होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः सुदूरपश्चिम प्रदेशका जिल्ला अस्पतालहरुमध्ये बझाङमा सबैभन्दा पहिले अक्सिजन प्लान्ट जडान हुने देखिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले गत वैशाख ६ गते ८० लाखका दरले पहाडी ६ जिल्ला र टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि आशयपत्र पठाएको थियो। जसमध्ये बझाङ अक्सिजन प्लान्ट जडान गर्ने पहिलो जिल्ला हुने देखिएको छ। जिल्ला अस्पताल बझाङमा अक्सिजन प्लान्ट जडान […]
सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख हजार मात्रा ‘भेरोसेल’ खोप आएको र […]
१९ जेठ, काठमाडौं । चीनमा बर्डफ्लुको दुर्लभ भेरियन्ट एच१०एन३ को संक्रमण पहिलोपटक मानिसमा देखिएको छ । चीनका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनमा अहिले संक्रमित भएका व्यक्तिबारे विस्तृत जानकारी भने दिइएको छैन । यद्यपि यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै नसर्ने अनुमान गरिएको छ । समाचारमा […]
१९ जेठ, काठमाडौं । पाँच वर्षका प्रथाम र उनका १० वर्षीय दाइ आयूषले गत अप्रिलमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण आफ्ना बुवा गुमाए । यी दाजुभाइले बुवा गुमाएको केही दिनमै दिल्लीको अर्को अस्पतालमा उनीहरूकी आमाको पनि निधन भयो । यी दाजुभाइको भरोसाको संसार परिवर्तन भइसकेको थियो तर उनीहरूलाई यो सबै कुरा थाहा थिएन । उनीहरूले […]
नागरिक रैबार/बाजुरा १८ जेठ। संघीय संसद्मा प्रतिनिधित्व गर्ने बाजुराका सांसद लालबहादुर थापाको पहलमा गृह जिल्ला बाजुराका लागि स्वास्थ्य सामाग्री पठाएका छन् । सांसद थापाको पहलमा स्वास्थ्य सेवा विभागबाट बाजुराका लागि अक्सिजन सिलिन्डर १०, अक्सिजन कन्सन्ट्रेटर ७, अक्सिजन कनेक्टर १०, N-95 mask ३००, गाउन ११० सेट, मास्क सर्जिकल २५०० पिस, फेस सिल्ड २० पिस र पञ्जा […]
१८ जेठ,बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–२, ब्रह्मतोलाका मृगौला रोगबाट पीडित रामप्रसाद जैसीको परिवारले आर्थिक सहयोग संकलन गरेको हो।विभिन्न व्यक्तिहरुबाट हालसम्म करिब एक लाख ४० हजार रुपैयाँ सहयोग प्राप्त भएको रामप्रसादका भिनाजु पदमराज रेग्मीले जानकारी दिए । विगत ८ वर्षदेखि मृगौला रोगबाट पीडित जैसीको अहिले दुवै मृगौलाले काम गर्न छोडेको आफन्तले बताएका छन्। हाल उनी मानव […]
१८ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीले पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनले सिङ्गो पार्टी पंक्ति स्तब्ध भएको जनाएको छ । दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४:२५ बजे निधन भएको हो । पार्टीको केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्व संयोजक […]
काठमाडौँ– चीनले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप आज काठमाडौँ आइपुगेको छ ।नेपाल वायुसेवा निगमको वाइडबडी विमानले बेइजिङबाट उक्त परिमाणको खोप काठमाडौँ ल्याइपुर्याएको हो । खोप ल्याएको उक्त जहाज दिउँसो १ बजेर ४८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । निगमको जहाज खोप लिन सोमबार राति ११ […]
काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।
नागरिक रैबार/बाजुरा १८ जेठ। राष्ट्रिय आविष्कार केन्द्र /Remote Covid Repose Team ले बुढीगंगा नगरपालिकाको टाँटे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नगरपालिकामा कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै उक्त केन्द्रले बुढीगंगा नगरपालिकाको कोभिड १९ अस्थायी अस्पताल/ टाँटे स्वास्थ्य चौकीलाई कन्सेन्ट्रेटर ३ थान, नेबुलाइजर २ थान, पल्स अक्सिमिटर २ थान, केएन ९५ मास्क, […]
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा २५ शय्याको सैनिक अस्पताल सञ्चालनमा आएको छ । धनगढी उप-महानगरपालिकाको बोराडाँडीमा स्थापना गरिएको अस्पतालको सोमबार प्रधान सेनापति पूर्णचन्द्र थापाले विधिवत् रुपमा उद्घाटन गरे । नेपाली सेनाको सुदूरपश्चिम पृतनाले व्यवस्थापन गर्ने गरी सैनिक कल्याणकारी कोष र नेपाल सरकारको लगानीमा सञ्चालमा आएको अस्पतालले केही हप्ता पहिलेदेखि नै सेवा दिन थालेको […]
१८ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ ।विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (B.1.617.2) लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम […]
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारका क्रममा एक संक्रमित महिलाको बेडबाट लडेर मृत्यु भएको छ ।सिरहा, गोलबजारकी ५५ बर्षीया संक्रमित महिलाको अस्पतालको बेडबाट लडेर सोमबार राति मृत्यु भएको हो ।अस्पतालमा उपचाररत ती महिलाको मृत्युपछि परिवारले शव परिवारले शव बुझ्न मानेका छैनन् । मृतक महिलाको ज्वाँई धननारायण श्रेष्ठले अस्पतालले सोमबार साँझ ७ […]
नागरिक रैबार/बाजुरा १७ जेठ। बाजुरा जिल्लामा नागरिक अगुवाहरुले सँकलन गरेको रकमबाट खरिद गरिएका अक्सिजन सिलिन्डर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको छ । त्यस्तै जगन्नाथ गाउँपालिकामा रहेको जुड्डि अस्थायि कोभिड अस्पताललाई ४ वटा सिलिन्डर सहयोग गरेको अभियानका अगुवा तथा पत्रकार प्रकाश सिंहले वताएका छन् । बाजुरा स्थित नागरिक अगुवाले आर्थिक संकलन गरेर बाजुरा जिल्लामा २५ […]
पछिल्लो २४ घण्टामा ४७६२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै ६४९१ जना संक्रमणमुक्त भएका छन् । यस्तै ११४ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १७ हजार ४८० जनामा परीक्षण भएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको […]
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोगब्याधीले धेरैलाई असर गर्नसक्ने बताएका हुन् । उनले दक्षिण एसियाको मौसम सम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमान अनुसार सरदरभन्दा बढी पानी पर्ने देखाएको बताए । अघिल्लो […]
नागरिक रैबार/बाजुरा १७ जेठ। बाजुरा जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सहित बाजुरामा हालसम्म ३ सय ४३ जना कोरोना मुक्त भएका हुन् । त्यस्तै आज जिल्लाका विभिन्न ठाउँमा ३८ जनाको एन्टिजेन प्रविधिबाट कोरोना परिक्षण गर्दा १७ जनामा कोरोना पाेजेटिभ देखिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । स्वास्थ्य कार्यालय बाजुराका अनुसार […]
१७ जेठ, काठमाडौं । चीनले आफ्नो मुलुकमा बस्ने दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने निर्णय गरेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सरकारले दुई सन्तान नीतिमा परिवर्तन गर्दै तीन सन्तानको नीति घोषणा गरेको हो । चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो मिटिङमा राष्ट्रपति सि जिनपिङले उक्त नीतिलाई स्वीकृति दिएका हुन् । चीनको जनसंख्या वृद्धिदर दशकयताकै […]
१६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ […]
नागरिक रैबार/बाजुरा १६ जेठ। बाजुरा जिल्लामा न्यून रहेको कोरोना परिक्षणको दर बढाईने भएको छ । जिल्लाका ९ ओटै स्थानिय तहका गाउँ गाउँमा कोरोना भाईरस संग मिल्दो जुल्दो लक्षणका बिरामीहरु रहेको तर कोरोना पोजेटिभ देखिने डरले स्वास्थ्य सँस्था नजाने देखिएकोले गाउँ गाउँ टोलमै गएर परिक्षण गरिन लागेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बरिष्ट जनस्वास्थ्य अधिकृत्त दयाकृष्ण पन्तले […]