होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
चैत, काठमाडौं । नेकपा एमालेको दुई समूहबीच भएको वार्ता २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले गरेको एकलौटी निर्णयमा अड्किएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकलौटी रुपमा गरेको निर्णय खारेज गर्न माग गरेको छ । तर अध्यक्ष ओली त्यसमा सहमत भएका छैनन् । एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि एमाले अध्यक्ष […]
२ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले २८ फागुनको निर्णय खारेज गर्न अध्यक्ष केपी शर्मा ओली तयार नभएको बताएका छन् । एमाले शीर्ष नेताहरुबीच सोमबार भएको वार्तामा नेपाल पक्षले अध्यक्ष ओलीले २८ फागुनमा गरेको एकलौटी निर्णय मान्य नहुने बताएको थियो । बैठकपछि नेता नेपालले भने, ‘अदालतको फैसलापछि पूर्व एमालेको जुन स्थान थियो, […]
काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच छलफल सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष ओली र नेता नेपाल पक्षबीच भेटवार्ता र छलफल सुरु भएको हो । छलफलका लागि ओली पक्षबाट अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, नेता तथा मन्त्रीहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् […]
काठमाडौं । सर्वोच्च अदालतको निर्णयपछि पूर्ववत् अवस्थामा फर्किएको सत्तारूढ एमालेमा गुटगत भेला र निर्णय हुनेक्रमसँगै पार्टी फुटको जोखिम बढेको छ । पार्टीका वरिष्ट नेता माधवकुमार नेपाल समूहले शनिबार आफू निकट केन्द्रीय सदस्यको गुटगत भेला राख्दै समानान्तर कमिटी बनाएपछि एमाले विभाजन सँघारमा पुगेको हो । यसैगरी, नेपाल समूहले आगामी ४ र ५ चैतमा राष्ट्रिय भेला बोलाउने […]
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बलमिच्याइँ गर्दै अघि बढेपछि सत्तारुढ दल एमाले विभाजनतर्फ उन्मुख भएको छ । ओलीले पार्टी फुटाउने अभ्यास थालेको भन्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले पनि समानान्तर गतिविधि सुरु गरेको छ । सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् रुपमा फर्किएको एमालेमा समानान्तर गतिविधिले पार्टी विभाजनको स्पष्ट रेखा कोरेको हो । प्रधानमन्त्री ओलीले शुक्रबार […]
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि कानुनबमोजिम उहाँहरूको सांसद पद गुम्ने देखिएको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले थापा, रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरीलगायत ५३ जनालाई एमाले पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेपछि माओवादीका तर्फबाट निर्वाचित व्यक्तिहरुको सांसद पद कानुनबमोजिम गुम्ने देखिएको हो । […]
नयाँ सरकार गठनका लागि सत्तारुढ दल नेकपा एमाले बाहेकका तीन राजनीतिक दलहरूले गृहकार्य अगाडि बढाएका छन् । एमालेले जनता समाजवादी पार्टीलाई साथ लिएर अहिलेकै सरकारलाई निरन्तरता दिने तयारी गरिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाबीच भेटघाट बाक्लिएको छ । सत्ता साझेदारीका लागि वार्ता टोली नै गठन गरेर एक चरण प्रधानमन्त्री […]
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को माधव कुमार नेपाल पक्षले पार्टी विभाजनतिर गएको निष्कर्ष निकालेको छ । पार्टी एकीकृत हुँदाको अन्तर संघर्ष, सर्वोच्च अदालतको फैसलापछि एमाले ब्यूँतिएको अवस्था र योबीचमा पार्टी अध्यक्ष केपी ओलीले गरेको व्यवहारको आधारमा एमाले पार्टी थप एक भएर जान नसक्ने नेपाल पक्षको ठहर छ । शनिबार बसेको नेपाल पक्षको संसदसहितको केन्द्रीय समिति […]
२९ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही मुठ्ठीभर व्यक्तिहरुको आर्थिकस्तर माथि पुग्दैमा मुलुक सम्वृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने बताएका छन् । प्रकाश विकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समग्र मानव समाज सामाजिक न्यायसहितको सभ्यताको उचाइमा अग्रसर भएमात्र सोही आधारमा सम्वृद्धिलाई नाप्न सकिने बताए । […]
काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच तीन बुँदे सहमति भएको छ । फागुन २९ गते बसेको संयुक्त बैठकमा दुई पार्टीबीच सहमति भएको छ । सहमतिमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न सहकार्य गर्ने, क्रान्तिकारीहरु एकताको लक्ष्य राखी सहकार्य गर्ने र यस प्रक्रियामा अन्य […]
२९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सिध्याउनेतिर अगाडि बढेको नेता प्रदीप नेपालले बताएका छन् । आफू इतर सबै नेतालाई भूमिकाविहीन बनाएर ओलीले एमाले छिन्नभिन्न बनाएको नेपालले बताए । ओलीले एमाले सिध्याएको नेपालको बुझाइ छ । ‘जनताको बहुदलीय जनवादको ठीक उल्टो र निरंकुशता भएर निस्कनुभयो, केपी ओली’, उनले अनलाइनखबरसँग […]
काठमाडौं । झण्डै ३ वर्षअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको पार्टी एकताबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मान्यता नपाएपछि मुलुकको राजनीतिक समीकरण तरल बनेको छ । फागुन २३ गते ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई सर्वोच्च अदालतले मान्यता दिएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेठ ३ अघिको अवस्थामा फर्केका छन् । योसँगै नेकपा […]
२८ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई वाग्मती प्रदेशको इन्चार्ज तोकेका छन् । असार २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा […]
२८ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् । सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि ब्युँतिएको एमालेको केन्द्रीय कमिटी बैठक १ चैतमा बोलाउने तयारी छ । त्यसको दुई दिनअघि आफ्नो समूहको बैठक राखेर ओलीले महासचिवबाहेकका सबै पदाधिकारी हटाएका छन् । बैठकले साबिकको […]
धनगढीः जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्ता गठबन्धन गर्ने अवस्थामा रेशम चौधरी रिहाइको मुख्य सर्त बनाएको छ। धरीलगायत मधेस–थरुहट आन्दोलनका बन्दीको रिहाइ प्रमुख शर्त बनाएपनि त्यसमा प्रधानमन्त्री ओली सकारात्मक भएको बताइएको छ। टीकापुर घटनामा जिल्ला अदालत कैलालीले चौधरीलाई जन्मकैदको फैसला गरेको थियो। त्यसलाई उच्च अदालत दिपायलले पनि सदर गरिसकेको छ। थरुहट […]
२८ फागुन, काठमाडौं । सरकारमा जाने कि नजाने भन्ने विषयमा सरकार र जनता समाजवादी पार्टी (जसपा)बीच शुक्रबार पनि वार्ता हुँदै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे वार्ता हुने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । शुक्रबारको वार्ता निर्णायक हुने नेताहरुले बताएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा भएको छलफलमा शुक्रबार कार्यदलस्तरमा […]
२८ फागुन, काठमाडौं । सैनिक दिवसको दिन नेपाली सेनाले टुँडिखेलमा आयोजना गरेको कवाज, बढाइसहितको विशेष समारोहले सबैको ध्यान त तान्यो नै । त्यससँगसँगै विशिष्ट अतिथिहरुको आसनले पनि धेरैको ध्यान खिच्यो । किनभने यस वर्षको आसन अघिल्लो वर्षको तुलनामा फरक थियो । सैनिक मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा […]
२६ फागुन, काठमाडौं । नेकपा एमाले इतरको सरकार बनाउन दौडधुप गरिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार जनता समाजवादी पार्टी (जसपा)का नेताहरुलाई भेटेका छन् । प्रचण्डलाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पेरिसडाँडा पुगेका थिए ।भेटमा प्रचण्डले संसद विघटनविरुद्ध आन्दोलनमा आएका शक्तिहरु मिलेर सरकार बनाउनुपर्नेमा जोड दिए । तर […]
२६ फागुन, काठमाडौं । नेकपा एमालेले संसदीय दलको कार्यालयबाट नेकपाको साइनबोर्ड हटाएको छ । नेकपा नामको साइनबोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ । संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकक्षमा राखिएको नेम प्लेटमा पनि नेकपा हटाएर नेकपा एमाले लेखिएको छ । सर्वोच्च अदालतको गत आइतबारको फैसलाबाट नेकपाका दुई घटक एमाले र […]
धनगढी, २६ फागुन/अदालतले नेकपा एमाले ब्युँताएपछि त्यहाँभित्रको संघर्ष पुनः नयाँ शिराबाट उठेको छ । एमाले सुदूरपश्चिम कमिटीले भीम रावललाई कुनै हालतमा प्रदेश इन्चार्ज नस्वीकार्ने बताउँदै उनको नेमप्लेट तोडफोड गरेको छ । बुधबार कार्यालय स्थापना गर्ने क्रममा दुई पक्षबीच झडप भएको थियो । झडमा केही घाइतेसमेत छन् । प्रदेश अध्यक्ष कर्ण थापाले ‘एमाले सिध्याउन हिँडेका रावल […]