होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १६ जेठ। बडीमालिका नगरपालिका वडा नं. ८ स्थित रापकमा रहेको मष्टेश्वरी आधारभुत विद्यालयको २ कोठे भवनको सिलान्या गरिएको छ । आईतबार बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर बहादुर खड्काले एक औपचारिक कार्यक्रमकाविच उक्त भवनको सिलान्यास गरेका हुन् । बडीमालिका नगरपालिकाको समन्वय र राष्ट्रपति शैक्षिक शुधार कार्यक्रम अन्तरगतको १८ लाखको लागतमा २ कोठाको सुविधासम्पन्न भवन निर्माण […]
काठमाडौं । दुःख गरेर आमाले एक्लै हुर्काएकी कृष्मीको आमालाई जिवनभर सुखसँग राख्ने सपना आईतबार विमान दुर्घटनासँगै सधैका लागि अस्ताएको छ । आईतबार दुर्घटनामा परेको तारा एयरको विमानमा एयर परिचारिकाको रुपमा रहेकी कृष्मी (मनिषा) थापा एकल आमाकी एक्ली सन्तान हुन् । कृष्मीकी आमाले कृष्मीलाई एक्लै हुर्काएकी थिईन् । कृष्मीका बुवाआमाको अन्तरजातिय बिवाह भएको थियो । कृष्मीका […]
जुम्लाको पातारासी गाउँपालिकास्थित भौगोलिक रुपले उच्च स्थानमा धान उत्पादन हुने छुमचौरमा कालीमार्सी धान रोपाइँ सुरु भएको छ । त्यहाँ सुधारिएको कालीमार्सी धान रोपिएको हो । दुई हजार आठ सय मिटर अग्लो स्थानमा रहेको सो स्थानमा आठ प्रकारका कालीमार्सी धान रोपिएको हो । कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धनकर्ता कलीमान महताराका अनुसार २०२१ सालदेखि सो स्थानमा धान […]
धनगढीः स्याङ्जा चापकोटकी किस्मी थापा एयर होस्टेस हुँदा उनकी आमा विष्णुदेवी औधी खुशी भएकी थिइन्। गाउँघरमा किस्मीकै चर्चा हुन्थ्यो। त्यसले विष्णुदेवीको हर्ष बढेको थियो। तर, आइतबार मुस्ताङमा भएको तारा एयरको ट्वीनेटर जहाज दुर्घटनाले उनका सबै खुशीहरू खोसिदिएको छ। २६ वर्षीया किस्मीसहित जहाजमा सवार २२ यात्रु र चालक दलका सदस्य मुस्ताङको मानापाथी हिमालछेउ मुलखर्कमा सदाका लागि […]
मुगु । कर्णाली प्रदेशकै मुख्य पर्यटकीयस्थल मुगुको रारा तालदेखि खत्याड गाउँपालिकाको बाउपानीसम्मको भूभाग रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्दा खत्याड गाउँपालिका र मुगु सदरमुकाम अझै सडक सञ्जालमा जोडिन सकेको छैन । खत्याड गाउँपालिकामा रहेका ११ वडाकै बासिन्दा अहिले पनि ६ घन्टादेखि ३ दिनसम्म पैदल हिँडेर सदरमुकाम गमगढी पुग्ने गर्छन् । ‘रारा राष्ट्रिय निकुञ्जले खत्याड गाउँपालिकालाई सदरमुकाम […]
काठमाडौं । आइतबारदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । स्थानीय यार्सागुम्बा संकलक किसानमार्फत दुर्घटनाग्रस्त जहाजको तस्वीर प्राप्त भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । आइतबार नेपाली सेनालाई मानापाथी हिमालको फेदीमा पहिरो गइरहेको स्थानमा आगो लागिरहेको देखेको भन्दै स्थानीयले खबर गरेका थिए । तर खोजी तथा उद्धारमा […]
सरकारले तीन वर्ष भित्र सबै भूमिहीन दलितलाई आवास उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो प्रतिवद्धता जनाइएको हो । त्यसैगरी बजेटमा आगामी वर्ष निर्यात दोब्बर गर्ने महत्वाकांक्षी लक्ष्य पनि बजेटमा समावेश गरिएको छ । अर्थमन्त्री शर्माले आगामी ५ वर्षभित्र व्यापार सन्तुलन […]
नागरिक रैबार /बाजुरा १५ जेठ । जिल्लाको जगन्नाथ गाउँपालिलकाले आईतबार पनि कार्यालयको कामकाज संचालन गर्ने निणर्य गरेको छ । सरकारले परीक्षणका लागि जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा २ दिन शनिबार र आईतबार सार्वजनिक विदा दिने निणर्य गरेको भएपनि जगन्नाथ गाउँपालिकाले भने उक्त दिन विदा नदिने नगर्ने निणर्य गरेको हो । बैशाख ३० गते […]
नागरिक रैबार /बाजुरा १५ जेठ । नेकपा एमाले जिल्ला कमिटि बाजुराले बिज्ञप्ती जारी गर्दै बुढिगंगा नगरपालिकामा पुन: निर्बाचान गराउनु लोकतन्त्रको खिल्ली उडाउनु र जनतालाई मुटभेटमा लैजाने हर्कत भएको जनाएको छ । बुढिगंगा नगरपालिकामा संम्पन्न निर्बाचान स्थानिय तह निर्बाचान ऐन तथा नियामावली आचारसंहिता बिपरित निर्बाचन आयाेगले कानुनकाे खिल्ली उडाएकाे बिज्ञप्तीमा उल्लेख गरिएको छ । निर्बाचन आचारसंहिता […]
धनगढी । कैलालीको माेहना नदीमा डुबेर दुई जना बालककाे मृत्यु भएकाे छ ।धनगढी उपमहानगरपालिका -३ स्थित धनगढीलाई कञ्चनपुरकाे राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालककाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका -३ विशालनगरका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय बुष्णु गुप्ता […]
सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दासँग अनुरोध गरेको छ ।त्रिभूवन विमानस्थल कार्यालयले स्थल र हवाइ मार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै मुस्ताङका सर्वसाधारणलाई हराइरहेको विमानका बारेमा जानकारी भएमा खोज तथा उद्धार समन्वय केन्द्रको फोन नम्बर ०१४११३००० मा सूचना दिन आग्रह गरेको छ ।
काठमाण्डाै – आज गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । गणतन्त्र घोषणा भएको १४ वर्ष पूरा भइ १५ वर्ष लागेको छ । जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। २०६३ साल वैशाख ११ गते तत्कालीन राजा […]
काठमाडौं । भारतको राजस्थानस्थित एक गाउँको एउटै घरमा बिहे भएका तीन दिदी–बहिनी र उनीहरुका दुई बच्चा गरी पाँच जना मृत फेला परेका छन् । दाइजोका कारण घरका सदस्यबाट दिनहुँ यातना पाएपछि उनीहरुले सामूहिक आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ । मृत्यु हुनेमा २७ वर्षीया कालु मिणा, २३ वर्षीया ममता मिणा, […]
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आइतबार दिउँसो ४ बजे प्रस्तुत गर्दैछ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् । बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद् भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् । सभामुख सापकोटाले […]
नागरिक रैबार/बाजुरा १४ जेठ।बाजुराको रानिवन स्पोर्ट्स क्लवलाई अमेरिकाबाट ८० हजार ५८ रुपैया आर्थिक सहयोग रकम सहयोग गरिएको छ । अखिल नेपाल फुटवल संघ (एन्फा) द्धारा राजधानी काठमाण्डौंमा जारी सि डिभिजन प्रतियोगीतामा सहभागि भएर खेल प्रर्दशन गरिरहेको बाजुराको रानिवन स्पोर्ट्स क्लवलाई अमेरिकाको मेरिल्याण्ड राज्यमा अवस्थित सुदूरपश्चिम फुटवल क्लवका खेलाडीहरुले ८० हजार ५८ रुपैयाँ आर्थिक सहयोग गरेको […]
नागरिक रैबार/बाजुरा १४ जेठ। जिल्लाको जगन्नाथ गाउँपालिलकाले आईतबार पनि कार्यालयको कामकाज संचालन गर्ने निणर्य गरेको छ । सरकारले परीक्षणका लागि जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा २ दिन शनिबार र आईतबार सार्वजनिक विदा दिने निणर्य गरेको भएपनि जगन्नाथ गाउँपालिकाले भने उक्त दिन विदा नदिने नगर्ने निणर्य गरेको हो । बैशाख ३० गते सम्पन्न भएको […]
बाजुराको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिकामा ६ जना कार्यपालिका सदस्य चयन भएका छन् ।गाउँपालिकामा भएको निर्वाचनबाट नेपाली काङ्ग्रेस पाटी बाट बिमला लवार, हिउकला भण्डारी, झपा बुढथापा, रंगा थापा, बाचकला लवार, कर्ण सार्की ,सहित कार्यपालिका सदस्य चयन भएका हुन् । कार्यपालिका सदस्यमा नेपाली काङ्ग्रेसबाट ६ जना निर्बिरोध छनोट गरिएको हिमाली गाउँकार्यपालिका कार्यालयले जानकारी दिएको छ […]
काठमाडौं । सकारले गणतन्त्र दिवसको अवसरमा ८३४ जनाको कैद सजाय माफी मिनाहा भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस्तै संविधानको धारा २७६ र मुलुकी फैजदारी कार्यविधिको […]
बुद्ध एयरले अलपत्र छाडेर आएको जलेकी महिला लोकशरी कुँवरको उपचार शुरु भएको छ। अमानवीय हर्कतको सिकार भएकी उनको बारेमा नेपालभ्यूजले समाचार प्रकाशन गरेलगतै जुटेका सहयोगीहरूले उनको उपचार शुरु गरेका हुन। बुद्ध एयरले अलपत्र छाडेर आएको जलेकी महिला लोकशरी कुँवरको उपचार शुरु भएको छ। अमानवीय हर्कतको सिकार भएकी उनको बारेमा नेपालभ्यूजले समाचार प्रकाशन गरेलगतै जुटेका सहयोगीहरूले […]
नागरिक रैबार/बाजुरा १३ जेठ। बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलमाथि दुव्र्यवहार भएको छ । शुक्रबार कार्यालयमा काम गरिरहेका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलमाथि नेकपा एमालेका कार्यकर्ताले कार्यकक्षमै गएर दुर्व्यवहार गरेका हुन् । बुढीगंगा नगरपालिकामा निर्वाचन आयोगले पुनः मतदान गर्ने निणर्य गरेपछि नेकपा एमालेका कार्यकर्ताहरुले शुक्रबार दिउसो यथास्थितिमा मतगणनाको माग गर्दै सदरमुकाम मार्तडीमा समेत निर्वाचन आयोगका […]