होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२९ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने सरकारको निर्णय सही भएको शिक्षाविद्हरुले प्रतिक्रिया दिएका छन् । मन्त्रिपरिषद्को बुधबार राति बसेको बैठकले विद्यालयहरूले गरेको आन्तरिक मूल्याङ्कनको आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । चैत ६ गतेका […]
काठमाडौँ – पश्चिम रुकुममा प्रेमपछि विवाह गर्न खोज्दा जातीय विभेदलाई लिएर ६ जनाको ज्यान गएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय घमण्ड मल्ल, बिष्णु मल्ल र सबिन पुन रहेका छन् । घमण्ड र बिष्णु मृतक परिवारले कर्तव्य ज्यानको किटानी जाहेरी गरेका फरार व्यक्ति हुन् । सबिनलाई […]
नागरिक रैबार/बाजुरा २९ जेठ। बडीमालिका नगरपालिका ९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । कार्यक्रममा वडा भित्रका ३५ जनाले जना युुवाले २० दिनको रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बडीमालिका ९ का लागि यसवर्ष ५ लाख २५ हजार रकम बराबको बजेट आएको बताईएको छ । विहिबार एक कार्यक्रमका वीच ९ का वडा […]
राजेन्द्र बहादुर रोकाया/ बाजुरा २८ जेठ। बिश्वमा यतिबेला कोरोना भाईरस कोभिड १९ ले जनतालाई त्रासमा पारीरहेको छ । शोही क्रममा अहिले देशका नागरीकहरु बिदेशबाट स्वदेश भित्रिनेको संख्या बड्दो छ । अहिले बिभिन्न पालिकाले देश तथा जिल्ला बाहीरबाट आएका स्थानीहरुलाई १४ दिन अनिवार्य स्थानी पालिकाले तोकेको क्वारेन्टाइनमा राख्ने निर्णय छ । कतिपय पालिकाहरुलाई यतिखेर क्वारेन्टाएनको खर्च […]
२८ जेठ, काठमाडौं । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ६ […]
२८ जेठ, सुर्खेत । कर्णालीमा थप ३७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३७ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकोटका ३ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख […]
हाम्रो देश नेपाल कृषि प्रधान देशको नाममा परिचित छ । तापनि मुलुकका अधिकांश कृषि जन्य बस्तुहरु विदेशबाट आयात गरी हाम्रो आवश्यकता परिपूर्ति गर्नु परिरहेको बाध्यता छ । झण्डै ८० प्रतिशत भन्दा बढि जनता कृषिमा आश्रित रहेको सरकारी तथा गैरसरकारी संस्थाहरुको तथ्यांकले देखाएपनि हरेक बर्ष अरवौ रुपैयाँको कृषि उपजहरु आयात गर्नु आफैमा लाजमर्दो कुरा हो । […]
कालीकोट — कालीकोटको लालीघाट नजिकै जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर आज बिहान साढे १० बजे कर्णालीमा खसेको छ । रासकोट नरपालिकामा रहेको क्वारेन्टाइनमा मानिसहरु पुर्याउन गएको टिपरमा सवारमध्ये ३२ जना नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएपसी श्यामबाबु ओलियाले बताए । उनका अनुसार जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा टिपर खसेको […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रमाथि आपतविपद् आएको समयमा पनि कसैले भ्रष्टाचार गर्छ भने त्यो सैह्य नहुने बताएका छन्। बुधबार संसदमा विनियोजन बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले संकटको समयमा अनियमिता भयो भनेर लान्छना नलगाउन आग्रह गरे। ‘जेमा पनि अनियमिता भयो भनेर लान्छित गर्ने खालका प्रवृत्तिहरु पनि देखिन्छन्, म त्यो प्रवृत्ति नबग्न आग्रह गर्न चाहन्छु।’ […]
नागरिक रैबार/बाजुरा २८ जेठ। जिल्लाको त्रिबेणी नगरपालिकामा क्वारेन्टाइनमा उपचार गर्न गएका स्वास्थ्यकर्मी माथि हातपात भएको छ । त्रिबेणी नगरपालिका वडा न १ स्थित छतारा आधारभुत स्वास्स्थ सेवा केन्द्रका अहेवलाई क्वारेन्टाइनमा रहेका ब्यक्तीको नियमीत चेकजाच गर्न जाने क्रममा त्रिवेणी १ छताराका भिमबहादुर मिजारले ढंगा प्रहार गरेको त्रिवेणी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । अहेव राम बहादुर […]
नागरिक रैबार/बाजुरा २८ जेठ । यतिवेला सिंगो मुलुक कोरोना भाईरस कोभिड-१९ संग लडिरहेको छ । कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले पनि आफ्नो प्रयास जारी राखेको छ । नेपालमा कोरोना भाईरसको रोकथाम र नियन्त्रण गर्न सरकारलाई जनताहरुले पनि साथ दिईरहेका छन् । यतिवेला कोरोनाकै त्रासका कारण बाजुरा जिल्ला बाहिर अध्ययन तथा कामको सिलसिलामा गएका […]
नागरिक रैबार/बाजुरा २८ जेठ। सदरमुकाम मार्तडीको कराला देखि गणखेत हुँदै बडीमालिका ३ को रजाली सम्म जाने पक्की बाटो निर्माण हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको पुर्वाधार विकास अन्तरगत १० लाखको लागतमा साँफे मार्तडी सडक अन्तगरत पर्ने करालादेखि गणखेत खोला सम्म मेसिनरी वाल सहितको पक्की बाटो निर्माण हुन् लागेको हो । उक्त बाटोको बुधबार विहान […]
काठमाडौं – साढे २ महिनादेखिको लकडाउनले जनजीवन कठिन बन्दै गएपछि सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी गरेको छ । यसबारे आवश्यक निर्णय गर्न आज अपराह्न २ बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद बैठक बोलाइएको छ । बैठकमा लकडाउनको स्वरूप परिवर्तन, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए । लकडाउन लम्बिदै गएपछि […]
सुर्खेत : कर्णालीमा भोकमरीको खतरा बढेको छ। यहाँ सामान्य अवस्थामासमेत खाद्यान्न संकट हुन्छ। यो वर्ष कोरोना महामारीले थप भोकमरीको संकट निम्त्याउने संकेत देखा परेको छ। आन्तरिक उत्पादनले नथेग्ने कर्णालीमा कोरोनाका कारण अधिकांश परिवारलाई छाक टार्न थप समस्या भएको हो। लकडाउन थपिँदै गएको र ज्याला मजदुरी गर्ने अवस्था नहुँदा विपन्न परिवार बढी समस्यामा छन्। छाक टार्ने […]
जोगागाउँ : बाँकेको जानकी गाउँपालिकाको आइसोलेसनबाट एक जना कोरोना संक्रमित भागेका छन्। क्वारेन्टाइनमा एक जनालाई सर्पले टोकेको छ। जानकी गाउँपालिका-२ जोगागाउँको श्रीमाध्यमिक विद्यालयको आइसोलेसनबाट मंगलबार बिहानै शौचालय जाने बाहानामा ३५ वर्षीय संक्रमित भागेका हुन्। जानकीको आइसोलेसनमा राखिए पनि उनको घर भने नेपालगन्ज उपमहानगरपालिका-१२ हो। आइसोलेसनमा कार्यरत जनस्वास्थ्य निरीक्षक श्यामलाल बेल्वासेका अनुसार शौचालय जाने बाहानामा संक्रमित भागेका […]
काठमाडौं । अछामको बयलपाटा अस्पतालले सामूहिक अवकास दिएका कर्मचारीमध्ये २५ वर्षीय सिद्धार्थ आउजीले शरीरमा आगो लगाएर आत्मदाह गरे । लकडाउनका बेला जागिर गुमाएका उनले पुनर्वहालीको माग पूरा नभएपछि आफ्नै ज्यान लिएका हुन् । आउजीले साथीभाइ र आफन्तसँगको कुराकानीमा लकडाउनका बेला जागिर गएपछि परिवार चलाउन कठिन हुने बताउने गरेका थिए । कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका […]
प्रदिप मलासी/ बझाङ्ग २७ जेठ। बझाङ्गको जयपृथ्वी नगरपालिका वडा न ः१०का ४० घरपरिवारलाई व्यक्तिगत लगानीमा राहत बितरण गरेका छन । समाजसेवी निरहरी उपाध्याय हरि उपाध्याय र जयपृथ्वी नगरपालिका नगरकार्यापालिका सदस्य शंकर रसाईलीले वडाध्यक्ष दल ब बिष्ट संग समन्वय गरेर बितरण गरेका हुन १० घर परिवारलाई प्रतिघर परिवार ३० केजी चामल २ पोका तेल २ केजी […]
भीमदत्तनगर : कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रमा ठूलो क्षति पुगेको छ। सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार बन्दाबन्दीका कारण तरकारी, कुखुरा उत्पादन तथा बिक्री, दुग्धजन्य पदार्थ, मासु, माछालगायतका क्षेत्रमा गरी अहिलेसम्म करिब एक अर्ब मूल्य बराबरको क्षति भएको छ। मन्त्रालयका प्रवक्ता एवं […]
नागरिक रैबार/बाजुरा २७ जेठ। बडीमालिका नगरपालिका वडा न ९ उखाडिका ओभरसियर यग्यराज उपाध्यायले २५ सय बराबरको खाद्यन्न सामाग्री सहयोग गरेका छन् ।अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपालले जिल्ला बाहिरबाट आएका सर्वसाधारणका लागि खाजा नास्ता र पानी र प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गर्ने अभियान चलाएपछि उपाध्यायले २५ सय बराबरको खाद्यन्न सहयोग गरेकाे अनेरास्ववीयुका सदस्य प्रेम नेपालीले […]
२७ जेठ, काठमाडौं । मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ ।