होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२८ माघ, काठमाडौं । सरकारले आफ्नो आलोचना गर्ने सञ्चार माध्यमलाई नियमन र नियन्त्रण गर्न निर्देशिका ल्याउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खासगरी अनलाइन माध्यमहरूलाई नियन्त्रण गर्ने गरी निर्देशिका ल्याउन लागेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार माध्यम र सञ्चारकर्मीलाई अमर्यादित तथा गैरजिम्मेवार हुन नदिने यस्तो निर्देशिका ल्याउन […]
काठमाडौं । रौतहटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद तथा नेकपा नेतृ समिना हुसेन ओली क्याम्प छाडेर प्रचण्ड–माधव पक्षमा फर्किएकी छन् । सांसद हुसेनले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनपछि सिंगो राष्ट्र ओलीको विपक्षमा उभिएका बेला आफुलाई समेत ओली पक्षले प्रलोभन देखाएपनि आफु त्यसको विपक्षमा रहेको स्पस्ट पारेकी छन् । उनले प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै प्रचण्ड–माधव […]
२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितल निवास पुगेका छन् । समूहसहित निर्वाचन आयोग पुगेका ओली त्यहाँबाट सिधै शितल निवास पुगेका थिए । आयोगलाई निर्वाचन प्रक्रिया एक मिनेट पनि नरोक्न आग्रह गरेका ओली शितल निवास पुगेका हुन् । सोमबार मात्रै मन्त्रिपरिषद्ले पहिलो चरणमा चार प्रदेश र दोस्रो चरणमा तीन प्रदेशमा […]
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि आवश्यक कामलाई अगाडि बढाउन निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ।निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेर प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त र आयुक्तलाई चुनावको तयारी तीव्र पार्न सुझाव दिनुभएको हो । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले चुनावको तयारीबारे आयोगले गरेका गतिविधिको प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । […]
२७ माघ, जनकपुरधाम । स्वास्थ्यकर्मी, सरसफाइकर्मी र एम्बुलेन्स चालकसहित कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएकालाई पहिलो चरणमा खोप दिने गरी सरकारले निर्देशिका बनाए पनि प्रदेश २ मा जथाभावी तरिकाले खोप लगाएको पाइएको छ । मन्त्री, राजनीतिक दलका नेतादेखि व्यापारीसम्मले यो खोप पहिलो चरणमै लगाएका छन् भने कतै स्वास्थ्यकर्मीले नै खोप लगाउन बाँकी देखिएको […]
काठमाडौं । गृहमन्त्रीसमेत रहेका पूर्व माओवादी नेता रामबहादुर थापा ‘बादल’ले केही दिनअघि मन्त्री क्वार्टरमा आफ्ना केही भित्रियालाई बोलाए । आधा दर्जन नेता कार्यकर्तालाई वरिपरी राखेर बोल्न शुरू गरेका बादलले आफू ओली समूहमा लाग्नुपर्ने बाध्यताका बारेमा ब्रिफिङ गरे । ५ मिनेट जति प्रष्टीकरण दिइसकेपछि उनले फ्याट्ट भने – ‘कमरेडहरू, यता लाग्न त लागियो, तर अदालतले बिताउला […]
काठमाडौं । गत पुस ५ गते प्रतिनिधि सभा विघटन र आगामी २०७८ बैशाखमा निर्वाचनको घोषणा गरसँगै सरकारले निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई निर्देशन दिएको छ । सरकारको निर्देश अनुसार निर्वाचन आयोगले निर्वाचनको प्रारम्भिक तयारी समेत थालिसकेको छ । मंगलबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेर तयारी निरन्तर गर्न आयोगलाई आग्रह गरेका छन् […]
काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली हिन्दु महासंघको अध्यक्ष हुन् कि कम्युनिस्ट पार्टीको अध्यक्ष भन्नेबारेमा प्रश्न उठेको बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आवद्ध सञ्चारकर्मीसँग मंगलबार भएको अन्तरक्रियामा दाहालले ओलीका क्रियाकलापले नै नेपाली जनताले त्यस्तो प्रश्न उठाएको बताएका हुन् । ‘विगतदेखि नै उहाँको सम्बन्ध, हिमचिम देखिएको छ । उहाँले पशुपतिमा गएर […]
काठमाडौँ — सरकारले आगामी वैशाख १७ र २७ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला छुट्याएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो र दोस्रो चरणको निर्वाचनका लागि जिल्ला विभाजन गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । ‘मन्त्रिपरिषद् बैठकबाट पहिलो र दोस्रो चरणको निर्वाचनका लागि जिल्ला छुट्ट्याउने […]
२७ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले अन्तर्राष्ट्रिय समर्थन खोजेको छ । चीन, भारत, अमेरिका र युरोपेली युनियनलगायत लोकतन्त्र पक्षधरहरुको समर्थन खोजिएको शीर्ष नेताहरुले बताए । ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूह सडक आन्दोलनमा छ । र, भोलि काठमाडौंमा आमसभा गर्दैछ । त्यसको अघिल्लो दिन अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध […]
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनको तयारी तीब्र पार्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् । आयोगले निर्वाचनको तयारीका लागि गरिरहेको कामको जानकारी लिन आयोग पुगेका प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरुसँग छलफल गरी निर्वाचनको तयारी तीव्र पार्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक कदमविरुद्ध आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले माघ २८ गते बुधबार काठमाडौमा गर्ने बृहत प्रदर्शनको तयारी तीव्र पारेको छ । नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार २८ गते काठमाडौका मुख्य ५ स्थानबाट जुलुस निकाल्ने तयारी भएको छ । जुलुस निस्कने ५ स्थानमा विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ […]
सरकारी वकिलले विघटन संविधानसम्मत रहेको जिकिर गर्दै धारा ७४ लाई मुख्य आधार बनाएका छन् । मुलुकको शासकीय व्यवस्था संसदीय शासन प्रणाली हुने उक्त व्यवस्थाले प्रधानमन्त्रीलाई विघटनको अन्तरनिहित अधिकार दिएको जिकिर सरकारी वकिलहरूको छ । धारा ८५ ले कार्यकालअगावै विघटन हुने परिकल्पना गरेको ७६ (७) ले विघटनपछि निर्वाचन हुनुपर्ने समय तोकेको र ७४ को संसदीय शासन […]
प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचारधीन मुद्दा र नेकपाको आधिकारिकतासम्बन्धी विवाद टुंगो नलाग्दा वैशाखमा गर्ने भनिएको निर्वाचनको तयारी तथा कार्यक्रम प्रभावित हुन थालेका छन् । निर्वाचन हुने–नहुने विषय सर्वोच्चको आदेशमा निर्भर हुन्छ । सर्वोच्चले निर्वाचनको आवश्यक तयारी रोक्न कुनै आदेश गरेको छैन । ठूलो धनराशि खर्चिएर तयारी गर्दा भोलि अदालतले निर्वाचन नहुने आदेश गरिदिए सबै शून्यमा […]
निर्वाचन आयोगले पूर्णता पाएसँगै नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता विवादको निरुपण प्रक्रिया सुरु गरेको छ । आयोगको गत शुक्रबार बसेको पूर्ण बैठकले सबै आयुक्तको कार्यविभाजन गरेको थियो । कार्यविभाजनअनुसार आयोगले राजनीतिक दल, दल, दर्ता, राजनीतिक दलको नियमन तथा विवाद निरुपणको जिम्मेवारी निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई दिएको हो । उनी केही दिनअघि मात्रै निर्वाचन आयुक्तमा नियुक्त […]
२५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समहूको विद्यार्थी संगठन अनेरास्ववियूले संसद् विघटनविरुद्ध सिंहदरबार छेऊमा नाराबाजी गरेको छ । चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत अनेरास्ववियूले अनामनगर हनुमानस्थानमा प्रदर्शन गरेको हो । नाराबाजीका क्रममा विद्यार्थीहरुले ‘वी हेट यू केपी ओली, वी हेट यू’ नारा लगाएका थिए । ‘संसद् विघटन गर्दै मुलुकलाई प्रतिगमनलाई लैजाने शासकलाई हेट (घृणा) गरेका हौं’, […]
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री पम्फा भुसालले नेपालको संविधानले प्रधानमन्त्रीकी श्रीमतिलाई प्रथम महिला नभनेको स्पष्ट पारेकी छिन्। आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेता भुसालले त्यस्तो सोंच सामन्ती पितृसत्तावादी भएको पनि बताएकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमति राधिका शाक्यलाई प्रथम महिलाका रुपमा सार्वजनिक मञ्चहरुमा उभ्याउन थालेपछि नेतृ भुसालले त्यसको […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले माघ २८ गते काठमाडौँमा गर्ने जनप्रदर्शन तथा विरोधसभामा सहभागी बन्न सम्पूर्ण जनसमुदायलाई अपील गरेको छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपाको आधिकारिक फेसबुक पेजमार्फत उक्त दिन प्रतिगमनविरुद्धको विशाल प्रदर्शन र विरोधसभामा सहभागी बन्न अपील गरेका हुन् । अपीलमा अध्यक्ष प्रचण्डले प्रतिगमनलाई परास्त गर्ने […]
हुम्ला । जिल्ला निर्वाचन कार्यालय हुम्लाले यहाँका स्थानीय तहमा रहेका गाउँगाउँका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरेको छ । सरकारले गत पुस ५ गते संसद् विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेपछि त्यसको तयारीका लागि ती कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चुनावमा मत बदर नहोस् […]
२५ माघ, बिराटनगर । प्रदेश–१ को प्रदेशसभा बैठक राख्ने बारे नेकपाको दुई समूहबीच सहमति जुट्न सकेन । बैठक अगाडि दुई समूहका नेताहरु वार्तामा बसेका थिए । तर, आ–आफ्नो अडान छोड्न नमानेपछि बिना सहमति नेताहरु उठेका छन् । ओली समूहका नेताहरुले आइतबार निर्धारित बैठक सूचना टाँसेर स्थगित गर्ने र छलफल अगाडि बढाउने प्रस्ताव राखेका थिए । […]