होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । २०७४ को संसदीय निर्वाचनपछि झण्डै तीन वर्षसम्म फाट्टफुट्ट बाहेक शान्त बनेको सडक पुनः अशान्त बन्न पुगेको छ । शान्त सडक अशान्त बनाउने काम अरु कसैले नगरेर झण्डै दुई तिहाइ बहुमत प्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका हुन् । पार्टीभित्रको आन्तरिक किचलो मिलाउन नसकेको झोंकमा प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको सर्वोच्च निकाय प्रतिनिधि सभाको […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार (आज) देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गर्न लागेको हो । गत मंगलबारबाट जारी केन्द्रीय समिति बैठकलाई केही दिन स्थगित गरी काँग्रेस आज प्रदर्शनमा निस्किएको छ । सभापति शेरबहादुर देउवा पक्ष संसद […]
काठमाडौँ — नेकपा ओली समूहका कार्यकर्ताले आइतबार जिल्ला पार्टी कार्यालयमा ताला लगाएका छन् । दाहाल–नेपाल समूहले एकतर्फी रुपमा गुट भेला गरी कार्यालय दुरुपयोग गरेकाे भन्दै उनीहरुले ताला लगाएका हुन् । ‘टुटफुटका गतिविधिहरुमा पार्टी कार्यालय प्रयोग हुन थालेपछि तालाबन्दी गरेका हौं,’ अनेरास्ववियू बझाङका संयोजक प्रविन्द्र धामीले भने, ‘पार्टीको विवाद निर्वाचन आयोगमा पुगेको र कुन पार्टी आधिकारिक […]
नागरिक रैबार/बाजुरा १२ पुस ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चि प्रदेश इन्चार्ज डाः भिम रावलले प्रचण्ड-माधव पक्षका कार्यकर्तालाई उच्च मनोवल र सक्रियताका साथ पार्टीका कामहरु अघि बढाउन निर्देशन दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको तेस्रो बैठकले विघटित प्रतिनिधि सभाको पुनःस्थापना गर्न तथा पार्टीको एकतालाई कायम राख्दै कम्युनिष्ट आन्दोलनको रक्षा गर्न महत्वपूणर् निणर्य गरेकोले […]
१२ पुस, जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेनेद्र सोनलले बहुमतमा रहेका प्रधानमन्त्रीले संसद विघटन गर्न नपाइने बताएका छन् । जनता समाजवादी पार्टीले जनकपुरधाममा गरेको कार्यक्रममा उनले बहुमतको सरकार चलाउने व्यक्तिले सरकार चलाउन नसके छोड्नुपर्ने तर संसद विघटन गर्न नपाइने धारणा राखे । ‘बहुमतको सरकार बन्न सक्दैन भने तपाईं छाडिदिनुस्’ उनले भने, […]
नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी ओलीले पार्टीको झण्डा कुल्चिएको आरोप लगाएका छन् । आइतबार धनगढीमा भेला भएका कार्यकर्तासँग नेता रावलले भने, ‘केपी ओलीले नेपाली जनताको स्वाभिमानमाथि आँच पुर्याउने काम गरेका छन् ।’ सात दशक लामो पार्टीको इतिहास कुल्चिन खोज्नेहरू परास्त हुने जिकिर उनले गरे । ‘एमाले र माओवादी केन्द्रबीचको एकता […]
काठमाडौं । नेपालको चार दिने भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली राष्टर्पति विद्यादेवी भण्डारी भेट्न शीतल निवास पुगेको छ । येझाउको टोली आइतबार नेपाल आएलगत्तै उच्च तहको भेटघाटमा जुटेको हो । ये झाउको टोली त्रिवि विमानस्थलमा ओर्लेलगत्तै नेपालस्थित चिनियाँ दूतावास पुगेको थियो । त्यसपछि आइतबार उक्त टोली राष्ट्रपति विद्यादेवी […]
१२ पुस, बुटवल । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले मध्यावधि चुनाव गर्नका लागि घोषणा नगरिएको बताएका छन् । चुनावमा जाने बाटो, प्रयोजन र प्रकृया सबै गलत भएको भन्दै उनले वैशाखमा चुनाव हुन्छ भनेर कसैले नपत्याउने बताए । तिलोत्तमामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै भुसालले भने, ‘वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँछ ?’ उनले संसद […]
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठक आह्वान गरेकी छिन् । राष्ट्रपतिले पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक बोलाइएको आइतबार जारी विज्ञप्तिमार्फत जनाएका छन् । राष्ट्रपतिले सरकारको सिफारिसमा प्रतिनिधिसभा भने गत पुस ५ गते नै […]
जनकपुर । प्रतिनिधिसभा विघटनपछि विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्ष पछिल्लो समय पार्टी कार्यालय कब्जादेखि कार्यकर्तालाई तान्न हरसम्भव प्रयास गर्न थालेका छन् । नेकपाको ओली समूह र प्रचण्ड–माधप समूहबीच पार्टीको सम्पत्ति तथा कार्यालयहरुबारे विवाद चलिरहँदा प्रचण्ड–माधव समूहले धनुषामा अगुवा कार्यकर्ता भेला गर्दै प्रदेशस्तरीय तथा जिल्ला पार्टी कार्यालयमा कब्जा गरेको छ । जिल्ला […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न माग राख्दै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । राप्रपाले ७७ जिल्ला प्रशासन कार्यालयमार्फत हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना लगायत राष्ट्रियता, सुशासन र जनजीविकासँग जोडिएका विभिन्न २२ बुँदे मागपत्र प्रधानमन्त्री ओलीलाई बुझाएको नेता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले पहिलो चरणको संघर्षका कार्यक्रम अन्तर्गत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका जिल्ला अध्यक्ष नेत्र पौडेलले पार्टी छाड्ने निर्णय गरेका छन् । अध्यक्ष पौडेलले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी नेतृत्वमा नरहने जानकारी दिएका छन् । पौडेलले सामाजिक सञ्जालमा भावुक स्टाटस् लेख्दै पार्टी निर्माणको अभियानबाट अलग रहेको घोषणा गरेका छन् । उनले केही समय सबैसँग सम्पर्क बाहिर रहने समेत जानकारी दिएका […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित बनेको सन्दर्भमा चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणमा आएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको हो । सत्तारुढ नेकपा विभाजित बनेको बेला भएको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । सो टोली आउनुअघि नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले निकै सक्रियता जनाएकी […]
१२ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव हुन्छ भन्ने भ्रममा नपर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ध्येय निरंकुश शासन गर्ने भएको भन्दै उनले आफ्नो प्रभुत्व कायम गरेको विश्वास नभएसम्म चुनाव नगराउने बताए । संसद विघटनको विरोधमा जसपाले गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन […]
नेकपाको विवादमा केन्द्रीय कमिटीको अंकगणित महत्त्वपूर्ण मानिएको छ । केन्द्रीय कमिटीको बहुमत जुन पक्षले सावित गर्नेछ, त्यही पक्षले नेकपाको नाम, चिह्न र झण्डा पाउने निश्चित छ । दुवै पक्षले केन्द्रीय कमिटीमा आफ्नो बहुमत रहेको र सानो समूह मात्रै छुट्टिएको आरोप लगाइरहेका छन् । यस्तो बेलामा निर्वाचनमा आयोगमा हुने केन्द्रीय कमिटीका सदस्यहरुको सनाखत नै पार्टीको आधिकारिकताका […]
आगामी वैशाख १७ र २७ मा दुई चरणमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आठ अर्बभन्दा बढी रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्वाचनको घोषणा गरेसँगै निर्वाचन आयोगका विभिन्न महाशाखा र शाखाहरू निर्वाचनको तयारीमा जुट्ने क्रममा निर्वाचनका लागि चाहिने बजेटको आकलन गरिएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले २०७४ सालमा भएको प्रतिनिधि सभा र […]
काठमाडौं । संसद विघटनका विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपा प्रचण्ड–माधव पक्षले आइतबार देशका सबै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते असंवैधानिक ढंगले संसद विघटन गरेका थिए । त्यसका विरुद्ध प्रचण्ड नेपाल समुहकोे नौ गते सम्पन्न केन्द्रीय समिति बैठकले पुष १० गतेबाट पहिलो चरणको आन्दोलनका कार्यक्रम […]
११, पुस,चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको पार्टी कार्यालयमा ओली समूहले ताला लगाएको छ ।शनिबार बिहान पार्टी कार्यालयमा पुगेका ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका छन् । साविक एमालेको पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई कुनै एक पक्षको गुटको कार्यालय बनाइएकोले ताला लगाइएको अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्यले जानकारी […]
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारका साथ राष्ट्र सेवाको काममा लागि रहने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले उच्च नैतिकता, स्वाभिमान र इमान्दारका साथ काम गर्दा मात्रै रहेका क्षेत्रमा सफलता प्राप्त हुने पनि स्पष्ट पारे । रत्न–धर्म स्मृति प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले उच्च नैतिकता र इमान्दारका […]