होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः सदूरपश्चिम प्रदेशसभामा आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ।सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको सिद्धान्त र प्राथमिकता प्रदेश सभाको बैठकमा प्रस्तुत गरेका हुन्। उनले शनिवारको प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति प्रस्तुत गरेका छन। प्रदेश सरकारले गरिबी न्युनिकरण, […]
काठमाडौं, १४ जेठ । सरकारले टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय काटिररहेका रेशम चौधरीलाई आम माफी दिने तयारी थालेको छ । आज (आईतबार) बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आम माफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । जेल जीवन विताइरहेका चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत हुन् । नाउपा प्रधानमन्त्री […]
हेटौँडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक तय गरिएको छ । उक्त बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधनसहित प्रदेश […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहलरीबारे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोड्नु उचित नभएको बताएका छन् । माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गरेपछि प्रधामन्त्रीले शनिबार संसदमा स्पष्टीकरण दिएका हुन् । शनिबार संसदको बैठक सुरु हुनासाथ समय लिएर बोलेका प्रधानमन्त्री प्रचण्डले […]
काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधि सभालाई सुचारु गर्ने विषयमा तीन ठुला दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा एमालेको तर्फबाट अध्यक्ष केपी ओली र प्रमुख सचेतक पदम गिरी सहभागी छन् । त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक उपस्थित छन् । […]
काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहेको छ । शुक्रबारको बैठकमा भने एमालेले अवरोध गरेको थियो । नीति कार्यक्रम पारित गर्ने तयारीमा रहेकोका बेला एमालेको अवरोधका कारण बैठक लम्बिएको हो ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रममाथि […]
चीन । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग मन्त्री लिउ जियान चाओले नेपालमा कम्युनिस्ट विचारधारा राख्ने दलहरुबीच पुनः एकता हुनुपर्नेमा जोड दिएका छन् । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा चीनको राजधानी बेइजिङ आएका माओवादी नेताहरुसँगको भेटमा मन्त्री लिउले नेपालमा वामपन्थीहरु बीचको एकताले नै राजनीतिक स्थायित्व हुने बताएका हुन् । पछिल्लो समय […]
नागरिक रैबार/बाजुरा ११ जेठ। बाजुराको बुढीनन्दा नगरपालिकाले नयाँ जनप्रतिनिधी आएको एक वर्षको उपलव्धीको सार्वजनिक समीक्षा कार्यक्रम गरेको छ । दोस्रो पटकका लागि निर्वाचित भएर आएको स्थानीय सरकारले एक वर्षमा गरेका उपलव्धी र आगामी आर्थिक वर्ष ०८०/०८१ को नतिी तथा कार्यक्रममा समावेश गर्नुपर्ने योजनाको सुझाव सहितको समीक्षा गरेको हो । एक वर्षका कार्यकालको उपलव्धीको सार्वजनिक सुनुवाई गर्नुका […]
नागरिक रैबार/बाजुरा ९ जेठ।एमाले निकट युवा र विद्यार्थीहरुले बाजुरा जिल्लाको समग्र विकासमा सवैसंग सहकार्य गर्ने बताएका छन् । अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपालले मंगलबार विहान एक विज्ञप्ति जारी गर्दै बाजुरामा भ्रष्टाचार र विकास विरोधी कुनै पनि कार्यमा हाम्रो सहकार्य र सम्झौता नहुने उल्लेख गरेको छ । जेठ २ गते जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुखलाई […]
नागरिक रैबार/बाजुरा ९ जेठ। नेपाल बार एशोसिएसन बाजुरा जिल्ला शाखाको अध्यक्षमा अधिवक्ता पुरबहादुर रावत चयन भएका छन् । त्यस्तै उपाध्यक्ष अधिवक्ता सुक थापा, सचिव पदमा अधिवक्ता हर्क खडायत र काेषाध्यक्ष पदमा अधिवक्ता भीम केसी चयन भएका हुन् ।
काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ ।गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको हो । बैठक बिहान ११ बजे बस्नेछ । नीति तथा कार्यक्रममाथि जेठ ७ गतेदेखि छलफल प्रारम्भ भएको थियो । […]
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ७ देखि ११ गतेसम्म छलफल हुने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरेपछि बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले यसबारे जानकारी गराएका हुन । सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग […]
काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने सरकारको घोषणा गरेको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन् । ‘विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिनेछ’, नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपतिले भने ।नागरिकसम्बन्धी समस्याको समाधान गरिने पनि […]
नागरिक रैबार/बाजुरा ३ जेठ। जगन्नाथ गाउँपालिकामा सूचनाको हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । जगन्नाथ गाउँपालिकाकाे आयाेजना र राष्ट्रिय सूचना आयाेग काठमाडौकाे सहयाेगमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे । गाउँपालिकाबाट जनताले हरेक सूचनाहरू सहज रूपमा पाउन भन्ने उदेश्यले उक्त कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । अन्तरक्रियाकाे राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला […]
काठमाडौं । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिए । २०७२ भदौमा कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण […]
काठमाडौं, २ जेठ । अयोग्य लडाकुलाई तत्काल २/२ लाख नदिन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सरकारको अयोग्य लडाकुलाई २/२ लाख दिने निर्णयकोविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणनले रिट हालेका थिए। उक्त रिटको प्रारम्भिक सुनवाईमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकमा भनाभन भएपछि केहीबेर बैठकको माहोल बिथोलिएको छ । बैठकमा आफ्नो धारणा राख्ने क्रममा एक केन्द्रीय सदस्यले अध्यक्ष राजेन्द्र लिङ्देन आफैँले यसअघि भनेको ‘चोर नेता’कै पछि लागेको आरोप लगाएपछि बैठकको माहोल बिथोलिएको हो । धुम्बाराहीमा सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा मंगलबार आफ्नो धारणा राख्नेक्रममा केन्द्रीय […]
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक आज बिहान बस्दैछन् । समितिका बैठक बिहान नौ बोलाइएको छ । प्रतिनिधिसभा गठन भएको छ महिनासम्म पनि मिनी संसद भनिने संसदीय समितिहरू क्रियाशील थिएनन् ।सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान नौ बजे […]
काठमाडौँ । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान पूरा भएको छ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले वैशाख ३१ मा रायमाझीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सोमबार म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो । रायमाझीको बयान पुरा भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको छ । आइतबार खाणसहित १२ आरोपितमाथि अदालतबाट चार दिनको म्याद थप गरेको प्रहरीले सोमबार खाणलाई बयानका लागि लगेको हो । सरकारी वकिलको कार्यालयले प्रहरीलाई चार दिनभित्र आरोपितहरुको अनुसन्धान प्रतिवेदन बुझाउन आइतबार निर्देशन दिएको थियो । पूर्वमन्त्री […]