होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जिल्ला प्रहरी कार्यालय दाङले नक्कली प्रहरी बनेर होटेल सञ्चालकलाई धम्क्याउने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीको नक्कली परिचयपत्र देखाएर होटेल सञ्चालकलाई धम्क्याउने घोराही उपमहानगरपालिका वडा नं. ९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ललाई पक्राउ गरिएको दाङका प्रहरि प्रमुख एसपी गणेश चन्दले जानकारी दिए । […]
१९ साउन, विराटनगर । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यमा कोरोना संक्रमण देखिएको छ । विराटनगरमै रहेका उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने ‘हिस्ट्री’ खुलेको छैन । विराटनगर- ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ । मुख्य न्यायायाधिवक्ता आचार्यलाई १०/१२ दिनअघि दुई दिनजति सामान्य ज्वरो आएको थियो […]
१९ साउन, काठमाडौं । नेकपाभित्र उत्पन्न संकट समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच आज पनि बालुवाटारमा छलफल जारी छ । आइतवार करिव तीन घण्टाको छलफल सकारात्मक रहेको र आजको छलफलपछि सहमतिको प्रस्ताव तयार हुने कतिपय नेताको दावी छ । ओलीसँग वार्ता गर्न प्रचण्ड आज पनि बरिष्ठ नेता झलनाथ खनाललाई […]
१९ साउन, काठमाडौं । देशमा एकातिर कोरोनाको महामारी छ, अर्कोतिर महंगीले जनताको ढाड सेक्न थालेको छ । बजारमा खाद्यान्न, लत्ता कपडा, विद्युतीय सामाग्री तथा सेवा क्षेत्रमा कृत्रिम मूल्य वृद्धि गरिएको छ । बजारको नियमन गर्नुपर्ने सरकारी निकायहरु कानमा तेल हालेर बसेका छन् । पछिल्लो एक–दुई सातामा चामल, दाल, तरकारी, माछा, मासु, विद्युतीय समाग्रीदेखि लत्त्ता कपडा […]
काठमाडौं । उच्च अदालत पाटनले प्राविधिक कारणले मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई क्षति पुगेमा सेवा प्रदायकबाट क्षतिपूर्ति भराउन सक्ने फैसला गरेको छ ।पर्याप्त क्रेडिट सुविधा हुँदा पनि १४ घण्टासम्म मोबाइलको बाह्य कल सेवा अवरुद्ध भएको एक मुद्दामा उच्च अदालतले १५ हजार क्षतिपूर्ति भराउन फैसला गरेको छ । यसअघि हवाई सेवा प्रदायकले समयमा उडान नगर्दा यात्रुमा […]
काठमाडाैं, १९ साउन । भारतबाट हजारौं नेपाली स्वदेश आइरहेका बेला स्थानीय तहले सकेसम्म क्वारेन्टाइनमा राखेका थिए। तर, अहिले दैनिक ५ सय जना आइरहेका बेला होम क्वारेन्टाइनमा बस्न भन्दै घर जान दिइएको छ। जसले गर्दा हजारौं नेपाली फर्केको बेलाको तुलनामा अहिले गाउँगाउँमा कोरोना जोखिम बढेको छ। ‘गाउँका स्कुल भदौदेखि […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा अस्पतालका अईसोलेसनमा भर्ना हुने कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। प्रदेशमा केही दिनदेखि संक्रमणको दर बृद्धि हुदै गएका बेला आईसोलेसनमा भर्ना हुने क्रम पनि बढेको हो। झण्डै एक हप्ता पहिले ६७ जना संक्रमित र शंकास्पद विरामी अस्पतालको आईसोलेसनमा रहेका बेला अहिले उक्त संख्या बृद्धि भएर ७४ पुगेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। […]
नागरिक रैबार/बाजुरा १८ साउन। बाजुराका राष्ट्रसेवक कर्मचारीहरुको वचत तथा ऋण सहकारीको पुँजी स्थापनाको १० औं वर्षमा प्रवेश गर्दा १ करोड बढी नाघेको छ । नेपाल निजामती कर्मचारी संगठन बाजुरा अन्तरगत संचालित उक्त सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ मा आफ्नो स्थापनाकालको दस वर्षमा कुल कारोवार रकम एक करोड नाघेको बताएको छ । १सय २४ जना […]
नागरिक रैबार/बाजुरा १८ साउन। बोलन्या थलीको बाजुरा यूनिट गठन भएको छ । बोलन्या थलीको आईतबार बुढीगंगाको फालासेनमा भएको बाजुरा युनिट गठन कार्यक्रमबाट भरत बुढा संयोजक रहने गरि समिति गठन गरिएको छ । बाजुराको फालासैनमा भएको कार्यक्रममा बोलन्या थलीका संस्थापक संयोजक यादब जोशीले बाजुरामा गठन भएको युनिटका संयोजक बुढा लगायतलाई स्वागत तथा सपथ ग्रहण गराएका छन् […]
काठमाडौं । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । अमित शाहले ट्वीटमार्फत् आफूले कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराएको र परीक्षणको क्रममा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् । उनले आफ्नो अवस्था ठीक […]
नागरिक रैबार/बाजुरा १८ साउन। नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले नेपाल पत्रकार महासंघ बाजुरा शाखालाई ४ बुदे माग सहित ज्ञापन पत्र बझाएको छ । आईतबार नेपाल प्रेस युनियन बाजुराले नेपाल पत्रकार महासंघ बाजुरा शाखालाई विभिन्न ४ बुदे माग सहित ज्ञापन पत्र बुझाएको हो । नेपाल प्रेस युनियन बाजुरा शाखाका अध्यक्ष प्रेम रौलेद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा […]
सरकारले १ सय २० दिन लामो लकडाउन अन्त्य गरेपछि यतिबेला जनजीवन सहज बनेको छ । सार्वजनिक बस चल्न थालेका छन् । उद्योग कलकारखाना, व्यापार, व्यवसाय पूर्ववत् अवस्थामा फर्किंदै छन् । साउन १५ गतेदेखि पर्यटन क्षेत्र, होटल, रेस्टुराँ, ट्राभल एजेन्सीहरू पनि खुला गरेको छ । आगामी भदौ १ गतेदेखि विद्यालय भर्ना र हवाई उडान पनि सुरु […]
१८ साउन, काठमाडौं । नेपालमा पहिलो पटक कोभिड-१९ संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ । ६५ वर्षीय संक्रमितलाई त्रिवि शिक्षण अस्पतालमा प्लाज्माथेरापी विधिबाट उपचार गरिएको हो । उनलाई कोरोना संक्रमणबाट निको भएका २६ वर्षीय युवकले प्लाज्मा दिएका हुन् । अस्पतालका कोभिड—१९ व्यवस्थापन संयोजक प्रा.डा. सन्तकुमार दासकाअनुसार सुरूमा एण्टीभाइरल रेम्डिसिभिर चलाइएको थियो । त्यसले […]
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आजको वार्ता पनि निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज करिब ३ घण्टा छलफल गरे पनि कुनै निष्कर्ष निस्किएको छैन । गत मङ्गलबारको बहुमत स्थायी कमिटी सदस्यको बैठकपछिको संवादहीनता तोड्दै दुई अध्यक्षले छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ । आजको […]
काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूको छलफल सकिएको छ । छलफल झण्डै तीन घण्टा चलेको थियो । छलफलमा के के भयो भन्नेबारे भने नेताहरुले खुलाइसकेका छैनन् । यद्यपी आजको छलफल सकारात्मक रहेको शीर्ष नेता निकट स्रोतले जनाएको छ । आजको बैठकमा ओली प्रचण्डबाहेक अर्का नेता झलनाथ खनाललाई पनि सहभागी […]
काठमाडौँ: कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनका लागि सम्बन्धित स्थानीय तह र विद्यालयलाई अधिकार दिने गरी सङ्घीय सरकारले कार्यविधि ल्याउनुपर्ने विज्ञ र सरोकार भएका पक्षले सुझाव दिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनका लागि चाँडै कार्यविधि ल्याउने तयारी गरेका बेला सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल र शिक्षा पत्रकार समाजले आज आयोजना […]
टिस्टुङ । आमा सचेत र सक्रिय हुँदा मकवानपुरको थाहा नगरपालिका–४ नारायणझ्याउमा बालविवाह रोकिएको छ । औपचारिक शिक्षाको कमी भए पनि बालविवाह हुन दिनुहुन्न भन्ने सचेतनाले आफ्नै आमाबाट बालविवाह रोकिएको यो मकवानपुरको पहिलो घटना हो । वडा नं ४ नारायणझ्याउकी ५० वर्षीया फूलमाया थिङले आफ्नै छोरीको बालविवाह रोकेकी हुन् । अर्को गाउँको २० वर्षीय केटाले १४ […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्य कर्णबहादुर थापाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आपसमा लडाउने काम नगर्न अनुरोध गरेका छन् । केन्द्रीय सदस्य थापाले अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति जुटाउने पहल गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा समेत जोड दिएका छन् । ‘नेकपाका मूल नेता केपी शर्मा ओली र कमरेड पुष्पकमल […]
१८ साउन, काठमाडौं । गुल्मीकी सकुन्तला थापा मगर लकडाउन खुकुलो भएपछि गाउँबाट काठमाडौं फर्किइन् । करिब चार महिना गाउँ बसेकी उनलाई काठमाडौं फर्कने बितिक्कै पैसाको खाँचो पर्यो । लकडाउनमा कमाइ नभएकाले कसैले सरसापट दिएनन् । अन्ततः उनले छड्के तिलहरी बेचेर गर्जो टार्ने सोच बनाइन् । चार महिनाको घरभाडा अनि बच्चाको नयाँ किताब लिन स्कुलको ताकेताले […]
नेपाली सांगीतिक दुनियाँ अहिले भाइरलको पछि छ । भाइरल र उच्छृङ्खल शब्दले युटुबमा राम्रो भ्यूज त पाएका छन्, तर यी गीतले नेपाली सांगीतिक क्षेत्रलाई अगाडि बढाउन मद्दत भने गर्दैनन् । तर, कहिलेकाही केही यस्ता गीतहरु सिर्जना हुन्छन्, जसले मानिसलाई धेरै समय सोच्न वाध्य पारिदिन्छ । गायक प्रकाश सपुतले सार्वजनिक गरेको ‘बदला बरिलै’ बोलको गीत त्यसको […]