होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २४ पुस। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम शुक्रबार मार्तडीमा सम्पन्न भएको छ । संघको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम पश्चात बसेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम भेलाले बाजुराका ९ वटै पालिकामा युवा संघका पालिका स्तरीय इन्चार्ज समेत तोकेर जिम्मेवारी […]
नागरिक रैबार/बाजुरा २४ पुस। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम सकिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच राष्ट्रिय युवा संघ नेपाल बाजुराले जिल्ला कमिटीका सदस्यहरुको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम सकेको हो । युवा संघमा आवद्ध जिल्ला कमिटीका सदस्यहरुलाई युवा संघ नेपालका केन्द्रिय सदस्य […]
नागरिक रैबार/बाजुरा २४ पुस। नेकपा बाजुरा (प्रचण्ड-माधव) पक्षले प्रधानमन्त्री केपी शर्भा ओलीले गत पुस ५ गते गरेको संसद विघटनको विरोद्धमा विरोधपत्र बुझाएको छ । संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनमा उत्रिएको नेकपा बाजुरा (प्रचण्ड-माधव) पक्षले बाजुरामा पनि शुक्रबार प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाएको हो । नेकपा बाजुरा प्रचण्ड माधव […]
पोर्चुगल । बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका कुँवरको शुक्रबार नेपाल जाने तयारीमा रहेको अवस्थामा फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार […]
कोरोना संक्रमणले जकडेका बिरामीको ज्यान बचाउनका लागि थप दुई जीवन रक्षक औषधी भेटिएको दाबी गरिएको छ । यी औषधी कोरोना संक्रमितको मृत्युदरमा एक चौथाई कमी ल्याउन सक्ने सम्भावना पनि व्यक्त गरिएको छ । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) को इन्टेन्सिव केयर युनिट (आइसीयू) मा यी भ्याक्सिनको ट्रायल गर्ने अनुसन्धानकर्ताले यी औषधी खोपमार्फत् दिइने र उपचार […]
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई यतिबेला निकै समस्या परेको छ । वडा कार्यालयको कामकाजसँगै केही दिनयता नियमितजसो भइरहने पार्टीका कार्यक्रममा समेत उपस्थित हुनुपर्ने भएका कारण उनलाई गाह्रो भएको हो । उनलाई एकातिर सेवाग्राहीको कामको चाप, अर्कोतिर कार्यक्रममा नजाँदा फरक समूहको आरोप लाग्ने डर छ । ‘वडाध्यक्ष भनेको त कर्मचारी जस्तै हो, एक दिन कार्यालय […]
डडेल्धुरा: डडेल्धुराको भित्रिमधेसमा पर्ने चुरेका गाउँमा खानेपानी पुगेपछि स्थानीय हर्षित भएका छन्। खानेपानी पुगेसँगै १ किलोमिटर टाढाबाट पिठ्युमा बोकेको पानी खानुपर्ने बाध्यताको अन्त्य भएको छ। करिब ४ किलोमिटर टाढा रहेको शिर्ष क्षेत्रबाट पाइपद्वारा परशुराम नगरपालिका–३ को चुरेमा रहेका कालापात्थर, कालढुङ्गी, आमथला र सिमल्टा गाउँमा खानेपानी पुगाइएको छ। करिब ढाई करोडमा सम्पन्न भएको कालापात्थर कालढुङ्गी आमथला सिमल्टा […]
डोटी : डोटी जिल्लाका विभिन्न भागमा परेको असिनाले तरकारी खेतीमा क्षति पुर्याएको छ । असिनाले यहाँका किसानले लगाएको तोरी तथा तरकारीखेतीमा क्षति पुर्याएको छ । जिल्लाको आदर्श, सायल, पूर्वीचौकी, जोरायल गाउँपालिका, शिखर नगरपालिका तथा दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडामा मङ्गलबार, बुधबार परेको असिनाका कारण फुलेर कोशा लाग्ने अवस्थामा रहेको तोरी तथा साग–तरकारीमा निकै क्षति पुर्याएको किसानको भनाइ […]
बैतडी — नेपाल—भारत सीमानामा रहेको बैतडीस्थित झुलाघाट नाका अब हप्ताको दुई दिन खुल्ने भएको छ । सोमबार र शुक्रबार नाका खोलिने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । स्वास्थ्य सुरक्षाको आवश्यक प्रबन्ध मिलाएर नाका दुई दिन खोलिने उनले बताए । अत्यावश्यक काम परेकाहरुलाई आवतजावत गर्न दिइने भन्दै उनले भने , ‘कामको प्रकृतिसहित जिल्ला […]
काठमाडौं । कोटेश्वरस्थित महादेवस्थान मन्दिर नजिकै १४ वर्षीय बालकले झुण्डिएर आत्महत्या गरेका छन् । उदयपुरको गाईघाट घर भएका आशिष चौधरीले झुण्डिएर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाइ बताए । घरको पैसा चोरेको निहुँमा आमाले गाली गरेपछि आवेगमा उनले आत्महत्या गरेका हुन् । आमा पसलमा बसिरहेको बेला चौधरी सलको पासो लागेर झ्यालमा […]
काठमाडौं– नेपालमा आज थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ४१२ पुगेको हो । मन्त्रालयका अनुसार ५ हजार १३२ जनामा गरिएको पीसीआर परीक्षणमा ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ […]
कृषि तथा पशुपन्छी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले मातहतका सातवटा सीमा नाका कार्यालयलाई बुधबार पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरे कुखुराजन्य वस्तुको आयातमा […]
बझाङ — दलित समुदायले पुर्खादेखि भोगचलन गर्दै आए पनि गैरदलितले स्वामित्व दाबी गरेका कारण विवादित जग्गामा सहमति जुटेको छ । उक्त जग्गा दलितको नाममा दर्ता गर्न गैरदलितहरू सहमत भएका छन् । जयपृथ्वी नगरपालिका–८ मा रहेको जग्गाको स्वामित्वका लागि यहाँका २० परिवार दलित लामो समयदेखि संघर्ष गर्दै आएका थिए । जयपृथ्वी नगरपालिका–८ मा जग्गाको जग्गाको विवाद मिलाउन प्रमुख जिल्ला […]
२३ पुस, जनकपुरधाम । सिराहामा एक घरमा आगलागी हुँदा ८ वर्षीय बालकको जलेर मृत्यु भएको छ । बुधबार साँझ मिर्चेया नगरपालिका-७ स्थित रसिद राइनको घरमा आगलागी हुँदा उनको ८ वर्षीय छोरा जाबिरको मृत्यु भएको हो । प्रहरीका अनुसार ८ वर्षीय छोरालाई घरभित्र सुताएर आमाबुवा बजार गएको समयमा आगलागी हुँदा बालकको मृत्यु भएको हो । बुधबार […]
विगत केही दिनयता पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ सार्वजनिक रूपमा देखा परेका छैनन्। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाले आयोजना गरेको भेलामा देखा परेका थिए। उनी हुलमुलमा थिए । त्यतिखेर उनको चेहरामा एक प्रकारको डर, मौनता, खिन्नता प्रकट भएको देखिन्थ्यो । आफू अहिले बोल्न नसक्ने अवस्थामा रहेको भन्दै उनले कोरोनाभाइरससँग जोगिनका लागि मुखमा लगाएको […]
नागरिक रैबार/बाजुरा २३ पुस। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले पालिकाका पाँच वटै वडाका वडा अध्यक्षलाई मोटरसाईकल हस्तान्त्रण गरेको छ । वडा कार्यालयबाट गाउँपालिकाको केन्द्र सुईजिउलासम्म पुग्न र वडाका कामलाई थप प्रभावकारी बनाउने उद्देश्यले पालिकाका पाँच वटै वडाका वडा अध्यक्षलाई एक-एक वटा मोटरसाईकल हस्तान्त्रण गरेको हो । बुधबार गाउँपालिकाका अध्यक्ष चिरन्जीबी शाहीले गाउँपालिकाको तर्फबाट मोटरसाईकलको पुजाआजा गर्दै […]
भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो । उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि मंगलबार […]
विगत एक वर्षदेखि बढी समय भयो चीनको वुहान शहरबाट उत्पत्ति भई कोरोनाभाइरस संसारभरि नै फिजियो। विज्ञान र आधुनिक चिकित्साका धुरन्धर शक्तिशाली देशसहित सारा संसार नै यस सूक्ष्मजीवको आतंक एवं प्रकोपले घरमै थुनिन बाध्य भयो। परम्परागत चिकित्सा प्रणालीदेखि आधुनिकतम ल्याबहरुमा युद्ध स्तरमै यस भाइरस विरुद्ध प्रभावकारी उपाय खोज्ने दिशामा सक्रिय प्रयास हुन थाले । रेकर्ड समयमै […]
अर्जुन शाह, धनगढी — प्रतिनिधिसभा निर्वाचनमा शेरबहादुर देउवा र रेशम चौधरीबाहेक सबै १४ सिटमा नेकपा गठबन्धनले जित्दा पनि झन्डै तीन वर्षअघि गठित प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा सुदूरपश्चिमले मुस्किलले एक जना मात्रै मन्त्री पायो । त्यो पनि पुष्पकमल दाहालको कोटामा उनकै बुहारी बिना मगर मन्त्री भइन् । तत्कालीन एमाले पृष्ठभूमिबाट आएका सांसदमध्ये कसैले पनि मौका पाएनन् । प्रतिनिधिसभा […]
काठमाडौं : नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनमा देशको केहि पहाडी भु-भागमा आंशिक बदलीको अवस्था रहेको छ र बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको उल्लेख छ। बिहीबार दिउँसो देशको पहाडी भु-भागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा […]