होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सत्तारुढ दल निकट विद्यार्थी संगठनहरुले विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी युनियन र अखिल छैठौंले सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर विद्यार्थीहरुलाई खोप दिने व्यवस्था मिलाउन माग गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयले सञ्चालन […]
रुकुमपूर्वमा दुई जना नदीमा वेपत्ता भएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ राङ्सीका श्रीमान श्रीमती वेपत्ता भएका हुन् ।आइतबार साँझ साढे ६ बजे वेपत्ता भएका उनीहरु अहिलेसम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । प्रहरीका अनुसार स्थानीय ३६ वर्षीय मनिचन कामी र उनकी श्रीमती ३० वर्षीया अमृता कामी बेपत्ता […]
२५ साउन, काठमाडौं । खानीखोला गाउँपालिका-४ डाँडागाउँका ७० वर्षीया सुन्तामाया जिम्वालाई गत हप्ता उपचारका लागि हेलिकप्टरमार्फत धुलिखेल अस्पताल ल्याइयो । टाउको दुख्ने र हात झम्झमाउने रोगबाट पीडित उनलाई गाउँको कच्ची सडकबाट एम्बुलेन्समा ल्याउन सम्भव नहुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता बनेको हो । घरमा औषधि ल्याएर खाँदा शरीरलाई आराम नमिले पनि उनका आफन्तले रु ७० हजार […]
बाजुरा २५ साउन । जिल्ला प्रशासन कार्यालय बाजुराले स्वास्थ्य मापदण्ड पुरा नगरी विद्यालय सञ्चालनमा आएका विद्यालयलाई तत्काल बन्द गर्न प्रत्येक स्थानीय तहलाई जानकारी गराएको छ । जिल्लाका ९ वटै स्थानीय तहलाई एकसाथ पत्राचार गर्दै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग गर्न नसकिने अवस्थामा विद्यालय बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम […]
बागलुङ । साना छोराछोरीसँगै गाउँमा बस्दै आएकी एक महिलाले यसअघिका दुई चरणमा गाउँमा समेत फैलिएको कोरोनाको महामारीबाट आफू र बालबच्चालाई जोगाइन् । उनका पति दुई वर्षयता रोजगारीका सिलसिलामा साउदी अरेबियामा छन्। लोग्नेले घर छाडेपछि शुरु भएको महामारीले अन्ततः परिवारलाई नै सङ्क्रमित बनायो । बागलुङ नगरपालिका–१२ अमलाचौरकी उनले बालबच्चालाई महामारीबाट जोगाए पनि आफैँ सङ्क्रमित भएपछि भने […]
धनगढीः पाल्पामा एक पुरुषद्वारा १३ बर्षीया किशोरी बलात्कृत भएकी छन्। जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ , घर भई तानसेन नगरपालिका–४ मा डेरा गरि बस्ने २३ वर्षीय मीनबहादुर सारुले सोही नगरपालिकाकी १३ बर्षीया किशोरी बलात्कार गरेको प्रहरीले जनाएको छ। सारुलाई किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ समेत गरिसकेको छ। सारुलाई पक्राउ गरि जबरजस्ती करणीसम्बन्धी मुद्धा अदालतमा […]
हुम्ला २४ साउन । केही दिनअघि हुम्लाको दक्षिणी भेगका तीनवटा गाउँपालिकाले सञ्चालनमा ल्याएका सामुदायिक विद्यालय पुनः बन्द गर्ने निर्णय भएको छ । जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणदर नघटेको निष्कर्ष निकाल्दै सञ्चालनमा आएका ती विद्यालय पुनः बन्द गर्ने निर्णय गरेको हो । जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा संचालनमा आएका विद्यालय पुनः बन्द गर्न मौखिकरूपमा […]
आहुती । विचार । विनयकुमार पन्जियारले चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा अध्ययनका निम्ति आफूले आरक्षण पाउनुपर्ने दाबीका साथ गरेको रिटलाई खारेज गरेको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ गएको हप्ता मात्र सार्वजनिक भयो । त्यस फैसलाले सारमा नेपाली समाजमा आवश्यक समावेशिताको मूल मर्मलाई नै क्षतविक्षत बनाउन खोजेको छ । नेपालमा समावेशिताका सन्दर्भमा चलिरहेको बहस र आन्दोलनको मूल मर्ममाथि प्रहार गर्ने […]
नागरिक रैबार बाजुरा २४ साउन । कृषि ज्ञान केन्द्र बाजुराले स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ बाहुनी गाउँमा उत्पादित प्याज खच्चडमार्फत ढुवानी गराई बाजुरा जिल्लाको सदरमुकाम मार्तडी लगाएतका स्थानीय बजारहरुमा पुगाईएको छ । बाउँनी गाउँका ४० भन्दबढी स्थानीयले खेतमा उत्पादन गरेको प्याजलाई कृषि ज्ञान केन्द्र बाजुरा र स्वामिकार्तिक खापर गाउँपालिका कृषि विकास शाखाको ढुवानी अनुदान […]
हाम्रो समाजमा विवाहलाई निकै पवित्र मानिन्छ। म पनि मान्छु। मान्नुपर्छ पनि। तर आज म विवाह पश्चात छोरी मान्छेको जीवनमा आउने फरकपनमा प्रकाश पार्न चाहन्छु। मैले धेरै विवाह समारोहमा उपस्थित भएर त्यो खुसीको भागिदार मात्र नभएर त्यसलाई सामाजिक मान्यता पनि दिएको छु। तर म त्यो परिस्थितिमा आफूलाई स्वीकार नभएको कुरा राख्न भने सकिनँ। ‘समाजले कोरेको रुपरेखा […]
धनगढी : साउन २४ ।कर्णाली नदी गाउँ पस्ने खतरा बढेको छ। कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ५ को शाहीपुर क्षेत्रमा निर्माण गरिएको तटबन्ध कटान गरेपछि कर्णाली नदी गाउँ पस्ने खतरा बढेको हो। राष्टिय गौरबको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध नदीले भत्काएपछि शाहीपुर हुँदै नारायणपुर र सत्ती क्षेत्रमा नदी पस्ने खतरा […]
धनगढी : महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुलामा रहेको गृह मन्त्रालयको टोली शुक्रबार नेपालतर्फको घटनास्थल पुगेको छ। बिहीबार भारततर्फको घटनास्थल निरीक्षण गरेर फर्किएको टोली आज व्याँस गाउँपालिका– २ मालगाउँ गएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्हरी नायब उपरीक्षक मनोहर भट्टले नेपालतर्फबाट स्थलगत निरीक्षण र पीडित परिवार भेट्ने योजनासहित छानबिन टोली मागाउँ […]
अमेरिकी टेलिभिजन च्यानल सिएनएनले कोरोनाभाइरसविरूद्धको खोप नलगाइकनै अफिस आउने तीन जना कर्मचारीलाई जागिरबाट निकालिदिएको छ।कम्पनीका अध्यक्ष जेफ जुकरले स्टाफहरूलाई बिहीबार दिएको मेमोमा तीन कर्मचारीलाई बर्खास्त गरिएको उल्लेख गरेका छन्। उनले अरू कर्मचारीलाई पनि कार्यालयमा आउन खोप अनिवार्य लगाउनु पर्ने बताएका छन्। जागिरबाट निकालिएका कर्मचारीहरू को हुन् र उनीहरूको सिएनएनको कुन अफिसमा काम गर्थे भन्ने खुलाइएको […]
कोरोना सङ्क्रमित घटिरहेका बेला त्यस्तै लक्षण देखिने बिरामी फेरी बढ्न थालेकाले जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । अत्यधिक ज्वरो आउने, रुघाखोकी लाग्ने र झाडापखाला भएर कोरोनाजस्तै लक्षण देखिएका बिरामीको चाप दिनदिनै बढ्न थालेको हो । रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.आधार वलीका अनुसार दैनिक ५० भन्दा बढी यस्ता लक्षण देखिएका बिरामी आउने गरेका छन् । जिल्लाका […]
२२ साउन, गुल्मी । बाँसको तामा बिक्न थालेपछि गुल्मीका किसानहरुमा उत्साह थपिएको छ । अहिले गुल्मी जिल्लाका विभिन्न स्थानमा किसानहरुले बाँसको तामा बेचेरै दैनिक उपभोग्य लगायतका वस्तुहरुको गुजारा चलाउने गरेका छन् । बारीका छेउछाउमा लगाइएका बाँसहरुमा अरु कुनै मेहेनत गर्नु पर्दैन । साउन महिना लागेसँगै बाँसका झाडीमा तामा टुसाउन शुरु हुन्छ । यो क्रम भदौको […]
नागरिक रैबार/बाजुरा २२ साउन । हिमाली गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रमेश बिकलाई भिरमाथिबाट खसेको ढुंगा लागेर वडा अध्यक्ष गम्भिर घाइते भएका छन् ।निर्माणाधिन स्वास्थ्य चौकीको अनुगमन गर्न गएको बेला भिरबाट खसेकोे ढुंगा लागेर घाइते भएका हिमाली गाउँपालिकाका रोजगार संयोजक बिर्खराज पाण्डेले बताएका छन । वडा अध्यक्षको टोली फैतीको स्वास्थ्य चौकीमा अनुगमन […]
काठमाडौ, साउन २२ । नुवाकोटकी २८ वर्षकी सोमिका तामाङले एकै पटक ५ वटा शिशुलाई जन्म दिएकी छन्।तामाङले चार जीवित र एक जना मृत शिशुलाई जन्म दिएकी हुन् । उनी थापाथलीस्थित परोपकार प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी भएकी हुन। मृतक शिशु छोरा हुन् भने अन्य चार जना छोरी रहेका छन् । अप्रेशन टोलीका प्रमुख डा कीर्तिपाल सुवेदीलेका […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ । मन्त्रालयका सहप्रवक्ता […]
२१ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०१२ रहेको छ भने ३७ जनाको मृत्यु […]
काठमाडौं, २१ साउन । कोरोना संक्रमण क्रमशः घट्दै जाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमान गरेको छ । साउन महिनामा ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने र विस्तारै यो संख्या घट्दै जाने मन्त्रालयले अनुमान गरेको हो । स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीले पेश गरेको विवरणमा साउनमा ५३ हजार ३०७, भदौमा ४५ […]