होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैठकपछि नेपाल पक्षीय स्थायी समिति सदस्य भीम आचार्यले बैठकले समसामयिक राजनीतिक र पार्टी एकताबारे एजेण्डा तयार गरेको भन्दै यसबारे केन्द्रीय समितिमा घनिभूत छलफल हुने बताए । उनले आफूहरु पार्टी एकताको सन्दर्भमा गम्भीर र संवेदनशील रहेको स्पष्ट पार्दै केन्द्रीय समिति बैठकमा पनि ढंगले छलफल र निर्णय लिइने बताए । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले […]
नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो ।बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु आएका छन् । केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको बताइएको छ ।आजको बैठकबाट एमाले विभाजन […]
२१ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत दिने तयारी निष्कर्षमा पुग्न लागेको बताएकी छन् । बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताइन् । विद्युतको घरेलु उपयोग […]
२१ साउन, रोल्पा। निर्वाचनताका सबैका नारा थिए ‘भरपर्दो टेलिफोन सेवा’। घण्टौँ उकालो चढेर डाँडाबाट फोन गरेर हैरान उनीहरुलाई सो नाराले आकर्षित मात्र गरेन, भोट हालेर जनप्रतिनिधिलाई जिताए पनि । केही वर्ष प्रक्रियामा अलमलिएका जनप्रतिनिधिले बस्ती बस्तीमा भरपर्दो टेलिफोन सेवाका लागि मन्त्रालय धाइरहेका कारण जिल्लाका अधिकांश डाँडामा टेलिफोनका अग्ला–अग्ला टावर ठड्याउन सम्भव भयो। टावर ठडिएको […]
पछिल्लो राजनीतिक अवस्था र आफ्नो समुहको भुमिकाबारे छलफल गर्न बोलाइएको नेकपा एमाले माधव नेपाल समुहको केन्द्रीय समिति बैठक आजै सकिने भएको छ । सो समुहका नेता तथा सांसद मेटमणि चौधरीले बैठकस्थलमा उपस्थित सञ्चाकर्मीहरुलाई बैठक आजै सकिने जानकारी दिएका हुन् । उनले नेकपा एमालेलाई मिल्न नदिने पक्षमा केपी ओली पुगेको भन्दै ओलीले डिक्लियर नगर्दासम्म अर्को पार्टी […]
प्रधानमन्त्री नियुक्त भएको तीन साता बितिसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । आखिर किन हुन सकिरहेको छैन मन्त्रिपरिषद विस्तार ? ढिलासुस्तीको दोषी को हो ? काँग्रेस ? माओवादी ? जसपा ? माधव नेपाल ? वा अरु नै कोही ? सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका हुन् […]
राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले सर्वोच्च अदालतले पूर्ववर्ती सरकारलाई ‘सिस्नुपानी लगाएको’ प्रस्ट पारेका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा उनले संविधानको खिलाप हुने गरी पटक पटक संसद विघटन गरेपछि सर्वोच्च अदालतले सिस्नुपानी लाउनु परेको बताए । उनले सर्वोच्च अदालतले प्रतिनिधिसभाका १४६ सांसदको माग बमोजिम नै परमादेश जारी गरेको दावी गरे । त्यो परमादेश संविधानमै टेकेर भएको […]
नेकपा एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने सरकारको निर्णयको विरोध गरेको छ । एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बुधबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णयले जनताको अपेक्षा र अधिकारमाथि प्रहार भएको भन्दै तत्काल निर्णय सच्याउन माग गरेका छन् । ३१९ भन्दा बढी पालिकाहरुमा लगत सङ्कलन पूरा भएर वर्षौंदेखि जारी समस्याको दिगो समाधान हुने दिशातिर सरकार […]
धनुषाका एक दलित परिवारलाई नेकपा एमालेका स्थानीय नेता–कार्यकर्ताको एउटा समूहले घरभित्रै पसेर निर्घात कुटपिट गरेको छ । धनुषाधाम नगरपालिकाका एमाले नेता योगकुमार यादवका आफन्त तथा उनको समूहले कुटपिट गरेको पीडित पक्षको भनाइ छ । धनुषाधाम नगरपालिका–४ का दलित समुदायमाथि कुटपिट भएको हो । कुटपिटबाट श्रीचन महरा, हिरादेवी महरा, ओपिन महरा, उर्मिला महरा लगायत घाइते भएका […]
काठमाडौं, २० साउन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्ति र सरुवामाथि प्रधानमन्त्री शेरबहादुर देउवाको तारो परेको छ । उनले धमाधम नियुक्ति खारेजी र बदर गर्न थालेका छन् । ओलीको कार्यकालमा आकर्षक ठाउँमा सरुवा भएकालाई अन्यत्र सरुवा गर्न थालेका छन् । देवी ज्ञवाली अध्यक्ष रहेको भूमिसम्मबन्धी आयोग नै खारेज गरिएको छ । शिक्षक सेवा […]
काठमाडौं । सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गर्ने निर्णयको राष्ट्रिय सभामा विरोध भएको छ ।बुधबारको राष्ट्रिय सभामा शून्य समयमा बोल्दै चक्रप्रसाद स्नेहीले भने, ‘लाखौंलाख सुकुम्बासीहरु, मोहीहरु थिए त्यसलाई आयोग बनाएर प्रत्येक दिन पूर्जा वितरण भइरहेको थियो, त्यो आयोगलाई विघटन गरेर जनतामार कार्यक्रम ल्याएको हुनाले धन्यवाद दिन चाहान्छु ।’ वर्तमान सरकारले दिनप्रतिदिन जनतामारा कार्यक्रम ल्याइरहेको […]
२० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताएका छन् । उनले एक वा अर्को रुपमा त्यस अगाडिका सरकार र नेताहरु पनि जिम्मेवार रहेको बताए । राष्ट्रियसभाको विशेष समयमा बोल्दै प्रवक्ता श्रेष्ठले भने, ‘यो मुलुकको यो बेहालका निम्ति त्यो प्रवृत्तिका बाहक उहाँ […]
काठमाडौं । नेकपा एमालेको माधव-झलनाथ पक्षले बुधबार बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको हो । अध्यक्ष केपी शर्मा ओली पक्षसँग तिक्तता बढेको बेला माधव नेपाल-झलनाथ खनाल पक्षले बुधबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बोलाएको थियो । माधव नेपाल पक्षका एमाले केन्द्रीय सदस्य मेटमणि चौधरीले उक्त बैठक […]
नेकपा एमाले नेता महेश बस्नेतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । कानुनी तथा संवैधानिक आधारमा गठन गरिएको कुरालाई एउटा सनकका भरमा विघटन गर्ने कुरा कानुनी रूपमा त्रुटिपूर्ण असंवैधानिक, गैह्रकानूनी र आपराधिक कार्य भएको उनले आरोप लगाएका हुन् । संलग्नतामा राज्यको प्रमुख समस्या मध्येको एक विषयलाई सम्बोधन गर्न गठित यस्तो संवेदनशील […]
२० साउन, सुर्खेत । जाजरकोटका एक वडा अध्यक्षले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । युवालाई कुट्ने व्यक्ति जुनीचाँदे गाउँपालिका-२, का वडाध्यक्ष रामबहादुर नेपाली भएको खुलेको छ । सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही ठाउँका सर्ते नेपाली (नवीन परियार) लाई कुटपिट […]
सरकारले अन्ततः कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारी जागेश्वर गौतमको सरुवालाई सदर गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमसहित उच्च अधिकारीको सरुवा ‘होल्ड’ गराएकोमा गौतमको भने अन्ततः सरुवा नै गरिएको हो । गौतमलाई प्रसूति गृह पठाइएको छ ।उनको ठाउँमा डा. भुपेन्द्र बस्नेतलाई नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले जानकारी दिए […]
माओवादी केन्द्रका सांसद गजेन्द्र बहादुर महतले सरकार गठनका लागि मन्त्री छान्न समस्या परेको भन्दै व्यङ्ग्य गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विषेश समय लिएर बोल्दै जुम्लाका सांसद महतले मन्त्री बन्नका लागि पार्टीका नेतालाई समस्या परेको व्यङ्ग्य गरेका हुन् । उनले मन्त्री बन्नका लागि टन्न पैसा कमाएको हुनुपर्ने, पहिले नै २ पटक मन्त्री भएकै हुनुपर्ने, […]
प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ । यही साउन २६ गते मंगलबारसम्मका लागि संसद बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जनाएका छन् । आजको बैठकको कार्यसूचीमा खास एजेण्डा नभएपनि अधिकांश सांसदहरुले बैठकको शून्य र विषेश समयमा जनसरोकारका कुरा उठाएका थिए । दार्चुलाको ब्यास गाउँपालिका वडा नंबर २ मा महाकाली नदी तर्ने क्रममा […]
१९ साउन, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेकी हुन् । कार्यकारी […]
निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मंगलबार बसेको आयोगको बैठकले तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूको दल दर्ता गरेको हो । आयोगका अनुसार साउन २० गतेदेखि यो निर्णय लागू हुनेछ । दर्ता खारेज भएका दलहरूको नाम, झण्डा र चुनाव चिन्ह […]