होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडाैँ, १२ चैत । जनता समाजवादी पार्टीका माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएको छ । सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ जसपाका नेताहरुसँग कुराकानी गरेका छन् । जसपाका नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीसँग माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा छलफल भएको थियो । ‘मधेस आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा […]
प्रधानमन्त्री सहभागी सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नखिच्न सूचना दिइएको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा कृषि मन्त्रालयका उपसचिव प्रदीप कुमार भट्टराईले कार्यक्रम शुरू हुनु पूर्व यस्तो जानकारी गराएका हुन् । प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकल अनुसार मोवाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी पाएको उनले […]
१२ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भोलि शुक्रबार केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । पार्टीमा देखिएको विवाद र नेताहरुलाई सोधिएको स्पष्टीकरणबारे छलफल गर्न बैठक बोलाइएको नेता राजेन्द्र राईले जानकारी दिए । बैठक बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा बस्ने बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय […]
नयाँ संविधान जारी हुनुपूर्व सांसद र मन्त्री हुन संविधानमा शैक्षिक योग्यता निर्धारण हुनुपर्छ भनेर बहस हुने गथ्र्यो । २०७२ सालमा संविधान जारी हुने बेलामा यो विषय संविधानमा राख्ने कुरा प्राथमिकतामा परेन । अन्ततः नयाँ संविधानमा सांसद र मन्त्रीहरुको शैक्षिक योग्यता तोकिएन । आम नागरिकले आफूले निर्वाचित गर्ने जनप्रतिनिधि पढेलेखेको होस् भन्ने चाहना राख्नु स्वभाविकै हो […]
११ चैत, काठमाडौं । आसन्न १४औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी सभापतिले चैत २० गतेका लागि बैठक बोलाउन निर्देशन दिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘महाधिवेशनकै विषयमा छलफल हुन्छ’ उनले भने । कांग्रेसले भदौ ७–१० गते महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ । […]
११ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कुल बजेटको ७० प्रतिशत बजेट माग गर्नु उपयुक्त नहुने बताएका छन् । बुधबार नगरपालिका संघको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले मुलुकको कुल बजेटको ७० प्रतिशत बजेट स्थानीय तहमा पठाउनुपर्ने बताएका थिए । उनीहरुले बजेटजति केन्द्र सरकारले राखेको गुनासो पनि गरेका थिए । तर प्रधानमन्त्री ओलीले […]
११ चैत, काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय वैशाख १ देखि थापाथलीमा सर्ने भएको छ । थापाथली हाइटमा सेन्ट जेभियर्स कलेजनजिकैको भवनमा एमालेको पार्टी कार्यालय सर्न लागेको हो ।उक्त भवनको बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षण गरेका छन् । एमालेको बल्खुस्थित पार्टी कार्यालय २०७२ सालको भूकम्पले भत्किएपछि धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण […]
११ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्ताव फिर्ता लिनका लागि आफ्ना सांसदलाई सात लिन समय दिएका छन् । नेकपा एमाले पुनर्स्थापित भएपछि पहिलो पटक बुधबार बसेको नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई हस्ताक्षर फिर्ता लिन सात दिनको समय दिएका हुन् । […]
काठमाडौं । एमालेको माधव नेपाल पक्षले समयसीमाभित्रै स्पष्टीकरणको जवाफ दिने भएको छ । ओली पक्षले सोधेको तीनदिने स्पष्टीकरणको म्याद आज(बुधबार) सकिँदैछ । माधव नेपाल पक्षका एक नेताका अनुसार स्पष्टीकरणको जवाफसहित ओलीलाई समेत प्रश्न सोधेर जवाफ दिने तयारी भइरहेको छ । ‘स्पष्टीकरणको जवाफ तयार भइरहेको छ, समयभित्रै जवाफसहित अध्यक्ष ओलीलाई समेत प्रश्न गरिनेछ’, माधव नेपाल निकट […]
११ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगिएको छ । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएको छ । एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए । अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन आफ्नो […]
काठमाडौं । नेकपा एमालेका माधव नेपाल पक्षका नेता विष्णु रिजालले प्रतिनिधिसभा विघटनपछि भएको सडक आन्दोलनका घटनाक्रमहरुलाई लिएर नेकपा (एमाले) मा स्पष्टिकरणमार्फत् कारवाहीको सिलसिला अघि बढाउनु पार्टी फुटको घोषणा भएको बताएका छन् । नेता रिजालले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा यति कुरा प्रस्ट छ भन्दै कसैले माधव नेपालबिनाको नेकपा एमाले कल्पना गरे त्यो एकीकृत एमाले नभइ […]
काठमाडौँ — सर्वोच्च अदालतले तत्कालीन माओवादी केन्द्रसँगको एकता बदर गरिदिएपछि विवादको भूमरीमा फसेको एमालेमा दिनदिनै टकराव बढ्दै गएको छ । अवस्था यस्तो बनेको छ कि, दूवै समूह जस्तोसुकै परिस्थिति (पार्टी विभाजनसम्म) का लागि तयार देखिएका छन्, तर एक कदम पछि हट्न उनीहरुका एकअर्काप्रति सर्तैसर्त छन् । एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताहरुद्वय […]
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँगको लडाइँमा मैदान पनि नछोड्ने र पार्टी पनि नफुटाउने सन्देश दिएका छन् । उनले आफू पार्टीमा विकसित पछिल्लो अवस्थाबाट अलिकति पनि विचलित नभएको भन्दै नेता कार्यकर्तालाई पनि उच्च मनोबलका साथ आफ्नो कार्यक्षेत्रमा खटिन आग्रह गरे । मंगलबार आफू निकट अनेरास्ववियुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता […]
१० चैत, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले नेकपा एमाले आफूहरु भएको बताएका छन् । पार्टी अध्यक्ष केपी ओली विमाले, सिमाले भएको भन्दै उनले पार्टी छाडेर गए हुने टिप्पणी गरे । मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भने, ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन ।’ उनले […]
१० चैत, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओली हिटलरको नेपाली अवतार भएको बताएका छन् । मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता नेपालले ओलीमाथि व्यक्तिवादी बनेको र कम्युनिस्ट आन्दोलनलाई बिसर्जनको दिशातिर लगेको आरोप लगाए । तर ओलीले ‘असली एमाले हामी हौं’, ‘जबजको हिमायती हामी […]
१० चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकार रहेसम्म संसदको अपमान बढ्दै जाने बताएका छन् । ‘जति दिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ । किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ’, मंगलबार सांसद थापाले प्रतिनिधिसभाको बैठकमा भने, ‘तर, हामी हाम्रो ठाउँबाट संसदको गरिमा […]
१० चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विधानको निरन्तर उल्लंघन गरेकाहरुले आफूहरुलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताएका छन् । माधव नेपाल समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले स्पष्टीकरण आफूहरुले होइन, पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने बताए । उनले भने, ‘नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानका धाराहरु कुल्चिएर विधान संशोधन गर्ने अधिकार […]
१० चैत, काठमाडौं । नेकपा एमालेकाे माधव नेपाल समूहले विद्यार्थी संगठन अनेरास्ववियुको पनि भेला आयोजना गरेको छ । मंगलबार काठमाडौंमा अनेरास्ववियुको राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दै समानान्तर गतिविधिलाई निरन्तरता दिएको हो । यसअघि नेपाल समूहले अखिल नेपाल महिला संघ र युवा संघको राष्ट्रिय कार्यकर्ता भेला गरेर समानान्तर कमिटी बनाइसकेको छ । विद्यार्थीको भेलाबाट पनि […]
१० चैत, बिराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा जान आफूहरुले हतार नगरेको बताएका छन् । तर जिम्मेवारी आए नभाग्ने बताए । कांग्रेसका दिवंगत नेता अशोक कोइरालाका परिवारलाई भेट्न विराटनगर आएका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारमा जान हतार नगरेको बताए । पत्रकारहरुले भने सरकारमा कहिले जाने ? अविश्वासको प्रस्ताव कहिले आउँछ ? […]
काठमाडौं । नयाँ सत्ता समीकरणमा भइरहेको अलमलबारे प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसभित्र संस्थापन इतर पक्षमा असन्तुष्टि देखिएको छ । सभापति शेरबहादुर देउवा नयाँ सरकारका लागि गठबन्धन निर्माणमा अग्रसर नदेखिएपछि संस्थापन इतर पक्षले आन्तरिक र सार्वजनिक रुपमा दबाव बढाउन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन तयार रहेको संस्थागत निर्णयसहित नेकपा माओवादी केन्द्र र जनता […]