होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बेलायतमा पहिलो पटक नेपाली मूलकी महिला स्नेहा शाक्य श्रेष्ठ कानुन व्यवसायी बनेकी छन्। बेलायतमा भने प्राक्टिसिङ ब्यारिष्टर भन्ने गरिन्छ । अन्तिम तालिम (प्युपिलेज) सकेपछि गएको साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत कानून व्यवसायी (ब्यारिष्टर) का रूपमा सूचीकृत भएकी हुन्। कानुन व्यवसायलाई बेलायतमा सम्मानित र उच्च तहको कमाई हुने पेशाका रुपमा लिइन्छ। श्रेष्ठले अब अपराध, परिवारसित […]
बझाङः बझाङको बुंगल नगरपालिका–४ बस्ने ७० वर्षीया संन्तोला नेपाली बिहीबार मृत अवस्थामा फेला परेकी छन्। फागुन १० गते आफ्नो घरबाट छोरी भेट्न बित्थडचिर गाउँपालिका–६ गएकी उनी मृत फेला परेकी हुन्। उनी त्यहाँ नपुगेको खबर पाएपछि स्थानीयले खोजतलास गरेका थिए। खोजी गर्ने क्रममा बित्थडचिर गाउँपालिका–६ मड भन्ने स्थानमा बाटोबाट अन्दाजी २ सय मिटर तल बृद्धाको शव […]
पोखरा । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौताबारे आफूलाई मात्र ढुंगा हानिएको भन्दै प्रश्न गरेका छन् । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराई र झलनाथ खनाललाई ताली बजाउने तर, आफूलाईचाहीँ किन ढुंगाा हानिएको भन्दै अध्यक्ष ओलीले प्रश्न गरेका हुन् । अध्यक्ष ओलीले भने, ‘एमसीसी नेपालमा […]
राजेन्द्र बिक बाजुरा,१३फागुन । बाजुरामा खुरफटा जनावरहरुलाइ खोरेत विरुद्धको खोप लागाउने कार्यमा तिब्रता दिइएको छ ।खोरेत रोगले दूध उत्पादनमा गिरावट ल्याउने र पशुको मृत्यु भइ क्षति पुर्याउने पिडाले ग्रसित बाजुराका स्थानीय पशुपालक किसानहरु पशुमा उक्त खोप लगाउन भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराले निरन्तरता दिएपछी खुशी भएका छन्। जिल्लामा हाल सम्म बडिमालिका नगरपालिकाका […]
बैतडीः नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरीको ज्यान बचाइएको छ। शिशु जन्माउन नसकेपछि जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव भएर छट्पटाइरहनुभएकी सुर्नया गाउँपालिका–२ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेको ज्यान नेपाली सेनाको रक्तदानले बचाइएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। सदरमुकामस्थित हनुमानध्वज गुल्ममा कार्यरत सेनाका अमल्दार बालकृष्ण विष्ट र प्युठ टीकाराम विकले दिएको एक÷एक […]
जुम्ला- जुम्लाका महिला सिप सिकेर स्वरोजगार बन्न थालेका छन् । चन्दननाथ नगरपालिकाभित्रका महिला सिप सिकेर स्वरोजगार बन्न थालेका हुन् । आर्थिक आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सिप सिक्न थालेको चन्दननाथ नगरपालिका ६ की संगीता रावलले बताइन् । उनले भनिन्, ‘सीप सिक्छौँ । आत्मनिर्भर बन्छौँ । आर्थिक आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ ।’ सामाजिक विकास कार्यालय […]
काठमाडौं : श्रीमतीलाई छुरा प्रहार गरी घाइते बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बाँके चिसापानी घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगल डेरा सञ्चालन गरेकी २८ वर्षीया प्रमिला पराजुलीलाई उनका श्रीमान् अम्मर रोकायाले मादक पदार्थ सेवन गरी छुरा प्रहार गरेको प्रहरीले बताएको छ। अम्मरले बिहीबार साँझ प्रमिलाको घाँटीमा छुरा प्रहार गरेको प्रहरी वृत्त गौशालाले जनाएको छ। […]
काठमाडौं । गायक तथा अभिनेता जयनन्द लामाको अन्त्येष्टि गरिएको छ । ६६ वर्षको उमेरमा बुधबार बिहान निधन भएका कलाकार लामाको बिहीबार दिउँसो बौद्ध परम्पराअनुसार स्वयम्भूमा अन्त्येष्टि गरिएको हो । लामाको शव बिहीबार बिहान १० बजेदेखि श्रद्धाञ्जलीका लागि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा राखिएको थियो । नाचघरमा उपराष्ट्रपति नन्दबहादुर पुन, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री […]
भारत सरकारको ‘खोप मैत्री’ योजना अन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा बनेको कोभिड-१९ विरुद्धको खोपको एक लाख डोज काठमाडौंको टुँडिखेलस्थित नेपाली सेनाको जंगी अड्डामा आज आयोजित एक समारोहमा उपहार स्वरुप प्रदान गरेको छ। गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पी.एन. अनन्थनारायणले नेपाली सेनाका रथी बाल कृष्ण कार्कीलाई सो खोप हस्तान्तरण गरेका छन्। लेफ्टिनेन्ट जनरल अनन्थनारायणले गोर्खा […]
नागरिक रैबार/बाजुरा १२ फागुन। आफ्नै भतिज नवराज गिरीको हत्या गरी फरार रहेका बाजुराको त्रिवेणी नगरपालिका ८ कालापानी गिरीबाडा बस्ने भरत गिरीलाई १६ वर्षपछि प्रहरीले प्रक्राउ गरेको छ । २०६३ साल माघ ४ गते साँझ साढे ७ बजेको समयमा गाउँकै नवराज भन्ने प्रभु गिरीको हत्या गरेर १६ वर्षदेखि भारतको उत्तराखण्डमा बस्दै आएका गिरीलाई प्रहरीले पक्राउ गरी […]
राप्रपा धादिङको उपाध्यक्षमा दीपा तामाङ चयन भएकी छन् । उनलाई राप्रपा धादिङको कार्यसमिति बैठकले उपाध्यक्षमा मनोनयन गरेको हो । धादिङको रुबिभ्याली गाउँपालिकाकी उनी नेपाल विद्युत प्राधिकरणकी कार्यकारी निर्देशक कुलमान घिसिङकी श्रीमती हुन् । कुलमान माओवादीको कोटामा प्राधिकरणमा कार्यकारी निर्देशक बन्दा उनको श्रीमती भने राप्रपामा आबद्ध रहेकी हुन् । उनी राप्रपामै लामो समयदेखि आबद्ध रहेको बताइएको […]
जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक युवकलाई अस्पताल नलगी घर लैजाँदा मृत्यु भएको खुलेको छ । जनकपुरधाम उपमहानगरपालिका-१२ कुँवा निवासी ३० बर्षीय सन्दीप यादवको उपचार अभावमा मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्ना साथीसँग घर जाँदै गर्दा बुधबार राति उनी सवार मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकलको पछाडि बसेका उनी गम्भीर घाइते […]
नागरिक रैबार/बाजुरा १२ फागुन। बाजुराको बडीमालिका नगरपालिकास्थित मालिका नमुना माविका विद्यार्थीहरु एमसिसीको विरोध गर्दै सडकमा उत्रेका छन् । नेपाल कम्युनिष्ट पार्टी बाजुराको आयोजनामा गरिएको एमसिसीको विरोध प्रर्दशनमा मालिका माविमा अध्ययनरत विद्यार्थीहरु समेत सडकमा उत्रेका हुन । विद्यार्थीको पढाई नै प्रभावित हुने गरी नेपाल कम्युनिष्ट पार्टी बाजुराले विद्यार्थीलाई जवरजस्ती गरेर विरोध प्रर्दशनमा लिएको मालिका माविका प्राचार्य […]
नागरिक रैबार/बाजुरा १२ फागुन । बाजुरामा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन ।पक्राउ पर्नेमा बाजुरा, बुढीनन्दा नगरपालिका वडा नं. ८ लमालबाडा बस्ने १९ वर्षीय धन बहादुर रावत रहेको प्रहरीले जनाएको छ । रावतले बालिकालाई केहिदिन पहिला राती पीडित सुतेको घरकोठा भित्र प्रवेश गरी जवर्जस्ती करणी गरेकोे अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ । यस […]
मुगु — जिल्लाका प्रमुख राजनीतिक दलहरू स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गाउँ पस्न थालेका छन् । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि कांग्रेस, एमाले, नेकपा एकीकृत समाजवादी, माओवादीलगायत प्रमुख राजनीतिक दलहरूले कार्यकर्ता भेटघाट, पार्टी भेला, प्रशिक्षण, बैठकलगायत कार्यक्रमलाई तीव्रता दिएका हुन् । जाडो छल्न प्रदेश राजधानी सुर्खेत र तराईका विभिन्न जिल्लामा गएका राजनीतिक […]
सुन्सेरा, दार्चुला — जोखिमपूर्ण यात्राले सबैभन्दा बढी चर्चामा आउने महाकालीका तुइन विस्थापन गर्न सरकारले बनाएका दुई झोलुंगे पुल उद्घाटनको पर्खाइमा छन् । हस्तान्तरण हुन बाँकी भन्दै दुवैमा ताला लगाइएकाले सर्वसाधारणको कष्ट उस्तै छ । परम्परागत रूपमा प्रयोग हुँदै आएका तुइन पनि भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले शनिबार हटाएपछि व्यास गाउँपालिकाका बासिन्दाले थप सास्ती खेप्नुपरेको छ । सरकारले […]
नागरिक रैबार/बाजुरा १२ फागुन । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. १० मा रहेको सिंगाडा मावि एकमहिनादेखि प्रधानाध्यापक विहिन बनेको छ ।यस अघिका प्रधानाध्यापक विश्णुध्वज शाह गत माघ १८ गतेबाट सेवा अवधि सकेर विदाई भएपछि विद्यालय प्रधानाध्यापक विहिन बनेको हो । प्रधानाध्यापक शाहको विदाईपछि विद्यालय व्यवस्थापन समितिले प्रअ छनोट गर्न सकेको छैन् । विद्यालयमा प्रधानाध्यापक रिक्त […]
गरिब तथा विपन्न परिवारलाई लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम जनप्रतिनिधी अनुकुल बनेको छ । विपन्न तथा गरिब परिवारलाई छनोट गरेर वर्षको सय दिन कामको अवसर दिने उदेश्य रहेपनि स्थानीय तहका प्रतिनिधीले आफू अनुकुल आस्था मिल्ने आफ्ना आफन्तका लागि प्रयोग गर्ने गरेको पाईएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको निर्देशिकामा नै गरिब, विपन्न र एकल महिलाले पाउने उल्लेख […]
नागरिक रैबार/बाजुरा १२ फागुन। बाजुरामा बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीनन्दा नगरपालिका ८ लमालबाडाका १९ वर्षिया धनबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । प्रहरीका अनुसार रावतले केहिदिन पहिला बालिका सुतेको कोठाभित्र प्रवेश गरी जवरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । पक्राउ […]
नागरिक रैबार/बाजुरा ११ फागुन। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीको जन्मदिनको अवसरमा केपि बा स्पोर्टस् क्लव बाजुराले जिल्ला अस्पताल बाजुराका विरामीलाई फलफुल वितरण गरेको छ । केपि ओलीको नामबाट स्थापना गरिएको केपि बा स्पोर्टस् क्लव बाजुराले ओलीको जन्मदिनको अवसर पारेर बुधबार जिल्ला अस्पताल बाजुरामा रहेका विरामीहरुलाई फलफुल वितरण गरेको हो । एमाले […]