होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
३० असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले पार्टी विभाजन रोक्ने प्रयास नगर्न आफूलाई धम्कीपूर्ण फोन आएको बताएका छन् । उनले कार्यदलमा एमाले विभाजन रोक्ने प्रयास नगर्न आफूलाई केही राजनीतिक दलका नेताहरुबाट दबाब र धम्कीपूर्ण टेलिफोन आएको बताएका हुन् । बुधबार विज्ञप्ति जारी गर्दै रावलले भनेका छन्, ‘एमाले कतै विभाजनबाट रोकिने पो हो कि […]
काठमाडौं, असार ३० । मन्त्रिपरिषद्को पहिलो बैठकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा केपी ओली नेतृत्वको सरकारले गरेको खर्चको हालसम्मको विवरण सार्वजनिक गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेपछि बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ताको जिम्मेवारी पाएका कानुन, न्याय तथा संसदीय […]
सोमबार सर्वोच्च अदालतबाट आएको बहुचर्चित १६७ पेजको फैसला लेख्ने न्यायाधीश थिए, ईश्वर खतिवडा । प्रश्न उठ्छ, स्वयं प्रधानन्यायाधीशको अध्यक्षतामा गठन हुने संवैधानिक इजलाशको फैसला किन उनीभन्दा मुनिका न्यायाधीशलाई लेख्न दिइयो ? यसको जवाफ हो, खतिवडाको निडरपन । उनी कोही, कसैको डर र प्रलोभनमा नपरी राम्रो फैसला लेख्ने, आफैँ टाइप गर्ने र छिटो फैसला तयार पार्ने […]
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीको रुपमा नियुक्त भएका हुन्। यसअघि, विसं २०६५ मा शान्ति ताथ पुनःनिर्माण मन्त्री, विसं २०७३ मा ऊर्जा मन्त्री र विसं २०७४ मा गृहमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका शर्माले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न […]
एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाड्दै छन् । बिहान उनी आफ्नै निजी निवास बालकोट सर्न लागेका हुन् । एमाले नेता महेश बस्नेतले ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्टिमिङ्ग र स्वागत गर्दै बालकोट लग्ने बताए । यसका लागि बस्नेतले बालुवाटारमा भेला हुन आह्वान गरेका छन् । ‘बालुवाटार प्रधानमन्त्री […]
काठमाडौँ — सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवालाई ३० दिनभित्र विश्वासको मत लिने मुख्य चुनौती छ । प्रधानमन्त्री बनाउन साथ दिएको एमालेको माधवकुमार नेपाल समूहले गठबन्धनबाट अलग हुने निर्णय लिएसँगै देउवालाई सुरुमै अप्ठेरो परेको हो । उनले ३० दिनभित्र विश्वासको मत पाएनन् भने संवैधानिक व्यवस्थाअनुसार नै प्रतिनिधिसभा विघटन हुनेछ र त्यसको ६ महिना अर्थात् माघभित्र […]
काठमाडौँ — सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश गरेलगत्तै कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकमा आकर्षणको केन्द्र थिए– एमाले नेता माधवकुमार नेपाल । आफूहरूकै राजनीतिक र संवैधानिक संघर्षको बलमा प्रतिनिधिसभा सर्वोच्चबाट ब्युँतिएको भन्दै बैठकमा गठबन्धनका नेताहरू खुसी थिए र यसमा उनीहरूले नेपाललाई ‘नायक’ रूपमा प्रस्तुत गरे । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई […]
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र माओवादीका दुई/दुई नेतालाई सरकारमा सहभागी गराएका छन्। प्रधानमन्त्रीमा सपथग्रहणलगत्तै मन्त्रिपरिषद् गठन गर्दै देउवाले बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा सहभागी गराएका हुन्। देउवाले आफ्ना विश्वासपात्रद्वय खाँण र कार्कीलाई क्रमशः गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन्। त्यस्तै माओवादी केन्द्रका नेता शर्मालाई अर्थ र भुसाललाई […]
काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा मंगलबार साँझ साढे ६ बजे शपथ ग्रहणका लागि बूढानीलकण्ठबाट बाहिरिए । देउवा पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै थिए । तर, राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्न देउवालाई पठाएको पत्रमा भने संविधानको कुन व्यवस्था र धाराअनुसार नियुक्त हुने भन्ने स्पष्ट उल्लेख नभएकाले देउवालाई चित्त बुझेन ।उनले पहिले मुख्यसचिव शंकरदास बैरागीमार्फत नियुक्तीको बेहोरामा […]
वरिष्ठ नेता माधव नेपालले १० बुँदे सहमतिभित्र बढी जित हासिल गर्नुभएको उनी पक्षीय सदस्यहरुको दावी छ । त्यसो त सोमबारको सर्वोच्चको फैसलाले माधवका सम्पूर्ण एजेण्डा जस्ताको तस्तै अनुमोदन गरेकै छ । तर, त्यसअघि हस्ताक्षर फिर्ताको भ्रम फिँजाइएपछि माधवले फेसबुकबाटै त्यसको प्रतिवाद गरे । उनको शर्त थियो ०७५ जेठ २ मा पुग्ने । १० बुँदेले त्यहाँ […]
काठमाडौं, २९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई आज प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । देउवालाई प्रधानमन्त्री बनाउन र केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट बहिर्गमन गराउनमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको ठूलो भूमिका छ । नेता नेपालको चट्टानी अडानकै कारण देउवाको […]
२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गरेका हुन् । उनले राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने अडान लिएका स्रोतले जनाएको छ […]
२९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ । माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ । स्रोतका अनुसार शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइनेछ । मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले सरकारलाई […]
२९ असार, काठमाडौं । नेपाली कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की बन्ने भएका छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारमा कांग्रेसबाट खाँण र कार्कीको नाम सिफारिस भएको हो । देउवाले मंगलबार साँझ पद तथा गोपनीयताको सपथ लिँदैछन् । प्रधानमन्त्रीको सपथ लगत्तै मन्त्रीहरुको पनि सपथको तयारी भएको जनाइएको […]
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पहिलो चरणमा सरकारमा दुई मन्त्री पठाउने भएको छ । नेताहरु जनार्दन शर्मा र पम्फा भुसाललाई कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा पठाउने निर्णय भएको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको थियो । देउवाले मंगलबार साँझ प्रधानमन्त्रीको […]
काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सानो मन्त्रिमण्डल गठन गर्ने भएका छन् । उनले काँग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँडलाई मन्त्री बनाउने भएका छन् । नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल, जर्नादन शर्मा र देव गुरुङ पनि मन्त्री बन्ने भएका छन् । उनीहरुले आजै सपथ लिनेछन् । जनता समाजवादी पार्टीबाट को मन्त्री बन्ने […]
काठमाडौँ । सर्वोच्च अदालतको परमादेश अनुसार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिले संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री नियुक्त गर्ने प्रचलन रहे पनि देउवाको नियुक्तिमा सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम नियुक्त गरिएको […]
२९ असार, काठमाडौं । सर्वोच्च अदालतले तोकेको २८ घण्टाको समय एक घण्टा मात्र बाँकी रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गरेकी छन् । सर्वोच्चले सोमबार दिउँसो संसद पुनर्स्थापना गर्दै १४९ सांसदको समर्थन पाएका देउवालाई २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । मंगलबार ५ बज्न एक घण्टा अगाडि […]
केपी ओली सरकारबाट बाहिरिएकै दिन नेकपा एमालेको भातृ संगठन युवा संघले युथ फोर्स गठन गरेको छ । सोमबार काठमाडौमा बसेको युवा संघको बैठकले युथ फोर्सको गठन गरेको हो । यस अघि नै गठन गरिएको युथ फोर्सलाई खारेज गरिएको भएपनि पुनः गठन गरिएको छ । ५०१ युर्थ फोर्सको प्रमुखको जिम्मेवारी क्षितिज थेवेलाई दिइएको छ भने उपप्रमुखको […]
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवास आसपासमा सुरक्षा सतर्कता बढाइएको छ । सर्वोच्च अदालतको परमादेशपछि स्वतः पदमुक्त भएका नेकपा एमालेका अध्यक्ष रहेका ओलीको भक्तपुर बालकोटस्थित निवासमा सुरक्षाकर्मीहरुको उपस्थिति बढाइएको छ । ओलीको निवास सुरक्षार्थ पहिलेदेखि नै सशस्त्र प्रहरी तैनाथ हुँदै आएको थियो । अदालतको परमादेशपछि सोमबार साँझ बाट नै प्रहरीको उपस्थिति बाक्लो देखिएको स्थानीयहरुले […]