होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः कैलालीका २४ सहित सुदूरपश्चिमका थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार २८१ जनाको परीक्षण गर्दा थप ५१ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप ३६ जनामा संक्रमण देखिएको जानकारी दिए। कैलालीकै गोदावरी नगरपालिका र कैलारी गाउँपालिकाका २/२ जना, त्यस्तै टीकापुर नगरपालिकाका १ […]
दार्चुला– स्थानीय सरकार गठनपछि दार्चुलाका सबै क्षेत्रमा नागरिकको स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुगेको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलाका सबै स्थानीय तहका बस्तीमा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको हो ।विगतमा ४१ गाविस हुँदा गाविसस्तरसम्म मात्रै स्वास्थ्य सेवाको पहुँच पुगेकामा अहिले वडा र दुर्गम क्षेत्रका बस्तीसम्म स्वास्थ्य सेवाको सहज पहुँच पुगेको स्वास्थ्य कार्यालय […]
काठमाण्डौ – स्वस्थ्य नेपाल खुसि नेपाली अभियान अन्तर्गत राष्ट्रका लागि युवा र आशाका किरणले प्युठानको गौमुखी गाउँपालिकामा स्वास्थ शिविर सम्पन्न गरेको छ । शनिबार सम्पन्न भएको स्वास्थ शिविरमा जेनेरल, स्त्री तथा प्रसुती, नशा, हाड-जोर्नी, दन्त रोग, भिडियो एक्सरे, सुगर जाँच सहितका सेवाहरु प्रदान गरिएको थियो । स्वास्थ उपचारका लागि चाहिने स्वास्थ सामाग्री, औषधि तथा न्यायो […]
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय नाघेको छ। सोमबार थप २० जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय १४ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख […]
नागरिक रैबार/बाजुरा २२ मंसिर। जिल्लास्थित क्रियाशिल संचारकर्मीहरुसंग सुरक्षित गर्भपतन सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । आईपास नेपाल पिसविन बाजुराको आयोजनामा उक्त कार्यक्रम सदरमुकाम मार्तडीमा गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बाजुरामा सुरक्षित गर्भपतनको सेवा र संचारकर्मीको सुरक्षित गर्भपतन सम्वन्धि समाचार सम्प्रेषण गर्ने भुमिका बारे छलफल गरिएको छ । कार्यक्रमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तथ्याकं प्रमुख रुगम […]
काठमाडौं- पछिल्लो २४ घण्टामा थप १६२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २७ हजार ४३३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २५ हजार […]
कोभिड–१९ का कारण नौ महिनादेखि बन्द रहेका कालीकोटका सामुदायिक विद्यालय खुल्न थालेका छन् । नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि स्थानीय तहहरूले सामुदायिक विद्यालय खुलाउन थालेका हुन् । कालीकोटका नौवटा स्थानीय तहले आजदेखि नै सामुदायिक विद्यालयले पठनपाठनका लागि खुल्ला गरेका छन् । जिल्लाका तिलागुफा नगरपालिका, खाडाँचक्र नगरपालिका, रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, सान्नी […]
२१ मंसिर, काठमाडौं । पछिल्लो ४ दिनमा नेपालमा ४७३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत बिहीबार (मंसिर १८ गते) देखि आइतबार (मंसिर २१ गते)सम्म २९ हजार ८८९ जनाको पीसीआर परीक्षण गर्दा ४७३५ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा ७६४४ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा […]
२१ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६४९५ परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७५२ रहेको […]
२१ मंसिर, सर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ४०० भन्दा कम रहेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार आइतबारसम्म प्रदेशमा ३९६ कोरोनाका ‘एक्टिभ केस’ छन् । हालसम्म कोरोना संक्रमितको संख्या ६ हजार नौ सय ८३ पुगेको छ । […]
२१ मंसिर, वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी टोलस्थित पोखरी छेउमास्वास्थ्य चौकीको भवन भने जीर्ण अवस्थामा छ । ०७६ चैत ६ गते आएको हुरीले छानो उडाइदिएपछि यो भवन प्रयोगविहीन छ । बरु भवन नजिकैको शिवमन्दिरको एउटा कोठाबाट स्वास्थ्य सेवा दिने गरिएको छ । छानो उडाएको भवन मर्मतका लागि गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्षलगायत सरोकारवालाल बेवास्ता गर्दा […]
नियमित व्यायाम गर्नाले रोग प्रतिरोधक क्षमता बढ्ने गर्छ ? यो यस्तो प्रश्न हो जुन प्रायः सबैको दिमागमा आएको हुनुपर्छ । व्यायामले दुवै शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । यो अकाट्य सत्य हो । तर व्यायामले शरीरको रोग प्रतिरक्षा प्रणाली मजबुत बनाउनको लागि भूमिका खेल्छ त ? भन्ने विषयमा विशेषज्ञहरूमा समेत एक मत देखिँदैन […]
काठमाडौँ — कोरोना महामारी रोक्न नेपालमा ६० देखि ७० प्रतिशत मानिसले संक्रमणविरुद्घको खोप लगाउनुपर्ने विज्ञहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाविरुद्धको खोप विकास नभएसम्म सामाजिक दूरी कायम राखी मास्क लगाउने, साबुनपानीले हात धुने, हावा ओहोरदोहोर हुने ठाउँमा बस्नेलगायत जनस्वास्थ्यका उपाय अपनाउन सुझाव दिँदै आएको छ । ‘त्यस्ता जनस्वास्थ्य उपायबिनै महामारी रोक्न न्यूनतम ९० […]
संसारभरिमा १५ लाख ३४ हजारभन्दा बढी मानिसहरुको मृत्यु कोरोनाभाइरसको कारण भइसकेको छ । तीमध्ये एक तिहाईको मृत्यु त पछिल्लो दुई महिनामा मात्रै भएको हो । हालसम्म ६ करोड ६८ लाखभन्दा बढी मासिनहरु कोभिड–१९ बाट संक्रमित भइसकेका छन् । पछिल्लो हप्ता मात्रै प्रतिदिन १० हजारको दरले मानिसहरुका दैनिक मृत्यु भइरहेको छ । खोपको सफलताका कथाहरु बाहिर […]
२० मंसिर, काठमाडौं । शिक्षाविद् र शिक्षकले विद्यालय पुनःसञ्चालन र वैकल्पिक माध्यमको सिकाइमा प्रभावकारिताका लागि अतिरिक्त स्रोत, साधन उपलब्ध गराउन सुझाएका छन् । सरकारले कोभिड–१९ को जोखिम मूल्याङ्कनका आधारमा विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहमा दिएपछि विद्यालय क्रमशः खुल्न थाले पनि स्वास्थ्य सामग्रीलगायतको अभाव र सबै विद्यार्थी उपस्थित नहुने समस्या देखिएको छ । शिक्षा पत्रकार समाज […]
२० मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६०७४ नमुना परीक्षण गर्दा ४०२ महिला र ६२२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । उनीहरुमध्ये २ लाख २४ हजार ५३ जना […]
२० मंसिर, दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई रु तीन हजार रकम वितरण गर्न थालेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने ३० महिलालाई रु तीन हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको हो । गाउँपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर सुत्केरी महिलालाई प्रोत्साहन […]
जगन्नाथ गाउँपालिका–१, बीजा विष्ट कोल्टी जाँदा र फर्किँदा मूल बाटो हिँड्न छाडेको धेरै भयो । त्यो बाटाे हिँड्दा उनी आफूलाई सम्हाल्न सक्दिनन् । किनभने, दैया मूलबाटोछेउ उनको छोराको चिहान छ । ‘नौ महिना गर्भमा राखेर खाई नखाई हुर्काएको छोरालाई घरबाट लगेर त्यही पुलमा गोली हाने । चिहान देख्नुपर्ला भनेरै म मूलबाटो हिँड्न सक्दिनँ’, उनी भन्छिन् […]
बैतडी : कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बैतडीका दुई स्थानीय तहमा सञ्चालनमा आएका विद्यालय पुनः बन्द भएका छन् । जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकाका विद्यालय पुनः बन्द भएका हुन् । कोरोना सङ्क्रमण फैलन नदिने यी दुवै स्थानीय तहमा लकडाउन घोषणा गरेकाले विद्यालय पुनः बन्द भएका हुन् । दशरथचन्द नगरपालिकाकाले मङ्सिर २२ गतेसम्म लकडाउन […]
२० मंसिर, मोरङ । कोरोनाबाट संक्रमित प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)लाई थप उपचारका लागि काठमाडौं लगिएको छ । शरीरमा अक्सिजन कम देखिएपछि शुक्रबार अपराह्न थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको हो । प्रदेश प्रमुख अधिकारीलाई आवश्यक उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको हो । प्रदेश प्रमुख अधिकारीमा यही […]