होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ४ साउन । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ विकास बजेट पाउनेमा भाग्यमानी देखिएको छ । बाजुराका गाउँपालिका तथा नगरपालिकामा आउने बजेट बडिमालिकाको सिंगो ७ नम्बर वडामा मात्रै आएको हो । वडामा अहिले संघ, प्रदेश, स्थानीय तह तथा विभिन्न संघ–संस्थाबाट गरी आर्थिक वर्षमा २४ करोड रुपैयाँ बढी विकास बजेट छ । संघ, प्रदेश […]
३ साउन, जनकपुर । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको रेल्वे ट्र्याकको गति परीक्षण गरिंदै छ । आइतबार प्रतिघण्टा १२० किलोमिटरको गतिमा परीक्षण हुने छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । उनका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम […]
नागरिक रैबार/बाजुरा २ साउन । जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ को वडा कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा वडामा भए गरेका कामहरुको बार्षिक प्रगति समिक्षा कार्याक्रम गरेको छ । वडापालिकाले आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न गरेका कार्यक्रम तथा वजेट खर्चको सम्पूर्ण लेखा जोखा सार्वजनिक गरेको हो । वडाबाट संचालन गरेका कामहरुको प्रगतिबारे जानकारी गराउने उद्देश्यले […]
१ साउन, काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । असार ३१ गतेसम्म यो वर्ष १० लाख ४८ हजार ५०७.१७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । जुन, देशभर कुल धान रोपाइँ हुने क्षेत्रफलको ७६.४४ प्रतिशत हो । देशभर १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमा धान […]
नयाँ बजेट कार्यान्वयनमा आजैबाट गएको छ । योसँगै सरकारले बजेट मार्फत बढाएको वृद्धभत्ता र सरकारी कर्मचारीको तलब पनि आजैबाट कार्यान्वयनमा गएको छ । साउन महिनाबाटै अब कर्मचारीको तलब २ हजार रुपैयाँ बढेको छ भने वृद्धभत्ता ४ हजार रुपैयाँ मासिक पुगेको छ । असारसम्मको भने मासिक ३ हजार पाउँनेछन् ।
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा चालू र पुँजीगत गरी ३४ अर्ब ५२ करोड बजेट खर्च गर्ने योजना बनाएको थियो। प्रदेशमा १८ अर्ब १७ करोड बजेट पुँजीगत तर्फ खर्च गर्ने उद्देश्य राखिएको भएपनि १२ अर्ब ७१ करोड मात्रै खर्च भएको छ। चालूतर्फ भने १६ अर्ब ५ करोड खर्च गर्ने योजना प्रदेश सरकारको थियो। […]
काठमाडौँ — सरकारले यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा बढाएको छ । पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा २० र तराईमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको बजार अध्ययन, विश्लेषण र सरोकारवाला पक्षसँग गरिएको परामर्शअनुसार भाडा वृद्धि गरिएको विभागको भनाइ […]
कोरोना महामारीमा जोखिमपूर्ण काम गरेका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउने भएका छन् । अर्थ मन्त्रालयको कार्यभार सम्हालेकै दिन अर्थमन्त्री जनार्दन शर्माले बुधबार स्वास्थ्यकर्मीहरुको जोखिम भत्ता निकासा गर्ने निर्णय गरेका हुन् । अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्री शर्माले स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि ६५ करोड १४ लाख बजेट स्वीकृत गरेका छन् । त्यसैगरी बुधबार नै स्वास्थ्यकर्मीहरुको जस्तै राष्ट्रिय […]
बैतडीः बैतडीमा एकल पुरुषलाई विदुर भत्ता दिँइदै आएको छ । जिल्लाको मेलौली नगरपालिकाले उक्त भत्ता दिँदैं आएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सो भत्तामा ५ सय थप्ने भएको छ । यसअघि उक्त भत्ता प्रतिमहिना एकहजार पाँच सय रहेको नगरपालिकाका उप–प्रमुख राधा ओझाले बताइन् । नगरपालिकाले गएको तीन वर्ष यता ५० भन्दा माथि र ६० वर्ष […]
२९ असार, काठमाडौं । मौसमले चुनौती दिएको यो वर्ष सगरमाथामा आरोहण कठीन भएको छ । फलस्वरुप सगरमाथा चुचुरो पुग्ने आरोहीको संख्या कुल जारी अनुमतिको ५० प्रतिशतसम्म पनि पुगेन । पर्यटन विभागका अनुसार बसन्त ऋतुमा कुल १९ टिमका १८२ आरोही मात्र सगरमाथा चुचुरो पुग्न सफल भए । उनीहरुको सहयोगका लागि खटिएका २७५ जना सहयोगी स्टाफले समेत […]
२९ असार, काठमाडौं । केपी शर्मा ओली सरकारको उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णुप्रसाद पौडेलले आज बिदाइ भेट गरेका छन् । उनले आफ्नो कार्यकाल सफल पार्न सहयोग गरेको भन्दै सबैलाई धन्यवाद दिए । उनी अर्थ मन्त्रालय, गृह मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित छुट्टा-छुट्टै विदाइ कार्यक्रममा सहभागी […]
काठमाडौं २७ असार । चालु आर्थिक वर्ष २०७७/७८ को अन्तिम पाँच दिँन बाँकी रहँदा बजेट खर्चको प्रगति मात्र ८६.८६ प्रतिशत पुगेको छ । शनिबारसम्म कुल बजेट खर्च ११ खर्ब २२ अर्ब ९४ करोड रुपैयाँ खर्च भएको छ । यो सरकारले चालु आर्थिक वर्षमा बजेट खर्च गर्न लिएको संशोधित लक्ष्यभन्दा १ खर्ब ४३ अर्ब ३२ करोड […]
महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनले प्रदेशको बेथिति झन्– झन् भयावह हुँदै गएको देखाएको छ । प्रदेशले आफूखुसी कार्यालय खोल्ने र आर्थिक भार थप्ने काम गरेको अडिटमा खटिएका एक कर्मचारीले बताए । उनले भने, ‘प्रदेशले आफूखुसी कार्यालय खोल्ने र आर्थिक भार थप्ने काम गरेका छन् । आफूखुसी सवारी साधन खरिद गर्ने क्रम पनि मौलाएको छ । पहिला […]
आर्थिक वर्ष सकिनै लाग्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई झण्डै ४५ करोड रुपैयाँ निकासा गरेको छ । चालु आर्थिक वर्ष २०७७-७८ भित्रै सक्नुपर्ने गरी प्रशासनिक भवन निर्माण गर्न ४५ पालिकालाई मन्त्रालयले थप ४४ करोड ६३ लाख रुपैयाँ निकासा गरेको हो । तर, सो निकासा गरिएको रकम पहिलेदेखि गरिँदै आएको कामको भुक्तानी भएको […]
२० असार, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–९ चुनवाङमा उत्पादित लसुनले बजार पाएको छ । सो वडामा यसवर्ष ४५३ क्विन्टल लसुन उत्पादन भएको थियो । विगतका वर्षमा बजार नपाउँदा कुहिएर खेरा जाने गरेको बताइएको छ । शुरुवाती चरणमा प्रतिकिलो रु ९० मा लसुन बिक्री हुँदै आए पनि पछिल्लो समय प्रतिकिलो रु ११५ बिक्री हुने गरेको वडाध्यक्ष […]
अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै ७ अर्ब ७२ करोड रुपैयाँ निकासा गर्ने भएको छ । शुक्रबार एक समारोहका बीच मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको हो । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरू […]
यस वर्षको बाढी, पहिरोबाट घरमा क्षति पुगेकालाई अस्थाई आवास निर्माणका लागि तत्कालै रकम पठाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । शुक्रबार कुराकानी गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले यसवर्ष मनसुनबाट प्रभावित भएकाहरुका लागि अस्थाई आवास बनाउनका लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइएको बताए । उनले भने– […]
काठमाडौँ — दुई महिनाभन्दा बढी बन्द भएको आन्तरिक उडान आजदेखि सञ्चलानमा आएको छ । कोरोना भाइरसको दोस्रो लहरपछि वैशाख २० गतेदेखि बन्द गरिएको आन्तरिक उडान ६९औँ दिनमा सञ्चालन आएको हो । मन्त्रिपरिषद्को असार ७ को निर्णयानुसार आन्तरिक उडानका लागि चारवटा वायुसेवाका दैनिक ६७ उडानलाई अनुमति दिइएको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । […]
देशभरका ७५३ स्थानीय तहमध्ये अधिकांशले असार १० गते आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरे । बजेट घोषणाका क्रममा केही स्थानीय तहमा अनपेच्छित घटना भए । कतै कुटाकुट भयो, कतै नाराबाजी भयो । कतै ठेकदारहरुको धम्कीका कारण सुरक्षा घेराका वीच बजेट घोषणा गर्नुपर्यो । केही स्थानीय तहले रोचक निर्णय गरे । […]
सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ ।स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरु गरेका हुन् । भारत तथा नेपालका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु जिल्ला सदरमुकाम मलङ्गवासहित […]