होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवासमै बैठक सुरु भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने बैठकमा अनुपस्थित रहेका छन् । स्थायी समिति सदस्य देव गुरुङले प्रधानमन्त्री सहभागी नभएपनि उनकै सहमतिमा बैठक सुरु भएको दावी गरे । नेकपाभित्रको विवादका कारण यसअघि पटक […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक मंगलबार केहीबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको राहत र उद्धारमा खटिने निर्णय गरेको छ । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बाढी पहिरोबाट प्रभावितहरुको राहत र उद्धारमा सम्पूर्ण पार्टी एकताबद्ध भएर लागिपर्ने निर्णय भएको बताए […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मङ्गलबार आज बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्ने तय भएको नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए । नेकपामा आन्तरिक किचलो बढेपछि स्थायी समिति बैठक पटक पटक स्थगित हुदै आएको छ । अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट केपी शर्मा ओलीले […]
५ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टीभित्रको विवादको विषयमा पूर्वमाओवादीसम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् । नेताहरुलाई सोमबार विहान आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले केन्द्रीय कमिटीको पछिल्लो बैठकदेखि आइतबार प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तासम्मका घटनाक्रमबारे ब्रिफिङ गरे । पूर्वमाओवादी भनेर बैठक गर्नु […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक किचलो पुनः लम्बिने भएको छ । सहमतिका नाममा असार १८ गतेबाट स्थगित हुँदै आएको स्थायी समितिको बैठक आइतबार पनि स्थगित भएर साउन ६ गते मङ्गलबारसम्मको भाखामा सारिएको छ । यो बीचमा किचलो मिलाउन पटक–पटक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचका एक्लाएक्लै र निकटस्थ नेताहरु समेतको […]
४ साउन, काठमाडौं । निजी विद्यालय सञ्चालकहरूको संस्था निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासी विद्यालय अर्गनाइजेसन (एनप्याब्सन) ले गत बैशाखदेखि सुरु अनलाइन कक्षा १ साउनदेखि बन्द गर्यो । उनीहरूले आफ्ना माग पूरा नभएको भन्दै शिक्षक तथा कर्मचारीलाई साउनदेखि बेतलवी विदामा राख्ने निर्णय गरे । रोचक के छ भने प्याब्सन र […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्ने नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले बताए। पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने उनले बताए। नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय बैठक बोलएको हो। गत असार १० गतेबाट जारी […]
काठमाडौं : नेकपाले शुक्रबार स्थायी समिति बैठक दुईपटक तोक्यो। असार २६ मा एक साता बैठक रोक्ने निर्णय गर्दै नयाँ मिति शुक्रबार बिहान ११ बजेका लागि तय भएको थियो। तर, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल चलिरहेको भन्दै स्थायी समिति सदस्यलाई दिउँसो ३ बजे बैठक बस्ने सन्देश पठाइएको थियो। अध्यक्ष दाहाल बिहान साढे १० बजेतिर […]
काठमाडौं, २ साउन । सत्तारुढ नेकपा स्थायी कमिटी बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा बरिष्ठ नेता माधव नेपालबीच भएको छलफलमा स्थायी कमिटि बैठक शुक्रबार बस्ने सहमति भएको हो । बिहीबारको बैठकमा नेताहरुका अडान कायमै रहेपछि पार्टीको आन्तरिक विवाद सुल्झाउन कुनै सहमति नभएपनि स्थायी कमिटी […]
काठमाडौं । स्थायी समितिले कुनै निर्णय गर्न नसकेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद केन्द्रीय कमिटीमा पुग्ने भएको छ । असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक निर्णय गर्न असफल भएपछि विवादित विषयको निरुपण गर्ने जिम्मा केन्द्रीय समितिमा लैजाने तयारी भएको हो । शुक्रबार बस्ने स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्ने […]
काठमाडौँ, १ साउन । पार्टीभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा त्रिपक्षीय छलफल सुरु भएको छ । मंगलबार र बुधबार दुई अध्यक्ष ओली र दाहालबीच भएको छलफलमा विवाद समाधानमा सहमति जुट्न नसकेपछि बिहीबार नेपालसहितको त्रिपक्षीय छलफलमा जुटेको बताइएको छ । पार्टीभित्रको विवाद मिलाउने र स्थायी […]
दैलेख, १ साउन । दैलेखमा कोरना संक्रमित भएका बिरामिहरुलाई उपचारका लागि निर्माण गरिएको आइसाेलेसन अस्पताल सञ्चालनमा आएको छ । सदरमुकामको उत्तरतर्फ तर्ताङ्गमा रहेको सरस्वती मन्दिरको डाँडामा कोराेना संक्रमित बिरामीका लागि बनाइएको ५० शैयाको अस्पताल बुधबारबाट सञ्चालनमा आएको हो । कर्णाली प्रदेशका सांसद अमरबहादुर थापाको निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको ७१ लाख रकमबाट सो अस्पताल निर्माण […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार भेटवार्ता भएको छ । ओलीलाई भेट्न झण्डै १२ बजे बालुवाटार पुगेका प्रचण्ड दिउँसो १:३० बजे त्यहाँबाट फर्किए । प्रचण्ड बाहिरिएसँगै विभिन्न सञ्चारमाध्यममा भिन्नभिन्न तरिकाले समाचार आयो । ओली र प्रचण्डबीच मंगलबार पार्टी विवादमा छलफल नै नगरेको रहस्य सार्वजनिक भएको छ […]
काठमाण्डाै ३१ असार । आजका पत्रपत्रिकामा छापिएका रमाइला कार्टुनहरु हेर्नुहोस ।
काठमाडौं, ३० असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति सच्चाउन र जनतासमक्ष आत्मालोचना गर्न सुझाव दिनुभएको छ । उहाँले प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्रीलाई अनुरोध पनि गर्नुभएको छ । नेता गौतमले फेसबुकमार्फत राम जन्मभूमिको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत […]
काठमाडौं, ३० असार । रुकुम सोती घटना छानबिन संसदीय विशेष समितिले घटनाको प्रतिवेदन सभामुखलाई बुझाएको छ । गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी, सोती घटनाका सन्दर्भमा अध्ययन गर्न गठित समितिले आज सभामुख अग्नि प्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै सभामुख सापकोटाले प्रतिवेदन अध्ययन गरी छिट्टै कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । दुरगामी महत्वको […]
काठमाडौं, ३० असार । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टीभित्रको अन्तरविरोध समाधान गर्ने विषयमा छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा अध्यक्षद्वयबीच पार्टीभित्रको विवादमा सहमति खोज्ने प्रयास भइरहेको जनाईएको छ । विवाद समाधानका लागि भन्दै अध्यक्षद्वय ६ दिनपछि छलफलमा जुट्नु भएको हो । यसअघि पनि बिवाद समाधानका […]
काठमाडौँ । सरकारले खरिद गर्ने भनिएको ३०० विद्युतीय बस खरिद अन्योलमा परेको छ । गत वर्ष छुट्याइएको बजेट फ्रिज भएको र आगामी आवका लागि बजेट विनियोजन नभएपछि बस खरिद अन्योलमा परेको हो । दुई वर्ष पहिले वर्ष सरकारले साझा यातायात सहकारी प्रालिमार्फत बस खरिद गर्न शेयर खरिद गरेको थियो । सोहीअनुसार प्रालिले आवश्यक तयारी गर्दा […]
काठमाडौं, २९ असार । छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि व्यवसायीले विभिन्न माग राखेर सार्वजनिक यातायात खोल्न मानेका छैनन् । सार्वजनिक सवारी साधन खोल्ने विषयमा आइतबार भौतिक पूर्वाधार तथा यातायात […]
काठमाडौं, २९ असार । साझा पार्टीको सचिवालय सदस्य मुमाराम खनाल र डा. सूर्यराज आचार्यले पार्टी परित्याग गरेका छन् । पार्टी केन्द्रीय समिति बैठिकमा आइतबार पार्टी भंग गरेर नयाँ संरचना अनुसार अगाडि बढ्नुपर्ने प्रस्ताव राखेसँगै उनीहरुले पार्टी छोडेका हुन् । युवा तथा बौद्धिक जमातको बाहुल्य रहेको साझा पार्टीमा आन्तरिक विवाद चर्किएको छ। पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह […]