होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एमाले एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै नेकपा एमालेको तेस्रो धारका नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् । उनीहरुले एकता प्रस्तावको अक्षरश: पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा नबन्दासम्म बैठकमा नबस्ने चेतावनी दिएका हुन् । विधान महाधिवेशनको पूर्व तयारीस्वरुप विभिन्न दस्तावेजमाथि छलफल गर्न शुक्रबारबाट सुरु भएको एमाले […]
नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले असोज ९ गतेदेखि पालिका अधिवेशन गर्ने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने भएको हो। बैठकपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले २१ वटा हिमाली जिल्ला दसैँअघि जिल्ला अधिवेशन हुने गर्ने बैठकले निर्णय गरेको बताए । वरिष्ठ नेता रामचन्द्र पौडेल सबै […]
काठमाडौं । विधान महाधिवेशनको तयारीका लागि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ । केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक शनिबार […]
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ । नेता गौतमले गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका थिए । गौतमले राजीनामा दिएको तीन साता बितिसक्दा पनि एमालेले उनको राजीनामा स्वीकृत गरेन । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले दुईपटक मन्त्रिपरिषद् विस्तार गर्दै कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहित ४ मन्त्री नियुक्त गरेका छन् । मन्त्रिपरिषद् विस्तार गर्दा पार्टीभित्र सरसल्लाह होला भन्ने आसमा रहेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष त्यतिबेला झस्कियो, जतिबेला देउवाले गठबन्धन दलसँग गरेको छलफलका आधारमा बुधबार परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई मन्त्री नियुक्त गरे । हालसम्म नियुक्त चारै मन्त्री सभापति देउवानिकट हुन् । […]
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका छन्। उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले भर्खरै आफूले सो पार्टीको निर्णय हेरेको तर पार्टीमा अझै पनि पदाधिकारी रिक्त रहेको पाएको टिप्पणी गरे। उनले माओवादी केन्द्रलाई ‘माके’ र माधवकुमार नेपालको पार्टीलाई ‘माने’ पार्टी संज्ञा […]
काठमाडौं । माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी चयन गर्न केही नेताका नाममा सहमति जुटाएको छ । बिहीबार बिहान बसेको स्थायी समिति बैठकले जारी केन्द्रीय कमिटी बैठकमा पेस गर्नेगरी उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायतका पदाधिकारीहरूको नाम टुङ्गो लगाएको हो । एक नेताका अनुसार एकीकृत समाजवादीको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश […]
नागरिक रैबार/बाजुरा ७ असाेज। नेपाली काँग्रेसका युवा नेता सुरेन्द्रराज गिरिले नेपाली त्रिवेणीकाे नगर सभापतिका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन । हिजाे वडा नम्बर ८ को वडा अधिबेशनमा नेता गिरीले शुभकामना मन्तव्यमा दिदै आफू अवकाे त्रिवेणी नगर कार्यसमितिकाे सभापतिमा उम्मेदवारी दिने घाेषणा गरेका हुन् । उनले त्रिवेणीमा काँग्रेसकाे नेतृत्व लिन योग्य र सक्षम रहेकोले सबैलाई […]
७ असोज, काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक असोज ८ गते ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको हो । केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।अनलाइन […]
माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) को महासचिव डा.बेदुराम भुसाल बन्ने निश्चित भएको छ । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो । ‘सचिवालय बैठकले महासचिवमा डा. भुसाललाई चयन गर्ने सहमति जुटेको छ, अव बस्ने केन्द्रीय कमिटी बैठकमा सचिवालयको सहमति प्रस्ताव पेस गरेर महासचिव घोषणा गरिन्छ ’ एक नेताले रातोपाटीसँग भने […]
नागरिक रैबार/बाजुरा ६ असोज। नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सदस्य तथा बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावल क्षेत्रीय प्रतिनिधिमा वडाबाट निर्विरोध छनोट भएका छन् । हिजोबाट सूरु भएको नेपाली काँग्रेस बडीमालिका ८ नम्बर वडा कार्य समितिको दोस्रो अधिवेशनबाट युवा नेता समेत रहेका रावल नेपाली काँग्रेसको वडा तहको क्षेत्रीय प्रतिनिधि पदमा निर्विरोध निर्वाचित […]
सत्तारुढ गठबन्धनका ५ राजनीतिक दलको बैठक आज पनि बस्ने भएको छ । बुधबार साँझ गठबन्धनको बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । उनका अनुसार बैठक बस्ने तय भएपनि सिंहदरबार वा बालुवाटार कहाँ बस्ने भन्ने टुंगो लागिसकेको छैन । आजको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ । मंगलबार पनि […]
सिन्धुपाल्चोक, असोज ६ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ सिन्धुपाल्चोककी जिल्ला सभापति गीता नेपाल ढुंगाना क्षेत्रीय प्रतिनिधिमै पराजित हुनुभएको छ । बलेफी गाउँपालिकामा मंगलबार सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनमा सभापति नेपालले जम्मा ८ मत मात्रै पाएर पराजित हुनुभएको हो । क्षेत्रीय प्रतिनिधिका लागि नेपालसहित तीन जना महिला नेतृले उम्मेदवारी दिनुभएको थियो । महिला […]
क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रूडो तेस्रो पटक निर्वाचित भएका छन् । गत सोमबार भएको संसदीय निर्वाचनमा उनी निर्वाचित भएका हुन् । मतगणना जारी रहेकाले अहिले उनको पार्टी लिवरल पार्टीले अधिकांश ठाउँमा अग्रता कायमै राखेको छ । उनी र उनको पार्टीको जितसँगै उनी तेस्रो पटक प्रधानमन्त्री बन्नु हुने देखिएको छ । निर्वाचनमा उनको दल र उनी फेरि […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मुलुकको बहुमतप्राप्त पहिलो शक्ति बनाउने घोषणा गरेका छन् । हालै सम्पन्न स्थायी समिति बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन मस्यौदामा पार्टीलाई बहुमतप्राप्त मुलुकको पहिलो शक्ति बनाउने र राज्य सञ्चालनको केन्द्र भागमा पुनर्स्थापित गर्ने उल्लेख गरेका हुन् । मस्यौदाको ‘आगामी कार्यभार’, उपशीर्षकमा ओलीले २०७४ […]
काठमाडौं । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ […]
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । गत भदौ ९ गते निर्वाचन आयोगमा दल दर्ता भएपछि सो पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषयका साथै अन्य तीनवटा महत्वपूर्ण प्रस्तावहरू पेश र छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । ‘राजनीतिक, सांगठनिक र विधान […]
नेकपा एमालेमा फेरि एकपटक जनताको बहुदलीय जनवाद (जबज) बारे बहस सुरु भएको छ । पार्टीको प्रथम विधान महाधिवेशनको तयारीका लागि बसेको स्थायी समितिको बैठकमा उपमहासचिव घनश्याम भुसालले जबजबारे थप छलफल गर्दै यसको व्याख्या गर्नुपर्ने माग राखेपछि यो बहस पुनः चर्किएको हो । विधान महाधिवेशनका लागि प्रस्तुत गरिएको कार्यक्रमिक तथा सङ्गठनात्मक प्रस्तावमाथि भुसालले बुँदागत टिप्पणी प्रस्तुत […]
काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ ।आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा पेश भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा ७० वर्षे उमेर हद कायमै राख्ने उल्लेख गरिएको छ । नवौं महाधिवेशनदेखि एमालेमा उमेर हद कायम गरिएको थियो । तर अध्यक्ष केपी शर्मा ओलीले यसअघि उमेर हदको प्रबन्ध […]
धनगढी: राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम समितिले संघीय गणतन्त्र र संविधानको खारेजीको माग गर्दै धनगढीमा प्रदर्शन गरेको छ। आइतबार दिउँसो धनगढीको ट्राफिक चौराहाबाट पार्क मोडसम्म र्याली आयोजना गर्दै राप्रपाले वर्तमान संविधान र व्यवस्थाको खुलेर विरोध गरेको केन्द्रीय सदस्य हेमबाबु लेखकले बताए। असोज ३ गते सरकारले संविधान दिवस घोषणा गरेपनि राष्ट्रिय प्रजातन्त्र पार्टीले भने अहिलेको संविधानमा राखिएका संघीयता, […]