होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षबीच बिहीबार भएको वार्ता विफल भएको छ । वार्ताका क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन गरेको आग्रहलाई ठाकुरले अस्वीकार गरेका हुन् । देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा जसपा अध्यक्ष ठाकुरले आफूहरु सरकार निर्माणको दौडमा नरहेको कारण कुनै प्रकारको सहयोग नहुने […]
काठमाडौँ– सगरमाथा आरोहणका क्रममा दुई विदेशी नागरिकको मृत्यु भएको छ ।सगरमाथा चढ्न गएका स्वीट्जरल्यान्डका आरोही अब्दुल वारैच र अमेरिकी आरोही पुवेई लिउको आरोहणकै क्रममा बिहीबार मृत्यु भएको हो। उनीहरू ट्राभल एजेन्सी सेभेन समीटबाट सगरमाथा आरोहणका लागि गएका थिए। दुबै जनाको मृत्यु भएको सेभेन समीटले पुष्टि गरेको छ। सेभेन समिटका अनुसार अब्दुल सगरमाथा चुचुरोमा पुगेर फर्किने […]
एमालेले बरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुलाई ६ महिनाका लागि गरिएको निलम्बन फुकुवाको विषयलाई माधवपक्षीय नेता योगेश भट्टराईले सकारात्मक संकेत भनेका छन् । ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्चाउनु राम्रो हो । अव कुरा गरेर सहमति बनाउन लाग्नुपर्छ’, भट्टराईले बालुवाटारमा बसेको स्थायी समिति बैठकले कारवाही फुकुवाको निर्णय गरे लगत्तै ट्वीट गरेर भनेका छन् । अर्का नेता […]
३० वैशाख, काठमाडौं । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिएका छन् । पुनस्थापित एमालेका […]
२९ वैशाख, काठमाडौं । सरकारले कोरोना संक्रमित बिरामीले प्रयोग गर्ने औषधि रेम्डिसिभिरको मूल्य तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रति भाइल ४ हजार ९०० रुपैयाँमा रेम्डिसिभिर खरिद गर्न सकिने जानकारी गराएका हुन् । कोभिड–१९ को उपचार गर्ने क्रममा अस्पतालहरुबाट चिकित्सकहरुले रेम्डिसिभिर औषधि सिफारिस गरेमा आधिकारिक आयातकर्ता […]
२९ वैशाख, धनगढी । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाका प्रमुख लोकेन्द्र जोशीले स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षणका लागि स्वाब दिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका कारण स्वाब दिएका जोशीलाई वैशाख १५ गते संक्रमण पुष्टि भयो । श्वासप्रश्वासमा समस्या देखिएपछि धनगढीस्थित नोभा अस्पतालमा भर्ना भएका जोशीलाई अक्सिजन सपोर्टमा राखिएको थियो । तीन दिनपछि अस्पतालले थप अक्सिजनको […]
काठमाडौं । कोभिड–१९ को महामारीमा प्रायः जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । त्यस्तोमा अधिकांश मानिस घरमा छन् । प्रहरी प्रधान कार्यालयले घरमा हुने हिंसा, यौनजन्य हिंसा र लैंगिक हिंसा भएमा खबर गर्न आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयले हिंसा सहेर नबस्न सवैलाई आग्रह गरेको […]
२९ वैशाख, सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । वर्तमान मन्त्रिपरिषदमा रहेका दुई जनाले राजीनामा दिने र तीन जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी छ । मुख्यमन्त्री निकट स्रोतका अनुसार आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा मन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजना […]
काठमाडौं । कोरोनाको खोपमा भएको भनिएको कमिसनको चलखेल छानविन गर्न माग गर्दै दर्ता गर्न खोजिएको रिट सर्वोच्च अदालतले फिर्ता गरेको छ । बरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले कोरोनाको खोपमा भएको भ्रष्टाचार छानविन गर्न निष्कलङ्क व्यक्तिको नेतृत्वमा आयोग बनाउन माग गर्दै रिट लिएर गएका थिए । सर्वोच्च अदालतका रजिष्टार नारायणप्रसाद पन्थीले वैशाख २७ मा सो रिट दर्ता […]
२९ वैशाख, काठमाडौं । भारतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट) बी.१.६१७ मा पनि कोरोना खोपले काम गरेको एक अध्ययनले देखाएको छ । भारत र बेलायती वैज्ञानिकले संयुक्त रुपमा गरेको अध्ययनमा उक्त भेरियन्टले खोपले शरीरमा विकास गरेको एन्टिबडीलाई छलेर संक्रमित भने बनाउन सक्ने पाइएको छ । भारतमा देखिएको उक्त भेरियन्टलाई डबल म्युटेन्ट भनिन्छ । किनकी […]
२९ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान तथा पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले मुलुकको वर्तमान संकट हल गर्न संविधानको धारा ७६ (२) बमोजिम सबै दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन् । त्यस्तो […]
२८ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि […]
पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ । यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृत्यु भएको […]
२८ वैशाख, वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-४ स्थित विशेष आर्थिक सेजका ईन्जिनियर अजय चौधरीको स्वास्थ्य अवस्था बिग्रियो । रातिको एक बजिसकेको थियो । ४२ वर्षीय चौधरीलाई झण्डै १५ दिनदेखि ज्वरो आइरहेको रहेछ । स्वास प्रश्वासको समस्या बढ्यो, थप उपचारका लागि लैजान अक्सिजनसहितको एम्बुलेन्सको बन्दोबस्ती मिलाईदिनुस भनेर वडा अध्यक्ष भोजबहादुर खत्री (ईश्वर)लाई फोन आयो । […]
२८ वैशाख, काठमाडौं । आकाश कँडेलकी आमा कोरोना संक्रमण भएर पेप्सीकोलास्थित मदरल्यान्ड अस्पतालमा उपचाररत छिन् । आईसीयूमा रहेकी उनलाई दिनमा ४ सिलिण्डरसम्म अक्सिजन दिनुपर्छ । मंगलबार आमाको मुख हेर्ने दिनमा उनले आमाको जीवन रक्षाका लागि आफैंले संघर्ष गर्नुपर्यो । अस्पतालले मंगलबार दिउँसो आकाशलाई भन्यो, ‘हामीसँग अक्सिजन सकिन लाग्यो, एक घण्टाभित्रै अक्सिजन खोजेर ल्याउनुस् ।’ […]
काठमाण्डाै – नेपाल एअरलाइन्सको जहाजले चीनको बेइजिङबाट अक्सिजन सिलिन्डर र भेन्टिलेटर नेपाल ल्याएको छ । साेमवार (हिजो) राती बेइजिङ गएको नेपाल एअरलाइन्सको वाइडबडी जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जहाजले चार सय थान खाली अक्सिजन सिलिन्डर, एक सय ६० थान अक्सिजन कन्सन्ट्रेटर र १० वटा भेन्टिलेटर गरी ३० टन सामग्री ल्याएको हो । सिलिन्डरलगायत […]
चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन् । केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेस म्यागाजिनको आज यहाँ भर्चुअल माध्यमबाट विमोचन गर्दै उनले सबै क्षेत्र कोभिडविरुद्ध जुट्नुपर्ने बेला आएको बताए । उनले सरकार अहिले कोभिड […]
२८ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपमा अनियमिता नभएको दाबी गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर मन्त्री त्रिपाठीले खोप आयातमा सरकारले एक पैसा पनि कसैलाई कमिसन नदिएको बताए । मन्त्री त्रिपाठीले भने, ‘बोल्न त बोल्नुस्, बुझेर मात्र बोल्नुस् । अनर्गल, झुटा अफवाह र आत्मरतिका लागि नबोल्नुस् ।’ कमिसनका कारण […]
२८ वैशाख, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन् । केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेश म्यागाजिनको मंगलबार भर्चुअल माध्यमबाट विमोचन गर्दै उनले सबै क्षेत्र कोभिडविरुद्ध जुट्नुपर्ने बेला आएको बताए । उनले सरकार अहिले कोभिड नियन्त्रणमा असफल […]
पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत उनी कोरोना संक्रमणमुक्त भएका हुन् । २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ । स्वाब रिपोर्ट नेगेटिभ […]