होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ । १३ हजार ८०५ पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३०७३ एन्टिजेन परीक्षणमा ७९२ जना गरी ५ हजार ३१६ जनामा संक्रमण पुष्टि […]
धनगढी: सुदूरपश्चिमको ९ वटै जिल्ला जोड्ने कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया चोकमा राखिएको नेपालको झन्डा च्यातिएको थियो।पुरानो झण्डा च्यातिएको धेरै समय भइसक्दा पनि कसैले वास्ता गरेका थिएनन्। तर बिहीबार एक अज्ञात समूहले उक्त झण्डा फेरेको छ। मुख नदेखिने गरि मुकुण्डो लगाएर आएको उक्त समूहले नेपालको झण्डा फेरेको हो। उनीहरु को हुन् र कहाँबाट आएका हुन् भन्नेबारे […]
सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आगामी जेठ २१ गते बोलाउन सिफारिस भएको छ । बजेट अधिवेशन आह्वानका लागि आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले जेठ २१ दिनको ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् अन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा […]
१९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट वक्तव्यको १९७औं बुँदामा भनिएको छ, ‘निर्यातजन्य उद्योगमा विदेशी लगानी आकर्षित गरिनेछ । हिमालय क्षेत्रको गुणस्तरीय पिउने पानी ब्राण्डिङ गरी खाडी लगायतका देशमा निकासी गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ ।’ नेपालमा उत्पादन गरी आफ्नो देशमा शतप्रतिशत निकासी गर्ने विदेशी लगानीकर्तालाई आयकरमा थप छुट पनि दिने उल्लेख छ । […]
काठमाडौँ- २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि तयार गरिएको प्रश्नपत्र खेर जाने भएको छ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले आन्तिरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा प्रकाशन गर्ने निर्णय गरेपछि प्रश्नपत्र काम नलाग्ने भएको हो ।एसईईको मूल्याङ्कन विद्यालय नै गर्ने भएपछि प्रश्नपत्रका खेर जाने सम्भावना देखिएको एसईई नियन्त्रक रुद्र अधिकारीले बताए । उनका […]
१९ जेठ, काठमाडौं । चीनमा बर्डफ्लुको दुर्लभ भेरियन्ट एच१०एन३ को संक्रमण पहिलोपटक मानिसमा देखिएको छ । चीनका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनमा अहिले संक्रमित भएका व्यक्तिबारे विस्तृत जानकारी भने दिइएको छैन । यद्यपि यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै नसर्ने अनुमान गरिएको छ । समाचारमा […]
१९ जेठ, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफूलाई पार्टीले मासिक २० हजार तलब दिने बताएका छन् ।हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसग कुराकानी गर्दै उनले सो खुलासा गरेका हुन् ।तपाईंलाई तपाईंको पार्टीले मासिक कति तलब दिन्छ भनी सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘म २० हजार लिन्छु ।’ सो कार्यक्रममा बोल्दै विप्लवले […]
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का दोस्रो पुस्ताका नेताहरू पार्टी जोगाउन दौडधुपमा छन् । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कार्यदलको उपादेयता नरहेको र अनौपचारिक माध्यमबाट छलफल चलिरहेको बताइरहेका बेला दोस्रो पुस्ताका नेता नियमितजसो संवादमा छन् । सोमबार साँझ पनि दुवैतर्फका नेताहरू सघन संवादमा जुटे । प्रधानमन्त्री केपी ओलीका तर्फबाट सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री […]
१९ जेठ, काठमाडौं । अनुदानमा प्राप्त चिनियाँ खोप बिहीबार सात वटै प्रदेशमा पठाउने तयारी सरकारले गरेको छ । मंगलबार काठमाडौं ल्याइएको चिनियाँ खोप सात वटै प्रदेशमा रहेका ६० देखि ६४ वर्ष उमेर समूहका जनसंख्यालाई आधार मानेर वितरण गर्न लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. […]
१९ जेठ, काठमाडौं । पाँच वर्षका प्रथाम र उनका १० वर्षीय दाइ आयूषले गत अप्रिलमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण आफ्ना बुवा गुमाए । यी दाजुभाइले बुवा गुमाएको केही दिनमै दिल्लीको अर्को अस्पतालमा उनीहरूकी आमाको पनि निधन भयो । यी दाजुभाइको भरोसाको संसार परिवर्तन भइसकेको थियो तर उनीहरूलाई यो सबै कुरा थाहा थिएन । उनीहरूले […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रमको रकम यो वर्षपछि पूर्ण खर्च नहुने देखिएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४२ करोड बजेट सो कार्यक्रमका लागि विनियोजन गरेकोमा झण्डै १७ करोड खर्च नहुने देखिएको हो। ४२ करोड बजेटको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रममा ६० प्रतिशत मात्र खर्च हुने अनुमान […]
नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र त्यसका लागि लचकता अपनाउने निर्णय गरेको छ । तर, त्यो प्रयास र लचकताले पनि २०७५ जेठ २ अघिको अवस्थामै पार्टी फर्केला भन्ने कुरामा चाहिँ नेताहरु अझै विश्वस्त देखिएका छैनन् । दुबै पक्षका एमाले नेताहरुको प्रतिक्रियाबाट पनि अब एमालेमा एकता भइहाले पनि माधव नेपाल बाहेकको एकता […]
१८ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीले पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनले सिङ्गो पार्टी पंक्ति स्तब्ध भएको जनाएको छ । दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४:२५ बजे निधन भएको हो । पार्टीको केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्व संयोजक […]
१८ जेठ, काठमाडौं । सरकारले उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिक सबैथरि अस्पताललाई निर्देशन दिएको हो । गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जारी गरेको सूचनामा ७ […]
नेपाली काँग्रेसले बायो मेडिकल इञ्जिनियरहरूको स्वयंसेवी समूह निर्माण गरेको छ । कोरोना उपचारका उपकरणहरुको पुनर्निर्माणमा अस्पताल, स्वास्थ्य संस्थाहरू एवं आवश्यक व्यक्तिहरुलाई देशव्यापी रूपमा निःशुल्क सेवाको उद्देश्यका साथ काँग्रेसले ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ सञ्चालन गरेको हो । कोरोनाको महामारीबाट दैनिक रूपमा सय बढीको मृत्यु भइरहेको यो स्थिति नियन्त्रण गर्दै नागरिकको रक्षा गर्न र महामारी उपर विजय […]
काठमाण्डाै – प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलास आउँदो २३ गते आइतवारसम्मका लागि स्थगित भएको छ । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरू इजलासबाट अलग भएको घोषणा गरेपछि सुनुवाइ स्थगित भएको हो । इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले प्रश्न उठे पनि इजलास नछोड्ने […]
कोभिड–१९ का कारण नेपालमा सङ्क्रमित बिरामीको उपचारमा सहज पार्न चीन सरकारले आज अक्सिजन सिलिन्डर प्रदान गरेको छ । स्वास्थ्य सेवा विभागलाई एक हजार ५०० थान अक्सिजन सिलिन्डर एवम् पाँच लाख २७ हजार ५०० थान एन–९५ मास्क टिमुरेस्थित भन्सार हातामा आइसकेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए । आफ्नो हातामा ल्याइएका सामग्री […]
नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकमा पार्टी एकता बचाउन भैरहेका छलफलबारे विवेचना गर्दै एकता बचाउन प्रयास जारी राख्ने निर्णय भएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । ‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म […]
१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले चार नेतालाई पार्टीबाट निष्कासनको घोषणा गरेको छ । पार्टी निर्णय विपरीत काम गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको एक नेताले जानकारी दिए ।
१७ जेठ, काठमाडौं । नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई तीनदेखि पाँच वर्षसम्मको कैद सजाय हुने कानूनी व्यवस्था गर्न सुझाव दिएको छ । सोमबार विभाग प्रमुख खगराज अधिकारी नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई भेटी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेशमा यस्तो व्यवस्था […]