होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकमा सडकबत्ती जडान हुने भएको छ । सो सम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ । सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायतका क्षेत्रमा करीब १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती जडानको कार्य अघि बढ्ने भएको […]
नेविसंघले सरकारविरूद्ध सिठ्ठी फुक्ने भएको छ। ७७ जिल्लामै मंसिर २८ गते अपरान्ह ४ बजे सिठ्ठी फुकिने नेविसंघले जनाएको छ। नेविसंघ केन्द्रीय समितिले मंसिर २९ गते देशैभर कांग्रेसले गर्ने प्रदर्शनमा सहभागी हुनसमेत निर्देशन दिएको छ। कम्युनिष्ट सर्वसत्तावाद, कोरोनाका नाममा भ्रष्टाचार, सरकारी दमन, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ मा दमौलीमा भएको घटनालगायत विषयको विरोधमा उक्त कार्यक्रम […]
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता लुकाएको आशंकामा हुम्ला प्रहरीले गैरकानुनी रूपमा मध्यराति पत्रकारहरूको घर खानतलासी गरेको छ । विप्लवका जिल्ला सेक्रेटरी कुम्भ बुढालाई लुकाएको आशंका गर्दै पत्रकारद्वय नरजन तामाङ र कर्णबहादुर रोकायको घर प्रहरीले खानतलासी गरेको हो । राज्यविरुद्धको अपराध अभियोगमा हुम्ला जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासबाट मंगलबार सफाइ पाएका बुढालाई प्रहरीले पुनः […]
बैतडीका १६ ठाउँबाट नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा रहेको छ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय बैतडीका अनुसार जिल्लाको शाहीलेक, गढी, कठपते, सतबाँझ, पाटन, बिजुल, ग्वाल्लेक र खोडपेबाट फोरजी सेवा सञ्चालनमा रहेको हो । यसका साथै रोडीदेवल, जलहल्ला, दुर्गास्थान, चौड, सिल्लेक, शिखरपुर, कुवाकोट र पञ्चेश्वरबाट पनि फोरजी सेवा सञ्चालनमा रहेको नेपाल टेलिकम दूरसञ्चार कार्यालय बैतडीका प्रमुख […]
हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेका चारवटा गाउँपालिकामा पुनः सञ्चार विच्छेद भएको छ । नमस्ते टेलिफोनले काम नगर्दा यहाँका नागरिकले पटकपटक सास्ती खेप्दै आउनुपरेको छ । जिल्लाका सर्केगाड, अदानचुली, खार्पुनाथ, ताजाकोट, चङ्खेली, नाम्खा र सिमकोट गाउँपालिकाभित्र नौवटा नमस्ते टेलिफोनका टावर निर्माण गरिएको भए पनि सन्तोषजनक काम नगरेको यहाँका स्थानीयले गुनासो गरेका छन् । जिल्लाको तल्लो […]
काठमाडौं । सायद तपाईं हामीमध्ये धेरै जनाले दिउसो तथा रातमा समेत मोबाइल फोन खेलाएर धेरै समय बिताउँदछौँ । आखिर मान्छेले आफ्नो जीवनकालमा ठ्याक्कै कति समय मोबाइल फोनको स्क्रिनमा हेरेर बिताउँछ होला ? हालैको एउटा अध्ययनले निकै रोचक तथ्य पत्ता लगाएको छ । मोबाइल फोनको तुलनात्मक विश्लेषण गर्ने वेबसाइट ह्विस्सलआउटले गरेको अध्ययन अनुसार अमेरिकीहरुले औषतमा आफ्नो […]
काठमाडौं, २० कात्तिक। नेपाल पत्रकार महासंघले यही २६ कात्तिकमा तीन वटा सञ्चार गृहमा कालो ब्यानर टाँसेर धर्ना दिने भएको छ ।कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारको स–सम्मान पुनर्वहाली, यसबीचको तलब–भत्ता उपलब्ध गराउन, दसैँ खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा […]
काठमाडौँ । गृह मन्त्रालयले एक सय जना कर्मचारीको माग गरेको छ । मन्त्रालय अन्तरगतको अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको हो । मन्त्रालयले एक सूचना प्रकाशन गर्दै राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीका लागि गृहले दरखास्त आह्वान गरेको छ । दरखास्त दिनेको योग्यता […]
काठमाडौं । एप्पलले हालै लञ्च गरेको आइफोन १२ प्रो म्याक्स ६ दशमलब ७ इन्चको छ । अर्थात् सन् २००७ मा बजारमा आएको आइफोन भन्दा यसको साइज दोब्बर छ । सबैलाई विदितै छ कि स्मार्टफोन बजारमा ठूलो डिस्प्ले भएका डिभाइसहरुको माग बढिरहेको छ र कम्पनीहरु यही आवश्यकतालाई मनन गर्दै ठूला आकारका फ्लागशीप डिभाइसहरु उत्पादन गरिरहेका छन् […]
विश्वभरका वैज्ञानिकहरु यतिबेला कोरोनाभाइरसको उपचार पत्ता लगाउन लागि जुटेका छन् । यसमा एक किशोरी पनि अग्रस्थानमा देखिएकी छिन् । टेक्सासकी १४ वर्षीया अनिका चेब्रोलुले हालै मात्र ‘थ्रीएम यङ साइन्टिस्ट च्यालेन्ज’ जित्दै २५ हजार अमेरिकी डलर हात पार्न सफल भएकी छिन् । उनको आविष्कारले कोभिड–१९ को सम्भावित उपचार खोज्न मद्दत पुग्ने आशा गरिएको छ । अनिकाको […]
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रले छुन सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले कोही कसैलाई फोन सम्पर्क गर्नुप¥यो भने करिब आधा घण्टा पैदल हिँडेर टावर टिप्ने स्थान खोज्दै सम्पर्क गर्नुपर्ने उनीहरुको दिनचर्या नै बनेको छ । समुद्री सतहदेखि करिब एक हजार २०० मिटर उचाइमा रहेको उक्त स्थानका मानिस टावरले […]
काठमाडौं । आगामी असोज २२ गतेसम्म विद्युत महसुल तिरे बिलम्ब शुल्क नलाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले कोभिड–१९ महामारीका कारण विद्युत महसुल भुक्तानीमा उपभोक्तालाई समस्या परेको भन्दै असोज २२ गतेसम्म बिल तिर्दा अतिरिक्त शुल्न नलिने जनाएको छ । यस्तै असोज २३ गतेदेखि असोज ३० गतेसम्म महशुल बुझाउँदा भने थप ५ प्रतिशत बिलम्ब शुल्क तिर्नुपर्ने […]
काठमाडौं- विदेशमा रहेका नेपालीले अब मोबाइलबाटै पैसा पठाउन सक्ने भएका छन् ।वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको हो । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड र डिजिटल वालेटमार्फत् रेमिट्यान्स पठाउन मिल्ने नयाँ व्यवस्था गरेको हो ।यसअघि रेमिट्यान्स बैंकिङ प्रणाली वा विप्रेषण सेवा प्रदायक कम्पनीले […]
एजेन्सी । बाँदर मान्छेको पुर्खा हो भन्ने त सुनिएकै हो । बाँदरका धेरै आनीबानीहरु मान्छेसँग मिल्छन् भन्ने वन्यजन्तुविदहरुको भनाइ छ । बाँदरले पनि मान्छेकै जस्तो हर्कत गर्दछ भन्ने तथ्यलाई हालै एउटा बाँदरले मलेसियामा पुष्टि गरेको छ । मलेसियामा एकजना व्यक्तिले आफ्नो हराएर फेला परेको मोबाइलमा बाँदरको सेल्फी तथा भिडियो रहेको दाबी ग्रेका छन् । २० वर्षका […]
कैलाली(गोदावरी): नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा फोर जी इन्टरनेट सेवा विस्तार गरेको छ। यो प्रदेशका नौ वटै जिल्लामा २१७ वटा टावरमार्फत फोर जी इन्टरनेट सेवा विस्तार गरिएको नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ। “प्रदेशभर फोर जी सेवाको पहुँच पु¥याउन ३८४ टावर निर्माण गरी विस्तार गर्ने योजना छ”, सो कार्यालयका निर्देशक नामाकर न्यौपानेले […]
काठमाडौँ – टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ ।‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो । यसको लोकप्रियता त्यसयता चुलिएको छ । टिकटकको चुलिँदो लोकप्रियताले नेपालको इन्टरनेटको गुणस्तरमा भने धक्का दिएको छ । इन्टरनेट सेवा […]
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–२ मा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा रिप र उनापानी गाउँका करिब ६०० घरधुरीका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् । टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयवासी र टाढा रहेका आफन्तसँग सम्पर्क गर्न नपाएको उनीहरुको गुनासो छ । तीन हप्तादेखि टावरमा समस्या आएपछि मर्मतका लागि टेलिकम शाखा सिमकोटमा बारम्बार जानकारी गराउँदा […]
अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेसनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एपमा प्रतिबन्ध लगाउने तयारी गरेको जानकारी गराएका छन्। राष्ट्रपति ट्रम्पले उक्त एपसँगै यही सेप्टेम्बरको १५ तारिखदेखि चिनियाँ सामाजिक सञ्जालका एप्लिकेसनहरुमा प्रतिबन्ध लगाउनेबारे यसअघि निर्णय भइसकेको र अब त्यो मिति पर नसारिने जानकारी दिए। […]
२२ भदौ, काठमाडौं । अब फरक-फरक मोबाइल सेवा सेवा प्रदायकका प्रयोगकर्ताले पनि एउटै सर्ट कोडहरु प्रयोग गर्न पाउने भएका छन् । ब्यालेन्सको थाहा पाउन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न सबै सेवा प्रदायकमा अब एउटै प्रयोग हुने सर्ट कोड हुने भएको छ । यो सँगै तोकिएका प्रयोजनमा हाल प्रयोगमा रहेका सर्ट कोडहरु एकवर्षभित्र परिवर्तन […]
टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक। टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ। ‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो। यसको लोकप्रियता त्यसयता चुलिएको छ। टिकटकको चुलिँदो लोकप्रियताले नेपालको इन्टरनेटको गुणस्तरमा भने धक्का दिएको छ। इन्टरनेट सेवा प्रदायकका अनुसार अहिले नेपाल भित्रिने कुल […]