होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१० चैत, डोटी । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका-१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो । मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा […]
धनगढीः कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिकाको लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लम्कीकाअनुसार बसको ठक्करबाट गम्भीर घाइते भएकी लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हो। अहिले मृतकका आफन्तले […]
१० चैत, काठमाडौं । फागुन २३ गते खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागर राजभण्डारीले जानकारी दिए । चिकित्सकहरुका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म लाग्छ । तर उनमा इम्युनिटी बन्नुअघि नै संक्रमण भएको हुनसक्ने उनले बताए […]
१० चैत, कैलाली । बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । उनका अनुसार गोली प्रहारबाट घाइते भएकालाई उपचारका लागि कोहोलपुर पठाइएको छ । मंगलबार […]
चैत ९, डोटी । सरकारले छुवाछुतमुक्त मुलुक घोषणा गरेपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको दलित समुदायले गुनासो गरेका छन् । डोटीको सायल गाउँपालिका–१ का वीरवहादुर सार्की दलित समुदायमाथि अहिले पनि जातीय छुवाछुत हुने गरेको बताउँछन् । चिया पसलमा चिया खायो भने गिलास धुनुपर्ने अवस्था रहेको उनले बताए । ‘जातीय छुवाछुत अन्त्य भएको घोषणा गरिएको छ, तर […]
९ चैत, महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–५ मा लामखुट्टे मार्नका लागि म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीयमा स्वास्थ्य समस्या देखिएको छ । पर्सा, पतैली, चौरिया र बिसनपुरमा म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीय बालबालिका, वृद्धवृद्धा र वयस्कसमेतमा विभिन्न स्वास्थ्य समस्या देखिएको स्वास्थ्यकर्मी सरोज चौधरीले जानकारी दिए । उनका अनुसार औषधिबाट लामखुट्टे मरेको छैन भने औषधि छर्किएको केही […]
एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करीब ४७ हजार जना संक्रमित भएका छन् । गत २४ घण्टामा कोरोना संक्रमितको यो सङ्ख्या यसवर्ष शुरु भएयताका नै सब भन्दा बढी हो । यस अवधीमा कोरोना संक्रमणबाट […]
मलाई लाग्छ, हरेक व्यक्तिमा कुनै न कुनै विशेष खूबी हुन्छ । प्रतिभा हुन्छ । त्यसैगरी हरेकको आ–आफ्नै कमजोरी पनि । मान्छेको सक्षमता वा अक्षमता भन्ने कुरा तपाईं कहाँ उभिएर हेरिरहनुभएको छ भन्ने कुराले पनि निर्धारण गर्छ । जस्तो सबै आँखा देख्ने व्यक्तिहरूको बीचमा म दृष्टिविहीन उभिएँ भने, त्यहाँ सबैभन्दा कमजोर देखिन सक्छु । तर, दृष्टिविहीनको […]
इलाम । अनौठो रोगका कारण यहाँको एकै घरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट फाकफोकथुम गाउँपालिका–१ ठिङगेपुरका दिदीबहिनी बिरामी परेका हुन् । होमबहादुर निरौला र उमा निरौलाका छ छोरी छन् । जेठी कोपिला र कान्छी सुशीलाबाहेक सबै अनौठो रोगबाट पीडित भएका छन् । माइली डिल्लीमाया निरौला (बोहोरा), साइली चन्द्रकला […]
काठमाडौं । मस्तिष्काघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको स्वास्थ्य उपचार खर्च नलिने भएको छ । जोशी परिवारले सरकारले दिने भनेको उपचार खर्चबापतको १० लाख रुपैयाँ स्वीकार नगर्ने उनका स्वकीय सचिव पुष्कर पाण्डेले जानकारी दिए । ‘सरकारले अनर ग¥यो, त्यसका लागि हामी धन्यवाद दिन चाहन्छौँ । उहाँको परिवारले […]
कोरोनाभाइरसको दोस्रो लहरबीच मध्यप्रदेशका तीन शहर भोपाल, इन्दौर र जबलपुरमा पहिलो लकडाउन सुरु भएको छ । आइतबार अस्पताल र मेडिकल छाडेर सबै पसल बन्द गरिएको छ । बिहानमात्र दुध आपूर्ति गर्ने सवारीलाई छुट दिइएको थियो । प्रहरी सडकमा तैनाथ रहेका छन् भने ठाउँ–ठाउँमा ब्यारिकेड लगाइएको छ । बिहान ९ बजेसम्म मानिसहरुको आवतजावत नरोकिएपछि प्रहरी कडाइ […]
दमदम, कोलकाता — ४० वर्षपछि भारतीय जेलबाट छुटेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) आइतबार बिहानै स्वदेश आइपुगेका छन् । कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा उनलाई नेपाल पठाइएको हो । झापामा पत्रकार सम्मेलन गरेर दुर्गालाई परिवारको जिम्मा लगाइने विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतले जनाए । पत्रकार सम्मेलनपछि उनलाई इलाम माई नगरपालिका-१० […]
बनेपा: काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थानडाँडामा घुम्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति २ः०० बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर धुलिखेल नगरपालिका–४ केयुमा कार्यरत वडा नम्बर ७ बस्ने २६ वर्षीय निरोज रिजालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए । उनका अनुसार रिजाल […]
६ चैत, काठमाडौं । सन्तानप्रति एउटी आमाको मन कति समर्पित हुन्छ होला ! यसको दुरुस्त उदाहरण हो- ७७ वर्षीया गीता जोशीको सक्रियता । सबेरै उठेर उनी हरेक दिन पूजापाठ गर्छिन् । हतार हतार थापथलीस्थित नर्भिक अस्पताल पुग्छिन्, जहाँ उनका छोरा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचार चलिरहेको छ । ७७ वर्षको उमेरमा पनि उनको आत्मविश्वास […]
बागलुङ । बागलुङमा एक महिलाले छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या गरिएको आशङ्का गरिएको छ । जिल्लाको गलकोट नगरपालिका–४ चमुवाकी ३८ वर्षीया कुमारी सार्कीले २० वर्षीय छोरा अनिल सार्कीसँग मिलेर ४० वर्षीय श्रीमान् धनबहादुर सार्कीको हत्या गरिएको आशङ्का प्रहरीको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही चैत १ गते राति घरमा विवाद हुँदा आमाछोरा मिलेर ४० […]
६ चैत, काठमाडौ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले राज्यले चाहेर मात्रै जातीय छुवाछुत तथा विभेदको अन्त्य हुन नसक्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले जातीय छुवाछुत तथा विभेदको अन्त्यका लागि पीडकलाई दण्डित गरेर र राज्यले चाहेर मात्रै अन्त्य हुन नसक्ने बताएका […]
दाँत तथा मुखको सुरक्षा र सरसफाइको लागि जाडो होस् या गर्मी सबै उस्तै महत्वपूर्ण छन् । दाँतको सुरक्षा त्यतिबेलासम्म मान्छेलाई सामान्य लाग्छ, जतिबेलासम्म तीब्र दुखाइका कारण मान्छेमा छटपटी हुँदैन । त्यसैले के बिहान, के बेलुका, के झरी के बर्खा । मुख र दाँतको सरसफाइलाई महत्व दिनु आवश्यक हुन्छ । हामीले खाने जुन सुकै खानाको मुख्यद्वार […]
६ चैत, बैतडी । दोगडाकेदार गाउँपालिका-७ का वडाध्यक्ष भरत महरा एकजना महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनीहरु दुवैलाई शुक्रबार बिहान ३ बजेतिर स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवैजना कोठामा रहेको […]
महोत्तरी: महोत्तरीको पिपरा गाउँपालिका–५ सहोड्वाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थालेको छ। गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थालेको हो। यसअघि नेपाल प्रहरीको प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी […]
काठमाडौं । नेपालमा हाल सञ्चालित कोरोना खोप अभियान स्थगित भएको छ । भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको १० लाख डोज खोप नआएपछि अभियान स्थगित गरिएको स्वास्थ्य सेवा विभाग, खोप शाखाका प्रमुख डा. झलक शर्माले बताए । भारतले १० लाख कोरोना खोप अनुदानमा दिएपछि १४ माघबाट खोप अभियान सुरु भएको थियो । फ्रन्टलाइनरलाई खोप लगाएपछि सरकारले […]