होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैतडीका स्थानीय तहमा सञ्चालन हुने भनिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगन भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै यहाँका स्थानीय तहले उक्त प्रतियोगिता अनिश्चितकालका लागि स्थगन भएको जनाएका छन् । जिल्ला सदरमुकाममा रहेको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकाले सूचना जारी गर्दै उक्त प्रतियोगिता स्थगन भएको जनाएका हुन् । जिल्लास्तरीय विपद् व्यवस्थापन […]
खोटाङ,१४ चैत । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताउनुभएको छ । कोदोको रक्सीलाई ब्राण्ड बनाउने नारा लागू गर्नेछु : मन्त्री राई पूरा भिडियो हेर्नको लागि अन्तिम फाइलमा राखिएको छ ! हेरेर प्रतिक्रिया दिनु होला स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अव स्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा […]
दुबईका एक बडी बिल्डरमाथि एक भयानक दुर्घटना भएको छ । रायन क्रोली नामका यी बडी बिल्डर जिममा बेन्च प्रेस व्यायाम गरिरहेका थिए । रायनले असाध्यै भारी तौल उठाएका थिए जसका कारण उनको नियन्त्रण गुम्यो र उनको दाहिने हातको मांसपेशी फुट्यो र उनलाई भर्ना गर्नुपर्यो । रायनका ट्रेनर पनि उनीसँगै थिए । रायनको टाउकोमा मेसिन नखसोस् […]
१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको उनले बताए । बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा प्रचण्डले भने, ‘अब म नैतिक र राजनीतिक ढंगले धेरै […]
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण फैलिन सक्ने भन्दै यस पटकको होली सजगताका साथ मनाउन आग्रह गरेको छ । काठमाडौंको इन्द्रचोकमा बिक्रीका लागि राखिएका होलीलाई लक्षित गरी तयार टिसर्ट ।मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम कायम नै रहेकाले होलीमा हुल र ठूला जमघटबाट टाढा रहन अनुरोध गरेको हो । स्वाथ्य मन्त्रालयले भनेको […]
काठमाडौं । नेपाली काँग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको पार्टीको झण्डा आधा झुकाउने भएको छ। सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय गरेको हो । यस्तै, १७ एकदिन देशभरका पार्टी […]
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनबारे त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चासो देखाएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन विश्वविद्यालय समितिसँग त्रिविले आगामी जेठ ३० गते स्ववियु निर्वाचन गर्न सहमति जनाएको छ । नेविसंघ त्रिवि समितिले पाँच बुँदे माग राखेर ४८ दिनसम्म गरेको रिले अनसनपछि स्ववियु निर्वाचन गर्नेगरी त्रिवि र नेविसंघबीच ९ चैतमा सहमति भएको […]
१४ चैत, सप्तरी । शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए । उनका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई […]
१४ चैत, काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको मृत्यु भएको छ । वडाध्यक्ष चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो । ‘घाटीमा मासु अड्केर बेहोस […]
१४ चैत, काठमाडौं । सुख्खायाम शुरु भएसँगै महोत्तरीका वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी हुने क्रम बढेको छ । पूर्वपश्चिम राजमार्गको दुवैतिर (उत्तर–दक्षिण)का बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने जंगलमा दिनदिनै बढेको डढेलोले दुई/तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो । डढेलोले वयस्क र पुराना रुख पनि मारेको छ । चैत लागेसँगै बढेको डढेलोले […]
१४ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बसिरहेको छ । कालीमाटीस्थित एक ब्यांक्वैटमा बैठक चलिरहेको छ । यो समूहको बैठक हिजो पनि बसेको थियो । केही घण्टा चलेर हिजो सकिएको बैठक आज पनि बसिरहेको हो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले […]
काठमाडौं । काठमाडौं उपत्यकाको आकाशलाई शुक्रबार दिउँसोदेखि तुवाँलोले ढाकेको छ । उपत्यकाको चारैतिर रहेका जंगलमा डढेलो लागेका कारण आकाशमा यसरी धुवाँको तुवाँलो देखिएको हुनसक्ने डढेलो विज्ञ एवं नेपाल सरकारका उपसचिव सुन्दर शर्मा बताउँछन् । शर्माका अनुसार काठमाडौं उपत्यकाका चारैतिर जंगलमा डढेलो लागेको छ । शुक्रबार काठमाडौं उपत्यकाको आकाशमा देखिएको तुवाँलो सोही डढेलोका कारण निस्किएको धुवाँले […]
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनको नेतृत्वमा ११ संगठन बीच गठबन्धन गर्ने सैद्धान्तिक सहमति भएको छ । शुक्रबार ११ संगठनबीच भएको बैठकबाट गठनबन्धन गर्ने निर्णय भएको हो । महासंघको चैत २५ गते हुने निर्वाचनमा प्रतिगामी कदमविरुद्ध रहेका पत्रकारहरुका संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा […]
काठमाडौं, १३ चैत । उपत्यकामा कोभिड–१९ को जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सरकारले सार्वजनिक यातायात क्षेत्रमा कडाइ गर्ने भएको छ । अघिल्लो वर्षजसरी नै सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाइ गर्न शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको, प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच छलफल […]
१३ चैत, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बु (सक्कल) पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले उनलाई बिहीबार राति पक्राउ गरेको ताप्लेजुङका डीएसपी महेन्द्र श्रेष्ठले बताए । सरकारले २१ फागुनमा चन्द नेतृत्वको पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्दै सबै मुद्दा खारेज गर्ने सहमति गरेको थियो । तर, […]
सिरहा । सिरहाको नरहा गाउँपालिका–३, चोहर्वामा रहेको अनुराधा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टरमा चिकित्सकको लापरबाहीका बिरामीको मृत्यु भएको भन्दै पीडित परिवारले आन्दोलन गरेको छ । चिकित्सकले सही उपचार नगर्दा र समयमै अन्यत्र उपचारको लागि रिफर नगर्दा नरहा गाउँपालिका ३ डन्डाटोलका ६४ वर्षीय राम सुफल महतोको बिहीबार मृत्यु भएको मृतकका छोरा लालबिहारी महतोले बताए । बान्ता […]
१३ चैत, काठमाडौं । प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ खाएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ खाएका हुन् । यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि आजै सपथ लिएका छन् […]
१३ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूह संसदीय दलको बैठकमा जाने भएको छ । प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे दलको बैठक बोलाएका छन् । त्यसअघि बसेको नेपाल समूहका नेताहरुको बैठकले संसदीय दलको बैठकमा जाने र पार्टी स्थायी,पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने […]
बझाङ — बझाङको दुर्गम गाउँमा जन्मिएर अमेरिकामा बसोबास गर्दै आएका भूगोलविद् तुलसीराम जोशी र उनकी पत्नी मर्लिनको सम्मानमा त्यहाँस्थित फेयरमोन्ट राज्य विश्वविद्यालयले उनीहरूकै नाममा कार्यालय स्थापना गरेको छ । फेयरमोन्ट स्टेट युनिभरसिटीले आफूहरूका नाममा स्थापना गरेको कार्यालयअगाडि तस्बिर खिचाउँदै जोशी दम्पती । तस्बिर : जोशीको फेसबुकबाट अन्तर्राष्ट्रिय विद्यार्थीहरूको शैक्षिक केन्द्रका रूपमा स्थापित कार्यालयलाई ‘तुलसी र […]
विराटनगर — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री राईले माओवादी छाडेर एमालेतिर लागेका र खनाल-नेपाल समूहका नेताहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री राईले भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर मन्त्री बनाएका छन् । विस्तारित मन्त्रिपरिषद्का सदस्यले शुक्रबार दिउँसो […]