होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुराको कोल्टी पिलुचौर सडक खण्डको मटेला नजिक बाटो अवरुद्ध भएको करिव दुई साता पुग्दा पनि मर्मत नभए पछि आवत जावत गर्ने यात्रुलाई सास्ती भएको छ । मटेलाको घुम्ती नजिक कुलाको पानी थुनिएर बाटो अवरुद्ध भएको करिव दुई साता पुग्न लाग्दा पनि बाटो नवने पछि कोल्टी बजार क्षेत्रमा आवात जावत गर्ने यात्रुले सास्ती भोग्नु परेको हो […]
अछाम: अछाममा नेकपा एमालेका नेता धनबहादुर रावत मृत भेटिएका छन्। असोज ४ गतेदेखि बेपत्ता रहेका उनी बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको रवा लेकमा मृत अवस्थामा भेटिएका हुन्। नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य समेत रहेका रावत असोज ४ गते रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारमा अनन्ते मेला हेर्न गएका थिए। सोही दिनदेखि बेपत्ता रहेका रावतको शव […]
नेपाली काँग्रेस त्रिबेणी नगर कार्य समितिको सभापतिमा सुरेन्द्र राज गिरी विजयी भएका छन् । नगर सभापतिका लागि पौडेल समूहबाट सुरेन्द्रराज गिरी र देउवा पक्षबाट गम्भीरसिहं बुढा बिच सहमती नभए पछि मतदान भएको थियोे । कडा प्रतिष्पर्दाका बाबजुत पौडेल पक्षका गिरीले ८० मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिद्धन्दि बुढाले ६९ मत ल्याएर पराजित भएका […]
नागरिक रैबार/बाजुरा १० असोज । नेपाली काँग्रेसको १४ औँ केन्द्रिय महाधिवेशन तथा सातौ जिल्ला अधिवेशनमा पुर्वसन्ध्यामा नेपाली काँग्रेस बाजुराको त्रिवेणी नगरपालिकामा नगरसभापती लगाएत अन्य पदाधिकारीहरुको सहमती नभए प्रश्चात केही बेर अगाडी मतदान भई अहिले मत गणना सूरु भएको छ । जिल्ला त्रिवेणी नगरपालिकामा दोस्रो नगर अधिवेशनमा दुई जना विच सहमती नभएपछी मतदान भएको थियो । […]
नागरिक रैबार/बाजुरा १० असोज । बाजुराको त्रिबेणी नगरपालिका वडा नं. ४ को वडा कार्यालयमा स्थानीय सेवा ग्राहीहरुले आईतबार तालाबन्दी गरेका छन् । वडाका सबै कर्मचारीहरु नेपाली काँग्रेस त्रिवेणी नगरपालिकाको नगर अधिबेशनमा गएपछि वडाबाट हुने कामहरु प्रभाबित भएको भन्दै वडा कार्यालय तालावन्दी गर्न बाध्य भएको स्थानीय कृष्ण साउँदले बताएका छन् । आइतबार बिहान १० बजे वडामा […]
नागरिक रैबार/बाजुरा १० असोज। नेपाली कांग्रेस खप्तड छेडेदह गाउँपालिकाको सभापतिमा हर्क रावत सर्वसम्मत चयन भएका छन् । शनिबारबाट सूरु भएको पालिका स्तरीय अधिवेनबाट हर्क रावत सभापतिमा रहने गरी ४२ सदस्यीय कार्यसमिति चयन भएको हो । नेपाली काँग्रेसको पालिका स्तरीय अधिवेशनमा बाजुराका ९ वटा स्थानीय तह मध्ये अहिले सम्म बुढीनन्दा नगरपालिकामा डबलबहादुर खड्का, जगन्नाथमा सुन्दर विष्ट, […]
धनगढीः दोस्रोपटक प्रधानमन्त्री बनेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तुइन हटाउने पहिलो निर्णय प्रमाणीकरण गरे। उनीभन्दा अघिका सरकारले पनि तुइन विस्थापन गरी झोलुङ्गे पुल बनाउने निर्णय भने नगरेका होइनन् तर केपी शर्मा ओली सरकारकोे पालामा यसले बढी चर्चा पायो। तर चर्चा पाएअनुसार काम नभएको देशभर अझै सञ्चालनमा रहेका सयौं तुइनले पुष्टि गर्छ। हुम्लामा पनि […]
पोखरा — लामो समयको प्रेम सम्बन्धलाई अमृत भुजेल र पूजा गन्धर्वले ३ वर्षअघि विवाहमा परिणत गरे । अमृत जनजाति परिवारका हुन् भने पूजा दलित परिवारकी । पोखरा–२७ अर्चलेका छिमेकी र आफन्तले भने उनीहरूको बिहे देखिसहेनन् । अमृतको परिवार बहिष्कारमा पर्यो । छोराले दलित बहुारी भित्र्याएको भन्दै आमाको किरियाकर्म गर्दा छुट्टै राखिएका पोखरा–२७ अचर्लेका कष्णबहादुर भुजेल (छेउमा) । दुईबीच २०७५ […]
धनगढी: धनगढीको नवजीवन अस्पतालमा तनाव सिर्जना भएको छ।अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनाव भएको हो। डोटीको शिखर नगरपालिका -६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएको थियो। उनका आफन्तले डाक्टरको लापरबाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन्। उनीहरुले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेस्ट कारण खुलाउन भन्दै अस्पताल घेराउ गरेका छन्। कल्पनाले जन्म […]
नागरिक रैबार/बाजुरा ९ असोज। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तथा बाजुराको ७ औं जिल्ला अधिवेशन नजिकिएसँगै काँग्रेस बाजुराका नेताहरु उम्मेदवारी घोषणा र प्रचार-प्रसारमा तिव्र तयारीका साथ लागेका छन् । वडापछि नगरको अधिवेशन सूरु भएसंगै नेपाली काँग्रेस बडीमालिकाको दोस्रो नगर अधिवेशनमा नगर सभापतिका लागि नेपाली काँग्रेसका युवा नेता खडक बडुवालले उम्मेदवारी दिने घोषणा गरेका छन् । […]
९ असोज, विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ मा किशोरीको शव भेटिएको घटनाको अनुसन्धानमा प्रहरीले चासो नदिएको आफन्तले गुनासो गरेका छन् । बिहीबार बिहान फक्तालुङ गाउँपालिका–३ घर भई फुङलिङ बस्दै आएकी १७ वर्षीया पुष्पा लिम्बु मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव जंगल छेउमा शंकास्पद अवस्थामा भेटिएको थियो । शवमा चोट पटक देखिएपनि प्रहरीले सामान्य रुपमा […]
डोटीः डोटीको जोरायल गाउँपालिका–४ खैगाडमा वर्षौंपछि खानेपानी पुगेपछि यहाँका स्थानीयवासी निकै खुसी भएका छन्। गाउँपालिका, स्थानीयवासी तथा विदेशी दातृ निकाय युनिसेफको आर्थिक र प्राविधिक सहयोगमा उक्त वडामा सुरक्षित खानेपानी विस्तार गरिएसँगै गाउँमा खुसियाली छाएको हो। उक्त गाउँलाई एक कार्यक्रमबीच ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ गाउँका रुपमा घोषणा गरिएको हो। युनिसेफको रु ३६ लाख ३२ हजार ६४३.२०, जोरायल […]
नागरिक रैबार/बाजुरा ९ असोज। बडीमालिका नगरपालिकामा अनेमसंघ (क्रान्तिकारी) को नगर कमिटी गठन गरिएको छ । शनिबार अनेमसंघ (क्रान्तिकारी) बडीमालिका पालिका स्तरीय भेलाले सीमा विककोे अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी गठन गरिएको हो । भेलाले उक्त कमिटिको उपाध्यक्षमा फुगि रोकाया, सचिब दुर्गा बिक, सहसचिब पुना बुढा (साउद) कोषाध्यक्ष अमृता उखेडा लगायत ३५ जनाको नगर कमिटी गठन […]
नागरिक रैबार/बाजुरा ९ असोज। नेशनल लाईफ इन्सोरेन्स कम्पनि लिमिटेडको दशैं उत्सव प्रोत्साहन तथा जीवन विमा सम्बन्धि अभिकर्तासंग मार्तडीमा अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपालकै पहिलो र अग्रणी जीवन विमा कम्पनिको रुपमा परिचित रहेको उक्त जीवन विमा कम्पनि बाजुराले शनिबार मार्तडीमा अभिकर्ताहरुलाई दशैँ उत्सव प्रोत्साहन तथा जीवन विमा सम्वन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । बाजुरा […]
नागरिक रैबार/बाजुरा ९ असोज। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ को पाँच वर्षे वडा विकास योजना निर्माण गरिने भएको छ । वडाको २०७८/८९ देखि ८३/८४ सम्मका लागि पाँच वर्षे वडा विकास योजना तयारी गर्न लागिएको बडीमालिका ९ का वडा सचिव गोरख बहादुर रावलले बताएका छन् । बडीमालिका ९ ले आफ्नो वडाको पाँच वर्षे विकास योजना […]
कैलालीको मोहना नदी पारी भारतीय सीमासँग जोडिएका मोहनपुर, शिवरत्नपुर र हौसलपुर गाउँका स्थानीयवासी झण्डै पाँच दशकदेखि लालपुर्जाबाट वञ्चित रहेका छन् । सरकारी बेवास्ताका कारण उनीहरुले लालपुर्जा प्राप्त गर्न नसकेका हुन् । कैलारी गाउँपालिकाका मोहनपुर, हौसलपुर र शिवरत्नपुरका २०० भन्दा बढी परिवारले जग्गाधनी प्रमाणपत्र पाउन नसक्दा सरकारी सेवा सुविधाबाट वञ्चित हुनु परेको छ । लालपुर्जा नहुँदा […]
नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले असोज २९ गते शुक्रबार विजय दशमी पर्वको दिन बिहान १० बजेर २ मिनेटमा टीकाको साइत परेको जानकारी दिएको हो । समितिका अनुसार टीका लगाउने मानिस पूर्व फर्कनुपर्नेछ भने टीका लगाइमाग्ने मानिस पश्चिम फर्किनुपर्नेछ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ […]
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठक आज शनिबार पनि बस्न लागेको हो । शुक्रबार विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भएको थियो ।अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन […]
नागरिक रैबार/बाजुरा ९ असोज। बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टको वार्षिक मोवाइल खर्च ७२ हजार भन्ने शिर्षक र तस्वीर सहितको समाचार विभिन्न मिडियामा प्रकाशन भएपछि अन्तरपार्टी महिला संजाल बाजुराले विज्ञप्ति निकाल्दै आपत्ति जनाएको छ । शुक्रबार अन्तरपार्टी महिला संजाल बाजुराले एक विज्ञप्ति मार्फत नेपालको संविधानको धारा २२७ मा गाउँ तथा नगरसभाका सदस्यले पाउने सेवा सुविधाका सम्वन्धमा […]
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब ४ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट उत्तरपश्चिम ४० किमी भारतमा रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको […]