होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । फिल्म ‘प्रेम गीत–४’ बन्ने भएको छ । प्रेम गीत सिक्वेलका निर्माता सन्तोष सेनले नै यो फिल्म बनाउन लागेका हुन् । ‘प्रेम गीत–३’ निर्माण निर्देशन गरेपनि कोरोनाको कारण प्रदर्शन गर्न नपाएका उनले अहिलेको फुर्सदको समय ‘प्रेम गीत ४’को तयारी थालेका हुन् । प्रेम गीत–४’को लागि उनी अभिनेता प्रदीप खड्का र निर्देशक क्षेतेन गुरुङसँग मिलेर […]
बाजुराः बाजुरामा छोरी गर्भवती भएपछि बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्। जिल्लाको बुढिगंगा नगरपालिकामा छोरीलाई जबरजस्तीकरणी गरेर गर्भवती बनाएको आरोपमा ६२ वर्षीय बुवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दान बहादुर रोकायाले जबरजस्तीकरण गर्ने बुवालाई पक्राउ गरिएको बताए। उनले ती व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको जानकारी दिए। दिनेश खबर बाट
११ साउन, काठमाडौं । रोमेलु लुकाकुको दुई गोल मद्दतमा जेनोअलाई पराजित गर्द इन्टर मिलान इटालियन सिरी एको अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । इन्टरले जेनोअलाई उसैको मैदानमा ३-० ले पराजित गरेको हो । खेलको ३४औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ८३औं मिनेटमा एलक्सिस सान्चेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे […]
११ साउन, काठमाडौं । सोमबारबाट फेरि मनसुन सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने छ । साथै अरब […]
नागरिक रैबार बाजुरा १० साउन निरन्तरको वर्षाका कारण भत्किएको साँफे मार्तडी सडक खण्ड अन्तरतगत दुनीहाटबजार देखि कारागार डिलहुँदै करालासम्मको सडक नेकपा निकट अनेरास्ववीयु र राष्टिय युवा संघमा आवद्ध विद्यार्थी र युवाहरुले मर्मत गरेका छन् । दुनिहाटबजार देखि पानीनाउला सम्मको सडकमा नियमित यातायात सूचारु गरि स्थानीयलाई सहज होस भन्ने उद्देश्यले दुनिहाटबजार देखि कारागार डिल हुँदै करालासम्मको […]
१० साउन, काठमाडौं । गत मार्चमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना (कोभिड–१९) संक्रमणको ‘उच्च जोखिम समूह’ घोषणा गर्दै सचेत रहन आग्रह गरेको थियो । जसमा सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिस पनि कोरोनाको जोखिम समूहमा थिए । सुर्तीजन्य सेवन प्रयोग गर्ने मानिसहरुलाई चेतावनी दिँदै डब्ल्यूएचओले भनेको थियो, ‘दीर्घरोगी र ६० वर्ष माथिका मानिस, जस्तै– सुर्तीजन्य […]
धनगढी : सुदूरपश्चिममा थप २४ जनाको कोरोना पुष्टि भएको छ। डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा २०, सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा दुई जना, धनगढी प्रयोगशाला र पाटन अस्पतालमा भएको परीक्षणमा एक/एक जना गरी थप २४ जनामा कोरोना पुष्टि भएको हो। डडेल्धुरामा भएको परीक्षणमा डोटीका १३, डडेल्धुराका चार र बैतडीका तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या […]
महेन्द्रनगर : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको दुई वर्ष पूरा भएको छ। २०७५ साल साउन १० गते गृहकार्य गर्न भन्दै साथीको घर पुगेकी निर्मला ११ गते उखुबारीमा बलात्कार पछि हत्या गरेको अवस्थामा फेला परेकी थिईन्। घटनाको दुई वर्ष पुगेपनि सरकारले दोषी बाहिर ल्याउन सकेको छैन्। पन्त उखुबारी बलात्कारपछि हत्या गरेको अवस्थामा […]
आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको छ। सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एकदुई ठाउँमा मेघगर्जन, चट्याङसहित ठूलो पानी पर्ने संभावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। सोमबार रातिदेखि मनसुन फेरि सक्रिय हुने भएकाले पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। आज र भोलि […]
काठमाडौं । भगवान रामको जन्म नेपालमा भएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले संसदीय समितिमा पनि प्रवेश पाएको छ । ‘रामको जन्म नेपालमा भएको र अयोध्या नेपालमा पर्छ’ भनेर प्रधानमन्त्रीले अभिव्यक्ति दिएपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा यो विषयले प्रवेश पाएको हो । सांसदहरुले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका छन् । नेपाली काँग्रेसका सांसद […]
एजेन्सी । अमेरिकी सरकारले आफ्ना नागरिकलाई घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएको छ । न्युयोर्कका मेयर मुरेल बोसरले बुधबार एक कार्यकारी आदेश जारी गर्दै न्युयोर्कका बासिन्दालाई घरबाट बाहिर निस्किँदा मास्क लगाउन आग्रह गरेका हुन् । यसअघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्ने आदेश दिन नसक्ने बताएका थिए […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीले राष्ट्रपतिको भूमिकामाथि प्रश्न चिन्ह खडा भएको बताएका छन् । प्रधानमन्त्रीको निर्णयमा कलमको मसी सुक्न नपाउँदै राष्ट्रपतिले पनि निर्णय लिनुले संसदीय व्यवस्थामाथि नै गम्भीर प्रश्न उठाएको बाए । वर्तमानमा बिपी विचारको सान्दर्भिकता विषयक कार्यक्रममा नेता गिरीले नेपाली काँग्रेसले संसदमा सरकारको गलत क्रियाकलापमा केही बोल्न […]
काठमाण्डौ – सरकारले लकडाउन अन्त्य भएको निर्णय गरेसँगै सडक बजारमा कोरोनाको जोखिम नै सकिएजस्तो गरी चहलपहल बढेको छ । तर लकडाउन सकिए पनि कोरोना भाइरसको जोखिम नसकिएको भन्दै विज्ञले सावधानी अपनाउन आग्रह छन् । गएको चैत ११ गतेदेखि लागू भएको लकडाउन साउन ६ गते रातिदेखि सकिएको हो । तर लकडाउन सकिए पनि सङ्क्रमित हुनेको सङ्ख्या […]
काठमाडौं । सरकारले सीमा जोडिएका एक जिल्लाबाट जिल्लामा सार्वजनिक यातायात चलाउन पाइनेगरी निर्णय गरेको भएपनि उपत्यका प्रवेशको नाकामा भने प्रहरीले कडाइ कायमै राखेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सीमा जोडिएका जिल्लामा यातायात चलाउन पाइने गरी निर्णय गरेको भएपनि उपत्यका प्रवेशका हकमा भने यो नियम लागू नरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले […]
८ साउन, काठमाडौं । बिहीबार नेपालमा १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको छ ।
८ साउन, काठमाडौं । प्रिमियर लिग च्याम्पियन लिभरपुलले पछिल्लो खेलमा चेल्सीलाई पराजित गर्दै घरेलु मैदानमा ट्रफी उचालेको छ । यसअघि नै च्याम्पियन बनिसकेको लिभरपुलले घरेलु मैदान एनफिल्डमा चेल्सीलाई ५-३ ले पराजित गरेको हो । उक्त खेलपछि लिभरपुललाई प्रिमियर लिग उपाधि प्रदान गरिएको थियो । लिभरपुलले ३० वर्षपछि लिग उपाधि जितेको हो भने सन् १९९३ मा […]
धनगढी : सुदूरपश्चिममा पनि आजदेखि छोटो दुरीमा सार्वजनिक यातायात सञ्चालन गरिने भएको छ। केन्द्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेसपछि सुदूरपश्चिममा पनि आजदेखि सञ्चालन गर्ने तयारी भएको हो। जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न सूचना जारी गरिएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए। ‘सुरक्षा मापदण्ड […]
८ साउन, वीरगञ्ज । वीरगञ्ज माईस्थान घर भएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ । सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवालमा श्वासप्रश्वासको समस्या थियो । सोमबार नै उनलाई शंकास्पद कोरोना संक्रमितको रुपमा […]
७ साउन, काठमाडौं । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले विद्यालयस्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्न सरकारलाई निर्देशन दिएको छ । ‘विद्यालय स्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी विषयवस्तु समेटी अध्यापन–अध्यापन गर्ने–गराउने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन गर्दछ’ समितिको बुधबारको निर्णयमा भनिएको छ । समिति बैठकमासांसदहरुले आत्महत्या रोक्न पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्नुपर्ने बताएका थिए । […]
कैलाली । वर्षायाम शूरु भएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका जिल्लाहरु बाढी पहिरो र डुबानको उच्च जोखिममा रहेका छन् । पछिल्ला दिनदेखि भैरहेको अविरल वर्षापछि यस प्रदेशका केही पहाडी क्षेत्रमा क्षति पुगेको छ । त्यस्तै तराईका जिल्लाहरुमा भने त्यति धेरै क्षति भइनसकेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले रातोपाटीलाई जानकारी दिए । पहाडी क्षेत्रका २ […]