होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जनता समाजवादीको रिक्त समानुपातिकतर्फको एक सिटमा सांसद लिलादेवी सिटौलाले सपथ लिँदैछिन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो १ बजे नवनिर्वाचित समानुपातिकतर्फका सांसद सिटौलालाई सपथ खुवाउने कार्यक्रम तय भएकाे सभामुखको निजी सचिवालयले जनाएको छ । गत असार २३ गते जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद् पदबाट बर्खास्त गरेको थियो । गिरीले नेपालको भूभाग […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकबाट उपाध्यक्ष बामदेव गौतम र स्थायी समिति सदस्य भीम रावल बाहिरिएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी निकटका नेताहरु सहभागी नभएको उक्त बैठकमा केहीबेर सहभागी भएर गौतम र रावल बाहिरिएका हुन् । बैठकमा गौतमले अध्यक्षद्वयको पदको लडाइँमा आफू पर्न नचाहेको […]
काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई विभाजन हुनबाट जोगाउन आग्रह गरेका छन् । पार्टी गम्भीर अस्थामा पुगेको भन्दै प्रचण्डले यसबेला सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर पार्टीलाई विभाजनबाट जोगाउनु पर्ने कुरामा जोड दिए । मंगलबार ओली बिनाको स्थायी समिति बैठकमा उनले भने, ‘यो बेला उत्तेजनाको होइन, साहस र धैर्यको आवश्यकता छ […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेपनि प्रचण्डसहितका नेताहरुले त्यसलाई अस्वीकार गर्दै बैठक बसेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा ओलीसहित उनी निकटका स्थायी समिति सदस्यहरुको सहभागिता रहेको छैन । यद्यपी स्थायी समितिमा रहेका बहुसंख्यक […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी दुर्घटना दुर्घटना उन्मुख रहेको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक स्थगित गर्दागर्दै इतर समूहले बैठकलाई निरन्तरता दिएपछि भट्टराईले यस्तो बताएका हुन् । ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔँ । सल्लाह गरौं’ भट्टराईले ट्वीटरमार्फत भनेका छन् । नेकपाभित्र […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किँदै जाँदा उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसामु गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका हुन् । जसअनुसार गौतमले ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक एकपक्षीय रुपमा स्थगन भएको पाइएको छ । मंगलबारका लागि तय भएको स्थायी समिति बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डसहितका अन्य कुनै नेताहरुसँग परामर्श नगरी स्थगित गरेका हुन् । नेकपाका एक स्थायी समिति सदस्यले बैठक स्थगित गरेर ओलीले अर्को गल्ती गरेको आरोप […]
१३ साउन, काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो । पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले […]
१२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल पक्षले स्थायी कमिटीलाई नियमित एजेण्डा फर्काउनुपर्ने निष्कर्ष निकालेको छ । १० असारबाट सुरु भएको स्थायी कमिटीमा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या, सरकार र पार्टीको कामको समिक्षा र एमसीसी एजेण्डा थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनपछि नेपाल भारत […]
१२ साउन, काठमाडौं । निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको छ । समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस-आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो । नेतृ सरिता गिरीले देशको भौगोलिक अखण्डतासँग सम्बन्धित निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी […]
१२ साउन, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयन शुरु भएको सोमबार १२ औं दिन बितिसक्दा पनि अझै २ सय भन्दा बढी स्थानीय सरकार बजेट ल्याउन असफल भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको अद्यावधिक तथ्यांकअनुसार आइतबारसम्म देशभरका ५ सय ५२ वटा स्थानीय तहको मात्र बजेट पेश भएको छ । […]
काठमाडौँ । बैठक बस्ने–नबस्ने अनिश्चित भएको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गुट भेला बिहानैदेखि शुरु भएको छ । भोलि ११ बजेका लागि तय भएको स्थायी कमिटीको बैठक बस्ने कि नबस्ने निश्चित छैन । त्यसबारेमा रणनीति बनाउन बालुवाटार र खुमलटारमा छलफलहरु भइरहेको छ । स्रोतका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारामा प्रचण्ड–माधवकुमार […]
काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल अर्को महिना सकिँदैछ । २०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल आउँदो भदौ २९ गते सकिँदैछ । लोडसेडिङ हटाएको, रुग्ण आयोजनाको निर्माण सम्पन्न गरेको, विद्युत चुहावट घटाएको, चरम घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लगेको लगायतका कामबाट […]
नागरिक रैबार/बाजुरा ११ साउन। नेपाली काँग्रेस बाजुराले ३ साता देखि अवरुद्ध भएको साँफे मार्तडी सडक बैकल्पिक बाटो खोेजेर सुचारु गर्न माग गरेको छ । लगातारको अविरल वर्षाका कारण ३ साता देखि अवरुद्ध रहेको साँफे–मार्तडी राजमार्ग सडक खण्डको दर्जनौं ठाउँमा गएको पहिरो पन्छ्याएर तत्काल सदरमुकाम मार्तडीसम्म जोड्ने बैकल्पिक बाटो खाेजेर तत्तकाल निर्माण कार्य सुचारु गर्न नेपाली […]
काठमाडौं: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशका पार्टीका नेताहरूसँग पार्टीभित्रको सङ्कटबारे छलफल गरेका छन्। सुदूरपश्चिम प्रदेश कमिटीका सहइन्चार्ज खगराज भट्ट, मुख्यमन्त्री त्रिलोचल भट्ट, केन्द्रीय सदस्य तथा खानेपानीमन्त्री विना मगर, शरदसिंह भण्डारी, रेणु चन्दसहित ३० जना नेता–कार्यकर्ता शुक्रबार प्रचण्डनिवास खुमलटार पुगेका थिए। सुदूरपश्चिमका नेता कार्यकर्तासँग प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण मुलुक […]
धनगढी : मोहनापुलदेखि धनगढी हुँदै अत्तीरया जोड्ने ६ लेन सडकमा आकासे पुल निर्माणका लागि प्रक्रिया अगाडी बढाइएको छ। मोहना–अत्तरिया सडक आयोजना कार्यालय धनगढीको आग्रहमा सडक विभागले प्रक्रिया अगाडी बढाएको हो । मोहनापुलदेखि अत्तरियसम्मको सडकको चापलाई हेरेर आकासे पुल समेत निर्माण गर्न प्रक्रिया अगाडि बढाईएको आयोजना प्रमुख होमबहादुर एसीले जानकारी दिए। आकासे पुलका लागि चालु आर्थिक बर्षमा कार्यक्रम रहेको […]
काठमाडौं : मुख्य सचिव लोकदर्शन रेग्मीले कात्तिक ७ मा अनिवार्य अवकाश पाउनेछन्। नेपाल कानुन आयोगका सचिव चिरञ्जीवी खनालको कात्तिक २ मा अवकाश हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी कात्तिक १ मा सरकारी सेवाबाट बिदा हुने भएका छन्। परराष्ट्र सचिव शंकरदास बैरागी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सार्वजनिक […]
महेन्द्रनगर : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको दुई वर्ष पूरा भएको छ। २०७५ साल साउन १० गते गृहकार्य गर्न भन्दै साथीको घर पुगेकी निर्मला ११ गते उखुबारीमा बलात्कार पछि हत्या गरेको अवस्थामा फेला परेकी थिईन्। घटनाको दुई वर्ष पुगेपनि सरकारले दोषी बाहिर ल्याउन सकेको छैन्। पन्त उखुबारी बलात्कारपछि हत्या गरेको अवस्थामा […]
काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान बालुवाटार पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे। त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा आयोजित कार्यक्रमतिर हिँडे। त्यहाँ वरिष्ठ नेता माधवकुमार नेपाल पनि उपस्थित थिए। दाहाल र नेपालले एकै मञ्चबाट प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीको आलोचना गरे। यसले नेकपामा किचलो कायमै रहेको […]
सामाजिक पक्षका विभिन्न संरचनामा बहुलता समाजिक पदार्थ गतिको सामाजिक रुप हो। यसका दुई पक्ष हुन्छन् ।आधार र संरचना।समाजको आघार संरचना हो भने, अर्थतन्त्र को आधार अनुरुप राजनीतिक ,सामाजिक ,संस्कृतिक एबम बैचारिक सम्बन्ध हरुको एकमुष्ट योग भनेको संरचना हो। संरचना को रुप वा विभिन्न पक्ष मा बहुरुप वा बहुलता हुन्छ।केही उदाहरण हेरौ,अस्थित्व का निम्ति संघर्ष का […]