होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाइरहेको बेला बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै नयाँ कीर्तिमान कायम भएको हो । मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम भएको […]
धनगढी : जङ्गली जनावरले किसानको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन्। जिल्लाका सबैजसो क्षेत्रमा दिनमा बाँदर, रातिको समयमा दुम्सी र जङ्गली बँदेलले नष्ट गर्न थालेको हो। मकैबाली जङ्गली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको दोगडाकेदार–३ श्रीकोटका प्रेमसिंह विष्टले बताए। उनले भने, “जङ्गली जनावर धपाउनकै लागि जाग्राम बस्नुपरेको छ।” सुर्नया गाउँपालिकाका पनि […]
नेपालगन्ज, २० साउन । बाँकेको नेपालगन्ज कारागारमा कार्यरत ५ प्रहरी जवानमा कोरोना पुष्टि भएको छ । यस्तै वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत १ प्रहरी र नेपालगन्ज कारागारमा रहेका ७ कैदी बन्दी गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत साउन १८ गते नेपालगन्ज कारागारबाट गरिएको स्वाव संकलनमा उनीहरुमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय […]
सिन्धुपाल्चोक, २० साउन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ स्थित एक टहरो पहिरो खसेर पुरिदा सो भित्र रहेका एक जनालाई साउन १९ गते बिहान एपीएफ टोलीले जीवितै उद्वार गरेको छ । उक्त पहिरोले पुरिएको सो टहरोभित्र ९ जना पुरिएका थिए । नगरपालिकाको कभर्ड हल निर्माणमा खटिएका बारा जिल्लाको सिमरा उपमहानगरपालिका २ घर भएका उनीहरु सो टहरोमा […]
झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। कोरोना भाइरसको त्रासका बीच झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिले मङ्गलबार जिल्ला समन्वय समितिमा कार्यक्रमको आयोजना गर्दै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो। खोप समन्वय समिति झापाका संयोजक तथा जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले […]
काठमाडौं- नेपालमा मंगलबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङ विराटनगर-५ आदर्शटोल बस्ने वर्षा ७७ का एक जनाको कोरोनाले मृत्यु भएको छ । साउन १९ गते कोशी […]
काठमाडौं– मुख्य विपक्षी दलका नेता शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा भएको अनियमितता तथा भ्रष्टाचारको उचित छानविन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाब दिएका छन् । देउवाले कोरोना भाइरस संक्रमण नियन्त्रणको काममा सरकारबाट भएका कमीकमजोरीको समीक्षा गर्न र प्रभावकारी कदम चाल्न पनि सुझाब दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा […]
२० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौंका उपत्यकामा मात्र ६२ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरुमध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार […]
धनगढी: प्रमाण नष्ट र यातना सम्बन्धी मुद्दामा सफाई पाएपछि कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टले निर्मलाले न्याय पाउनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विष्टले निर्मला प्रकरणमा राज्यले दुई किसिमले न्याय दिनुपर्ने उल्लेख गरेका हुन्। उनले पुनरावेदन समितिको अन्तिम प्रतिवेदन अनुसार अनुसन्धानलाई एकिकृत निष्कर्षमा पुगाएर मृतक निर्मलालाई न्याय दिनुपर्ने र दोस्रो निलम्बनमा परेका प्रहरी कर्मचारीलाई […]
कैलाली । प्रतिपक्षी दलको अवरोधका कारण स्थगित भएको सुदूरपश्चिम प्रदेशसभा बैठक २७ दिनपछि शुरु भएको छ । प्रतिपक्षी दलले विभिन्न माग राख्दै संसद अवरोध गरेपश्चात अनिश्चितकालका लागि बन्द भएको प्रदेशसभा बैठक २७ दिनपछि आज शुरु भएको हो । प्रतिपक्षी दलले पिसिआर चेकजाँचको दायरा बढाउनुपर्ने र कोरोना नियन्त्रणका लागी गरिएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने माग राख्दै […]
काठमाडौं । कोरोनाभाइरस संक्रमित धमाधम थपिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सरोकारवाला र विज्ञहरुलाई बालुवाटारमा बोलाएर सुझाव लिएका छन् । सो क्रममा विज्ञहरुले प्रधानमन्त्रीलाई दुईथरीका सुझाव दिएका छन् । केही विज्ञले तत्काल १५ दिन कडा खालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् भने केहीले चाहिँ अवस्थालाई सामान्यकरण गर्दै आवश्यकता हेरी ठाउँ विशेषमा लकडाउन गर्न […]
काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी फागुनमा हुने भनिएको महाधिवेशनलाई ध्यानमा राखेर आफ्ना सम्भावित प्रतिस्पर्धीप्रति आक्रामक बन्न थालेका छन् । सभापति देउवा विधान विपरीत एक्लै अघि बढेको आरोप इतर पक्षले लगाएको छ तर उनलाई रोक्न सक्ने अवस्थामा छैन । संस्थापन पक्षका एकलौटी क्रियाकलापको खबरदारीमा समेत अल्पमत पक्ष कमजोर हुँदै गएको […]
काठमाडौं । संघीय सरकारले आगामी भदौ १ गते विद्यालय तहमा विद्यार्थी भर्ना सुरु गर्ने भनेको छ । यही साउन ५ गते भएको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको थियो । सरकारले कोरोना भाइरसका कारण क्वारेन्टिन बनाइएका देशभरका करिब साढे चार हजार विद्यालय भवन खाली गराउन र भवनहरू निःसंक्रमण गर्न स्थानीय तहलाई निर्देशन पनि दिइसकेको छ । […]
दार्चुला : भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ। तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो। अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौंको सङ्ख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ। सीमा क्षेत्रमा सवारी साधनमार्फत भारतले गस्ती बढाएको स्थानीयवासी बताउँछन्। ‘विगतमा यतिका भारतीय सुरक्षाकमीको सवारी साधन यस सडकखण्डमा […]
कञ्चनपुर: कञ्चनपुरमा आठ फिट सात इन्च लामो लामो अजिंगर फेला परेको छ। जिल्लाको बेदकोट नगरपालिका– ८ गाउजीका स्थानीय मानप्रसाद भट्टको आँपको रूखमा लोपोन्मुख अजिंगर फेला परेको हो। मंगलबार रूखमा फेलापरेको अजिंगर आठ फिट सात इन्च लामो र साढे आठ किलो तौलको रहेको डिभिजन वन कार्यालय सुरक्षा शाखा प्रमुख अर्जुन थापाले बताए। घरनजिकै बारीमा फेला परेको उक्त […]
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक जनाको शव फेला परेको छ । सोही स्थानका ५५ वर्षीय कामी लामाको शव फेला परेको वडाध्यक्ष पासाङ लामाले जानकारी दिए । कामी लामा यही साउन १९ गतेदेखि हराइरहेका थिए । उनको शव आज छहरे खत्कुलो छाङ्गोमा देखिएको वडाध्यक्ष लामाले जानकारी दिए । छाङ्गो ठूलो भएकाले शव निकाल्न […]
काठमाडौं- सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले एक विज्ञप्तिमार्फत थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमित मध्ये ८ महिने शिशु तथा ३ र ५ वर्षीया बालिका छन् । त्यस्तै ७ जना महिला र २६ जना पुरुषमा कोरोना पुष्टि भएको […]
काठमाडौं । राष्ट्रिय युवा परिषद्ले साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी यस वर्ष अन्तरराष्ट्रिय युवा दिवस देशभरि नै मनाउने भएको छ । युवा नेतृत्व विकास गर्नका लागि साताव्यापी विभिन्न कार्यक्रम गरी दिवस मनाउन थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा जानकारी दिए । कोभिड–१९ का कारणले दिवसको मुख्य दिन भने भर्चुअल रुपमा […]
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा चेतना बढाउन सकेमात्र कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि विज्ञ र विपक्षी दलका नेताहरुसँग सुझाव लिने क्रममा प्रधानमन्त्री ओलीले सरकारको प्रयासले मात्रै कोरोनालाई परास्त गर्न नसकिने तथ्य बुझ्न पर्ने बताएका थिए । प्रधानमन्त्री ओलीले सरकारले २५ जनाभन्दा बढी मानिस […]
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले बोलाएको विज्ञ तथा सरोकारवालाहरुको बैठकमा आफ्नो ७ बुँदे धारणा राखेका छन् । देउवाले प्रमुख प्रतिपक्षी दलको तर्फबाट आफ्नो २ बुँदे धारणा राखेका हुन् । बैठकमा देउवाले कोरोना नियन्त्रणका क्रममा हालसम्म भएका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्दै स्वास्थ सामग्री खरिदमा भएको अनियमिततामा संलग्नलाई कारबाही गर्न सुझाएका […]