होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : आइतबार सांसद पदबाट राजीनामा दिएका एमाले उपाध्यक्ष भीम रावलले माफी मागेका छन्। आफूले बाचा गरेअनुसार पूरा अवधि सांसद पदमा रहन नसकेकोमा रावलले जनतासँग माफी मागेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनता, विशेषतः अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र […]
४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका छन् । जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी पनि सहभागी थिए । अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज […]
काठमाण्डौ – आज यस वर्षको साउन महिनाको पहिलो सोमवार। हिन्दू महिलाले शिवको पूजा आराधना गरी मनाउँदै छन्। साउने सोमवारका दिन सुदूरपश्चिमका विभिन्न शिवालयहरुमा भक्तजनको भीड लाग्ने गरे पनि कोरोना भाइरसको सङ्क्रमणका कारण शिवालयमा दर्शनार्थीको उपस्थिति न्यून छ। साउने सोमवारको व्रत बसी शिवजीको पूजा आराधना गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। साउनको पहिलो सोमवार […]
नेकपा एमालेका सांसद् भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा छन् । माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको कारण संसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । सभामुख समक्ष आफ्नो राजीनामा बुझाउन नेता रावल संघीय संसद् भवनमा पुगेका […]
तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि यातायात सञ्चालन गर्न समस्या हुनुका साथै नागरिकलाई जिल्ला सदरमुकाम सिलगढी आवतजावतमा समस्या भएको छ । पहिराले सडक […]
२ साउन, धनगढी । मृत अवस्थामा फेला परेका कञ्चनपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल लिङ्गेश्वर धामका बाबा किसन नाथको शव घटनास्थलबाट उठाइएको छ । शनिबार बिहान वेदकोट नगरपालिका–४ मा पर्ने शिव लिङ्गेश्वर धाममै मृत अवस्थामा फेला परेका ७५ वर्षीय नाथको शव परीक्षणका लागि महाकाली अस्पतालमा लगिएको कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए । […]
म्यानमारमा सैनिक ‘कू’ भएयता ७५ जना बालबालिकाको मृत्यु भएको र झन्डै १ हजार नाबालिग पक्राउ परेको विश्वासिलो सूचना प्राप्त भएको राष्ट्रसंघले जनाएको छ । कोभिड १९ ले सिर्जना गरेको स्वास्थ आपतकालबीच देशमा राजनीतिक संकट गहिरिँदै गएको पनि राष्ट्रसंघका विज्ञहरुले जनाएका छन् । ‘म्यानमारका बालबालिका कब्जामा छन् र सैन्य ‘कू’ का कारण जीवनको विध्वंशकारी क्षति व्यहोर्दैछ’ […]
अछाम– अछामको नदी किनारमा महिलाको बेबारिसे शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बोहराका अनुसार करिब ३० वर्षकी महिलाको शव शनिबार चौरपाटी गाउँपालिका–४ बुढीगंगा नदी किनार चित्रेमा फेला परेको हो। दुई जना बालकले नदी किनारमा खेल्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो। अहिले शव कसको हो भन्नेबारे पत्ता लागि नगसकेको […]
धनगढीः शुक्रबार मात्रै कैलालीमा छाडा पशु चौपायासँग ठोक्किदा मोटरसाइल चालकको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका ६ गुलरास्थित पूर्व–पश्चिम राजमार्गमा से३प ५९५४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जोशीपुर गाउँपालिका–२ का २६ वर्षीय पदम चौधरीको ज्यान गएको हो। बुधबार गड्डाचौकी जोड्ने पूर्व–पश्चिम राजमार्गस्थित दोदा नदी नजिक एक गाई सवारी साधनको ठक्करबाट मरेको थियो। झलारी बजार नजिक्कै एक […]
बितेको २४ घण्टामा देशभर १८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २१ सय बढी संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार बितेको २४ घण्टामा १० हजार ६६ जनामा परीक्षण गर्दा १८७५ जनामा संक्रमण पुष्टि र सोही अवधिमा २१६४ जना संक्रमण मुक्त भएका हुन् । यस्तै देशभर […]
ओखलढुंगामा अत्याधिक रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गएको छ । जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेका ३२ वर्षीय सुत्केरी सुनिता लामिछानेको अत्याधिक रक्तश्रावका कारण ज्यान भएको हो । बिहीबार बेलुकादेखि सुत्केरी बेथा लागेर छट्पटाएकी लामिछानेले शुक्रबार बिहान परिवारको तेस्रो सदस्यको रुपमा छोरीलाई जन्म दिएकी थिइन् । छोरीलाई जन्म दिएको केही समयपछि अत्याधिक पेट दुख्ने तथा रगत […]
जिल्ला अस्पताल कालिकोटमा ब्लड बैंक नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । रगतको आवश्यकता पर्दा अहिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तत्काल रक्तदान गर्ने गर्दछन् । अस्पतालका स्वास्थ्यकर्मी पवन आचार्यले ब्लड बैंक नहुँदा रक्त सङ्कलनमा समस्या भएको बताए । उनका अनुसार यस वर्ष मात्रै २०० युनिट रगत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रदान गरेका थिए । बिरामीलाई […]
भारतको सरकारले नै कोभिड १९ को महामारीको तेस्रो लहरको खतरा रहेको सरकारले जनाएको छ । भारतको सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो । भारत सरकारको स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भि के पाउलले सो चेतावनी […]
नागरिक रैबार/बाजुरा २ साउन । जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ को वडा कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा वडामा भए गरेका कामहरुको बार्षिक प्रगति समिक्षा कार्याक्रम गरेको छ । वडापालिकाले आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न गरेका कार्यक्रम तथा वजेट खर्चको सम्पूर्ण लेखा जोखा सार्वजनिक गरेको हो । वडाबाट संचालन गरेका कामहरुको प्रगतिबारे जानकारी गराउने उद्देश्यले […]
धनगढीः डोटीमा तीन जंगली च्याउ खाँदा तीन जना बालक बिरामी भएका छन्। शिखर नगरपालिकाको वडा नम्बर ५ तीजालीका तीन बालक जंगली च्याउ खाँदा बिरामी भएका हुन्। तीजालीका स्थानीय पवन साउदका १० वर्षीय छोरा रमेश, शेरबहादुर साउदका ६ वर्षीय छोरा महेश र विष्णु ताम्राकारका ७ वर्षीय छोरा आदित्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। […]
दार्चुला — छाङरुकी सरु बोहरा सात दशक टेक्दैछिन् । सन्तान हुर्काइसकेकी उनी आराम गरेर बस्नुपर्ने बेला एकतमासले सुइरो चलाउँदै स्वीटर बुनिरहेकी छन् । जेठा छोरा नरेशसिंह बोहरा काठमाडौंमा छन् । जो लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । दुई छोरा सपरिवार अमेरिकामा छन् । सरु भने पतिसँगै छाङरुमै बस्छिन् । ७७ वर्षीया राधा बोहरा पनि पतिसँगै छाङरुमा छिन् । छोरा हेमेन्द्रसिंह […]
रौतहट । नेपाली काँग्रेस नेता रामाज्ञा यादवको निधन भएको छ। ५० बर्षीय यादवको गएराति भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पछिल्लो तिन बर्षदेखि ब्लड क्यान्सर रोगबाट ग्रस्त उनको झन्डै एक बर्षदेखि भरतपुरमा डायलासिस हुँदै आएको थियो । उपचारकै क्रममा गएराति निधन भएको उनका सहयोगी नेक महमदले जानकारी दिए । यादवको आजै उनकै […]
नागरिक रैबार/बाजुरा १ साउन। बाजुरा जिल्ला अदातलका न्यायधिस माधप प्रसाद घिमिरेले बाजुरामा बाल विवाह र मदिरा सेवनकै कारण देखिएका मुद्दाको संख्या धेरै रहेको बताएका छन् । सामाजिक सम्बन्ध र संस्कारसँग जोडिएका सम्बन्ध विच्छेद र जबजरजस्ती करणकी मुद्दा बढी आएकोमा न्यायधिस घिमिरेले चिन्ता व्यक्त गर्नु भएको छ । सानै उमेरमा प्रेम विहे गरेका, सन्तान जन्मीसकेका सामान्य […]
१ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार १८२ नमुना परीक्षण गर्दा पीसीआरबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको […]
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना खोप केन्द्र बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार मुख्यसचिव र स्वास्थ्य सचिवलाई बालुवाटार बोलाएर खोप केन्द्र बढाउन निर्देशन दिएका हुन् । देउवाले ट्वीट गर्दै भनेका छन्, ‘खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई […]