होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१ असार, काठमाडौं । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को तुलनामा सामान्य रकम घटाएर आगामी आव २०७७/७८ को बजेट ल्याएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् । आगामी आवका लागि प्रदेश सरकारले कुल ३३ अर्ब ७४ करोड १३ लाख रुपैयाँको बजेट आएको […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाइसम्बन्धी अभियानको सुरुवातको अवसरमा शुभकामना सन्देश दिँदै सबैलाई यसमा सहभागी हुन आग्रह गरेका छन् । उनले विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई स्थानीय स्तरमा जुन विधि सम्भव छ, त्यही माध्यमबाट पठनपाठन गर्न गराउन आह्वान गरेका छन् । अनलाइन, अफलाइन, टेलिभिजन, रेडियो र स्वअध्ययन सामग्रीको प्रयोग गरेर सिकाइ क्रियाकलापमा सहभागी हुन […]
धनगढी : आइतवार नौँ जना संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या दुई सय ६४ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ८० जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका १९, डोटीका १७, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २६ जना […]
आहुती । विचार । पश्चिम रुकुममा सामूहिक हत्याकाण्ड भएको तीन हप्ता बितेको छ । धेरैलाई लागेको थियो, यत्रो जघन्य हत्याकाण्डविरुद्ध देशका सबै तप्का एकपल्ट जुरुक्कै आन्दोलित हुनेछन् । अमेरिकामा गोरो प्रहरीले कालो नागरिकमाथि मच्चाएको नृशंस हत्याविरुद्ध आम नागरिक आन्दोलित भएको परिवेशमा यस्तो अपेक्षा अस्वाभाविक पनि थिएन, तर नेपालमा त्यस्तो भएन । इमानदार सञ्चारकर्मीहरूले मिहिनेतपूर्वक विषयलाई उठाएका छन्, […]
रुकुम ३२ जेठ ।चौरजहारी नगरपालिका–८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध आज अभियोग दर्ता भएको छ । पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोग दर्ता गराएको हो । पक्राउ परेका सोती गाउँका २८ र फरार पाँच […]
नागरिक रैबार । बाजुरा ३२ जेठ । बाजुरा जिल्लामा करिव एक साता अगाडि बुढिगंगा नगरपालिका वडान १ की कोरोनाबाट मृत्यु भएकी बालिकाकी आमाको दोस्रो पटकको पिसिआर रिर्पोट पनी पोजेटिभ आएको छ । २३ वर्षीया आमा हाल जिल्ला अस्पताल बाजुराको आइसोलेशनमा रहेकी छन् । त्यसै गरी उनका श्रीमानको भने दोस्रो पटककाे आरडिटी रिर्पोट पनी निगेटिभ देखीएको […]
काठमाडौं ३२ जेठ । रुकुमको चौजहारी घटनामा नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । र, सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा पेश गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुकुमका अनुसार भाग्दै गरेको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको अनुसन्धानबाट भेटिएको छ । स्थानीयसँग […]
नागरिक रैबार/बाजुरा ३२ जेठ। बाजुराका कोरोना संक्रमितलाई १४ दिनका लागि खाद्यन्न सहयोग गरिएको छ । बुढिनन्दा नगरपालिकाको धुरालसैन क्वारेनटाइनमा रहेका १७ जनालाई १४ दिनको खानाको ब्यबस्थापन नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान(Nepal Healthcare Equipment Development Foundation (NHEDF) एन्ड्रिया ड्रेवरकोे (Andrea drewer) सहयोग र बडिमालिका खबरको समन्वयमा सहयोग गरेको बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाहले वताएका […]
काठमाडौं : वैदेशिक रोजगारी गुमाएर अलपत्र परेका कामदारप्रति सरकार गैरजिम्मेवार बन्दा कामदार सास्तीमा परेका छन्। सरकारले कुनै दायित्व लिन नमान्दा स्वदेश फर्किन कामदारले एक लाख १५ हजार भन्दा बढी खर्च गर्न वाध्य भएका हुन्। खासगरी खाडी मुलुक र मलेसियामा महिनौंदेखि रोजगारी गुमाएर खान र बस्नसमेत धौ धौ परेका कामदारलाई सरकारले जबर्जस्ती महँगो शुल्क तिर्न वाध्य बनाएपछि […]
काठमाडौं : भारतले वर्षौंदेखि हडपेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत पारित गरेको छ। संविधानको अनुसूचीमा रहेको निसान छापभित्रको नक्सा सच्याउन सरकारले पेस गरेको संशोधन विधेयकलाई प्रतिनिधिसभाको दुई तिहाइ बढी मतले शनिबार पारित गरेको हो। यससँगै नेपालको बुच्चे नक्साले चुच्चे आकार लिने संवैधानिक र कानुनी मान्यता पाएको छ। प्रतिनिधिसभामा उपस्थित सबै सांसदले […]
धनगढीः सुदूरपश्चिममा भारत तथा कोरोना प्रभावित क्षेत्रबाट फर्किएर अनिवार्य क्वारेन्टिनमा बसेका दुई हजार दुई सय बढिलाई घर फर्काइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्क अनुसार प्रदेशका विभिन्न जिल्लामा क्वारेन्टिनमा बसेका दुई हजार दुई सय ७८ जना घर फर्किएका हुन्। यसअघि शुक्रबार सम्म प्रदेशभरीका एक हजार नौँ सय १८ क्वारेन्टिनमा ६१ हजार सात सय १० जना राखिएकोमा […]
जेठ ३२, २०७७ काठमाडौँ : सरकारले आउँदो असार १५ गतेदेखि दैनिक १० हजार जनामा कोरोना संक्रमण भए/नभएको परीक्षण गर्ने भएको छ। संक्रमण फैलँदै गएपनि कछुवाको गतिमा परीक्षण भएको भन्दै सर्वत्र आलोचना भएपछि सरकारले अबको दुई साताभित्र दैनिक परीक्षणको दायरा बढाएर १० हजारसम्म पुर्याउने तयारी गरेको हो। परीक्षणका लागि नेपालमा सबै कुराको सहज व्यवस्थापन भए दैनिक […]
३२ जेठ, गुल्मी । गुल्मीका कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको उपचारमा खटिएका डा. कविराज भुसालले बताए । स्वास्थ्य गम्भीर हुँदै गएपछि यसअघि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले नै रगत दिएकी थिइन् । […]
पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर चार बेपत्ता भएका छन् । शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला […]
३२ जेठ, काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएकाे पहिराेमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो । जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले थप दुई जनाको शव भेटिएको अनलाइनखबरलाई बताए । यसअघि तुलबहादुर थापा, मिनकुमारी थापा र […]
३१ जेठ, डोटी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालले शनिबार बेलुकी पाँच वजे सार्वजनिक गरेको बिवरणअनुसार डडेल्धुराको नवदुर्गा गाउँपालिकामा एक महिलासहित २३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कञ्चनपुरको लालझाडीमा दुई महिलासहित १४ जना, कैलालीको चुरै गाउँपालिकामा पाँच पुरुष, […]
काठमाडौं । प्रतिनिधिसभाले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक दुई तिहाइ भन्दा बढी मतले पारित भएपछि उपत्यकासहित देशभर खुशियाली मनाइएको हो । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा […]
महानगरीय प्रहरी वृत्त कालिमाटीले जुवातास खेल्ने ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज दिउँसो काठमाडौँ महानगरपालिका-१४ रविभवन स्थित एक घरमा जुवाताख खेलिरहेको अवस्थामा कुलेश्वर बस्ने धादिङका राजु भुजेल सहित ९ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३ महिला सहित ९ जना रहेका छन । उनीहरूको साथबाट प्रहरीले नगद १ लाख ११ हजार ८ […]
३१ जेठ, काठमाडौं । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । यससँगै […]
काठमाडौं । नेकपा सांसद भिम रावलले कुटनीतिक कुशलताका आधारमा कालापानीमा रहेको भारतीय सेना फिर्ता गर्न पहल गर्नुपर्ने बताएका छन् । संसदमा संविधान संसोधन विधेयकमाथिको छलफलका क्रममा सरकारले कालापानीमा रहेको भारतीय सेना फिर्ता गर्न काम गर्ने समेत बताए । उनले सरकारलाई सबैले सहयोग गर्नेभन्दै सरकार अब मातृभूमि रक्षाका लागि काम गर्नुपर्ने समेत बताए । सबै सीमानालाई […]