होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रदेश नम्बर २ का एकजना मन्त्री र एक जना महिला प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवमा कोरोना सक्रमण पुष्टि भएको हो । बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । गत साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा […]
नागरिक रैबार/बाजुरा २१ साउन। नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य नेता वद्रिप्रसाद पाण्डेले साँफे मार्तडी सडक तत्काल सूचारु गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेका छन् । बुधबार नेता वद्रीप्रसाद पाण्डेसहित पुर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरी, महाधिवेशन प्रतिनिधि पदमबहादुर शाही र नेविसंघ बाजुरा काठमाण्डौं सम्पर्क समितिा अध्यक्ष चन्द्र रावत सहितका नेताहरुले […]
चक्रबहादुर अएडी/बाजुरा २१ साउन। बाजुराको त्रिवेणी नगरपालिकाले एक जना असाय मानसिक रोगि चेलीको उद्दार गरेको छ । त्रिवेणी नगरपालिका वडा नम्मर ८ बस्ने बर्ष ५२ बर्षिया अम्बि गिरी लाई नगरपालिका र स्थानीयको पहलमा उद्दार गरि आर्थिक सहयोग गरेको भगतराज गिरीले जानकारि दिनु भयो । गिरीका अनुसार उद्दार गरेको महिलाको आवश्यक पालनपोषण र सुरक्षाको लागि धनगढीमा […]
२१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड–माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरुले पार्टीमा चलिरहेको बहस पदको झगडा नभएको प्रष्टिकरण दिएका छन् । पार्टीसम्वद्ध सञ्चारकर्मीसँग बुधबार भएको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा विचार, नीति, विधि, पद्धतीका लागि संघर्ष भइरहेको बताए । केपी ओली र […]
सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अझै सुरु हुन सकेको छैन । अस्पतालले आन्तरिक किचलोका कारण मेसिन खरिदका लागी हाल सम्म टेन्डर समेत गर्न सकेको छैन । प्रादेशिक अस्पतालको मेसिन खरिदका लागी गत आर्थिक वर्ष २०७६/०७७ साढे ८ करोड रकम विनियोजन भएको थियो । तर खरिद प्रकृया सुरु नहुँदा उक्त रकम फ्रिज भएको […]
धनगढी : धनगढीमा तत्काल लकडाउन वा निषेधाज्ञा जारी नहुने उप–महानगरपालिकाले जनाएको छ। कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाका स्थानीय तहमा निषेधाज्ञा र लकडाउन जारी भईरहेका बेला धनगढीमा भने तत्काल लकडाउन वा निषेधाज्ञा जारी गर्ने तयारी नरहेको उप–महानगरपालिकाले जनाएको हो। उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले आजभोली नै लकडाउन वा निषेधाज्ञा जारी गनेबारे कुनै तयारी नभएको […]
दाङ: प्रेमीसँग घुम्न गएकी एक युवतीमाथि सामूहिक बलात्कारमा भएको छ। दाङको राप्ती गाउँपालिका ३ नयाँबस्ती मसुरीयाकी १७ वर्षीया किशोरीमाथि चार जनाले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। साउन १६ गते आफ्नो प्रेमीसँग घर नजिकको जंगलमा घुम्न गएको समयमा ४ जनाको समूहले प्रेमीलाई कुटपिट गरी युवतीलाई बलात्कार गरेका थिए। उनलाई मसुरीयाकै २६ वर्षीय अर्जुन विक, करिब […]
काठमाडौं । ललितपुरको बंगलामुखी आसपास केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्पको धक्का गएको छ । बुधबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा ३.५ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि मंगलबार राति पनि थापाथली केन्द्रबिन्दु भएर ३ रिक्टरस्केल भन्दा कम मापन गरिएको भूकम्पको धक्का गएको थियो ।
२१ साउन, काठमाडौ । सर्वोच्च अदालतको अन्तरिम आदेश विपरित सडक छेउको घर भत्काइएको भन्दै बालाजु बाइपास क्षेत्रका बासिन्दा आन्दोलित भएका छन् । बिना पूर्व सूचना गाईजात्रा पर्वकै दिन जनताको घरमा डोजर लगाएको भन्दै स्थानीयवासीले प्रहरी बृत बालाजुमा रिले अनशन समेत थालेका छन् । घर भत्काइएका मध्येका एक भीमदेव श्रेष्ठले अदालतको आदेश समेत नटेरी सरकार उठीबास […]
बाजुरा: बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १, २ र ३ मा प्रहरी चौकी नहुँदा बिच्छँयामा खुलेआम जडिबुटि तथा वन्यजन्तुको चोरी शिकारी भइरहेको छ। गाउँपालिकाको वडा नम्बर ३ युनामा रहेको प्रहरी चौकी एक दिनको दुरीमा तल पर्ने हिमाली गाउँपालिको –४ नम्बर कवाडीमा सरेपछि लामो समयदेखि उक्त समस्या भइरहेको छ। युनामा बस्न नसक्ने भन्दै ८ वर्ष पहिले प्रहरी […]
धनगढीः झण्डै चार महिना पहिले कोरोना संक्रमित भेटिएको सुदूरपश्चिम प्रदेशमा मृत्यु भएका ९ जना मध्ये अधिकांश आन्तरिक ट्राभल हिस्ट्री भएका छन्। कैलालीमै कोरोना संक्रमणको कारणबाट मृत्यु भएका चारै जना आन्तरिक ट्राभल हिस्ट्री भएको व्यक्ति हुन्। बाह्य ट्राभल हिस्ट्री नभएका व्यक्तिको कोरोना संक्रमणका कारणबाट मृत्यु भएका बेला प्रदेश सरकारले भने समुदाय स्तरमा कोरोना भाईरस नफैलिएको दावी गरिरहेको […]
२१ साउन, सप्तरी । कोरोना भाइरस जस्तै लक्षण देखापरेका सप्तरीका तीन जनाको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जनाको र अस्पतालमा उपचार गराउँदै गरेका दुई जनाको मृत्यु भएको हो । जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा डेढ् महिनाअघि मलेसियाबाट आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा […]
कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो । शक्तिनगर शिविरका अगुवा मोतीराम […]
मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ । देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षा […]
पश्चिम रुकुम । मुसीकोट नगरपालिका वडा नं ७ र ८ का सबै घरधुरी विद्युत्को पहुँचमा पुग्ने भएका छन् । हालसम्म विद्युत्को पहुँच पुग्न नसकेका दुवै वडाका टोलमा अबका केही दिनमा बत्ती बल्न लागेको छ । विद्युत् पुग्न बाँकी रहेका घरमा बत्ती बलेपछि दुई वडाका सबै घर परिवार विद्युत्को पहुँचमा पुग्ने भएका हुन् । केन्द्रीय प्रसारण […]
२१ साउन, पोखरा । गण्डकी प्रदेशमा लकडाउन खुलेपछि मात्रै करिब २ सय जना कोरोना संक्रमित थपिएका छन् । १३ दिनको अवधिमा थपिएको यो संख्या लकडाउनअघिको परिस्थितिमा भन्दा धेरै हो । गण्डकी प्रदेशमा अहिलेसम्म २५ हजार २ सय ९२ जनाको स्वाब परीक्षण भएको छ । जसमध्ये साउन सात गते लकडाउन खुल्नुभन्दा अघिसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या […]
दार्चुला- दार्चुलामा चार वर्षको अवधिमा ३० महिला तथा बालिका बलात्कारको शिकार बनेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारका घटना आफन्त तथा चिनजानकैबाट भएको हो।जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो वर्षमा जबर्जस्ती करणीका घटना बढ्दै गएका छन्। अझै कयौँ घटना समाजमा मिलाउने भएका कारण सबै प्रहरीसम्म पुगेका छैनन्। आव २०७३/०७४ मा तीन जबर्जस्ती करणी तथा दुई […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा लामो समयदेखि शक्ति संघर्ष चल्दै आएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रैबाट सरकारको आलोचना भइरहेको भन्दै असन्तुष्ट रहँदै आएका छन् भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतहरु सरकारका कारण पार्टी नै बद्नाम हुने अवस्थामा पुगेको टिप्पणी गर्दै आएका […]
काठमाडौं । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न राजनीतिक व्यक्तित्व, अर्थ, स्वास्थ्य तथा सुरक्षा क्षेत्रका विज्ञहरुलाई समेत बालुवाटार बोलाएर छलफल गरे । कोभिड–१९ को संक्रमण अवस्था, प्रभाव र रोकथाम तथा सुरक्षाका लागि भन्दै बोलाइएको छलफलमा प्रधानमन्त्री ओलीलाई विज्ञहरुले कम्तीमा २ साता लकडाउन गर्न सुझाव दिए । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले आवश्यकता र सुझावलाई ध्यानमा राख्दै सरकार […]
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ स्थित वनहरा नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल बाढीको उच्च जोखिममा परेको छ। गत वर्ष रु दुई करोडभन्दा बढीको लगानीमा निर्माण गरिएको पुल भरपर्दो तटबन्ध निर्माण नहुँदा जोखिममा परेको हो। पुलको उत्तरतर्फको तिलकी र दुवाहा क्षेत्रमा नदीले जग्गा कटान तीव्र बनाएको स्थानीय लक्ष्मण रानाले बताए। जग्गा कटान रोक्नका लागि गत वर्ष प्रदेश सरकारको […]