होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहलाई विगतदेखि नै माओवादी जनयुद्धप्रति आक्रमक र कठोर मानिँदै आएको थियो । नेकपा विभाजनपछि त उनी माओवादीप्रति झनै आक्रामक बन्लान् भन्ने धेरैको अनुमान थियो । किनभने, ओली समूहका नेता-कार्यकर्ताले माओवादी नेताहरुलाई जंगली, बाँदर, १७ हजार मानिसका हत्यारा, हिंस्रक आदि उपमाहरु दिने गरेका थिए । तर, […]
धनगढीः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरीका कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले गत बिहिबार विशेष परिपत्र पठाउँदै माघ १५ गते प्रकाशित हुने मतदाता नामावली सच्याउने कार्यक्रममा सहभागी हुन कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन्। निर्वाचन आयोगले माघ १६, १७ र १८ गते मतदाता नामावली सच्याउन सकिने […]
११ माघ, काठमाडौं । हामीले हिन्दी फिल्म नायकमा अनिल कपुर एक दिनको मुख्यमन्त्री बनेको देखेका थियौं । तर भारतको उत्तराखण्डमा आज एक १९ वर्षीया किशोरी साँच्चिकै एक दिनको मुख्यमन्त्री बन्दैछिन् । हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो । २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको […]
नागरिक रैबार/ बाजुरा ११ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडीमालिका नगर संगठन कमिटीको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम मार्तडीमा सम्पन्न गरिएको छ । नगर कमिटिको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा नेकपा बडीमालिका नगर कमिटीमा प्रचण्ड-माधवको पक्षमा ५४ जना देखिएका छन् । मार्तडीमा शनिबार सम्पन्न भएको नगरको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रचण्ड-माधवको […]
काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको चरणवद्ध आन्दोलन सकिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालले छुट्टाछुट्टै गरेको चरणवद्ध आन्दोलन सम्पन्न भएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध आगामी कदम कस्तो हुने भन्नेबारे ती दलहरु आन्तरिक छलफलमा जुटेका छन् । यस क्रममा आगामी आन्दोलन संयुक्तरुपमा गर्ने प्रयासस्वरुप दलहरु आन्तरिक […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी ओलीले कम्युनिस्टको नाममा कम्युनिष्टलाई नै सिध्याउने काम गरेको आरोप लगाएका छन् । आज बिहान बुटवलका आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिस्ट पार्टीको अहिलेको व्यवस्थालाई नै सिध्याउने गरी ओलीले क्रियाकलाप गरिरहेको आरोप लगाएका हुन् । नेता ज्ञवालीले केपी ओलीलाई केशरजंग रायमाझीसँग तुलना गर्दै ओलीको कदम […]
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीको संस्थापनइतर समूहले प्रधानमन्त्री केपी ओली समूहसँग केन्द्र र प्रदेशमा गठबन्धन नगर्न दबाब दिएको छ । प्रदेश सरकार गठबन्धनको विषयमा छलफल गर्न देउवाले बोलाएको बैठकमा उनीहरूले ओलीसँगको गठबन्धन आत्मघाती हुने बताएका छन् । प्रदेश १ र वाग्मतीका मुख्यमन्त्रीविरुद्ध नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएपछि नेकपाका दुवै समूहको तानातानमा […]
धनगढीः नेकपा सुदूरपश्चिम प्रचण्ड–नेपाल समूहको प्रदेश संसदीय दलभित्रको असन्तुष्टि व्यवस्थापन गर्ने जिम्मेवारी यतिखेर मुख्यमन्त्री त्रिलोचन भट्टको काँधमा छ। नेकपा विभाजनपछि रिक्त रहेका दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्नेदेखि अन्य असन्तुष्ट पक्षलाई सरकारमा कुनै न कुनै भूमिका दिएर सन्तुलित रुपले व्यवस्थापन गर्ने काम मुख्यमन्त्रीका लागि त्यति सहज भने छैन्। भावनामा बहकिएर हठात मन्त्रीमण्डल विस्तार गर्दा हुने सम्भावित […]
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सम्पन्न गरिसकेको छ । माघ ७ गते दोस्रो चरणको आन्दोलन सम्मन्न गरेको जसपाले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छैन । तेस्रो चरणको आन्दोलनका कार्यक्रम कस्तो हुने भन्ने विषयमा नेताहरु अनौपचारिक छलफलमा छन् । प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन रहेको अवस्थामा कस्तो कार्यक्रम […]
९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली पराजित हुनुको विकल्प नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै भुसालले ओलीले संविधानलाई च्यातच्युत पारेर ताण्डव नृत्य देखाइरहेको आरोप लगाए । कसैलाई ओलीले चुनाव गराउँछन् भन्ने लागेको भए त्यो भ्रम मात्र भएको उनले बताए । सर्वोच्च अदालतमा दिएको […]
९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले नेकपामा को आधिकारिक हो सडकमा आएर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । आफ्नो समूहले काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै खनालले भने, ‘कुन पार्टी आधिकारिक हो ? सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु ।’
९ माघ, काठमाडौं । संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधव) समूहले आज गर्न लागेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन् । गाडी नचल्दा यात्रुहरु हिँडेरै गन्तव्यमा गइरहेका देखिन्छन् । कतिपय गाडी पाउने आशमा यात्रु प्रतिक्षालयमा कुरिरहेका देखिन्छन् । प्रहरीले […]
९ माघ, काठमाडौं । भरतपुर महानगरकी मेयर रेनु दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो परिवारप्रति पटकपटक व्यक्तिगत प्रहार गरी राजनैतिक हिंसा गरेको आरोप लगाएकी छिन् । बिहीबार प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना छोरी–ज्वाइँका लागि मात्रै काम गरेको आरोप लगाएका थिए । प्रधानमन्त्री ओलीले बोलेको अनलाइनखबरमा प्रकाशित समाचारमा प्रतिक्रिया लेख्दै मेयर दाहालले गम्भीर आपत्ति जनाएकी […]
९ माघ, बुटवल । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी बैशाखमा चुनाव हुनै नसक्ने ठोकुवा गरेका छन् । प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा भट्टराईले व्यवस्था भत्काउने र निरंकुश शासक बन्ने ओलीको ‘माइन्ड सेट’का कारण प्रतिनिधि सभा विघटन गरिएको भन्दै संसद पुःस्थापना नभई चुनाव हुन नसक्ने दावी गरे । […]
अदालतमा हुने मुद्दामामिलाका क्रममा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइए पनि राष्ट्रपति स्वयंलाई भने विपक्षी बनाउन मिल्दैन । ‘संविधानको पालना र संरक्षणको भूमिकामा रहेको व्यक्ति (राष्ट्रपति) ले गैरसंवैधानिक रूपमा आएको सिफारिस तत्काल कार्यान्वयन गर्न हुँदैनथ्यो,’ अधिवक्ता टीकाराम भट्टराईले बहसका क्रममा भने, ‘विगतका प्रतिनिधिसभा विघटनको अवस्थामा तत्कालीन श्री ५ (राजा) ले पनि छलफल र परामर्श गरेका उदाहरण छन् । राजाले […]
काठमाडौं । प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनरत नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ । त्यसका लागिबिहान ११ बजे काठमाडौं र ललितपुरका विभिन्न ९ स्थान (आर्क) बाट जुलुस निकाल्ने तयारीे छ । केन्द्रीय संघर्ष समितिले कार्यक्रममा तोकिएका स्थान र समयमा आइपुग्न पार्टी कार्यकर्ताहरुलाई कडा निर्देशन दिएको छ । माइतीघर, डिल्लीबजार, लैनचौर, […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ । केन्द्रीय सङ्घर्ष समितिले सभालाई पनि व्यवस्थित बनाउन आग्रह गरेको छ । रत्नपार्कमा शुक्रबार हुने विरोधसभामा काठमाडौँ उपत्यका र आसपासका जिल्लाका जनसमुदायको सहभागिता हुने नेकपाले जनाएको छ । विरोधसभा शुरु हुनुअघि राजधानीका […]
८ माघ, काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष एवम् काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू रातो झण्डा बोक्नेहरु भएको बताएका छन् । आफ्नो समूहका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले आफ्नो गन्तव्य प्रष्ट भएको बताए । ‘हामी रातो झण्डा फहराउने हौं, पेरिसडाडाँमा जस्तो कालो झण्डा बोक्ने होइनौं । रातो बेलुन उडाउने […]
८ माघ, सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गरेका छन् । बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी निकाल्ने घोषणा गरेका हुन् । ‘केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, […]
८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले भोलि काठमाडौंमा हुने प्रदर्शन शान्तिपूर्ण र मर्यादित हुने बताएको छ । तर आन्दोलनमा सरकारी पक्षबाट घुसपैठ गरेर विथोल्ने र हिंसात्मक बनाउने षड्यन्त्रप्रति सचेत हुनुपर्ने बताएको छ । संघर्ष समितिले बिहीबार पत्रकार सम्मेलन गरी प्रदर्शनमा सहभागी हुन सबैलाई अपील गरेको छ । समितिका सहसंयोजक योगेश भट्टराईका अनुसार माइतीघर, […]