होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : जापानको मिकी सिटीमा मुख्यालय रहेको एनपीओ रारिगुराँसले नेपाली पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ। कोरोना भाइरस (कोभिड–१९) का कारण समस्यामा परेका नौ खेलाडीलाई रारिगुराँसका अध्यक्ष एकेमी मिजुबाको पहलमा प्रत्येक खेलाडीलाई पाँच हजारका दरले सहयोग उपलब्ध गराएको पारा तेक्वान्दो प्रशिक्षक कविराजनेगी लामाले जानकारी दिए। रारिगुराँस नेपाल शाखाका अध्यक्ष रोशन श्रेष्ठ र प्रबन्ध निर्देशक […]
मदन विक/बाजुरा २९ असार। बडीमालिका नगरपालिका वडा नं. २ स्थित भौनेराको क्वारिन्टाईनमा मृत्यु भएका भुपेन्द्र दमाईको परिवारलाई राहत सहयोग गरिएको छ । नेकपा बडीमालिका वडा संगठन कमिटीको समन्वय, नेकपा नगर संगठन कमिटीको पहल तथा सदरमुकाम स्थित व्यापारी र कर्मचारीको आर्थिक सहयोगमा मृतक दमाईको परिवारलाई राहत स्वरुप खाद्यन्न र जिन्सी सामाग्री सहयोग गरिएको हो । क्वारिन्टाईनमा […]
फेसबुक मेसेन्जर तथा ह्वाट्सएप च्याटिङका लागि प्रयोग गरिने सबैभन्दा लोकप्रिय सोसल मिडिया एप हुन् । फेसबुक कम्पनी मातहत भएतापनि यी दुई एपहरु फरक फरक ढंगले स्वतन्त्र रुपमा सञ्चालन हुने गर्दछन् । तर निकट भविष्यमा फेसबुकले मेसेन्जर र ह्वाट्सएपलाई जोड्ने योजना बनाएको छ । यसको अर्थ मेसेन्जर र ह्वाट्सएप प्रयोगकर्ताले एक आपसमा च्याट गर्न पाउनेछन् । […]
काठमाडौं – नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उनले बताए । […]
नागरिक रैबार/बाजुरा २८ असार। आईएन एफ बाजुरा शाखाले कोभिड–१९ का कारण प्रभावित बनेका विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । आईतबार बडीमालिका नगरपालिका वडा नं. ८ का १ सय ८ जना विपन्न परिवारलाई उनीहरुको घरमै पुगेर राहत स्वरुप प्रति परिवार १ कटा चामल, तेल दाल लगायतका खाद्यन्न सामाग्री वितरण गरेको हो । कोभिड–१९ को […]
काठमाण्डाै २८ असार । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम घेराउ गरेको छ। निगमको नाफा उच्च रहेकै समयमा मूल्यवृद्धि गरिएकोप्रति संघले विरोध जनाएको हाे। दुई साता नहुँदै निगमले शुक्रबार पुनः दोस्राेपटक पेट्रोलियम पदार्थमा मूल्य बढाएको थियाे। कोरोना महामारीकाे चपेटामा परेका जनतालाई थप पीडा दिने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै […]
कोरोना संक्रमणपछि नेपाली चलचित्रको भविष्य के होला ? चलचित्रको काम कसरी सुरु होला भन्ने अन्यौल अझै छ । चलचित्र निर्माणमा निर्माताहरूलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा पनि चर्चा भइरहेको छ। कोरोनापछि निर्माताले महँगो लगानीमा चलचित्र बनाउन सक्ने अवस्था नरहेको भन्दै कलाकारले पारिश्रमिकमा पनि कटौती गर्नुपर्ने तर्क पनि उठेका छन् । यो विषयमा नायिका स्वस्तिमा […]
नायिका रेखा थापाले निर्माण गर्ने नयाँ फिल्म भदौ दोस्रो साताबाट छायांकन हुने भएको छ । बैशाखबाट फ्लोरमा जाने भनिएको अनटाइटल फिल्म अब भदौ दोस्रो साताबाट हुने रेखाले बताएकी छिन् । रेखा भन्छिन् -‘कहिले सम्म डराएर बस्ने ? प्राविधिक देखि कलाकार सम्मको रोजिरोटी बन्द हुन लागि सकेको छ । सावधानी अपनाएर हरेक क्षेत्र सकृय हुन जरुरी […]
नेपाल राष्ट्र बैंकले शनिबार (भोलि) बैंकहरू खुला राख्न निर्देशन दिएको छ ।क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्तसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजस्व बुझ्ने प्रयोजनका लागि राजस्व बुझ्ने बैंकका शाखाहरू […]
चालु आर्थिक वर्ष (२०७६/७७) मा खर्च नभइ फ्रिज भएको रकम असार मसान्तसम्म राज्यको ढुकुटीमा फिर्ता गर्न महालेखा नियन्त्रकको कार्यालयले सबै कोष तथा लेखा नियन्त्रकको कार्यालयललाई निर्देशन दिएको छ । महालेखा नियन्त्रकको कार्यालयको असार २१ गते बसेको बैठकले १३ बुँदे निर्देशन कोष तथा लेखा नियन्त्रकलाई दिएको छ । आर्थिक वर्ष सकिन अब ८ दिन बाँकी रहेकाले […]
बाजुरा । जिल्लाको जगन्नाथ गाउपालिका वडा नं ५ गोत्री, स्थायी घर भई हाल काठमाडौ जिल्ला गोकणेश्वर नगरपालीकाको शनिष्टार गाउँमा बस्दै आईरहेका ४३ वर्षका नरजित शाही दुई बर्ष अगाडि आफ्नो श्रीमतिको उपचार गर्न र धोरा छोरिको भबिस्य उज्जल बनाउन काठमाण्डौ आएका ती शाहि केही महिना देखि कम्मरको नसा च्यापिएर थला परे पछि अहिले घरमै तड्पिएका छन […]
काठमाडौं – सरकारले विद्युतीय बस खरिद तथा सञ्चालन प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरिद गर्न साझा यातायात सहकारी संस्थालाई दिइएको तीन अर्ब रुपियाँ फिर्ता लिने निर्णय गरेको करिब छ महिनापछि सरकारले विद्युतीय बस खरिद प्रक्रिया अगाडि बढाएको हो । साझा यातायातले उक्त रकम सरकारलाई फिर्ता गरिसकेको छ । काठमाडौँ उपत्यकासहित मुलुकका अन्य भूभागमा […]
काठमाडौं – सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश, स्थानीय तह र सेनालाई गरी ५५ करोडभन्दा बढी निकासा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषले गत बुधबार सो रकम निकासा दिएको हो । कोष सञ्चालक समितिका अध्यक्ष रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्षले पुष्पराज कँडेलको […]
काठमाडौं – बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै राजस्व संकलन तीव्र भएको छ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष समाप्त हुने अन्तिम महिना असारका ११ दिनको अवधिमा मात्रै २४ अर्ब बढी राजस्व संकलन गरेको छ । तीन महिनाको लगातारको लकडाउनका कारण अत्यन्तै न्यून राजस्व संकलन भएको थियो । तर, सरकारले लकडाउन खुकुलो गरेलगत्तै राजस्व उठ्ने क्रममा […]
काठमाडौं – सार्वजनिक यातायात व्यवसायीले बैङ्क तथा सहकारीको किस्ता तिर्न नसकेर मोबाइलको ‘स्विचअफ‘ गरेर बस्नुपरेको बताएका छन् । कोरोनाको बन्दाबन्दी भएको तीन महिना पूरा भएको छ । यस अवधिमा सार्वजनिक सवारी सञ्चालन गर्न नपाउँदा बैङ्कको किस्ता र ब्याज तिर्न नसकेको र यातायात मजदुरहरू भोकै पर्ने अवस्था भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । […]
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीलाई पुरस्कार रकम दिन बैंक खाताको विवरण मागेको छ। कोरोना महामारीका कारण कार्यक्रम गर्न सम्भव नभएपछि बैंक खातामा पुरस्कार रकम पठाउनका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले विवरण मागेको हो। हाल कोरोना महामारीका कारण कार्यक्रम गरी पुरस्कार रकम दिन नसकिने भएकाले सिधैं खेलाडीको […]
धनगढी : लकडाउनका कारण सुदूरपश्चिमका यातायात व्यवसायी र मजदुरहरु मर्कामा परेका छन्। लकडाउनपछि सार्वजनिक यातायात सञ्चालन हुन नसकेको भन्दै उनीहरुले मर्कामा परेको गुनासो गरेका हुन्। यस्तै सुन्दर सुदूरपश्चिम यातायात प्रालिले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पुर्वाधार बिकास मन्त्री पठानसिंह बोहरा र आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरालाई ज्ञापन पत्र बुझाएको छ। प्रालिका अध्यक्ष पदमराज […]
धनगढी : धनगढी उप–महानगरपालिकाले बुधवार आगामी आर्थिक बर्षका लागि डेढ अर्ब बढीको बजेट ल्याएको छ। उप–महानगरपालिकाकी उप मेयर सुशिला मिश्र भट्टले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि एक अर्ब ६३ करोड ८२ लाख बराबरको बजेट पाँचौ नगर सभामा पेश गरिन्। प्रस्तुत बजेट अनुसार चालु तर्फ ८५ करोड र पूँजीगत तर्फ ७८ करोड ८२ लाख रहेको छ। […]
नागरिक रैबार/बाजुरा ११ असार । जिल्लाको गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाको पहलमा गौमुल गाउँपालिका–१ अन्द्राडी बस्तिका लागि आर्थिक सहयोग प्राप्त भएको रकमबाट आज राहत वितरण गरिएको छ । विगत लामो समयदेखि न्युयोर्के अमेरिकामा बस्दै आएका अध्यक्ष रोकायाका मिलनसार शुभचिन्तक मिङ्गमा शेर्पाले आर्थिक सहयोग गरेका थिए । काठमाण्डौं घर भई हाल न्युयोर्के अमेरिकामा रहेका शेर्पाले […]
राजेन्द्र बहादुर रोकाया /बाजुरा ११ असार। जिल्लाको हिमालि गाउँपालिकाको गाउसभा तिन देखी जारी रहेको छ । आज गाउँपालिकाको नीति तथा कार्यक्रम गाउसभामा प्रस्तुत गरिएको छ भने भोली गाउसभामा बजेट प्रस्तुत हुने भएको छ । गाउँ सभाका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले आर्थिक बर्ष २०७७÷०७८ का लागी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । […]