होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
विमललाई लाग्छ उनको आजसम्मको जीवन एक सपना भइदिए हुन्थ्योझैं लागेको छ । जहाँ राति देखेका नराम्रा सपना, बिहानको उज्यालोमा हराएर नयाँ बिहानी शुरु भएझैं जीवन पनि पुराना गल्तीलाई थाँती राखेर अघि बढाउन पाए हुन्थ्यो झैं लाग्छ । रातिको १२ बजिसकेको थियो उनी निदाउन सकेका थिएनन् । दाहिने हातको सिरानी बनाई आकाशका तारातिर आँखा डुलाउँदै, उनले […]
पुल तरेर पारि पुगेपछि अकस्मात पानी पर्यो । यो पानीलाई यतिबेला नै किन पर्न परेको होला ? गर्मी थियो, त्यसैले पर्यो । पर्नु उसको धर्म हो, भिज्नु हाम्रो बाध्यता । छाता थिएन, त्यो हाम्रो कमजोरी थियो । तर हिँड्दा आकाशमा हेरेकै हो । खाली थियो आकाश, थिएन कतै उडन्ते भुवा । म भिजें, उनी भिजिन्, […]
८ मार्च भर्खरै सकियो । यो दिन आउनुअघि नै हामीले आ–आफ्ना संस्थाका कार्यक्रम–योजना सुनायौँ । सबैले आ–आफ्ना ठाउँबाट उपस्थितिका लागि अनुरोध गर्ने भनियो । तर, कार्यक्रमको अन्तिम दिन अर्थात् ८ मार्चकै दिन समयमा कोही आइपुगेनन् । बिस्तारै केही नारीहरू आउन थाले । किन ढिलो ? कसैले भने– खाना बनाउँदा बनाउँदै ढिला भयो । कसैले भने– दुई बाटा लुगा धुनु थियो त्यो सक्दा […]
सुनसरी — सुदूरपूर्व झापामा पोइट्री टक्स काव्य विमर्शमार्फत सुदूरपश्चिमको कथा बोकेको कथासंग्रह ‘सुगन्धपुर’को परिचर्चा गरिएको छ । कथाकार विश्व कुइकेलको कथासंग्रह ‘सुगन्धपुर’माथि सोमबार बुद्धशान्ति गाउँपालिकास्थित बुद्ध आदर्श माध्यमिक विद्यालयमा परिचर्चा गरिएको हो । पूर्वका साहित्यकारहरूको उपस्थितिमा सम्पन्न परिचर्चामा टिप्पणीकारहरूले कथासंग्रहभित्रका कथाहरूले दलितका मुद्दा, नारीको यौन अधिकार, कर्णालीको विकटता र दुःख, लिपुलेक टिङ्कर क्षेत्रको समस्यामाथि बोलेको […]
पछिल्लो समय किशोर पुस्तामा पुस्तक पढ्ने बानिको विकास हुँदै गएको छ । किशोर पुस्ताले स्कुल-कलेजका किताबबाहेक नेपाली साहित्य (खास गरेर उपन्यास) पढ्न थालेका छन् । किशोर मनोविज्ञानमा लेखिएका समर लभ, साया, गुलाबी उमेरजस्ता उपन्यासहरूले जबरजस्त पाठक समूह तयार पारेको मानिएको छ । समर लभ र साया उपन्यासका लेखक सुविन भट्टराई नेपाली साहित्य पढ्ने किशोर पुस्ताको […]
पतिको शवसँगै पत्नी जलाउने क्रूर सती प्रथा अन्त्य भएको १०० वर्ष नाघेको छ । १९७७ सालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले नेपालबाट अन्त्य गरेको सती प्रथाको विकासक्रम, उत्कर्ष र प्रतिबन्धसम्म बुझाउने प्रयत्न हो, ‘सतीः इतिहास र मीमांसा’ । सुजित मैनालीकृत ‘सती’मा पुरुष सत्ता स्थापना गर्न कुन कालखण्डमा कस्तो धार्मिक ग्रन्थ र किम्बदन्ती रचना गरियो, जसले सती जस्तो […]
सुशीला प्रधानाङ्गको लेखन र सञ्जीप कँडेलको चित्राङ्कन रहेको ‘पानीमा रुझ्नु हुँदैन’ शीर्षकको चित्रकथा प्रकाशित भएको छ । चित्रकथाको प्रमुख पात्र ईश्वरसँग पानी परेको बेला विद्यालय जान रेनकोट हुँदैन । त्यसैले, आमाको बिग्रेको छाता ओढेर जान्छ । झुत्रे छाता भनी साथीहरुले जिस्काउँछन् । तर नराम्रो नमानी बरु अरु साथीलाई पनि पानी परेकोबेला ओट दिन्छ । पुस्तकमा […]
विकास सबैको प्रिय शब्द हो । गोरेटो बाटो जति सबै मोटरबाटो बने हुन्थ्यो भन्ने चाहना हामी सबैको हुन्छ । तर, त्यही विकासले कतिपयको पुख्र्यौली र जातीय पहिचानसँग जोडिएका कामहरु चौपट बनाइरहेको हुन्छ । यस्तै भइरहेको छ- भेँडाको उनबाट बनेको राडीपाखी बोक्ने गुरुङहरुलाई । लेकको जडीबुटी बोकेर पहाड र्झने शेर्पाहरुलाई । तराईबाट शिरकको खोल बनाउनउकालो लाग्ने […]
जिन्दगीको के भरोसा, यो त सानो खेलौना हो दुई आँखामा एकमा हाँसो, अर्कोमा रुवाइ छ …। लोकप्रिय गायक कर्णदासको यो गीत ल्यापटपमा लगातार बजिरहेको छ । गीत जस्तै छ जिन्दगीको परिभाषा पनि । सरल भाषामा भन्नुपर्दा वा ठ्याक्कै भन्नुपर्दा जिन्दगीको यकिन छैन, कहाँ, कहिले के हुने हो भरोसा छैन । ‘के हो जिन्दगीको परिभाषा ? […]
ओखलढुङ्गा– युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती आज मनाइँदै छ । विसं १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उनको जन्म भएको थियो । यस वर्ष पनि कोरोना कहरकाबीच उनको सम्झनामा गरिँदैछ । सोही अवसरमा ‘मेरो प्यारो ओखलढुङ्गा’ कविताको भिडियो आज सार्वजनिक गरिएको छ । यसमा युगकविको रचना एवं स्वरसम्राट नारायण गोपालको स्वर छ । […]
उसले तलब थाप्नेबित्तिकै रकमको जोड-घटाउ गर्न थाल्यो । चिया पसलको उधारो दुई हजार । मोबाइल खर्च एक हजार । आगामी महिनाको खाजा खर्च तीन हजार । बुट फाटेको छ, किन्नको लागि दुई हजार । युनिफर्म खुईलिएर सेतै भएको छ । हाकिमबाट तीन पुस्तालाई पुग्ने गाली खाइसकिएको छ । स्केलमा पाउनुपर्ने पोशाक वर्षौं बित्दा पनि पाइँदैन […]
‘हेर त बाबु, यो मोबाइल एकपटक के भएको रहेछ ?’ शिरमा अलि पुरानो ढाका टोपी, काँधमा गलबन्दी भिरेका अधबैंसे पुरुषले सोधे । मोबाइल पसलमै मोबाइल मर्मत गर्ने पनि सुबिधा छ । एकजना २०/२२ वर्षे केटा र एकजना केटी पसलको काउन्टरमा अग्लो स्टुलमा बसेर टाउको झुकाउँदै आ-आफ्नै मोबाइलमा व्यस्त थिए । पसलको दाहिने कुनामा सिसाले बारेर […]
निमेन्द्र शाही/ बाजुरा ७ फागुन। सुदूरपश्चिमको महाकाली नदी आसपास घुम्ने पर्यटकका लागि तीन ऐतिहासिक र वीरहरूको गाथा स्मरण गर्ने गन्तव्य छन् । यस क्षेत्रमा रहेका ऐतिहासिक अमरगढी किल्ला, सहिद दशरथ चन्दको जन्मघर र किसान नेता भीमदत्त पन्तको बासस्थानले पर्यटकहरूलाई आकर्षित गर्दछन् । सुदूरपश्चिमको डँडेलधुरामा अमरगढी किल्ला छ । ऐतिहासिक अमरगढी किल्ला रहेको डँडेलधुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ […]
–हेमराज ढकाल ‘सुमन’ हामी त फुट्यौँ कमरेड धुम्बाराही र पेरिसडाँडा नजाने गरी एकअर्काको मुहार नहेर्ने गरी भुलेर ती समाजवादका सपना सहिदका रगत र बलिदानहरु हामी फुट्यौँ कमरेड । मार्क्स, माओ र लेलिनका सिद्धान्त पुप्पलाल, मदन र मनमोहनका विचार यी सबैलाई टोकरी हालेर फेरि दर्शन र सिद्धान्तभन्दा पनि हामीलाई पद, शक्ति अनि पैसा ठूलो भो त्यसैले […]
✍️✍️ धनु बिश्वकर्मा कबिता- नतिजा आँगनको डिलमा बसेर कान्छाले डकारीरहेछ। उहिले-उहिले त पेटभरि खान र मासु भात देख्न दशैँ आउनु पर्थ्यो, सालमा एकफेर। आँगनको डिलमा बसेर कान्छाले डकारी रहेछ। भोकाएकाहरूको लावारिसे लास ध्यानमग्न छन् सडक किनारमा, शान्तिको मन्त्र जपिरहेछन्। सडकको किनारै-किनार मतपत्र बोकेर सरकार दौडिरहेछ आँगनको डिलमा बसेर कान्छाले डकारी रहेछ।
हिजोजस्तै अँध्यारो छ हगि ? किन होला यस्तो ? साँच्चै ! यो बस्ती नै यस्तै हो कि क्या हो ? बिरालाहरूको ङ्यार…ङ्यार…ङुरङुर पनि हराएको होइन । बैंस लागेका घोडाहरू हिल्लिने यी झुप्राहरू पनि कति थपिएका । लौ ! आँखा पनि देखिँदैन, के भएको त्यो…। ऊ त्यो कौसीबाट कसले पिसाब फेरेको त्यस्तरी…त्वारा…रा…रा…। लाज पचेका भाँडहरू […]
-सुभद्रा ढकाल सर्वस्व गुमाएँ उनलाई प्यार गरेर जिन्दगी सकियो कसैको इन्तजार गरेर भिरमा फूलेका फूलहरु सहरसम्म पुग्छन् हामी समय विताउँछौ श्रृङ्गार गरेर समय भन्दा पनि अगाडि डौडिरहेछन् कहाँ पुग्लान् यी मान्छे हतार गरेर मैले तिम्रो मण्डप सजाएर फर्केकी छु तिमी फर्कनू मेरो चित्ता तयार गरेर
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षका उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र […]
पहिलो कुरा, दलित यदि कसैले अपमानजनक रूपमा गरेको सम्बोधन हुन्थ्यो भने त्यस परिचयलाई परिवर्तन गर्नका निम्ति अन्य शब्दको खोजी मनासिब नै हुन सक्दथ्यो । तर, स्पष्टै भएको कुरा हो— दलित कुनै अपमानका निम्ति प्रयोग भएको शब्द होइन । त्यसकारण लामो समय सङ्घर्ष गरेर विभिन्न भाषिक समुदाय र जातिमा छरिएका दलितहरूलाई एउटै परिचयमा सम्बोधन गर्न सकिने […]
त्यसपछि मेरो जीवन कहिल्यै नसोचेको बाटोतिर मोडियो । चाहेका बेला आत्महत्या गर्न पाएको भए मेरो जीवन टुंगिएको दश वर्ष बितिसकेको हुने थियो । विगतलाई फर्केर हेर्दा आफैंले बेहोरेका घटनाहरू आफैंलाई काल्पनिक लाग्छन् । एउटा गुन्डाको नजरमा नपरेको भए, परिवारले साथ दिएको भए, प्रहरीमा गएको भए वा दीपकले विवाह गरेको भए आज म अर्कै बिमला हुन्थेँ […]