होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि मुलुकले दलीय सहकार्य खोजेको भन्दै त्यसतर्फ केन्द्रित रहन सबै दलका नेतृत्वसँग आग्रह गरेकी छन् । संसद् पुनःस्थापनापछिको राजनीतिक अवस्था र दलबीच बढिरहेको तिक्तताबीच राष्ट्रपति भण्डारीले मंगलबार शितल निवासमा सर्वदलीय बैठक आह्वान गरेकी हुन् । बैठकमा उनले आपसी संवाद, सहकार्य र एकता नेपालको राजनीतिक सौन्दर्य भएको भन्दै […]
सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमालेभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलले फागुन २८ गते केन्द्रीय सदस्यहरुको बैठक राखेर माधवकुमार नेपाल पक्षका सबै नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला गर्दैछ । फागुन २८ गतेको निर्णय मान्य नहुने भन्दै नेपाल समूहले देशभरका कार्यकर्तालाई काठमाडौँ बोलाएर भेला आयोजना […]
२ चैत, वीरगञ्ज । लाखौं खर्चिएर बंगलादेशमा एमबीबीएस अध्ययन गरिरहेका नेपाली विद्यार्थी अन्तिम वर्षको परीक्षा दिनबाट बञ्चित भएका छन् । नदर्न प्राइभेट कलेज एण्ड हस्पिटलमा एमबीबीएस अध्ययनरत नेपाली र स्थानीय विद्यार्थी अन्तिम वर्षको परीक्षा दिन नपाएपछि ३७ दिनदेखि आन्दोलनमा छन् । तर उनीहरुको माग सम्बोधन हुन सकेको छैन । सोमबार सुरु भएको अन्तिम वर्षको परीक्षाबाट […]
नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताको लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । उनले तुरुन्त प्रचण्डलाई बोलाएर छलफल गर्न पनि आग्रह गरेका छन् । मंगलबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकमा मन्तव्य राख्दै संयोजक गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि नेकपा(माओवादी […]
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टर गरेर ससुराली गाउँ पुगेका छन् । राई आफ्नो श्रीमती जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभाको मकालु गाउँपालिकाको सेदुवा र नोर्बु पुगेका हुन् । शेर्पाले सामाजिक सञ्जालमार्फत परिवारका साथ आफ्नो जन्मस्थल जान पाउँदा खुसी लागेको प्रतिक्रिया दिएकी छिन् । ‘मैले भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको […]
काठमाडौँ — नेकपा (माओवादी केन्द्र) संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । सिंहदरबारस्थित दलको कार्यालयमा मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजीनामा माग गरेको सांसद वर्षमान पुनले जानकारी दिए । उनले भने–‘प्रतिनिधिसभा विघटनको निर्णय गर्ने केपी शर्मा ओलीको कदम असंवैधानिक भएको अदालतले निर्णय गरिसकेको […]
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल सहभागी नहुने भएका छन् । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले खनाल र नेपाल राष्ट्रपतिले बोलाएको बैठकमा सहभागी नहुने बताए । उनले भने,’बुधबार र बिहीबारको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्नुपर्ने भएकाले उहाँहरु आज राष्ट्रपति कार्यालयमा बोलाइएको सर्वदलीय […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । सर्वोच्च अदालतले नेकपा(माओवादी केन्द्र)लाई ब्युताइसकेपछि पहिलो पल्ट मंगलबार सिंहदरबार स्थित दलको कार्यालयमा बसेको नेकपा(माओवादी केन्द्र)को संसदीय दलको बैठकले एकता पूर्वको अवस्थामा रहेकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको सांसद वर्षमान […]
काठमाडौं । नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले चैत्र ५ गतेपछि सत्ता समीकरणले मूर्त रुप पाउने बताएका छन् । मंगलबार नेकपा(माओवादी केन्द्र) को संसदीय दलको बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत्र ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) र जसपा, नेपाल बीचको सत्ता समीकरणले मुर्तरुप पाउने बताएका हुन् । […]
३ चैत, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा सेटिङमा चलेको र संविधान कार्यान्वयनप्रति उदासिन भएको आरोप लगाएका छन् । एमाले केन्द्रीय सदस्यका लागि मंगलबार बालुवाटारमा आफैंले आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि अवरोध गरिएको बताए । संसद विघटनको […]
३ चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी फुटको गतिविधि अध्यक्ष केपी शर्मा ओलीले सुरु गरेको हुनाले उनी कारबाहीको भागीदार हुने बताएको छ । नेपाल समूहले गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीले नै विधान विपरीत गुटको भेला गरेको र विभिन्न निर्णय गरेको […]
काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयका विरुद्धमा नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने भएका छन् । भेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सम्पूर्ण तयारी पुरा भएको भन्दै भेलामा पार्टी केन्द्रीय कमिटीका तर्फबाट […]
पर्वत — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थायी लोकतन्त्र र मुलुकको समृद्धि चाहने शक्तिहरु मिलेर केपी शर्मालाई नहटाए मुलुक ठूलो दुर्घटनामा फस्ने चेतावनी दिएका छन् । कुश्मामा आयोजित एक कार्यक्रममा पौडेलले संविधान र विधान लत्याउने ओलीले मुलुकलाई जतिसुकै बेला ठूलो भड्खालोमा हाल्नसक्ने चेतावनी दिए । पुस ५ गतेयता ओलीले संसद् र पार्टीभित्र चालेका हरेक कदमले […]
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आइतबारदेखि जारी नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक अनिश्चितकाल सम्मका निम्ति स्थगित भएको हो । तत्कालिन राजनीतिक परिस्थितिसँग जोडिएको कार्यभार पुरा गर्नका निम्ति संसदमा रहेका दुई राजनीतिक दलसँग वार्ताको प्रक्रिया अगाडी बढाउनको निम्ति तत्कालका लागि केन्द्रीय कमिटी बैठक स्थगित गरिएको माओवादी केन्द्रका नेता नारायणकाजी […]
२ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन् । माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका ओलीले आइतबार साँझ प्रचण्डलाई फोन गरेका थिए । उनले प्रचण्डलाई भेट गरौं भनेको उच्च स्रोतको दाबी छ । तर प्रचण्डले भेटका […]
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलाउनुपर्ने बताएका छन्।उनले यो कुरा आज म्याग्दी पुगेर भनेका हुन्।सभापति शेरबहादुर देउवालाई बुढानिलकण्ठमा पुगेर आफूले ओली सरकार ढलाउने अवसर आएकोले नछोड्न सुझाव दिएको पनि उनले बताए। ‘कम्युनिष्टहरूको बीचमा अहिले भाँडभैलो भइरहेको छ। उनीहरू अवसरवादी हुन्, कुनै विचारमा अडेका होइनन्,’ उनले भने, ‘उनीहरू कुनै […]
२ चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्य र सांसदहरुको बैठक बोलाएको छ । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफलबारे जानकारी दिन यो समूहले नेताहरुलाई बोलाएको हो । भेला भर्खरै सुरु भएको छ । यसअघि सोमबार विहान भएको वार्तामा दुबै पक्षले आ आफनो अडान राखेका थिए ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको वार्ता निष्कर्षविहीन भएको छ । पार्टी कार्यालय धुमबाराहीमा सोमबार भएको वार्तामा दुवै पक्षले पार्टीलाई एकतावद्ध गर्दै अघि बढाउने प्रतिवद्धता जनाएपनि आ–आफ्ना अडानमा रहेपछि ठोस सहमति हुन नसकेको हो । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एकिकरण भएर बनेको नेपाल कम्युनिष्ट […]
काठमाडौं । एमाले विवाद मिलाउन भएको अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल पक्ष बीचको छलफल विना निष्कर्ष सकिएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा झण्डै ३ घण्टा भएको औपचारिक छलफलमा दुवै पक्षले आआफ्नै अडान नछोड्दा कुरा नमिलेको नेता भीम रावलले जनकारी दिए । ‘आज कुरा मिलेन । फेरि छलफल गर्ने कुरा भएको छ […]
२ चैत, सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले आफ्नै मन्त्रालयमा कार्यरत सचिवलाई कारबाही गर्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र लेखेका छन् । मन्त्री रावलले आफनै मन्त्रालयका सचिव लोकनाथ पौड्याललाई कारबाही गरिदिन माग गर्दै फागुन २३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका हुन् । सचिव पौड्यालले पदबहाली गरेको समयदेखिनै मन्त्रालयको कामकाज भन्दा व्यक्तिगत […]