होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२१ असार, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका नजिक जंगलमा मृत भेटिएकी सुजिता भण्डारीको शव भरतपुर अस्पताल ल्याइँदैछ । शव भेटिएको ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा मुचुल्का गरी शव निकालेर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । आइतबार साँझ शव भेटिएपछि रातभर प्रहरीले सुरक्षा दिएर शव राखेको थियो । […]
ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सामान्य अवस्थामा सुत्केरी हुन नसकेर प्रसवको पीडा बढेपछि खिजिदेम्बा–५ की २६ वर्षीया ल्हमु शेर्पालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो । छ्रत्तीस हप्ताको गर्भवती रहेकी शेर्पामा केही दिनअघि प्रसव पीडा शुरु भएको थियो । सुत्केरी हुनेक्रम नजिकिँदै गरेको र गर्भवतीमा मानसिक […]
नागरिक रैबार/बाजुरा २१ असार। बडीमालिका नगरपालिका ९ को सेलाघाट बस्तीमा एक घर एक धारा निर्माण गरिएका छन् ।बडीमालिका नगरपालिका र युनिसेफ नेपालको वास कार्यक्रमको सहयोगमा उक्त बस्तीका २५ घर धुरीका लागि एक एक एक धारा निर्माण गरिएका हुन् । बडीमालिका नगरपालिका भित्र एक घर एक धारा अवधारणा अनुसार उक्त बस्तीमा मिटरसहितका धारा निर्माण गरिएको युनिसेफका […]
नागरिक रैबार/बाजुरा २१ असार। जिल्लाको बडीमालिका नगरपालिका-८ का वडाध्यक्ष प्रकाश रावलले वडामा रहेका टुहुरा तथा असाहय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । वडा भित्र रहेका विद्यालयको शैक्षिक सुधार र बालबालिकाको पढाईलाई गुणस्तरीय बनाउन विद्यालयमै पुगेर बालवालिकालाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । आइतबार वडा भित्र रहेको बालमन्दिर आधारभुत विद्यालय र जनप्रकाश आधारभुत विद्यालयमा अध्ययन […]
बाजुरा — गाउँमुनिबाट खनेको सडकले बस्ती भासिएपछि बाजुराको दुर्गम हिमाली गाउँपालिकाका दुई गाउँका १ सय ३७ परिवार विस्थापित भएका छन् । १६ दिनदेखि जंगलमा बसिरहेका उनीहरू कन्दमूलले छाक टार्दै ओडार र रूखको ओत लागेर रात काटिरहेका छन् ।हिमाली–४ को फैती गाउँका ४० र वडा ५ को क्युडीका ९७ परिवार बिचल्ली परेका हुन् । सडक खनेपछि पहिरोले भासिएको बाजुराको हिमाली […]
२० असार, चितवन । चितवनबाट ९ दिनदेखि बेपत्ता सुजाता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको छ । आइतबार अपराह्न शव भेटिए पनि साँझ परिवारले पहिचान गरेको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए । भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले […]
जीवन कैला/काेल्टी २१ बाजुरा। बाजुराको कोल्टीमा अाईतबार साँझ केपी ओली सरकार विरुद्ध राके जुलुस सहित युवाहरू सडकमा ओर्लीएका छन । अहिले सरकारको नेतृत्व गरिरहेका केपी आलीले संविधानको उलंघन गर्दै अराजक शैलीमा देशमा शासन गरिरहेको भन्दै बाजुराकाे काेल्टीमा युवाहरुले केपीओलीको पुत्ला दहन समेत गरेका हुन । विभिन्न राजनैतिक दलका भातृसंघहरुले आईतबार साँझ कोल्टी बजारमा केपीओली सरकारको […]
२० असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले साउनको तेस्रो अथवा चौथो हप्तामा परीक्षा सञ्चालन गर्न अनुमति मागेको बताए । कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने भएकाले अनुमति माग गरेको र परीक्षाको […]
नागरिक रैबार/बाजुरा २० असार। बडीमालिका नगरपालिका वडा ९ को अनाईको दलित बस्ती पूरै बाढी र पहिरोको उच्च जोखिम्मा परेको छ । मार्तडी-कोल्टी सडक निर्माण गर्दा सडक निर्माण कम्पनिले जथाभावि डोजर लगाएर सडक खनेपछि सो दलित बस्तीका स्थानीयहरु रातभर जागाराम बस्दै आएका छन् । निरन्तरको वर्षा त्यसै माथि जथाभावी सडक निर्माण र अनाई खोलामा आउने बाढीले […]
२० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,८७६ जनाको पीसीआर परीक्षणमा १,०४२ र ३,२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १,६०३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४६१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा […]
राष्टियसभाको बैठकमा सरकारले अघिल्लो वर्ष बाढी पीडितलाई घोषणा गरेको राहत अझै नदिएको भन्दै गुनासो गरेका छन् । गृहमन्त्री विष्णु पौडेलले बैठकमा बाढी प्रभावितहरूका लागि सरकारले गरेको कामको फेरिहस्त सुनाएपछि अघिल्लो वर्षका बाढी प्रभावितले यो वर्षसम्म किन राहत पाएनन् भनेर प्रश्न गरे । सांसद प्रकाश पन्थले बाढी पहिरो जस्ता विपत्तिका गृहमन्त्रालयको तयारी छेपारोको उखान जस्तो […]
गृहमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक विपत्तिबाट घरमा क्षति पुगेका ५ सय ७२ परिवारका लागि ५० हजारका दरले राहत दिने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले यो वर्ष मनसुनको प्रभावबाट असार १६ गतेसम्म घरमा क्षति पुगेका परिवारलाई अस्थायी बसोबासका लागि जिल्ला प्रशासन कार्यालय मार्फत सो रकम दिइने जानकारी गराएका हुन् । उनले भने, […]
२० असार, बैतडी । आइतबार बिहान बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका सिगास गाउँपालिका–३ का ४५ वर्षीय जयसिंह धामीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले उपचारका लागि लैजाने क्रममा धामीको मृत्यु भएको जानकारी दिए । […]
बैतडी: बैतडीमा जीप दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ।जिल्लाको सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ आउँदै गरेको से १ ज ७३९ नम्बरको जीप लगनबजार नजिकै दुर्घटना हुँदा सिगास गााउँपालिका ३ का ६४ वर्षीय रामसिह धामी र ४५ वर्षीय मानसिँह साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालकले बताए। दुर्घटनामा अन्य […]
हेर्दाहेर्दै पानीको तीव्र रेत (बहाव) ले घर ढलेपछि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका उपेन्द्र कापर बेघर भएका छन् । गत मङ्गलबारदेखि लगातार परेको पानीले डुबानमा परेको घर शनिबार गर्ल्यामगुर्लुम ढलेपछि कापरको परिवार बिचल्लीमा परेको छ । कापरसँगै सो बस्तीका १५० भन्दाबढी घर डुबानमा परेका छन् । लगातारको वर्षाले कच्ची घर बुधबार नै डुबेको कापरले बताए । […]
नागरिक रैबार/बाजुरा २० असार। बुढीगंगा नगरपालिकाको ब्रह्मतोलामा संचालन गरिएको जेष्ठ नागरिक शिविरमा म्याद नाघेको औषधी वितरण गरेको पाइएको छ । शनिबार नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नं २ र ३ वडाको समन्वय सञ्चालन भएकाे शिबिरमा म्याद सकिएकाे औषधी वितरण पाइएकाे हाे । ब्रह्मतोला स्वास्थ्य चौकीको सहजीकरणमा गरिएको जेष्ठ नागरिक स्वास्थ्य शिविरमा उपचारमा गएका जेष्ठ नागरिक […]
२० असार, धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।से १ ज ७३९ नम्बरको जीप आइतबार बिहान बैतडीको सिगास गाउँपालिका–३ लगनमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पालले दुर्घटनामा परेर सिगास गाउँपालिका–३ का ४५ वर्षीय मान सिंह सावद र […]
धनगढी: सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महशुश गरिएको छ। शुक्रबार राति १० बजेर २ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङ र बाजुराको सीमा सैपाल नजिक केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।
नागरिक रैबार/बाजुरा १९ असार। बाजुराको सदरमुकाम मार्तडीमा खानेपानी अभाव भएको छ। एक महिनासम्म पनि धारामा पानी नआएपछि सदरमुकामका विद्यार्थी तथा होटेल व्यवसायीहरुलाई समस्या भएको छ। मार्तडी बजारमा कुनै ठाउँमा पानी आउने त कुनै ठाउँमा पानी नै नआउन थालेपछि आधा घण्टा हिँडेर थापाबाडा र बाहुली गएर खानेपानी ल्याउनु पर्ने वाध्यता सिर्जना भएको छ। पानी नआएपछि विद्युत […]
अविरल वर्षापछिको पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग अवरुद्ध भएको छ । बिहीबारदेखि लगातार परिरहेको वर्षाका कारण मकवानपुरको विभिन्न स्थानमा पहिरो खसेपछि हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग अवरुद्ध भएको हो । हेटौंडाबाट काठमाडौं जोड्ने त्रिभुवन राजपथ अन्र्तगतको हेटौंडा–भैसे–पालुङ–नौबिसे काठमाडौं सडक खण्डको भीमफेदी गाउँपालिका वडा नम्बर–१ बाघझोरामा बाढीका कारण सडकमा अवरोध भएको छ भने भिमफेदी–९ अघोर, थाहा […]