होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साताभित्रै आफ्नो क्याबिनेटका मन्त्रीहरु हेरफेर गर्ने भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदलले सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रीहरु हेरफेर गर्न सकिने बाटो खोलिदिएको छ । दुई अध्यक्ष केपी ओली र प्रचण्डले अन्य नेतासँगको पनि परामर्शमा स्थायी कमिटीको बैठक अगाडि नै मन्त्रिपरिषद पुनर्गठन गर्न […]
टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक। टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ। ‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो। यसको लोकप्रियता त्यसयता चुलिएको छ। टिकटकको चुलिँदो लोकप्रियताले नेपालको इन्टरनेटको गुणस्तरमा भने धक्का दिएको छ। इन्टरनेट सेवा प्रदायकका अनुसार अहिले नेपाल भित्रिने कुल […]
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार राजीनामा दिने भएका छन् । राष्ट्रियसभाको खाली एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने पार्टी निर्णयसँगै खतिवडाले राजीनामा दिन लागेका हुन् । शुक्रबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकमा खतिवडाले राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ । खतिवडाले बुधबारै राजीनामा दिने तयारी गरेपनि उनलाई प्रधानमन्त्री […]
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाग्लुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिराबाट १४ जनाको मृत्यु, तीन दर्जनभन्दा बढी व्यक्ति सम्पर्कविहीन र कतिपय व्यक्तिहरु घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले आज एक प्रेस विज्ञप्तिमार्फत सम्पूर्ण पीडितको संवेदनशीलताप्रति काँग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गरे । सभापति देउवाले पहिरामा परी जीवन गुमाउनुभएका […]
१८ भदौ, काठमाडौं । यसवर्ष चार महिना (जेठदेखि भदौ १७ गतेसम्म) को मनसुने वर्षाका क्रममा आएको बाढी-पहिरोबाट २६२ जनाले ज्यान गुमाएका छन् । बढी-पहिरोले सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकमा भएको छ भने आर्थिक क्षति मोरङमा भएको छ । गृहमन्त्रालयको तथ्याङ्क अनुसार पहिरोमा परेर २४६ जनाले ज्यान गुमाए । उनीहरुमा १३५ पुरुष र १११ महिला छन् […]
१८ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीले सरकारद्वारा घोषित भत्ता नपाएको चर्चा चलिरहेका बेला एक महिनादेखि तलब पनि रोकिएको छ । महालेखा नियन्त्रकको कार्यालयले विकास गरेको नयाँ सफ्टवेयरमा डाटा इन्ट्री भइनसकेको कारण देखाउँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तलब रोकिएको हो । एक सुरक्षा निकायका अधिकृतका […]
१८ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको […]
काठमाडौं । देशभर कोरोनाभाइरसको संत्रास छ । बिहीबारमात्रै देशभरी १ हजार २ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । १३ हजार ४ सय १३ पीसीआर परीक्षण गरिएकोमा महिला ३ सय ९४ र ८ सय ३४ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको […]
धनगढीः कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौर शिविरमा बसोबास गर्दै आएका रामचन्द्र थापा ७ दिन पहिले गौरीफन्टामा आए। बुवाको नाम प्रताप बताउने उनीसँग परिचय खुल्ने कागजपत्र थिएन। पाँच वर्षदेखि भारतमा बस्दै आएका उनको नेपाली नागरिकता पानीले भिजेपछि च्यातिएको थियो। आमाबुवाको समेत मृत्यु भईसकेकाले अन्य कुनै परिचय खुल्ने कागजपत्र पनि नभएपछि उनलाई सीमामा सुरक्षाकर्मीले नेपाल प्रवेशमा […]
देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ । बितेको २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै मृतकको कुल संखया २५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृतकमा चितवन, भक्तपुर, तनहुँ र रुपन्देहीका ४ महिला रहेका छन् भने सिन्धुपाल्चोक र रुपन्देहीका २ पुरुष रहेका छन् । यस्तै देशभर बिहीबार महिला ३९४ […]
देशभर बिहीबार महिला ३९४ र पुरुष ८३४ गरी १ हजार २२८ जना संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यसैगरी बिहीबार उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३५७, […]
संयुक्त राष्ट्रसंघ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आगामी बर्ष चार करोड सात लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक विवरणमा सन् २०२१ मा यस्तो असर देखिने उल्लेख गरिएको छ । कोरोनाभाइरसको महामारीले पुरुष र महिलाबीचको खाडललाई पनि नाटकीय हिसाबले बृद्धि गर्ने देखिएको प्रतिवेदनमा जनाइएको छ […]
बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा ५ जना जुवाडे पक्राउ परेका छन । बिहीबार दिउसो सदरमुकाममा मार्तडी नजिकै एक होटलबाट पक्राउ परेका हुन । होटल हिलटपमा जुवा खेलीरहेको अबस्थामा प्रहरीको बिषेश सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताएका छन । ३३ हजार नगद सहित ५ जना पक्राउ […]
बाजुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको उच्चस्तरिय टोली बिहीबार बिहानै अछाम र बाजुरा पुगेका छन् । धनगढीबाट बाढी पहिरो पीडीतका लागि राहत बोकेर मुख्यमन्त्री भट्टको टोली बाढी पीडित क्षेत्रमा पुगेका हुन् । मुख्यमन्त्री भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाह र प्रमुख सचिवसहितको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत अछामको रामारोशन गाउँपालिका– ५ सैनी […]
१८ भदौ, काठमाडौं । युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ । प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ । प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे । त्यसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । अहिले […]
१८ भदौ, बुटवल । प्रदेश ५ सरकारले प्रदेशभित्रका चार वटा कोरोना विशेष अस्पतालमा ५ सय ८३ जना जनशक्ति र तीन करोड ९६ लाख ३२ हजार रुपैयाँ बजेट स्वीकृत गरेको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि ३ महिनाकालागि स्वास्थ्यकर्मी करारमा भर्ना गर्ने र ती ती जनशक्तिलाई प्रदेश निजामती सेवाका कर्मचारी सरह सेवा सुविधा दिन […]
१८ भदौ, पोखरा। बागलुङ ढोरपाटनमा गएको बाढीको क्षति र स्थलगत निरीक्षणमा गएका गृहमन्त्री रामबहादुर थापाको टोली पहिरो प्रभावित क्षेत्र नजिकै पुगेर फर्किएको छ । मौसमका कारण घटनास्थलमा जान सक्ने अवस्था नभएको भन्दै नजिकै पुगेर हेलिकप्टरबाट पोखरा फर्किएका हुन् । बागलुङको ढोरपाटन नगरपालिको वडा नं. ७, ८ र ९ का क्षेत्रमा बाढीका कारण ८ जनाको शव […]
सुदूरपश्चिम प्रदेशमा उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रत्येक जिल्लाका कम्तिमा पनि एउटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागि प्रदेशका सबै नौ जिल्लामा एक/एक वटा क्याम्पस छनोट गरेको छ । छनोट भएका क्याम्पसमा कैलालीको घोडाघोडी, कञ्चनपुरको महाकाली, डोटीको केदारज्योति कुञ्ज र डडेलधुराको […]
१८ भदौ, काठमाडौं । लोपोन्मुख पन्छी सुन गिद्धको गुँड पछिल्लो पटक कञ्चनपुर जिल्लामा फेला परेको छ । सुन गिद्धको गुँड समुद्री सतहबाट १ हजार १९ मिटरदेखि १ हजार ५ सय १९ मिटरसम्मको उचाइमा देखिने गरेकोमा हालै कञ्चनपुर जिल्लामा भेटिएको गुँड १ सय ७६ मिटरमै रहेको नेपाल पन्छी संरक्षण संघका गिद्ध विज्ञ कृष्ण भुसालले जानकारी दिए […]
धनगढी– सुदूरपश्चिम प्रदेशमा साढे ६३ हजार बढिको कोरोना परीक्षण गरिएको छ। प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ६३ हजार ६ सय ८३ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। धनगढी प्रयोगशाला मार्फत ३३ हजार दुई सय १०, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशाला मार्फत १६ हजार तीन सय १८, डडेल्धुरा अस्पतालको […]