होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं- पछिल्लो २४ घण्टामा थप १५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ३९९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । काठमाडौंमा संक्रमितको […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीका दुईजना अध्यक्षसमक्ष ल्याएको ६ बुँदे प्रस्तावले पार्टीमा झन् धुर्वीकरण बढाएको छ । नेकपाभित्र देखिएको शक्ति संघर्ष अन्त्यका लागि भन्दै उपाध्यक्ष गौतमले अघि सारेको प्रस्तावले अन्ततः पार्टीमा ध्रुवीकरण बढाएको हो । साउन १३ गते प्रचण्डको अध्यक्षतामा स्थायी कमिटीको बैठक बस्नुअघि वामदेव गौतमले ल्याएको ६ बुँदे […]
१६ साउन, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले सरकारसँग नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा भएको ढिलाइको कारण स्पष्ट गर्ने निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडा, दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीसँगको छलफलपछि समितिले फोरजी सेवा विस्तारमा चरम ढिलाई हुनुको कारण ७ दिनभित्र लिखित रुपमा […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथी हर्मन केनको कोरोना भाइरसका कारण मृत्यु भएको छ । उनले मास्क लगाउन अस्वीकार गर्दै आएका थिए । ७४ वर्षीय केन आफैं कुनै समय रिपब्लिन पार्टीमा राष्ट्रपतिको उम्मेदवारका प्रत्यासी थिए । गत चुनाव र यसपटक पनि उनी ट्रम्पको चुनावी अभियानमा समर्थक थिए । कोभिड–१९ को संक्रमणपछि केनको मृत्यु भएको जानकारी बिहीबार […]
साउन १६, २०७७ काठमाडौं : एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा मंगलबारसम्ममा प्रकाशित हुने भएको छ। आगामी सोमबार र मंगलबारसम्ममा एसइई परीक्षाको नतिजा प्रकाशित हुने सम्भावना रहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) का उपनियन्त्रक महेश्वर शर्माले जानकारी दिए। उपनियन्त्रक शर्माले एसइई परीक्षाको नतिजा प्रकाशित गर्नको लागि धमाधम तयारी गरिरहेको बताए। ‘एसइई परीक्षाको नतिजा प्रकाशितको […]
१६ साउन, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गंगा पन्त बिहीबार राति एम्बुलेन्स खोज्दै थिइन् । रातिको समयमा उनले एम्बुलेन्सको व्यवस्था गर्न सकिनन् । त्यसपछि प्रहरीकै गाडीमा राखेर सुत्केरी व्यथाले छटपटाईरहेकी एक महिलालाई गण्डक कोरोना अस्पताल पुर्याइन् । एसपी पन्तले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१ निवासी ३१ वर्षीया महिलाकै लागि एम्बुलेन्स खोजीरहेकी थिइन् […]
नागरिक रैबार/बाजुरा १६ साउन। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ६ कोर्धबाट घरेलु हतियार सहित एकजनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ६ का २८ वर्षिया मानबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।विहिबार रातीको समयमा गाउँमा घरेलु हतियार लोड गरेर घरमा बसेको भन्ने विशेष सुराकि पछि उनलाई हतियार सहित […]
बाजुरा । जडीबुटीका लागि प्रख्यात बाजुराको हिमाली गाँउपालिका वडा नम्बर १, २ र ३ (साविक बिच्छँया गाविस) तीव्र गतिमा जडीबुटीविहीन बन्दैछ । वडा नम्बर १ मा पर्ने हिमाली सामुदायिक वन उपभोक्ता समिति सदस्य बृखबहादुर भण्डारी मनोमानी ढंगबाट संकलन र तस्करीले जडीबुटी सखाप पारेको बताउँछन् । बाजुराको ४० प्रतिशत भूभाग ओगटेको बिच्छँया भौगोलिक हिसाबले ज्यादै बिकट […]
आन्तरिक विवाद र जनप्रतिनिधिबीचको असमझदारीका कारण सिरहाका ६ स्थानीय तहले गत असार १० गतेसम्ममा ल्याउनुपर्ने चालु आर्थिक वर्षको बजेट अझै प्रस्तुत गर्न नसक्दा अन्यौलता बढ्ेको छ। सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई पत्राचार गरी असार १० भित्रै बजेट ल्याइसक्न निर्देशन दिए पनि सिरहाका १७ स्थानीय तहमध्ये छ स्थानीय तहले निर्धारित समयभित्र बजेट ल्याउन असफल भएका हुन्। […]
प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ। सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परेका हुन्। यसअघि १२ हजार घुस सेवाग्राहीसँग लिएको आरोपमा प्रहरी निरीक्षक रामवालक राय यादवलाई कारवाही गरिएको थियो। निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय रामनगरमा […]
काठमाण्डौ – लकडाउन खुलेपछि सडक बजारमा चहलपहल बढेको छ । चार महिनाभन्दा बढी समयदेखि रोकिएका कामले गति लिन थालेको छ । तर स्कुल कलेज भने अझै खुलेका छैनन् । सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेको र विद्यालयबाट क्वरेण्टीन हटाउने निर्णय गरेकाले अब पठनपाठन सुरु हुन्छ कि भन्ने सङ्केत देखिएको छ । तर […]
१६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामू निकास दिने तत्परतासहित गम्भीर छलफलमा बस्न प्रस्ताव राखेका छन् । मंगलबार बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रुपमा स्थगित गरेपछि प्रचण्डको अध्यक्षमा बहुमत स्थायी कमिटीको बैठक बसेको थियो र, यसरी बैठक स्थगित गर्नु अनुचित भएको […]
धनगढी : सुदूरपश्चिमका झण्डै ३३ हजार बढिको कोरोना परीक्षण गरिएको छ। पीसीआर प्रविधि मार्फत देशभरीका विभिन्न प्रयोशागालामा सुदूरपश्चिमबाट स्वाब संकलन गरीएका ३३ हजार दुई सय ३५ जनाको कोरोना परीक्षण गरिएको हो। कोरोना परीक्षण थालिएको झण्डै पाँच महिनाको अवधिमा देशभरका विभिन्न प्रयोशागाला मार्फत सुदूरपश्चिमबाट संकलित स्वाब परीक्षण गरिएको हो। स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशाला मार्फत […]
बाजुरा १६ साउन। विगत तीन वर्षदेखि बाजुरा जिल्ला अस्पतालमा नागरिकको स्वास्थ्य सेवाका लागि महत्वपूर्ण पहलकदमी लिनु भएका डाक्टर रुपचन्द्र विश्वकर्मालाई प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गर्ने निर्णय इन्सेक कार्यसमितिको गत साउन ६ गते सम्पन्न भएको बैठकले गरेको इन्सेकले जनाएको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा साउन १६ गते जारी विज्ञप्तिमा उक्त निर्णयबारे जानकारी दिइएको […]
देशले संविधान पाएको पाँच वर्ष भयो । संविधान बनेको पाँच वर्ष बितिसक्दा प्रदेश र स्थानीय तहबीच जलविद्युत् क्षेत्रको अन्योलताले ऊर्जाको विकासमा बाधा पुगेको विज्ञहरु बताउँछन् । स्रोतको दोहोनमा दायित्व र जिम्मेवारी छुट्टिएको छैन । लामो समयसम्म कानुन संशोधन हुन नसक्दा सङ्घीताको मर्मअनुसार विद्युत् उत्पादन, वितरण र प्रसारण हुन सकेको छैन । सङ्घीतासँगै देश ७ प्रदेशमा […]
१६ साउन, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनका कारण सरकारी ढुकुटी रित्तिएको भन्दै १४ बैशाखमा बसेको मन्त्रिपरिषद बैठकले प्रशासनिक खर्च घटाउन सरकारी सेवामा नयाँ कर्मचारी भर्ना र नियुक्ति बन्द गर्ने निर्णय गर्यो । ‘संघ, प्रदेश र स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम सर्वे) अत्यावश्यक बाहेक अन्यको हकमा अर्को व्यवस्था […]
नागरिक रैबार/बाजुरा १६ साउन। बुधबार दिउसो करिव ३ बजेतिर अम्कोटमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका बुढीगंगा नगरपालिका १ अम्कोटका २१ वर्षिया धर्मराज पाध्यायको शव भेटिएको छ । पहिरोमा वेपत्ता भएपछि ३ दिन देखि नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना र स्थानीयहरुले उनको खोजी गर्दा शुक्रबार विहान पहिरोमा परि बेपत्ता भएका पाध्यायको शव भेटिएको जिल्ला प्रहरी […]
काठमाडौँ- आज पनि मुलुकका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार कैलाली, सिन्धुपाल्चोक, रुपन्देही, कास्की र गोरखा जिल्लाका विभिन्न स्थानमा भारी वर्षा भएको छ । भारी वर्षाले कैलालीको मोहाना, खुटिया, कान्द्रा लगायतका साना खोलाहरुमा बाढीको सम्भावना रहेको तथा खोलाको नजिक क्षेत्रमा डुबानको जोखिम उच्च भएकाले सतर्क […]
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एउटा स्वतन्त्र मुलुक रहेको र कुनै पनि मुलुकले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु नहुने बताएकी छिन् । पछिल्लो समय नेपालको आन्तरिक मामिलामा चीनको हस्तक्षेप बढेको आरोप लागिरहँदा उनले मुलुकबीच विकास र द्विपक्षीय सहयोगबारे विचार आदानप्रदान हुनु भनेको एउटा सामान्य कूटनीतिक कार्य भएको र सामान्य भेटघाट एवं फोन संवादलाई […]
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले कोराना भाइरस (कोभिड–१९)का कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ । यस क्रममा विश्वविद्यालयले हालको परिस्थितिमा सुधार हुँदै गएमा र कुनै विषम परिस्थिति सिर्जना नभएको अवस्थामा स्नातक तहको भदौ अन्तिम हप्ता र स्नातकोत्तर तहको भदौ तेस्रो साताबाट परीक्षा लिने तयारी भइरहेको जनाएको छ । […]