होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सोचविचार बिना नै पहिला निर्णय गर्ने अनि विरोध हुन थालेपछि निर्णय फिर्ता लिने गरेको सरकारले फेरि एकपटक आफ्नो अकर्मण्यता प्रदर्शन गरेको छ । उद्धार (चार्टर) उडान सम्बन्धी कच्चा निर्णय गरेर सरकारले पुनः आफ्नो कमजोरी प्रदर्शन गरेको हो । सोमबार साँझ उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी)को बैठकले तत्कालका लागि […]
५ भदौ, काठमाडौं । अछामको रामारोशन गाउँपालिकाका बाढी पीडितहरुका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा (बादल)सहितको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । गृहमन्त्रीसहितको टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौंबाट अछामतर्फ प्रस्थान गरेको हो । सो टोली सर्खेतमा अवतरण गर्ने र सुर्खेतबाट एमआई–१७ हेलिकोप्टरमार्फत् अछाम पुग्ने गृहमन्त्रीको सचिवालयले जनाएको छ । टोलीमा […]
प्रश्न– तपाईंको नाम ? प्रतिप्रश्न– नाम नै त किन भन्नुपर्यो र ? अनि, काम नि ? म स्वास्थ्य क्षेत्रमा छु । सरकारी सेवामा काम गर्छ भनिदिनु न । डिटेल भनेपछि फेरि गाह्रो पर्छ । भनेपछि, तपाईंको परिवारलाई समाजले खुब दुःख दिइरहेको कि क्या हो ? समाजमा बाँच्न धेरै गाह्रो छ । संक्रमितलाई समाजले निरुत्साहित गर्छ […]
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। सरुवा भएका सबै एसपीलाई भदौ महिनाको तलब सम्बन्धित जिल्लाबाटै खान पाउने गरेर सरुवा गरेको हो । सरुवा सूची अनुसार स्याङ्जामा होविन्द्र बोगटीको सरुवा भएको छ । यस्तै प्रभु ढकालको गण्डकी प्रदेश ट्राफिक कार्यालय तनहुँ सरुवा भएको छ ।यसैगरी सन्तोष भट्टराई पाल्पा, […]
४ भदौ, काठमाडौं । बैंकको पहुँच पुगेका स्थानीय तहमा अब सामाजिक सुरक्षा भक्ता अनिवार्य बैकिङ प्रणालीबाट मात्र वितरण गर्नुपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउन बैंक पुगेका स्थानीय तहमा अनिवार्य बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको हो । अब स्थानीय तहले सबै लाभग्राहीको खाता खोली […]
काठमाडौं । पार्टीभित्रको समस्या समाधान गर्न कार्यदल गठन गरी त्यसले प्रतिवेदन तयार पारिरहेका बेला धमाधम राजनीतिक नियुक्ति हुन थालेपछि सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति पुनः असन्तुष्टि जनाएका छन् । प्रचण्डले समग्र समस्या समाधानका लागि कार्यदलले काम गरिरहेका बेला सरकारले भने धमाधम नियुक्ति गरेको भन्दै प्रधानमन्त्री ओलीलाई भेटेरै असन्तुष्टि जनाएका हुन् […]
काठमाडौं । प्रधामन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बिहीवार बेलुका ५ वजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । यसअघि सोमबार नियमित मन्त्रिपरिषद बैठक बसेको थियो । स्रोतका अनुसार मुुलुकमा कोरोना भाइरस (कोभिड १९ ) का संक्रमितको संख्या बढदै गएपछि थप रणनीति बनाउन मन्त्रिपरिषद डाकिएको बुझिएको छ । बिहीबारबाट उपत्यकामा एक साता निषेधाज्ञा […]
काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पछिल्लो ६ महिनामा अधिकांश मौलिक हकसम्बन्धी नियमावलीहरु कार्यान्वयनमा ल्याएको बताएकी छिन् । मन्त्री नियुक्त भएपछिको ६ महिनाको कार्यप्रगति सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङफेले मौलिक हकसम्बन्धी ११ वटा नियमावलीको मस्यौदा कार्यान्वयनका लागि सहमति दिएको बताइन् । १६ वटा मौलिक हकमध्ये १४ वटाको […]
काठमाडौं- नेपालमा विहीबार थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज काठमाडौंकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक […]
धनगढी : बिहिवार सुदूरपश्चिममा एक सय २९ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक हजार दुई सय ११ जनाको कोरोना परीक्षण भएकोमा एक सय २९ जनामा संक्रमण देखिएको हो। कैलालीका ५०, डोटीका ३४, अछामका ३०, कञ्चनपुरका १४ र डडेल्धुराका एक जनामा कोरोना देखिएको हो। सेती […]
४ भदौ, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले विपतमा परी ज्यान गुमाउनेको परिवारलाई जनही १ लाख रुपैयाँ दिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विपतमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई १ लाख दिने निर्णय गरेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जनकारी दिए । पछिल्लो २ महिनामा सुदूरपश्चिममा विपतबाट ६४ जनाको मृत्यु […]
४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । उनीहरुमध्ये १२६ जनाको मृत्यु भएको छ भने १७ हजार ९६४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २६४ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । कहाँ […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा थप तीन जना प्रहरीमा कोरोना भाईरस पुष्टि भएको छ। डोटी प्रयोगशालामा भएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत तीन जनामा प्रहरीमा संक्रमण पुष्टि भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक ईन्द्रवहादुर मल्लका अनुसार संक्रमण पुष्टि भएका तीनै जना प्रहरी केही दिन अगाडि मात्रै सरुवा भएर आएका हुन्। योसंगै सुदूरपश्चिममा संक्रमित […]
रुकुमपूर्व । रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकामा करिव एक महिनादेखि विद्युत अवरुद्ध भएको छ । ओख्मा लघु जलविद्युत आयोजनाको पावर हाउसमा समस्या आएपछि गाउँपालिकाको वडा नं १२ र १३ मा विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध भएको हो । गत साउनको पहिलो सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा ती दुई वडाका करिव आठसय घरधुरी समस्यामा परेका छन् । […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूले बाढी, पहिरो तथा डुवानबाट मुत्यु भएका परिवारजनलाई कम्तिमा १० लाख क्षतिपूर्ति दिन माग गरेको छ । अनेरास्ववियूका संयोजक ऐन महरद्वारा विहीबार जारी विज्ञप्तिमा त्यसका साथै बेपत्ता भएकाहरुको तीव्र खोजी गर्न, घाइतेको उपचार र विस्थापितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायसमक्ष अपिल गरिएको […]
धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले आज मध्यरातिदेखि जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरिसकेको छ। १४ गतेसम्म नै जिल्लाभरी नै निषेधाज्ञा जारी रहनेछ। लकडाउनको उल्लंघन बढेपछि कोरोना भाईरसको संक्रमण रोकथामका लागि निषेधाज्ञा नै जारी भएको प्रशासनले जनाएको छ। लकडाउनमा आग्रह र अनुरोध मात्रै गर्न पाउने तर निषेधाज्ञामा आदेश नै दिन पाउने भएकाले जिल्लामा निषेधाज्ञा नै जारी […]
(नेकपा) भित्रको विवाद सहमतितर्फ उन्मुख भएको छ । सरकार र पार्टी सञ्चालन प्रभावकारी नभएको भन्दै गत वैशाखयता पार्टी कमिटी बैठकमै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको राजीनामाको विषय उठेपछि चर्किएको विवादले झण्डै पार्टी नै विभाजन हुन पुगेको थियो । अन्ततः पार्टी फुटेमा जनताको जनादेशको अपमान ठहरिने महसुस गरेका सो पार्टीका शीर्ष नेताहरु पुनः सहमतिबाटै अघि […]
बैतडी : बैतडी सदरमुकाममा आजदेखि निषेधाज्ञा गरिएको छ। कोरोना भाइरसको जोखिम बढेको भन्दै दशरथचन्द नगरपालिकाले आजदेखि भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञाका बेला अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुने नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए। निषेधाज्ञाका बेला नगर क्षेत्रभित्र औषधि पसल, एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्रै सञ्चालन गर्न दिइने। […]
काठमाडौं । वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिक सत्रमा गणनाको तयारी भइरहेका बेला मुलुकको राजधानीसमेत रहेको वाग्मती प्रदेशमै करीब ३० प्रतिशत विद्यार्थीमा मात्र प्रविधिको पहुँच देखिएको छ । कोरोना महामारीका कारण शिक्षालयहरु बन्द भएकाले सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट अनलाइन, रेडियो, टेलिभिजन र अफलाइन माध्यमको वैकल्पिक प्रणालीको सिकाइ हुँदै आएकामा यसको प्रभावकारितामा वृद्धि हुन नसकेको उक्त आँकडाले […]
काठमाडौं । मुलुक कोरोना भाइरस (कोभिड– १९) को महामारीले हायलकाल हुँदै गएको छ । चार महिना लामो लकडाउनलाई सरकारले केही साता अघि खुकुलो तुल्यायो तर कोरोना संक्रमण बढ्दै गएका कारण देशको ५० प्रतिशतभन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गर्नुपरेको छ । कोरोना संक्रमण नियन्त्रणमा सरकारको भूमिका कमजोर भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले लगातार ध्यानाकर्षण […]