होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१५ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष चुन्न आज मतदान हुने भएको छ । शेखर गोल्छाको नेतृत्वमा आइतबार आएको महासंघको नेतृत्वले कोषाध्यक्ष मनोनयन गर्न प्रस्ताव गरेको थियो । तर नवननिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पक्षका केन्द्रीय सदस्यहरुले सहमतिबाट कोषाध्यक्ष चयन गर्नु पर्ने माग राखे । गोल्छा पक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी सकुन्तला हिराचनलाई […]
डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रुपमा सहभागी हुन विद्यालय नजिक पुग्दै गर्दा एक्कासि […]
कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँको दलित बस्तीमा आगलागी हुँदा रु ७६ लाख बराबरको क्षति भएको छ । तीन घरमा शनिबार आगलागी हुँदा १३ परिवार विस्थापित भएको र क्षतिको स्थलगत मुचुल्का गर्दा रु ७६ लाख बराबर भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । “आगलागीबाट त्यस्तो कुनै मानवीय […]
४ मंसिर, डोटी । ‘संविधानको अनुसूची–८ को ८ नं. बुँदामा आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको एकल अधिकार भनिएको छ । सोही अनुसार हामीले शिक्षा ऐन बनाउन खाज्यौं । तर शिक्षक संघ–महासंघहरुले संघीय ऐन नआई बनाउन नपाइने भन्दै विरोध गरे, हामीले ऐन बनाउन सकेनौं ।’ डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका कानुन अधिकृत गोविन्दराज जोशीको भनाइ हो […]
१४ मंसिर, बुटवल । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड आइतबार (आज) देखि पाँच दिनसम्म दैनिक ४ घण्टा बन्द गरिएको छ । राजमार्गको झुम्सा–दोभान खण्डमा कालोपत्रे गर्नका लागि दिनमा दुई पटक गरी दैनिक ४ घण्टा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । डिभिजन प्रमुख मुकुन्दराज अधिकारीका अनुसार बिहान १०ः३० बजेदेखि १२ः३० बजेसम्म […]
नुवाकोटको विदुर नगरपालिका–८ पिडालुबारीस्थित जङ्गलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दुक लिएर जङ्गलमा सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा लाग्ने १०० ग्राम बारुदसहित उनीहरुलाई शनिबार पक्राउ गरेर कारवाही अघि बढाउन लागिएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । उनको अनुसार पक्राउ पर्नेमा जिल्लाको म्यागङ गाउँपालिका–३ बस्ने २७ […]
काठमाडौँ- तापक्रम घट्दै जाँदा मुलुकभर चिसो बढेको छ ।तराईका कतिपय स्थानमा हुस्सु लागेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात भएको छ । काठमाडौँ उपत्यकाको आज बिहानको तापक्रम ४.८ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शनिबार यो वर्षकै सबैभन्दा कम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको थियो । आज दिउँसो काठमाडौंको तापक्रम […]
विद्यार्थीलाई पिटेरै पढाइमा अब्बल बनाउन सकिन्छ भन्ने मानसिकता बिस्तारै बदलिँदै गएको छ । विद्यालयलाई भयरहित बनाउन शिक्षक दण्डसजाय बिनाको पढाइ हुनुपर्ने बताउँछन् । पहिले विद्यार्थीलाई लौरोले हिर्काउने, मुर्गा (कुखुरा) बनाउने जस्ता सजाय सामान्य मानिए पनि अहिले शिक्षकमा सजाय नदिइकन पढाउने चेतना विस्तार भएको कतिपयको भनाइ छ तर कैलालीको लम्कीस्थित एक विद्यालयका छात्र अनिल चौधरी कुनै […]
९ मंसिरदेखि जारी कक्षा–१२ को परीक्षाअन्तर्गत ११ मंसिरको फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएको खुलेको छ । बुटवलका एक शिक्षकका अनुसार फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएर विद्यार्थीहरूको फेसबुक ग्रुपमा आइसकेको थियो । ‘बुटवलमा अघिल्लो साँझ ७ बजे केही व्यक्तिमाझ प्रश्नपत्र पुगेको थियो । भोलिपल्ट पेपर पाएपछि शिक्षकहरूले सामाजिक सञ्जालमा आएको र परीक्षाका लागि […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्ने बताएका छन् । शनिबार मानवअधिकार पत्रकार सङ्घ (हुर्जा) को आयोजनामा ‘सङ्घीयताको कार्यान्वयन, अवसर र चुनौती’ विषयक सरोकारवालाको भर्चुअल बैठकमा उनले देशमा थुप्रै कानून बनेको भए पनि मानसिकता परिवर्तन नहुँदा समस्या भएको बताए । “नेपालको संविधान उत्कृष्ट छ, कार्यान्वयनकै चरणमा छौँ”, उनले भने, “देशमा […]
काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही आज नेपाल आउँदै छन् । फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आउने भएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै उनले प्रधान सेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनी आज […]
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा–माओवादीका ७५ नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीलाई पूर्वमन्त्री गोकुल बाँस्कोटाले आज काभ्रेको धुलिखेलमा एक कार्यक्रमका बीच फूलमालाले स्वागत गरेका छन् । नेकपामा प्रवेश गर्नेमा धुलिखेल नगरपालिका–१० निवासी चन्द माओवादीका तामासालिङ विशेष व्यूरो सदस्य तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष कान्छा तामाङ, खानीखोला गाउँपालिका–५ निवासी चन्दका जिल्ला सचिवालय सदस्य […]
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धमा घाइते भएका तथा शरीरमा गोली र छर्रा बोकेर हिँडिरहेकाहरुको दुःखान्त तस्बिर प्रचण्डमा कहिल्यै नआएको बताएका छन् । शनिबारको सचिवालय बैठकमा प्रचण्डलाई जवाफी प्रतिवेदन पेश गर्दै सरकार र पार्टी नेतृत्व दुबैबाट आफूलाई हटाउने म्याराथुनमा प्रचण्ड कुँदिरहेको भन्दै ‘युद्धमा घाइते भएका, अझै पनि शरीरमा गोली र छर्रा […]
काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले शनिबार बसेको नेकपाको सचिवालय बैठकमा राजनीतिक ३८ पेजको प्रतिवेदन प्रस्तुत गरेका छन्। उनले गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनको प्रतिउत्तरमा प्रतिवेदन तयार पारेका हुन्। ५३ बुँदामा तयार पारिएको उक्त प्रतिवेदनमा ओलीले गएको स्थानीय निर्वाचनमा प्रचण्डले आफ्नै छोरी जिताउन […]
काठमाडौ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भन्दा ठुलो कुनैपनि नेता हुन नसक्ने बताएका छन् । शनिबारको सचिवालय बैठकमा नेता नेपालले आफ्नो धारणा राख्दै पार्टीमा पार्टी भन्दा ठुलो नेता हुन खोज्ने प्रवृति देखिएको भन्दै पार्टीभन्दा ठुलो कोहीपनि हुन नसक्ने बताएका हुन् । ‘पार्टी भन्दा ठुलो को हो ? आफूलाई आफैले ठुलो भन्ने ? यस्तो […]
प्रधानमन्त्री केपी शर्मा ओलीले अलिकति ‘पायक’ परेको हिसाब गरेर कमिटीमा अल्पमत बहुमतको विधि कार्यान्वयन गर्ने वकालत प्रचण्डले गर्न थालेको आरोप लगाएका छन् । ओलीले आफ्नो प्रस्तावमार्फत प्रचण्डलाई जवाफ दिँदै भनेका छन्, ‘सहयोद्धा कमरेडहरुको भावना होइन, टाउका गन्न थाल्नु भएको छ । कित्ताकाट गर्न थाल्नु भएको छ । सम्झिनुहोस् त, केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा […]
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रतिवेदनमाथि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी दम्भ, घमण्ड र अहंताले भरिएको भन्दै उनीमाथि हमला गरेका छन् । शनिबारको सचिवालय बैठकमा ओलीले पेश गरेको प्रतिवदनपछि आफ्नो धारणा राख्दै प्रचण्डले दम्भ, घमण्ड र अहंताले भरिएको प्रतिवेदन ल्याएको टिप्पणी गरेका हुन् । ‘यहाँ पनि तपाइको दम्भ, घमण्ड […]
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड विप्लवप्रति नरम भएको भन्दै असन्तुष्टि पोखेका छन् । ‘समकालीन राजनीतिका कतिपय विषयमा तपाईंको दोहोरो, अस्पष्ट र अन्यौलग्रस्त विचारले म घरिघरि चिन्तित हुन्छु’, ओलीले शनिबारको सचिवालय बैठकमा पेश गरेको आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘विप्लवले अगाडि बढाइरहेको हिंसा निन्दनीय हो । कि रातो झण्डाको आवरणमा भएकाले त्यसप्रति नरम हुन […]
सत्तारुढ नेकपाका स्थायी समिति सदस्य तथा ऊर्जामन्त्री वर्षमान पुनले नेकपाभित्रको विवादको समाधान हुने भन्दै कोही पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् । कम्युनिस्ट पार्टीभित्र छलफल र बहस हुनु स्वाभाविक भएको भन्दै सबै समस्या छलफलबाटै समाचार हुने उनको भनाइ छ । शनिबार काभ्रेको पनौति जलविद्युत केन्द्रको निरीक्षणका लागि पुगेका पुनले पार्टीभित्रको अन्तर्संघर्षले अहिले सिंगो देश नै […]
दार्चुला: दार्चुलाको महाकाली नगरपालिका–८ सुरकडामा जीप दुर्घटना हुँदा एक जना घाइते भएका छन्। शुक्रबार राति म१ज २४० नम्बरको जीप सुरकडास्थित सडकबाट झण्डै ३० मिटर तल खस्दा जीप चालक महाकाली नगरपालिका–८ काकडाका खेमसिंह सामन्त घाइते भएका छन्।उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। जीपमा सामान्य क्षति भएको छ।