होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । अर्थ मन्त्रालयले सरकारी गाडीको विवरण माग गरेको छ । संसदको दिगो विकास तथा सुसासन समितिमा मंगलबार बोल्दै अर्थमन्त्री जनार्दन शर्माले पुराना गाडी कति कुन अवस्थामा छन् भन्ने विवरण आफूले माग गरेको जानकारी दिए । अर्थमन्त्री शर्माका अनुसार अर्थ मन्त्रालयमा नयाँ गाडी किन्न मन्त्रालय तथा विभिन्न निकायबाट अहिले पनि माग हुने गरेको छ । उनले भने, […]
नागरिक रैबार/बाजुरा १९ असोज। कृषि ज्ञान केन्द्र बाजुराले जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न कृषकका बारिमा फलेको स्याउ ढुवानी गरेर सदरमुकाम मार्तडीमा ल्याएको छ । कृषकको बारीमा फलेका स्याउको बजारीकरणमा सहज पुगाउने उद्देश्यले कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदान र फ्युचर स्याउ कृषक समूहको सहयोगमा जुकोटमा फलेको स्याउलाई बारीमै पुगेर ढुवानी गरी सदरमुकाम मार्तडीमा ल्याएको कृषि […]
अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम व्याजदर घटाउन लघुवित्त संस्थाहरुलाई आग्रह गरेका छन् । लघु वित्त संस्थाहरुले १० देखि १५ प्रतिशतसम्म व्याजदरमा ऋण लगानी गर्दै आएका छन् । आइतवार माइक्रो फाइनान्स एशोसिएशन अफ नेपालको मागपत्र बुझ्दै मन्त्री शर्माले गाँउ गाउँसम्म पहुँच रहेका लघु वित्त संस्थाहरुले व्याजदर नघटाएसम्म गरिब जनताको जीवनस्तरमा परिवर्तन नआउने धारणा राखे […]
सरकारले फलामे छडमा लाग्दै आएको अन्तःशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन सङ्घले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तःशुल्कमा छुट भएसँगै मूल्य घट्ने जनाएको हो । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै सङ्घमा आवद्ध उद्योगलाई प्रतिकिलो रु चार मूल्य घटाउन निर्देशन दिएको हो । बजेटमा नै भन्सारसँगै अन्तःशुल्कमा […]
काठमाडौं : सरकारले असोज ११ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ। यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लागू हुनेगरी सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय हो। सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ। हेर्नुस कुन ठाउँको भाडा कति लाग्छ ? https://drive.google.com/file/d/16guAmwULvdeUL0rXXPtHjvIUHK0DEehU/view
७ असोज, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य रु.पाँच सयले घटेको छ । बुधबार ९० हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार रु. ८९ हजार ६०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तेजाबी सुन बुधबार प्रतितोला रु. ८९ हजार ६५० मा कारोबार भएको थियो । महासंघका अनुसार […]
काठमाडौं । राष्ट्रियसभामा विनियोजन विधेयक (बजेट) पेश भएको छ । सोमबार प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयक मंगलबार राष्ट्रियसभामा पेश भएको हो । एमालेको अवरोधका बीच राष्ट्रियसभाले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अब राष्ट्रियसभा सदस्यले ७२ घण्टाभित्र विनियोजन विधेयकमाथि संशोधन प्रस्ताव राख्न सक्नेछन् । र, सांसदहरुको संशोधनसहित मन्त्रालयत रुपमा छलफल […]
भोलि (असोज ४) गतेदेखि दसैं/तिहारका लागि बजारमा नयाँ नोट आउने भएको छ । नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो । सर्वसाधारणले काठमाडौं उपत्यका लगायत देशभरबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट नयाँ नोट साट्न पाउने छन् । राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रदेशस्थित कार्यालयबाट नयाँ नोट […]
डोटीः कोरोनाका कारण बन्द रहेको दीपायल विमानस्थल आजदेखि पुनःसञ्चालनमा आएको छ। जिल्लामा कोरोनाको जोखिम बढेकाले यहाँको हवाई सेवा बन्द गरिएकामा अहिले जोखिम क्रमिकरुपमा नियन्त्रणमा आएकाले पुनः हवाई सेवा सञ्चालन गरिएको विमानस्थल कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबैभन्दा पुरानो विमानस्थल पुनः सञ्चालन भएकामा यहाँका नागरिक खुशी छन्। दिपायलदेखि धनगढी बिमानस्थलसम्म हप्तामा एक दिन […]
इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको मूल्य बढाउने भएको छन् । सेवा प्रदायकहरुले सहरी क्षेत्रमा १५० र ग्रामीण क्षेत्रमा ३०० रुपैयाँसम्म इन्टरनेटको मूल्य बढाउने निर्णय गरेका हुन् । नेपाल विद्युत प्राधिकरणले पोल भाडा बढाएपछि इन्टरनेटको मूल्य बढाउनु परेको इन्टरनेट सेवा प्रदायक संघले जानकारी दिएको छ । विद्युत प्राधिकरणले पोल भाडा बृद्धि गर्ने भएपछि इन्टरनेट प्याकेजको मूल्य वद्धि […]
नेपालमा सुर्ती नियन्त्रण गर्न उद्योगी/व्यापारी बाधक रहेको पाइएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको ‘सुर्ती उद्योगी व्यवसायीको सुर्ती नियन्त्रणमा हस्तक्षेप’ विषयमा गरेको अध्ययन नतिजाले यस्तो देखाएको हो । सुर्ती उद्योगीको निरन्तर हस्तक्षेपका कारण सुर्ती नियन्त्रण फितलो भइ जनताले स्वास्थ्य अधिकार उपभोग गर्न पाएका छैनन् । साथै, नेपाल सरकारले सुर्तीमाथि लगाइरहेको कर दक्षिण एसियामै […]
काठमाडौँ — सरकार र प्रतिपक्षबीच संसद्मा देखिएको राजनीतिक असमझदारीका कारण आर्थिक सटडाउनको अवस्था आएको छ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी एमालेले अवरोध गरेपछि विनियोजन विधेयक पारित हुन नसक्दा आर्थिक सटडाउनको अवस्था आएको हो । संसद्मा शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहेका बेला सांसद नरबहादुर धामीलाई उचालेर रोस्ट्रमतर्फ अघि बढाउन खोज्दै प्रमुख प्रतिपक्ष एमालेका […]
यसपालिको दसैँ,तिहार तथा छठका लागि हवाई सेवा तर्फको अग्रिम टिकट बुकिङ असोजको पहिलो सातादेखि खुल्ला हुने करिब पक्कापक्की भएको छ । यात्रुको चापका आधारमा भदौदेखि नै अग्रिम टिकटको गृहकार्य गरिरहेको वायुसेवा सञ्चालक संघले असोजको पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको हो । यद्यपि, सरकारको तर्फबाट भने हालसम्म पनि टिकट बुकिङ खुल्ला […]
काठमाडौँ — सरकारले बजेट लगायतका अध्यादेश प्रतिनिधिसभामा पेस गरेको बुधबार ६० दिन पुग्दै छ । संविधानअनुसार संसद्मा पेस भएको ६० दिनभित्र अध्यादेशको प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्छ । तर ती अध्यादेशको टुंगो लाग्नुअघि नै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगन गरिएको छ । ‘संसद्मा अध्यादेश पेस भएको ६० दिनमा प्रतिस्थापन विधेयक नआएपछि अब स्वतः निष्क्रिय हुने अवस्था आयो,’ […]
३० भदौ, काठमाडौं । मोवाइल बैंकिङबाट हुने कारोबारमा लाग्ने शुल्क सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीम जोड दिन भन्दै मोवाइल बैंकिङबाट हुने कारोबारमा लाग्ने शुल्क तोकिदिएको हो । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले १० रुपैयाँदेखि ३० रुपैयाँसम्म अधिकतम शुल्क लिनसक्ने व्यवस्था गरेको […]
काठमाडौं । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि सरकारले आज मध्यरातबाट केही दिन सरकारी ढुकुटीबाट खर्च गर्न नपाउने भएको छ । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट निष्कृय भएको र नयाँ सरकारले नयाँ बजेट पनि ल्याउन नसकेपछि ढुकुटीबाट खर्च रोकिंदा केही सेवा प्रवाह प्रभावित हुनेछन् । सरकारी ढुकुटीबाट खर्च गर्न रोकिने […]
काठमाडौं, २९ भदौ । भोलिबाट मुलुुक बजेट विहिन हुने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदै संसद स्थगित भएपछि मुलुक भोलिबाट बजेनविहिन हुने भएको हो । यसकारण सरकारी खर्च भोलिबाट रोकिनेछ । विधेयक भदौ ३० गतेसम्म पारित गर्नुपर्नेमा नभएपछि अब स्वतः निस्क्रिय हुने देखिएको छ । यो […]
काठमाडौं । सरकारले प्रतिनिधिसभामा विचाराधीन बजेट (विनियोजन विधेयक–२०७८) लाई नियमित प्रक्रियाबाटै पास गर्ने भएको छ । यससँगै ३० भदौबाट केही दिन सरकारी कोषबाट रकम खर्च गर्न नपाइने भएको छ । अघिल्लो सरकारले १५ जेठमा ल्याएको बजेट अध्यादेश ३ साउनमा संसदमा पेश भएको थियो । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशलाई […]
काठमाडौं । यातायात व्यवस्था विभागले असोजको दोस्रो सातादेखि सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग पहिलो चरणमा छलफल गर्दै विभागले असेज ८-९ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो । विभागका महानिर्देशक नमराज घिमिरेकाअनुसर दशैंमा उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह […]
नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको सुकिला (नयाँ) नोट बजारमा पठाएको छ । कमर्सियल बैंकलेहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्षित सुकिला नोट पठाइएको बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार सर्वसाधारणले भने आगामी असोज चार गतेदेखि मात्र […]