होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको नेतृत्व तहमा प्रतिनिधि सभा विघटनपछि घोषित मध्यावधि निर्वाचन हुँदा हुने व्यक्तिगत लाभहानिको हिसाब–किताब केन्द्रित बहस भइरहेको छ । काँग्रेसको संस्थापन पक्षले मध्यावधि निर्वाचन अनुकुल ठानेको छ भने इतर पक्षले संसद् पुनस्र्थापनालाई । काँग्रेसभित्र संसद् विघटनको ५० दिने माहोल हेर्दा अनौपचारिक बैठकदेखि सार्वजनिक मञ्चमा यही झल्किन्छ । तर दुवै पक्षले […]
नागरिक रैबार/बाजुरा २५ माघ । गत पुस ५ गते नेपालको संविधानको ठाडो उलंघन गरि असंवैधानिक अलोकतान्त्रिक एंव स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै अनेमसंघ बाजुरा संघर्ष समितिले प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । प्रचण्ड-माधव समुहको अखिल नेपाल महिला सघं बाजुरा संघर्ष समितिले आइतबार बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैर्हे मार्फत प्रधानमन्त्रीलाई […]
२५ माघ, काठमाडौं । संसद विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आजको बहस सुरु भएको छ । १९ माघदेखि सरकारी वकिलहरुले सरकारको पक्षमा बहस गर्दै आएका छन् । सरकारी वकिलहरुलाई बहस गर्न आजबाट १५ मिनेटको समय निर्धारण गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले १५ मिनेट समय निर्धारण गरिएको सुरुमै स्मरण गराएका छन् । संसद […]
काठमाडौँ — मधेसका एजेन्डाप्रति ‘अनुदार’ छवि बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार नारायणहिटी अघिल्तिर आयोजित सभामा मधेसकै एक नेताले २१ औं शताब्दीको बुद्धको उपमा दिए । प्रतिनिधिसभा विघटन गर्ने ओलीको असंवैधानिक कदमविरुद्ध चौतर्फी विरोध भइरहेका बेला नेता सत्यनारायण मण्डलले उनलाई त्यस्तो उपमा दिएका हुन् । मण्डल तिनै नेता हुन्, जो संविधान जारी भएपछि बनेको ओली नेतृत्वको सरकारमा […]
बनेपा नगरपालिका–१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शनिबार बनेपा नगरकै सात नम्बर वडाका ४२ जना अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका थिए । बृहत् वडास्तरीय दुवै भेलामा नवप्रवेशीलाई पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले स्वागत गरे । यस्तै यही माघ १७ गते नेकपाको पनौती […]
२४ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले बैतडी, चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले शनिबार विज्ञप्ति गर्दै घटनाले आफूहरु स्तब्ध भएको बताएका छन् । ‘विद्यालयबाट घर फर्किँदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र […]
काठमाडौं । प्रतिनिधिसभा विघटनपछि नेपालमा विभिन्न राजनीतिक दलहरु सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाको एउटा पक्षले प्रतिनिधिसभा विघटनको समर्थनमा प्रदर्शन तथा सभाहरु आयोजना गर्दै आएको छ भने नेकपाकै प्रचण्ड–माधव पक्ष, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतले विरोधमा सडक संघर्ष गर्दै आएका छन् । जुनसूकै दलले कार्यक्रम आयोजना गरे पनि भीड […]
काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने भएको छ । विपक्षीका तर्फबाट पनि सबै विषय आइसकेकाले नदोहोरिएका विषयमा मात्र बहस गर्ने गरी समय निर्धारणको तयारी भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार इजलासको अन्त्यमा समय तोक्नेबारे जानकारी विपक्षतर्फका वकिललाई दिनुभएको छ । प्रधानन्यायाधीश जबराले अब १०, १५ मिनेटमा बहस सक्न […]
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार/पाँच नसुतेर, नखाएर भए पनि जनतालाई सडकमा उतार्नुपर्ने बताएका छन्।उनले यो कुरा शुक्रबार ललितपुरमा आयोजित कार्यकर्ता भेलामा भनेका हुन्।‘चार/पाँच दिन नसुतेर, नखाएर भए पनि जनतालाई उतार्नुपर्यो,’ प्रचण्डले भने, ‘ललितपुरबासी गर्जेर उठ्नुपर्यो। माघ २८ गते जुट्दा नयाँ उचाइका साथ अगाडि बढ्नुपर्यो।’ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी […]
२३ माघ, काठमाडौं । नेकपा ओली समूहले शुक्रबार काठमाडौंमा गरेको सभा इतिहासकै ठूलो भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले जनताको भेल उर्लिएको बताए । सभामा आउन नदिन प्रचण्ड–माधव समूहले नेपाल बन्द गरेर तर्साउन खोजिएको भन्दै उनले भने, ‘बाटामा खाल्टा खनियो, बम राखेर […]
काठमाडौं । नेकपा ओली पक्षले काठमाडौँको नारायणहिटी संग्राहलय अगाडि बृहद जनसभा गरेर प्रतिनिधिसभाको औचित्य पुष्टि गर्ने प्रयास गर्नुका साथै गणतन्त्र र संघीयताको पक्षमा आफूलाई उभ्याएको दावी गरेको छ । नेकपा ओली पक्षको वागमती प्रदेशस्तरीयसभालाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पार्टीका नेताहरु (प्रचण्ड–माधव) पक्षले […]
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको मूल पार्टी आफू नेतृत्वको नेकपा भएको बताएका छन् । उनले आफू नेतृत्वको पार्टी नै देशको मूल पार्टी पनि भएको बताए । नेकपा स्वाधीनता र देशको भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी पनि भएको बताए । नेकपा इतिहास बोकेको र देश बनाउने सपना बोकेको पार्टी भएको बताए । ‘आजबाट कुन चाहिँ पार्टी […]
प्रधानमन्त्री केपी शर्मा ओली र उनी नजिकका मानिसले बारम्बार वैशाख १७ र २७ मा चुनाव हुने दाबी गरिरहेका छन्। चुनाव तोकेभन्दा एक दिनअघि वा पछि नजाने र चुनाव कसैले रोक्न नसक्ने उनीहरूको दावा छ। साधारण सत्य के हो भने, अब वैशाख १७ मा चुनाव हुने छैन। सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्यो भने, जसको सम्भावना प्रवल छ, चुनाव […]
प्रतिगमनको शृंखला नेपाली राजनीति जब–जब आन्दोलन वा क्रान्तिबाट अग्रगमनतर्फको यात्रा थाल्छ, अग्रगमन संस्थागत नै नभई तीव्र गतिमा प्रतिगामी दिशातिर वेग मार्न थालिहाल्छ । ००७ मा निरंकुश राणातन्त्रको अन्त्य भएपछि नेपालमा औपचारिक लोकतन्त्रको बीज रोपिएको थियो । तर, ०१७ मा राजा महेन्द्रले प्रतिगामी पञ्चायती व्यवस्थाको सुरुआत गरे । निरंकुश निर्दलीय पञ्चायतले मूलतः लोकतान्त्रिक राजनीतिक अभ्यासलाई ध्वस्त […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको आमहडताल सफल पार्न अध्यक्ष प्रचण्ड स्वयम् सडकमा आएका छन् । आन्दोलनमा सहभागीहरुलाई उत्साहित पार्न प्रचण्ड सडकमा आएर केहीबेर सरकारको कदम बिरुद्ध नाराबाजी समेत गरेका थिए । उनी सातदोबाटोबाट कोटेश्वर आएका थिए । आन्दोलनमा सहभागी भइ उनले कोटेश्वरमा संक्षिप्त सम्बोधन समेत गरेका थिए । कोटेश्वरको आन्दोलनमा सहभागि भइ उनी घर फर्किएका छन् […]
काठमाडौँ — प्रतिनिधिसभाको असंवैधानिक विघटन र संवैधानिक नियकामा सिफारिस गरिएकाहरुलाई शपथ ग्रहण गराएर खटाएपछि नेकपाको दाहाल-नेपाल समूहले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिकी सह-संयोजक पम्फा भुसालले पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरिएको बताइन् । देशभर आम हड्ताल गर्नु आफूहरुको बाध्यता भएको प्रवक्ता एवं संघर्ष […]
काठमाडौँ — विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई बुधबार बिहान राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइएको छ । बुधबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएका हुन् । प्रधानन्यायाधीश जबराले विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुलाई शपथ ग्रहण गराएका थिए । त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ खुवाए […]
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गरेको छ । बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल महिला संघले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा विघटित […]
२० माघ, काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्वसांसद शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरेका छन् । महोत्तरीका यादवलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे । जनतामा जाने ओलीको निर्णयको समर्थन गर्दै नेकपा ओली समूहमा आबद्ध भएको उनले बताए । नेकपा प्रवेश गर्नुको कारण यसरी सुनाए यावदले: राजनीतिक […]
२१ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो । संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले भोलि आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो । यसबाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी यो समूहले […]