीनन्दा नगरपालिकामा एमालेको सहयोगमा गुलाफ चुनाव चिन्ह लिएर स्वतन्त्र बाट उपमेयर जितेका बोहरा करिव ३ वर्षपछि पु:न नेपाली काँग्रेसमा फर्किएका हुन् । २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बुढीनन्दा नगरपालिकाको मेयर पदमा टिकट नदिएको भन्दै […]
नागरिक रैबार/बाजुरा २६ बैशाख। बाजुराको बडीमालिका नगरपालिकाले वृहत कृषि मेला प्रदर्शनी कार्यक्रम आयोजना गर्ने भएको छ । नगरपालिकाकाे बार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले जेठ २ गते बृहत् कृषि मेला प्रदर्शनी कार्यक्रमकाे आयोजना गर्न लागिएकाे नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रेमबहादुर महतले बताएका छन् । बृहत् कृषि मेला प्रदर्शनी कार्यक्रममा नगरका ९ वटै वडाका कृषकहरुले उत्पादनहरु […]
नागरिक रैबार/बाजुरा २६ बैशाख। बाजुराको त्रिवेणी नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरलाई बिहिबार एक औपचारिक कार्यक्रमका बीच नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापाले पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना युक्त पालिका घोषणा गरेका हुन्। “स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागिता — पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ नगरपालिकाले […]
नागरिक रैबार/बाजुरा २५ बैशाख। बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन्। मृत अवस्थामा फेला पर्नेमा जिल्लाको बुढीगंगा नगरपालिका-६ घर भएका वर्ष ३८ का नरेन्द्र थापा रहेका छन । थापासाँफे–मार्तडी सडक खण्डको बायाँ पट्टी नालीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सो घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
नागरिक रैबार/बाजुरा २३ बैशाख। जिल्लाको बुढीगंगा नगरपालिकाले विकास र संवृद्धिको लागि विकास कचहरी कार्यक्रमको आयोजना गर्ने भएको छ । जिल्लामा उपलव्ध सबै राजनीतिक दल र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर बुढीगंगाको विकास र संवृद्धिको आधार तय गर्ने गरि बुढीगंगा विकास कचहरी” आयोजना गर्न लागिएको नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् । आगामी २७ गतेदेखि २९ गतेसम्म बुढीगंगा […]
नागरिक रैबार/बाजुरा २३ बैशाख। जिल्ला अस्पताल बाजुरामा रेविज रोग विरुद्धको खोप अभाव भएको छ । यस अघि जिल्ला अस्पताल बाजुराले निःशुल्क रुपमा उक्त खोप सेवा दिदै आएको थियो । तर आजबाट अस्पतालमा रेविज रोग विरुद्धको खोप सकिएपछि अर्को व्यवस्था नभएसम्मका लागि निःशुल्क खोप सेवा बन्द गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । जिल्ला अस्पताल बाजुराका […]
टक्सार । धरानबाट धनकुटा हुँदै भोजपुरतर्फ आउँदै गरेको को १ ख २१७७ नम्बरको बस दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । धनकुटा नगरपालिका–६ औद्योगिक ग्राम नजिक सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको हो । घटनामा परी सख्त घाइते धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी भुजेलको धनकुटा अस्पतालमा उपचारका क्रममा मृत्यु […]
धनगढी : जिल्ला समन्वय समिति अछामकी उप–प्रमुख दानमति बम शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला अदालत, अछाममा झगडा गरेको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय, अछामले शाही आफ्नो नियन्त्रणमा रहेकी बताएको छ। पञ्चदेवल–विनायक नगरपालिकाकी स्थानीय समेत रहेकी शाही विनोद शाही हत्या प्रकरणसँग सम्बन्धित रहेर झगडा गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। […]
वैशाख, काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता, सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमा क्षेत्रमा आबद्ध गर्ने बताएका हुन् । यस्तै बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने उनले बताए […]
नागरिक रैबार/बाजुरा १२ बैशाख। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का बाजुरामा आएका छन् । मन्त्री खड्का जिल्ला अस्पताल बाजुराको व्लड बैक उद्धघाटन् र स्वामीकार्तिक खापर गाउँपालिकामा हुने वृहत लोक साँस्कृतिक उत्सव उद्घाटनका लागि बाजुरा आउनु भएकाे नेपाली काँग्रेस बाजुराले जनाएको छ । मन्त्री खड्का बाजुरा सदरमुकाम पुगेपछि नेपाली काँग्रेस लगायत भातृ एबम् शुभेच्छुक संघ,संगठनहरुले […]
नागरिक रैबार/बाजुरा १२ बैशाख।बाजुराकाे बुढीगंगा नदीमा हाम फालेका एक युवककाे डुबेर मृत्यू भएकाे छ । पितृ कार्यका लागि त्रिवेणी नगरमालिकाकाे मौरे त्रिवेणी धाममा पुकारमा बसिरहेका खप्तड छेडेदह गाउँपालिका-५ डोगडीका २६ वर्षिया गणेश नेपालीको बुढीगंगा नदिमा डुबेर मृत्यु भएकाे हाे । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीका अनुसार पितृ आए भनेर बुढीगंगा […]
नागरिक रैबार/बाजुरा १३ बैशाख। बाजुराको बुढीनन्दा नगरपालिकास्थित कोल्टीमा जारी प्रथम बुढीनन्दा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव २०८२ मा भोलि बैशाख १३ गते प्रमुख आकर्षणका रुपमा चर्चित गायिका ज्योति मगरको प्रस्तुति रहने भएको छ । बैशाख ५ गतेबाट संचालन भएको उक्त महोत्सवको नवौ ंदिन अर्थात भोली मगरको प्रस्तुति रहने महोत्सव मुल आयोजक समितिका कार्यक्रम संयोजक महेश […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिमबाट बच्न आम जनतामा चेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । भूकम्प स्मृति दिवसका अवसरमा आज उनले दिएको सन्देशमा उक्त कुरा उल्लेख छ । राष्ट्रपतिले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई २०७२ साल वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त […]
वैशाख, काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो । रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्पमध्येको पछिल्लो हो । भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकमुपूर्वमा सामान्य प्रकृतिको भूकम्प गएको हो । पश्चिम नेपालमा […]
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ । राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद् गठन र कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा सभामुखले पढेर सुनाउने छन् । सभामुख घिमिरेले […]
नागरिक रैबार/बाजुरा ११ बैशाख। बाजुराकाे सदरमुकाम मार्तडीकाे तल्लाे क्षेत्र छ । जाे विगत ३५ वर्ष यता गैरीबजारका नामले चिनिनदै आएकाे छ । मार्तडीकाे माथिल्लो बजारकाे गाैँडाडिलबाट तल झर्ने बित्तिक देखिने गैरीबजार हाे । हाे यहि बजारलाई गैरीबजारका नाममा चिनाउन करिव ३५ वर्ष देखि गैर्याल साहजी भनेर चिनिएका कालु राेकायाले याे संसार सदाका लागि छाडेका छन् […]
नागरिक रैबार/बाजुरा ८ बैशाख। बाजुराको पुर्वीउत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिका अन्तर्गत साविकको बिच्छयाँ गाविसका स्थानीय नागरिकहरु अध्याँरोबाट मुक्त भएका छन् । पुस्तौदेखि अँध्यारोमा रात विताउँदै आएका हिमाली गाउँपालिकाको १, २, ३ नम्वर वडा साविकको विच्छ्या गाविसका ६ सय ८२ घरपरिवार विद्युत सेवा उपभोग गर्न पाउने भएका हुन् । त्यस्तै वडा नम्बर ५ स्थित क्युडी गाउँका […]