होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ – नेकपा माओवादी केन्द्रले मंगलबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न भोलि बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटीका पम्फा भुसालले जानकारी दिइन् । बैठकमा पार्टी सांगठनिक र वर्तमान राजनीति परिस्थितिबारे छलफल हुने उनले बताइन् । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार […]
काठमाडौँ– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेकी छिन् । सोमबार प्रचण्ड निवास खुमलटारमा राजदूत यान्छीले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसँग भेटवार्ता गरेकी हुन् । एमालेभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बेला वरिष्ठ नेता नेपाल र माओवादी अध्यक्ष दाहालसँग राजदूत यान्छीले गरेको […]
ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले तागत भए प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्ताव पास गरेर हटाउन चुनौति दिएका छन् । ‘म यो चेतावनी दिन चाहन्छु कि एमाले बाहेक सबै दल मिलेर अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री केपी ओलीलाई हटाउन सक्छ तर अहिलेको अवस्थामा त्यो सम्भव छैन । सबै भन्दा पावर फुल सरकार यही हो […]
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका क्रममा बंगलादेशको ढाका पुगेकी छन् । राष्ट्रपति भण्डारी सोमबार बिहान नेपाल एयरलाइन्सको विमानमार्फत ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार १० : १७ बजे अवतरण गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई बंगलादेशी समकक्षी अब्दुल हमिदले विमानस्थलमा स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीको स्वागतमा बंगलादेशका विदेशमन्त्री ए के […]
बाजुरा ९ चैत, । बडिमालिका नगरपालिकामा हाजिर लगाउन आएका प्रमुख प्रशासकिय अधिकृतको एकै रातमा सरुवा भएको छ । प्रमुख प्रशासकिय अधिकृतको रुपमा बाजुराको बडिमालिका नगरपालिकामा आएका धुव्र प्रसाद कोइरालाको रातारात सरुवा भएको एक स्रोतले जनाएको छ । आइतबार राती सदरमुकाम पुगेका कोइराला मन्त्रालयबाट बडिमालिका नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतका लागि सिफारीस भएर आएका भए पनी उनले […]
दुई दिने राजकीय भ्रमणको सिलसिलामा राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको ढाका पुगेकी छिन् । राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणमा बंगलादेश भ्रमणमा गएकी हुन् । ढाकास्थित हज्रात शारजलाल अन्तराष्ट्रिय विमानस्थलमा भण्डारीलाई बंगलादेशी राष्ट्रपति हमिदले स्वागत गरे । सो क्रममा उनलाई २१ तोपको सलामीद्वारा सम्मान गरिएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ । सो पश्चात् उनी […]
८ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले देशभर १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको छ । चैत ४ र ५ गते काठमाडौंमा बसेको वाईसीएलको केन्द्रयि समितिको बैठकले हरेक निर्वाचन क्षेत्रमा १ हजार जनाको दरले १६५ निर्वाचन क्षेत्रमा चैतभित्रमा सदस्यता विस्तार गर्ने निर्णय गरेको हो । […]
८ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मास्ने पात्रको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली अगाडि आएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा आइतबार उनले अहिलेको व्यवस्था मन नपाउनेहरुले संविधान, संघीयता र समानुपातिक समावेशिता मास्ने पात्रको रुपमा केपी शर्मा ओलीलाई अगाडि सारेको बताएका हुन् । ‘…देशभित्रका संविधान विरोधी, गणतन्त्रविरोधी, देशबाहिरका […]
नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण दिनुपर्ने बताएका छन्। ओली पक्षको बैठकले रावलसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय शनिबार गरेको थियो।आइतबार ट्वीटमार्फत् रावलले आफूहरूलाई स्पष्टीकरण सोध्ने निर्णय अवैध भएको बताएका छन्। ‘केपी ओलीजीले मसमेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अवैध छ। यो उहाँको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक हो,’ […]
काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले संधिवानमाथि नै प्रहार हुन थालेको बताएका छन् । नेपाली जनताको हक अधिकार रक्षा गर्न लामो संर्घषपछि तयार पारिएको संविधानमाथि नै प्रहार हुन थालेकाले यसको रक्षाका लागि सबै जुट्ने बेला आएको बताए । अन्तराष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय कार्यालयले काठमाडौँमा आयोजना गरेको अन्तक्र्रिया […]
काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकार र पार्टीलाई केपी ओलीले मनपरी ढंगले चलाउन खोजेको आरोप लगाएका छन् । आइतबार काठमाडौँमा युवा संघको प्रथम पूर्ण बैठक र सपथ ग्रहण कार्यक्रममा खनालले एमाले र माओवादीलाई पूर्ववत दलको रुपमा फर्काउने सर्वोच्चको आदेशपछि ओलीले मनपरी ढंगले पार्टी र सरकार चलाउन खोजेको आरोप लगाए । विभिन्न पदाधिकारीलाई हटाउने, […]
काठमाडौं । मस्तिष्काघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको स्वास्थ्य उपचार खर्च नलिने भएको छ । जोशी परिवारले सरकारले दिने भनेको उपचार खर्चबापतको १० लाख रुपैयाँ स्वीकार नगर्ने उनका स्वकीय सचिव पुष्कर पाण्डेले जानकारी दिए । ‘सरकारले अनर ग¥यो, त्यसका लागि हामी धन्यवाद दिन चाहन्छौँ । उहाँको परिवारले […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष एमालेभित्र शक्ति संघर्षको मैदानमा आमनेसामने भएका छन् । यसअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा ओली र नेपाल यसैगरी आमनेसामने भएर एक अर्काको आलोचना गर्दथे । तर त्यतिबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाललाई साथ दिने गरेका थिए । तर […]
८ चैत, काठमाडौं । नेकपा एमालेको जनसंगठनहरुमा पनि समानान्तर कमिटी बनाइन थालेको छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले जनसंगठनहरुमा समानान्तर कमिटी बनाउन थालेको हो । ६ चैतमा अखिल नेपाल महिला संघको समानान्तर कमिटी बनेको थियो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहले २९ फागुनमा एकपक्षीय राष्ट्रिय भेला गरेपछि खनाल […]
पोखरा । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक हैसियत नभएको बताएका छन् । उनले केपी ओली नेकपाको तर्फबाट प्रधानमन्त्री बनेकाले सर्वोच्च अदालतले नेकपा पार्टीनै ओली–प्रचण्डको नभएको भनी फैसला गरिसकेपछि अब उनलाई प्रधानमन्त्रीको पदमा बस्ने नैतिक अधिकार नभएको बताएका हुन् । नेपाली काँग्रेस निकट नेपाल […]
६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेकी छन् । फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि प्रधानमन्त्रीले नैतिकता देखाउने अपेक्षा गरे पनि प्रधानमन्त्रीले मिचाहा प्रवृत्ति देखाएको उनले बताइन् । ‘११ गतेको फैसलापछि त्यो राजनीतिक नैतिकताको पालना गरिनेछ भन्ने अपेक्षा […]
काठमाडौँ– प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नु पर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै खाँणले सर्वोच्चले असंवैधानिक भनेको अवस्थामा प्रधानमन्त्रीले नैतिक उत्तरदायी हुनु पर्दैन भनेर प्रश्न गरे । ‘संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै […]
६ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा धेरै सहभागी नहुने सांसदहरुको नाम संसदमा सार्वजनिक गरिएको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको ११ भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम पढेर सुनाए । जसअनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसका सांसद नागेन्द्रकुमार २५ वटा बैठकमा अनुपस्थित भएका छन् । उनले संसदमा उपस्थित हुन नसक्नुको कारण अस्वस्थ भएको उल्लेख गरेका […]
६ चैत, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले महत्वपूर्ण उपलब्धी हात पारेको दाबी गरेका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले सरकारका मुख्य उपलब्धीहरु सुनाए । १. नेपाल राजनीतिक रुपमा द्वन्द्वमुक्त मन्त्री ज्ञवालीले संविधान नम्माने र देशकै अस्तित्वलाई चुनौती दिने समूहलाई शान्तिपूर्ण मुलधारमा ल्याएको भन्दै उनले यसले नेपाल राजनीतिक रुपमा द्वन्द्वमुक्त भएको बताए […]