होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । चलचित्र ‘प्रेम गीत–३’ नेपालसँगै भारतमा पनि एकसाथ रिलिज हुने भएको छ । असोज ७ गते यो चलचित्र नेपालसँगै भारतमा पनि रिलिज हुने भएको हो । असोज ७ गते नै चलचित्र भारतसँगै विश्वरभर रिलिज हुने निर्माता सन्तोष सेनले जानकारी दिए । उनका अनुसार हिन्दी भाषामा यो चलचित्र ‘विश्वजितम’का नामबाट रिलिज हुनेछ । सन्तोष सेन […]
काठमाडौं । स्वस्तिमा खड्का ‘भर्सटाइल’ अभिनेत्रीको रुपमा परिचित छिन् । ‘लार्जर द्यान लाइफ’देखि आममान्छेसम्मको उनको चरित्रमा पात्रात्मक विविधता महसुस गर्न सकिन्छ । आगामी असार ३ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘चिसो मान्छे’मा उनले सुदूरपश्चिमको बाजुराकी युवतीको भूमिका निर्वाह गरेकी छन् । ट्रेलरबाट प्रशंसा बटुलेको यो फिल्मले मलेसियामा ज्यान गुमाएका श्रीमानको शवलाई लिएर काठमाडौंदेखि बाजुरासम्म […]
अभिनेता पल शाहलाई रिहाइको माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन भएको छ । शाहका फ्यानहरुले ‘न्याय निरुपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्य गर, निर्दोषलाई फसाउन पाइँदैन, पुरुष हिंसा बन्द गर, पल शाहलाई न्याय दे, महिलाको अधिकार सुनिश्चित गर’लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । बिहीबार मात्रै उच्च अदालत पोखराले शाहलाई रिहा नगर्ने आदेश दिएको थियो […]
काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘जवान’ सन् २०२३ को जुन २ मा प्रदर्शन हुने भएको छ । शुक्रबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको टिजर सार्वजनिक गरिएको हो । दक्षिण भारतीय निर्देशक एट्लीसँगको सहकार्यमा शाहरुखको कम्पनी रेड चिल्लीले फिल्म निर्माण गर्न लागेको हो । एक्सन इन्टरटेनर फिल्ममा अभिनेत्री नयनतारा नायिकाको रुपमा हुनेछिन् । […]
काठमाडौं। गायक रवि ओड र गायिका बेनिशा पौडेलको आवाजमा रहेको ‘सुन माया’ बोलको रोमान्टिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा गोविन्द भट्टको शब्द तथा संगीत रहेको छ भने विशाल निरौलाको एरेञ्ज छ । गरिमा फिल्मस्ले तयार पारेको भिडियोलाई देवेन्द्र पान्डेले निर्देशन गरेका हुन् । भिडियोमा […]
साउथका सुपरस्टार प्रभास पछिल्लो समय फिल्म ‘आदिपुरुष’ का कारण चर्चामा छन् । फिल्म ५ सय करोडको बजेटमा निर्माण हुन लागेको हो । भारतीय सबैभन्दा महँगो फिल्ममध्ये एक ‘आदिपुरुष’ हुने बताइएको छ । यो प्रभासको करियरकै सबैभन्दा महँगो फिल्म हुनेछ । भूषणकुमार फिल्मका निर्माण हुन् । भूषणकुमारले ‘आदिपुरुष’ को बजेट ५०० करोड रहेको बताएका छन् । […]
काठमाडौं । ‘कबड्डी ४’ अभिनेत्री मिरुना मगरले गत साता भएको ‘दुर्व्यवहार’को घटनालाई लिएर प्रष्टीकरण दिएकी छिन् । सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले घटनाबाट दुःखित हुनेप्रति क्षमायाचना गरेकी छन् । गलत दुर्व्यवहारका विरुद्ध आवाज उठाउन आग्रह गर्दै उनले चुपचाप दुःख नसहन अपील समेत गरेकी छन् । ‘कुनै पनि सही कार्य गर्नुको निम्ति समय गलत हुँदैन,’ […]
काठमाडौँ — स्थानीय स्वादमा मित्रता र प्रेमको कथा ‘कबड्डी’ श्रृंखला समात्दै आएको प्रमुख सूत्र हो । त्यही मित्रताका भावनामा आउने उतारचढाव अनि प्रेमको कबड्डी अर्थात सोल्टिनी पाउने उत्कट चाहना कबड्डीको तेस्रो श्रृंखलासम्म दोहोरियो । ‘कबड्डी’मा मैयालाई काजीको आँखै अगाडिबाट विवेकले सहर भगाउँछ । दोस्रोमा सोल्टिनी बमकाजीसँग भाग्छिन् । तेस्रोमा कासी सोल्टिनी आफ्नो प्रेमीसँगै भाग्छिन् । […]
काठमाडौं । चर्चित बलिउड गायक केके (कृष्णकुमार कुन्नथ)को ५३ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ । कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै उनको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । कन्सर्ट प्रस्तुतिपछि होटलमा पुगेका उनको स्वास्थ्य बिगि्रएपछि तत्कालै उनलाई कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युटमा लगिएको थियो । अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भयो । अस्पतालमा पुगेका […]
काठमाडौं । ब्याड टच प्रकरणमा नायिका मिरुना मगर र आरोपि फुर्बा तामाङबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो । सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ […]
काठमाडौं । भारतीय गायक सिद्धू मुसेवालाको पञ्जाबमा गोली हानी हत्या गरिएको छ । २८ वर्षीय सिद्धूको आइतबार साँझ पञ्जाबको मनसा जिल्लास्थित जवाहरेक गाउँमा एएन-९४ रुसी एसल्ट राइफल प्रहार गरी हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वास्तविक नाम शुभदीप सिंह सिद्धू भए पनि उनी सिद्धू मुसेवाला नामले परिचित थिए । उनको शरीरमा ३० राउन्ड गोली […]
काठमाडौं । ‘कबड्डी ४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त ओपनिङ कीर्तिमान कायम गरेको छ । फिल्मको तीन दिनको कुल ग्रस कमाइ झण्डै ८ करोड रुपैयाँ छ । तीन दिनमा लगातार तीन करोड अनुपातमा कमाइ गरेको फिल्मले आगामी दुई दिनमा दुई अंकको कमाइ गर्ने अपेक्षा छ । सोमबार र मंगलबारको शो र अकुपेन्सी हेर्दा कमाइले १० […]
काठमाडौं । लोक गायनमा आधारित नेपालको पहिलो रियालिटी शो ‘नेपाल लोकस्टार’को दोस्रो सिजनका लागि निर्णायक (जज)हरु तय गरिएको छ । शोको जजमा लोकगायक कुमार बस्नेत, रामजी खाँड, कुलेन्द्र विश्वकर्मा र लोकगायिका ज्योति मगर रहने भएका छन् । रामजी र कुलेन्द्र पहिलो सिजनमा पनि जजका रुपमा थिए भने कुमार बस्नेत र ज्योति पहिलोपटक रियालिटी शोको जजका […]
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेलमा बलिउड अभिनेता आमिर खान अभिनित ‘लाल सिंह चड्डा’को ट्रेलर रिलिज भएको छ । टम ह्यांक्स स्टारर हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेक यो फिल्ममा करिना कपुर, मोना सिंह र नागा चैतन्यको पनि अभिनय छ । शारीरिक रुपमा अशक्त बालक र उसकी आमाबीचको प्रेमिल सम्बन्धलाई चित्रण गरिएको यो फिल्मको […]
काठमाडौं । हाल प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ४’की एक नायिकाले आफूमाथि दुर्व्यवहार भएको बताएकी छन् । काठमाडौंको सिभिल मलमा आइतबार साँझ एक युवकले पछाडिबाट अस्वाभाविक रुपमा छोएको भन्दै उनले प्रहरी वृत्त, जनसेवामा अभद्र व्यवहारको कसूरमा जाहेरी दिएकी छन् । उनको जाहेरीको आधारमा प्रहरीले मुगु घर भएका फुर्वा लामालाई पक्राउ गरेर हिरासतमा राखेको छ । एक […]
म्यादी भाइको रुपमा भाइरल किशोर नवराज रेग्मी सिरियल अभिनयमा देखिएका छन् । उनी ‘हल्का रमाइलो’ नाम सिरियल अभिनयमा देखिन थालेका हुन् । आइतबार प्रसारण भएको सिरियलको नयाँ भागमा उनी पनि देखिएका थिए । सिरियलमा उनी म्यादीकै पोसाकमा प्रस्तुत भएका थिए । रेग्मी ‘हल्का रमाइलो’ को अझै केही भागमा देखिने निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ ले […]
काठमाडौं । दिल्ली अदालतले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई विदेश भ्रमणका लागि ६ दिनको अनुमति दिएको छ ।आबुधाबीको एस आइल्याण्डमा हुन लागेको आईफा अवार्ड २०२२ मा भाग लिन ज्याकलिनले मे ३१ देखि जुन ५ सम्म भ्रमण अनुमति पाएकी हुन् । बलिउड स्टारहरुले भाग लिने उक्त अवार्ड जुन २ देखि ४ सम्म हुँदैछ । विदेश जान ज्याकलिनले […]
काठमाडौं । लोक गायन रियालिटी शो नेपाल लोकस्टार सिजन-२ को डिजिटल अडिसन सुरु भएको छ । लोकस्टारको दोस्रो सिजनमा प्रतिस्पर्धा गर्न चाहने प्रतिभाहरुले आफ्नो घरमै बसेर अडिसनमा सहभागी हुन सक्नेछन् । दूरदराजका प्रतिभालाई पहुँच दिने उद्देश्यले लोकस्टारमा यसपटक डिजिटल अडिसन सुरुवात गरिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए । आफ्नो मोबाइलमा गीतको भिडियो […]
काठमाडौँ — दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ ले नेपाली हलमा रातभर हंगामा मच्चाएको धेरै भएको छैन । ‘आरआरआर’ ले पनि नेपाली बक्स अफिसमा राम्रो कमाइ गर्यो । विदेशी मात्रै होइन, नेपाली फिल्मले पनि हाउसफुल दर्शक पाउँछन् भन्ने पछिल्लो उदाहरण बनेको छ, ‘कबड्डी ४’ । फिल्मका निर्देशक रामबाबु गुरुङ र वितरक गोविन्द शाहीको दाबी मान्ने हो भने फिल्मले […]
काठमाडौं । अभिनेत्री दीया पुनले शुक्रबार बिहान सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छन् । निर्मल पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उनी सगरमाथा शिखरमा पुगेकी हुन् । निर्मल र दीयासहित २० जनाको आरोही दल बिहान ८,८४८.८६ मिटर उचाइको सगरमाथा चढेको हो । सबैजना चुचुरोबाट अहिले साउथ पोलमा सुरक्षित र न्यानो भएर फर्किएको जानकारी पूर्जाले दिए । […]