होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२२ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको नोवेल कोरोना भाइरस (कोभिड-१९) परीक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रचण्ड, उनका परिवारका सदस्यहरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ । ६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट […]
स्वास्थ्य जोखिम बढ्दो रहेकाले आउँदो भदौ १ गतेदेखि भर्ना शुरु गरी विद्यालय खोल्ने सरकारको तयारी अन्योलमा परेको छ । सरकारले शैक्षिकसत्रको अवधि खेर जान नदिने गरी भर्ना शुरु गर्ने र त्यसको करिब दुई सातापछि विद्यालय सञ्चालनको तयारीका लागि शिक्षकलाई सम्बन्धित विद्यालयमा पुग्न निर्देशन दिएको थियो । सरकारले विद्यालय पुनः सञ्चालनको कार्यविधिको मस्यौदा पनि तयार गरेको […]
नेपाल सरकारले लकडाउनलाई हटाएपछि संक्रमणको दर झनै बढ्ने संकेत देखिएको छ । काठमाडौं उपत्यका लागायत देशका मख्य ठूला सहरहरुमा समुदायस्तरमा संक्रमण देखापरेको छ । संक्रमण दर पनि बढ्दै गएको छ । लकडाउन खुलेसँगै मानिसहरुको आवागमन पनि बढेको छ । संक्रमितहरु एक ठाउँबाट अर्को ठाउँमा जाँदा संक्रमण फैलिने सम्भावना बढेको छ । यसलाई पछिल्लो समय समुदायमा […]
धनगढी : धनगढीमा तत्काल लकडाउन वा निषेधाज्ञा जारी नहुने उप–महानगरपालिकाले जनाएको छ। कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाका स्थानीय तहमा निषेधाज्ञा र लकडाउन जारी भईरहेका बेला धनगढीमा भने तत्काल लकडाउन वा निषेधाज्ञा जारी गर्ने तयारी नरहेको उप–महानगरपालिकाले जनाएको हो। उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले आजभोली नै लकडाउन वा निषेधाज्ञा जारी गनेबारे कुनै तयारी नभएको […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्ष नेताहरुले पार्टीभित्र जारी संघर्ष पद प्राप्तिका लागि नभई खराव प्रवृत्तिकाविरुद्ध रहेको बताएका छन् । बुधबार पार्टी निकटका सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उनीहरुले अध्यक्ष केपी ओलीको ‘म नै पार्टी हुँ’ भन्ने शैलीले पार्टी सञ्चालन गर्दा समस्या भएको बताए । त्यस्तै उनीहरुले विभिन्न प्रतिक्रियावादी शक्तिहरुले नेकपा फुटाउन नै लागिपरेकाले जस्तोसुकै परिस्थितिको पनि […]
दाङ: प्रेमीसँग घुम्न गएकी एक युवतीमाथि सामूहिक बलात्कारमा भएको छ। दाङको राप्ती गाउँपालिका ३ नयाँबस्ती मसुरीयाकी १७ वर्षीया किशोरीमाथि चार जनाले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। साउन १६ गते आफ्नो प्रेमीसँग घर नजिकको जंगलमा घुम्न गएको समयमा ४ जनाको समूहले प्रेमीलाई कुटपिट गरी युवतीलाई बलात्कार गरेका थिए। उनलाई मसुरीयाकै २६ वर्षीय अर्जुन विक, करिब […]
काठमाडौं । ललितपुरको बंगलामुखी आसपास केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्पको धक्का गएको छ । बुधबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा ३.५ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि मंगलबार राति पनि थापाथली केन्द्रबिन्दु भएर ३ रिक्टरस्केल भन्दा कम मापन गरिएको भूकम्पको धक्का गएको थियो ।
२१ साउन, काठमाडौ । सर्वोच्च अदालतको अन्तरिम आदेश विपरित सडक छेउको घर भत्काइएको भन्दै बालाजु बाइपास क्षेत्रका बासिन्दा आन्दोलित भएका छन् । बिना पूर्व सूचना गाईजात्रा पर्वकै दिन जनताको घरमा डोजर लगाएको भन्दै स्थानीयवासीले प्रहरी बृत बालाजुमा रिले अनशन समेत थालेका छन् । घर भत्काइएका मध्येका एक भीमदेव श्रेष्ठले अदालतको आदेश समेत नटेरी सरकार उठीबास […]
बाजुरा: बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १, २ र ३ मा प्रहरी चौकी नहुँदा बिच्छँयामा खुलेआम जडिबुटि तथा वन्यजन्तुको चोरी शिकारी भइरहेको छ। गाउँपालिकाको वडा नम्बर ३ युनामा रहेको प्रहरी चौकी एक दिनको दुरीमा तल पर्ने हिमाली गाउँपालिको –४ नम्बर कवाडीमा सरेपछि लामो समयदेखि उक्त समस्या भइरहेको छ। युनामा बस्न नसक्ने भन्दै ८ वर्ष पहिले प्रहरी […]
कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो । शक्तिनगर शिविरका अगुवा मोतीराम […]
२१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने बताएका छन् । मंगलबार विहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै निवासमा भएको भेटमा उनले आफू कुनै सानो ठूलो गुटमा नलाग्ने बताएका उनका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिएका छन् । ‘क. प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी सोध्नुभयो […]
पश्चिम रुकुम । मुसीकोट नगरपालिका वडा नं ७ र ८ का सबै घरधुरी विद्युत्को पहुँचमा पुग्ने भएका छन् । हालसम्म विद्युत्को पहुँच पुग्न नसकेका दुवै वडाका टोलमा अबका केही दिनमा बत्ती बल्न लागेको छ । विद्युत् पुग्न बाँकी रहेका घरमा बत्ती बलेपछि दुई वडाका सबै घर परिवार विद्युत्को पहुँचमा पुग्ने भएका हुन् । केन्द्रीय प्रसारण […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा लामो समयदेखि शक्ति संघर्ष चल्दै आएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रैबाट सरकारको आलोचना भइरहेको भन्दै असन्तुष्ट रहँदै आएका छन् भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतहरु सरकारका कारण पार्टी नै बद्नाम हुने अवस्थामा पुगेको टिप्पणी गर्दै आएका […]
काठमाडौं । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न राजनीतिक व्यक्तित्व, अर्थ, स्वास्थ्य तथा सुरक्षा क्षेत्रका विज्ञहरुलाई समेत बालुवाटार बोलाएर छलफल गरे । कोभिड–१९ को संक्रमण अवस्था, प्रभाव र रोकथाम तथा सुरक्षाका लागि भन्दै बोलाइएको छलफलमा प्रधानमन्त्री ओलीलाई विज्ञहरुले कम्तीमा २ साता लकडाउन गर्न सुझाव दिए । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले आवश्यकता र सुझावलाई ध्यानमा राख्दै सरकार […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाइरहेको बेला बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै नयाँ कीर्तिमान कायम भएको हो । मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम भएको […]
काठमाडौं- नेपालमा मंगलबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङ विराटनगर-५ आदर्शटोल बस्ने वर्षा ७७ का एक जनाको कोरोनाले मृत्यु भएको छ । साउन १९ गते कोशी […]
२० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौंका उपत्यकामा मात्र ६२ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरुमध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार […]
धनगढी: प्रमाण नष्ट र यातना सम्बन्धी मुद्दामा सफाई पाएपछि कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टले निर्मलाले न्याय पाउनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विष्टले निर्मला प्रकरणमा राज्यले दुई किसिमले न्याय दिनुपर्ने उल्लेख गरेका हुन्। उनले पुनरावेदन समितिको अन्तिम प्रतिवेदन अनुसार अनुसन्धानलाई एकिकृत निष्कर्षमा पुगाएर मृतक निर्मलालाई न्याय दिनुपर्ने र दोस्रो निलम्बनमा परेका प्रहरी कर्मचारीलाई […]
कैलाली । प्रतिपक्षी दलको अवरोधका कारण स्थगित भएको सुदूरपश्चिम प्रदेशसभा बैठक २७ दिनपछि शुरु भएको छ । प्रतिपक्षी दलले विभिन्न माग राख्दै संसद अवरोध गरेपश्चात अनिश्चितकालका लागि बन्द भएको प्रदेशसभा बैठक २७ दिनपछि आज शुरु भएको हो । प्रतिपक्षी दलले पिसिआर चेकजाँचको दायरा बढाउनुपर्ने र कोरोना नियन्त्रणका लागी गरिएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने माग राख्दै […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि विज्ञहरुबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाएका छन् । मंगलबार सरोकारवाला र विज्ञहरुलाई बालुवाटारमा बोलाएर सुझाव लिएका प्रधानमन्त्री ओलीले प्राप्त सुझाव कार्यान्वयनमा लैजान आफू प्रतिवद्ध रहेको जनाएका हुन्। प्रम ओलीले स्वास्थ्य क्षेत्र, राजनीतिक क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरुसँग परामर्श गरेका हुन् । उक्त परामर्शमा २५ जनाको […]