होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २६ साउन।बाजुराको हिमाली गाउँपालिका वडा नम्वर ३ बौडीस्थित गोरु खर्कमा पहिरो जाँदा ४ जना घाईते भएका छन् । शनिबार विहान ९ बजेतिर बर्षासंगै गोरुखर्कमा पहिरो आएको पहिरोले ४ जना घाईते भएका छन् भने दर्जनौ पशु चौपाय समेत पहिरोमा परेर पुरिएका छन् । पहिरोमा परि घाईते हुनेमा प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र […]
जुम्ला – जुम्लाको सरकारी टोली भगवती पूजाका लागि बाजुरा जिल्लाको धार्मिकस्थल बडिमालिकातर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरास्थित बडिमालिका भगवती मन्दिरको पूजाआजाका लागि जुम्लाको सरकारी टोली शुक्रबार प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मीनबहादुर रावलको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्यायसहित दर्जनौं भक्तजनको टोली बडिमालिका प्रस्थान […]
नागरिक रैबार/बाजुरा २५ साउन।बाजुराका स्थानीय तह ३ सातादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन बनेका छन् । गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्त सम्म पालिकाको काम सकेर यहाँका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरु विभिन्न कामको सिलसिलामा ३ सातादेखि जिल्ला बाहिर रहेका छन् । जिल्लाका ९ वटा स्थानीय तहमध्ये खप्तड क्षेडेदह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द […]
नागरिक रैबार/बाजुरा २५ साउन। जिल्लाको बुढीनन्दा नगरपालिकामा घरको भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा साेहो नगरपालिका –७ खड्कावाडाका ४५ वर्षीय रणबहादुर खड्का रहेका छन् । उनको विहिबार हिजो आफ्नै घरको माथिल्लो तलाबाट तल झर्ने क्रममा काठको भर्याङबाट लडेर टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
नागरिक रैबार/बाजुरा २४ साउन।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ कि २६ वर्षिया रमिला कुमारी विकको उपचारका लागि विदेशबाट आर्थिक सहयोग जुटिरहेको छ । रमिलाको उपचारका लागि बाजुरा जिल्ला गौमुल गाउँपालिका वडा नं ४ मनाकोट बिजे डुङ्गा स्थायी घर भई हाल अष्ट्र«ेलिया बस्ने विरेन रोकाया र युके बस्ने धिरेन्द्र रोकाया दुई दाजुभाईले ४० हजार नेपाली आर्थिक […]
नागरिक रैबार/बाजुरा २३ साउन। माध्यमिक शिक्षा परीक्षा एसईईको मौका परीक्षा आजबाट सूरु भएको छ । परिक्षामा बाजुराबाट १ हजार ५ सय ८२ जना परिक्षामा सहभागी भएका छन् । जसमा ६ सय ८७ छात्र र ८ सय ९५ छात्रा हरु सहभागि छन् । यस अघिका वर्षहरुमा एसईईको पुरक परिक्षामा सहभागि हुने जिल्लाभरका विद्यार्थीहरुले सदरमुकाम मार्तडीमा आएर […]
नागरिक रैबार/बाजुरा २२ साउन।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ ले वडा भित्रका नागरिकहरुका लागि स्टेचर सहयोग गरेको छ । वडा कार्यालयको सहयोगमा वडा भित्रका ८ वटा टोललाई स्टेचर सामाग्री वितरण गरिएको हो । वडाको सेवा क्षेत्र भित्र आकस्मिक रुपमा हुने घटनाहरुको सहजताका लागि स्टेचर सामाग सामग्रीे उपलब्ध गराएको हो । वडा कार्यालयले मंगलबार एक कार्यक्रमको […]
नागरिक रैबार। बाजुराको बुढीनन्दा नगरपालिकाले एम्वुलेन्स सेवा संचालनमा ल्याएको छ । नगरपालिकाको सेवा क्षेत्रभित्रका विपन्न नागरिकहरुलाई लक्षित गर्दै नगरपालिकाले एम्वुलेन्स सेवा संचालनमा ल्याएको हो । गत आर्थिक बर्षमा पालिकाले एम्वुलेन्स खरिदका लागि वजेट विनियोजन गरेको थियो । यस वर्षवाट एम्वुलेन्स खरिद गरि संचालनमा ल्याएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । पालिकाभित्रका […]
नागरिक रैबार/बाजुरा २० साउन। बाजुराको बुढीनन्दा नगरपालिका साविकको पाण्डुसेन गाविस का ७, ८, ९ र १० का नागरिकहरुका लागि नेपाल खाद्य संस्थानको विक्रि केन्द्र स्थापना भएको छ । पाण्डुसैनका नागरिकले खाद्यान्न किन्नका लागि कोल्टी धाउनुपर्ने बाध्यताको अन्त्य गर्न उक्त ठाउँमा खाद्यन्न बिक्री केन्द्र स्थापना गरिएको हो । गाउँमै सहज र सुलभ तरिकाले खाद्यान्न आपूर्ति गर्ने […]
नागरिक रैबार। बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिकामा ढुङ्गा खसेर बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका वडा न १ जाेरुका नन्दे कुमालकी १४ बर्षिया छाेरी आकाशी कुमाल रहेकी छन् । गाउँपालिकामा निमार्ण भईरहेको जोरु, गोठीगाउँ सडकमा डाेजरले खनिरहेकाे ढुगां लागेर बालिका घाइते भएकी थिइन । घाइते भएकी बालिकालाई उपचारका लागि शनिबार दिउसाे काेल्टी […]
नागरिक रैबार/बाजुरा १६ साउन। बाजुराकाे सदरमुकाम जाेड्ने साँफे- मार्तडी राजमार्ग संचालनमा आएको छ । मंगलबार राति राजमार्ग अन्तरगत नुनेपानीमा सडक माथिबाट खसेको पहिराेले अवरुद्ध भएको थियो । बुधबार विहान सडकमा खसेको पहिरो सडक विभागले जेसिवि मार्फत पन्छाइएपछि उक्त सडक संचालनमा आएको हाे । जिल्लामा निरन्तर वर्षा भइरहेको छ । जसका कारण साँफे मार्तडी राजमार्ग अन्तरगत […]
नागरिक रैबार। बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बुढीनन्दा क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नि:शुल्क खाना र बास बस्नका लागि उचित व्यवस्था गरिने भएको छ । जनै पुर्णिमाका अवसरमा लाग्ने मेलामा बुढीनन्दा क्षेत्रमा आउनेहरुलाई ६ दिनसम्म यस्तो सुविधा दिन लागिएको हो । बुढीनन्दा नगरपालिका र बाजुराको पर्यटन प्रवर्द्धनका लागि सक्रिय युवाहरूको समूह ‘वाइल्ड […]
नागरिक रैबार/बाजुरा १४ साउन।बाजुरामा पानीपुरी र चट्पटे खाँदा एकै पटक १२ जना विरामी परेका छन् । बडीमालिका नगरपालिका–९ को नापी कार्यालय नजिकै मिना खातुनले संचालन गरेको पसलमा पानीपुरी र चट्पटे खाएका १२ जना बिरामी भएका हुन् । पानीपुरी र चट्पटे खाएपछि विरामी भएकाहरुको अहिले जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको छ । एकैपटक बिरामी भएका सबैजनामा […]
नागरिक रैबार/बाजुरा १३ साउन। बाजुराको बडीमालिका नगरपालिकाले विद्यालयको गुणस्तर सुधार गर्न २ वटा विद्यालयलाई एउटै विद्यालयसंग मर्ज (समायोजन) गरेको छ । बडीमालिकाको सेवा क्षेत्रभित्रका विद्यालयहरुको गुणस्तर सुधार्न विद्यालयहरुलाई मर्ज गर्ने निति अनुरुप वडा नम्वर ३ मा रहेको खाति भिटा आधारभुत विद्यालयलाई चोयाकोट माविसंग मर्ज (समायोजन) गरेको हो । बडीमालिका–३ सेरगाउँमा रहेको खातिभिटा आधारभुत विद्यालयलाई चोयाकोट […]
नागरिक रैबार/बाजुरा १३ साउन । बाजुराको सदरमुकाम मार्तडीमा व्यवसाय गर्दै आएका व्यवसायी पुष्प खड्काको असामयिक निधनप्रति बाजुुरा उद्योग वाणिज्य संघले दुःख व्यक्त गरेको छ । सफल व्यवसायीका रुपमा परिचित खड्काको असामयिक निधनले बाजुरा उद्योग वाणिज्य संघ परिवार लगायत समग्र बाजुराको व्यवसायी क्षेत्रमा अतुलनीय क्षती पुगेको उद्योग वाणिज्य संघले बताएको छ । डोटी जिल्ला सिलगढी नगरपालिका […]
नागरिक रैबार/बाजुरा १३ साउन । बाजुराको सदरमुकाम मार्तडी बजारका व्यापारी पुष्प खड्काको निधन भएको छ । डोटी जिल्ला सिलगढी नगरपालिका घर भई मार्तडीको दुनिहाटबजारमा विगत १२ वर्षदेखि व्यापार व्यवसाय गर्दै आएका खड्काको शनिबार राति उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा निधन भएको हो । लामो समय देखि प्रेसरका कारण नियमित औषधि सेवन गर्दै आएका खड्कालाई शनिबार […]
बाजुरा। नेकपा एमाले बाजुराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १४ बुँदे माग पत्र बुझाएको छ । सिंगो पार्टी कमिटीका तर्फबाट बाजुरा जिल्लाको विकासलाई प्राथमिकतामा राख्ने गरि १४ बुँदे माग पत्र बुझाएको हो । प्रधानमन्त्रीलाई बाजुराका तर्फबाट एमाले अध्यक्ष लालबहादुर ओलीले माग पत्र बुझाएका हुन् । ओली प्रधानमन्त्री भएपछि जिल्लाको तर्फबाट नेकपा एमाले बाजुराले औपचारिक मागहरु बुझाएको […]
बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ । सवारिसाधन नचल्दा यात्रु […]
नागरिक रैबार/बाजुरा ३१ असार। बाजुराबाट प्रतिनिधि सभामा निर्वाचित सांसद बद्रीप्रसाद पाण्डे नेपाल सरकारकाे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त भएका छन् । नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका पाण्डे नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा नियुक्त भएका हुन् । काँग्रेसका सहमहामन्त्री पाण्डे पहिलो पटक मन्त्री बनेका हुन् । […]
नागरिक रैबार/बाजुरा २९ असार। उद्योगी व्यवसायीहरुको छाता संस्था बाजुरा उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारण सभा सुरु भएको छ । शनिबार एक औपचारिक कार्यक्रमका विच साधारणसभाको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले उद्धघाटन् गरेका छन । उद्योग बाणिज्य संघ बाजुुराका अध्यक्ष देब बहादुर रोकायाको अध्यक्षतामा सूरु भएको कार्यक्रममा प्रमुुख अतिथि जिल्ला समन्वय समिति बाजुराका […]